Showing posts with label News. Show all posts

News From Kathmandu Nepal
कावासोती, ३१ भदौ
यथास्थितिमा संविधान सभाको निर्वाचन गर्न नहुने माग राख्दै आन्दोलनमा उत्रिएका नेकपा – माओवादी सहित ३३ दलिय नवलपरासीको अमरापुरीमा युपी ९९९ सी टी ३०६० नम्बरको भारतीय नम्बर प्लेटको जीप तोडफोड गरेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
तोडफोडमा उत्रिएको भन्दै प्रहरीले अमरापुरीबाट माओवादीका राज्य सदस्य श्याम भुसाललाई नियन्त्रणमा लिएको छ । बन्दका कारण नवलपरासीमा लामो तथा छोटो दुरीको सवारी साधन, बजार, कलकारखाना, शिक्षणसंस्था सञ्चालनमा आउन सकेको थिएन । साझ पाच बजेबाट बन्द खुलेपछि जनजीवन सामान्य बन्दै गएको छ । भने सडकमा यातायातका सवारी चलेका छन् । बजारमा पसलहरु साझपख खुलेका छन् ।
News From Kathmandu Nepal
सर्लाही- एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराइले पार्टीले सरकार बनाउन जनताबाट पूर्ण बहुमत पाए मुलुकको कायापलट गर्न बताएका छन्। नेपाली कांग्रेस, एमाले र मधेस आन्दोलनबाट बाढीजस्तै रुप लिएर जन्मेका मधेसी दल विलयतर्फ लाग्ने भन्दै उनले मुलुकको कायापलट गर्न एमाओवादीलाई जनताको पूर्ण बहुमतको खाचो भएको बताए।
महोत्तरीको क्षेत्र नम्बर २ बलवामा आयोजित कार्यकर्ता प्रवेश एवं स्वागत कार्यक्रममा भट्टराइले जनताको पूर्ण बहुमत पाए एमाओवादीले पाँच काम प्राथमिकतामा राख्ने बताए। लोकतन्त्र, संघीय संरचना, पहिचानसहितको संघीयता, राष्ट्रिय स्वधीनता र भ्रष्टाचारको अन्त गर्ने उनले बताए।‘पहिचनसहितको संघीयता आएमात्र मधेसीको माग सम्बोधन हुन्छ,’ उनले भने, ‘माओवादीमात्रै पहिचानसहितको संघीयताको पक्षमा छ।’ कांग्रेस, एमाले र मधेसी दलसमेत मधेसमा पहिचानसहितको संघीयता नचाएको उनको आरोप थियो। राजनीति संरक्षण पाएका भ्रष्ट कर्मचारी र प्रशासककै कारण मधेसमा विकास गति लिन नसकेको उनले बताए।
भदौ ३१ भारतीय टोलिभिजन जिटिभीको प्रशारण बन्द नगरेको भन्दै नेकपा माआबादीका कार्यकताद्धारा काठमाडौको अनामनगर स्थित नेपाल केवल टेलिभिजन महासंघको कार्यालयमा तोडफोड गरेका छन ।भारतिय टेलिभिजन जिटिभिले बुद्ध भारतमा जन्मेका हुन भन्दै भ्रामक प्रचार गर्ने बुद्ध टेलिसिरियल मार्फत कुप्रचार गरेका बिरोधमा माओवादीले जिटिभि प्रसारणमा रोकका लागी आवाहन लाइ बेवास्था गरेको भन्दै माओवादी कार्यकर्ताहरु कार्यलयमै पुगी तोडफोडमा गरेका छन् ।
उनीहरुले नेपाल केवल टेलिभिजन महासँघको कार्यालयमा रहेका कम्यूटर, टेलिफोन, फर्निचर लगायतका सामान तोडफोड गरेका छन् ।
News From Kathmandu Nepal
भदौ ३१ । काठमाडौंको शान्तिनगर गेटभित्र जागृति टोलमा देखावटी भट्टी पसल खोलेर भित्रपट्टि किशोरीहरूलाई बन्धक बनाई देह व्यापार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त गिरोहले छ महिनादेखि १३ वर्षीया किशोरीलाई बन्धक बनाएर देह व्यापारमा लगाएको अनुसन्धान बाट पत्ता लागेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले उक्त स्थानमा छापा मारेर १३ वर्षीया किशोरीसहित ६ जनाको उद्धार गरेको छ ।
भट्टी सञ्चालक र त्यहाँ किशोरीलाई ल्याइदिने अर्का एकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा कलैयाकी रीतादेवी यादव र सप्तरीका अमेरिका महतो छन् ।महतोले १३ वर्षीया ती किशोरीलाई भारतको मोतिहारीबाट बावु-आमालाई थाहा नदिई घरमा भाँडा धुने कामका लागि भन्दै लिएर आएका थिए ।तर यहाँ ल्याएर बन्धक बनाई देह व्यापारमा लगाएको पाइएको आजको कान्तिपुरमा खबर छ ।
प्रहरीका अनुसार त्यहाँ बाहिरबाट हेर्दा भट्टी पसल र भित्र ३ वटा कोठा बनाएर अवैध धन्दा हुने गरेको थियो । प्रहरीले अन्य किशोरीलाई पनि झुक्याएर ल्याई बन्धक बनाएर देह व्यापारमा लगाउने गरेको बताएको छ
उक्त गिरोहले छ महिनादेखि १३ वर्षीया किशोरीलाई बन्धक बनाएर देह व्यापारमा लगाएको अनुसन्धान बाट पत्ता लागेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले उक्त स्थानमा छापा मारेर १३ वर्षीया किशोरीसहित ६ जनाको उद्धार गरेको छ ।भट्टी सञ्चालक र त्यहाँ किशोरीलाई ल्याइदिने अर्का एकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा कलैयाकी रीतादेवी यादव र सप्तरीका अमेरिका महतो छन् ।महतोले १३ वर्षीया ती किशोरीलाई भारतको मोतिहारीबाट बावु-आमालाई थाहा नदिई घरमा भाँडा धुने कामका लागि भन्दै लिएर आएका थिए ।तर यहाँ ल्याएर बन्धक बनाई देह व्यापारमा लगाएको पाइएको आजको कान्तिपुरमा खबर छ ।
प्रहरीका अनुसार त्यहाँ बाहिरबाट हेर्दा भट्टी पसल र भित्र ३ वटा कोठा बनाएर अवैध धन्दा हुने गरेको थियो । प्रहरीले अन्य किशोरीलाई पनि झुक्याएर ल्याई बन्धक बनाएर देह व्यापारमा लगाउने गरेको बताएको छ
बन्दका क्रममा एउटा माओवादी समूहले गरेको बसको आगजनीले उब्जाएका प्रतिक्रियाहरु रोचक छन्। बन्द गरिएको र बस जलाइएको यो पहिलोपटक होइन, अन्तिम हुनेछ भन्नेमा मलाई विश्वास पनि छैन। ड्यास-माओवादीका सबै मागहरु नाजायज छैनन्। उनीहरुले अरुका मागहरु मुखरित गर्ने प्रयास मात्रै गरेका हुन् र तिनको आडमा आफ्ना लुकेका अभिष्टहरु पूरा गराउन चाहेका हुन्।
जस्तै न्यायपालिकालाई राजनीतिमा नतान भनेर धेरै मानिसहरुले भनेका हुन् र त्यसो भन्नेहरु प्राय: सबै गैह्रमाओवादी नै थिए। जनतालाई गुमराहमा राखेर विदेशीहरुसँग “डिल” नगर भनेर पनि धेरैले भनिरहेकै हुन्छन्। निर्वाचन गर्दा पहिलेका कमजोरीहरु सच्याउने गरी नयाँ नियम बनाउ, जथाभावी नागरिकता नबाँड, धाँधली हुने सम्भावनाहरु रोक भन्नेजस्ता मागहरु माओवादीले संभवत लोकप्रियताको निम्ति अङ्गालेको हो, केही समर्थन पाइएला भनेर। असल राजनीतिक प्रकिया र जनमतको कदर हुने परिपाटी बसालेको भए माओवादीले ती मागहरुबाट फाइदा उठाउनु पहिल्यै तिनको सम्बोधन हुने थियो र राजनीति शायद आजभन्दा कम भाँडभैलोयुक्त हुनेथियो।
इतिहासका गल्तीहरुबाट नसिक्दा धेरै मूल्य चुकाउनुपर्छ भन्ने विश्वमा स्थापित भएको पनि जुगौँ अगाडि हो। हामी आफैँले पनि त्यस्ता घटनाहरु धेरै सिक्ने अवसरहरु पाइसकेका छौँ। ४८ सालमा प्रजातन्त्रको पुनर्बहालीपछि धेरै मागहरु शान्तिपूर्ण रुपमै नागरिकहरुले गरेका थिए। विधिको पालना नहुँदा र त्यस्ता आवाजहरुको वेवास्ता गरिँदा फाईदा गैह्र-संसदीय शक्ति माओवादीलाई पुग्न गयो। विद्यमान व्यवस्थालाई बलियो बनाउने हो भने सो व्यवस्थाका सहभागीहरुको मत र आवाज नजरअन्दाज गर्नुहुन्न र विधिपूर्ण तरिकाले अघि बढ्नुपर्छ भन्ने पाठ हामीले छिट्टै सिक्नुपर्छ।नेपालमा जातीय, क्षेत्रीय, धार्मिक र अन्य अधिकारहरुको वकालत माओवादीले धेरैपछि र युद्धको निम्ति अल्पकालिन रणनीतिको रुपमा मात्र अङ्गालेको हो भन्ने धेरै अध्ययनकर्ताहरुको मत छ। हुन पनि शान्तिपूर्ण राजनीति गर्ने धेरैले त्यस्ता मागहरु उठाइरहेकै थिए। बढ्दो भ्रष्टाचार, असन्तुलित विकास, नातावाद-कृपावाद, अपारदर्शिता, जवाफदेहीताको कमी र विदेशीहरुका शङ्कास्पद गतिविधिबारे सरकारले समयमै जनताको चासो सम्बोधन गरेको भए थुप्रै बीचमा रहेका अनिर्णित नेपालीहरुको समर्थन माओवादी युद्धले जित्न सक्ने थिएन।
आज प्रकारान्तले सोही प्रवृतिको पुनरावृत्ति भइरहेको छ। राजनीति पहिलेको भन्दा दुषित, साँघुरो, अपारदर्शी र सिमीत स्वार्थ समूहरुको पकडमा पुगेको छ भन्ने धारणा जनमानसमा व्याप्त छ। त्यस्तै अर्थतन्त्र करिब धरासायी हुन पुगेको स्थितिमा निर्णयकर्ताहरुले सबैका आवाज र सरोकारको वेवास्ता गर्दै मनोमानीको परिपाटी बसालेका छन्। यस्तोमा वैद्य माओवादीका मागहरु सुन्दा मानिसहरुलाई फेरि पहिलेजस्तो “हो त, कुरा ठीकै त हो नि” भन्ने स्थितिमा पुगेका छन्।
राजनीतिक वस्तुस्थितिको यो छोटो विश्लेषणपछि फेरि आजको बन्दबारे केही विचार राख्न चाहन्छु। ५२ साल देखि ७० सालसम्म आइपुग्दा हामी नेपालीहरुले धेरै देखे-भोगेका छौँ। पहिले अधिकांश समय देशभित्रै गुजार्ने नेपालीहरु आजसम्म आइपुग्दा हामीले बाँकी विश्य पनि प्रत्यक्ष-अप्रत्यक्ष देखेका छौँ, आधुनिक राष्ट्र, राजनीति र समजका सिद्दान्त र चलनहरु बुझेका छौँ। आजकल बन्दको क्रममा हुने प्रतिकार र बन्द-विरोधी प्रदर्शनहरुप्रति प्राय सबै सचेत नागरिको समर्थन रहने गरेको देखिएको छ।
धुलिखेलमा आज बस जलाइँदा इन्टरनेट र पत्रपत्रिकाहरुमा देखिएको विरोधको स्पष्ट आवाज सकारात्मक सङ्केत हुन्। माडीमा बस जलाइँदा र त्यस्तै अन्य ध्वंसका कार्यहरु हुँदा यत्तिको स्पष्ट आवाज त मत सुन्न पाइएको थिएन। हामीलाई हिंसा पनि माग पुरा गर्ने तरिका हुनै सक्दैन भन्ने कुरामा अहिलेजस्तो प्रष्टता थिएन। महान् उद्देश्यको निम्ति महान् युद्ध हुँदा केही मानिसहरु बलिदान हुनैपर्छ, जसरी चामल पिस्दा केही कीराहरु मर्नैपर्छ भन्ने युक्तिलाई हामीले साँच्चै मन्त्रमुग्ध भएर पत्याएका थियौँ। माथि भनेजस्तै राज्यको गैह्रजिम्मेवारपूर्ण व्यवहार र विद्रोहीको युद्धमुखी-अवसरवादले गर्दा फाइदा राज्य-विरोधीहरुलाई नै पुग्न गयो र घाटा हामीजस्ता जनसाधारणलाई र देशको भविष्य अनि वर्तमानलाई।
तर अहिलेपनि जलाइएको वस्तु बस नभएर टेलिफोनको टावर भएको भए हाम्रो अडान के हुने थियो भनेर हामी सबैले एकपटक सोच्नैपर्छ। बस र विशेषत: त्यसका यात्रुहरुले गर्दा हामीमा मानवीय भावना आउँछ, मानिसहरुले जलेको वा त्यस्तै प्रत्यक्ष दु:ख पाएको कुरा हामीले सिधै आफुसँग तुलना गर्न सक्छौँ र त्यसै मानवीयताको आधारमा यस्ता कार्यको विरोध गर्न हामीलाई धेरै द्विविधा हुँदैन। बल्लतल्ल यहाँसम्म आइपुग्न पनि हामीलाई ५२ देखि ७० सम्मको लामो, कष्टपूर्ण र धेरै घाटायुक्त यात्रा तय गर्नुपर्यो। तर टेलिफोन टावर, पुल, कसैको पसल, बाटोको रेलिङ्ग, बाटो वरपरका रुख काटेर गरिने अवरोध, लाठि-मुङ्ग्री लिएर र टाउकोमा रातो फिता बाँधेर तर्साउन उभिने कार्यकर्ताहरु बारे हाम्रो धारणा के हो?
मान्छेको बाँच्न पाउने अधिकारजस्तै खुला र प्रजातान्त्रिक समाजमा सम्पत्ति र व्यसाय गर्न पाउने अधिकार पनि उत्तिकै महत्वपूर्ण हुन्। निजी सम्पत्तिको सम्मान विना मानिसको जीवनको मात्र सम्मानको खासै कुनै तात्विक महत्व हुँदैन। किनकी आफ्नो सम्पत्तिमाथि सुरक्षा नभएसम्म उसको कमाउने, खाने, परिवार पाल्ने र सुखी भविष्यप्रति लम्किने कुनै संभावना हुँदैन र प्रकारान्तले सम्मानजनक जीवन हुँदैन। अभिव्यक्ति र निजी सम्पत्तिको अधिकार विना मानिस केवल शास सहितको एउटा जीव हुन्छ, आधुनिक युगको मानिस हुन सक्दैन।
बस जल्दा बसका यात्रुहरु प्रति हाम्रो मनमा भावना आएजस्तै बसको मालिकप्रति केही भावना आयो कि आएन? भोलि यो देशमा व्यापार गर्न चाहने वा पेशा गर्न चाहनेहरु प्रति केहि भावना आयो कि आएन? पसलहरु तोडफोड हुँदा वरिपरिकालाई चोट लागेकोमा दु:खी भएजस्तै हामी पसलेप्रति दु:खी भयौँ कि भएनौँ? यस्तो जोखिमयुक्त वातावरणमा व्यापार गर्नुपर्दा पसलेले महङ्गोमा बीमा गर्नुपर्ने, त्यसमा पनि अनिश्चितताले गर्दा महङ्गोमा समानहरु बेच्नुपर्ने र तैपनि व्यवसाय गर्न गाह्रो भएपछि अन्य पेशा वा देशमा पलायन हुनुपर्ने स्थिती प्रति हामीलाई चासो आउन ७० सालदेखि ९० सालसम्म कुर्नुपर्यो हो त?
त्यसो भयो भने हामी सबैलाई धेरै घाटा हुनेछ, हाम्रो देश धेरै पछाडि परिसकेको हुनेछ। ७० सालमै बुझौँ, हिंसा मानव जीवनको निम्ति मात्रै हैन, आधुनिक चेत प्रतिपनि निकै हानिकारक हुन्छ। शान्तिपूर्ण रुपमा बाँच्न पाउने अधिकार मात्र हैन, स्वतन्त्र रुपमा विचार राख्न पाउने र नियमपूर्वक व्यापार-व्यसाय गर्न पाउने अधिकार पनि उत्तिकै आधारभूत अधिकारहरु हुन्। हाम्रो विकास र अर्थतन्त्र यिनै आधारभुत अधिकारमा निर्भर छन् र जबसम्म हामीले तिनलाई स्थापित गर्न सक्दैनौँ, हामी पिछडिएको राष्ट्र र मानव-संसाधन निर्यात गर्ने समाजकै रुपमा अँध्यारोमा रहिरहने छौँ।
निजी सम्पत्तिको सुरक्षा र व्यापार गर्न पाउने स्वतन्त्रता एउटा लोकतान्त्रिक देशको प्रमुख परिचय हो। त्यो स्थिति को सुनिश्चिता नहुँदा र सम्पत्तिमाथी जोखिम र आक्रमण कायम रहँदासम्म हामीकहाँ कहिल्यै पनि वैज्ञानिकहरु, उद्दमीहरु र सबल व्यापारीहरु फस्टाउन सक्दैनन्।
त्यसकारण अहिल्यै देखि आधुनिक, सबैलाई अवसरयुक्त र लोकतान्त्रिक राष्ट्रका अवयव र सिद्दान्तहरु बुझेर ति अनुसार व्यवहार गर्ने र त्यसनिम्ति दवाव दिन हामी सबै सचेत हुनुपर्छ। बन्द र हिंसाको विरोध त गर्नैपर्छ, तर सो विदोधको नैतिक र तार्किक आधार पनि बलिया हुनुपर्छ, केवल मानवियता हैन कि निश्चित सैद्धान्तिक आधारहरु बारे स्पष्ट भएर तिनको आधारमा देश निर्माणको बाटो तय गर्नुपर्दछ।
News Froma Kathmandu Nepal
बसमा रहेका यात्रु भने भागेर बच्न सफल भएका छन्। भाग्ने क्रममा केही यात्रु सामान्य घाइते भएका छन्। यस्तै बनेपाको तरकारी बजारमा आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागेर पत्रकार केशवराज पौडेल घाइते भएका छन्।
प्रहरीले वन्दकर्ताको नेतृत्व गर्ने नेकपा माओवादीका केन्द्रीय सदस्य चुणमणि चौलागाईं हेमक, नेकपा एकीकृतका केन्द्रीय सदस्य कान्छाराम तामाङ, नेकपा माआवादीका नेताहरु गोपाल घिमिरे, गिता रसाइली लगायतलाई पक्राउ गरेको छ ।
यसैबीच काभ्रेको बनेपामा बिहानै वन्दको प्रतिकार भएको थियो। बनेपाको चारदोबाटोमा नेकपा-माओवादीका कार्यकर्ताले पत्रकारमाथि आक्रमणगरेपछि बन्दको प्रतिकार भएको हो। माओवादीका कार्यकर्ताले अरनिको टिभीका पत्रकार देवराज केसीमाथि आक्रमण गरेका थिए। जनागाल घर भएका केसीमाथि आक्रमण गरेपछि जनागाल र बनेपाका स्थानीयबासीले माओवादीविरुद्ध प्रदर्शन गरेका थिए।
प्रदर्शनको क्रममा माओवादी कार्यकर्ता र स्थानीयबासीबीच सामान्य झडपसमेत भएको थियो। माओवादीका कार्यकर्ताहरु रड बोकेर आक्रमणमा उत्रिएपछि उनीहरुलाई प्रहरीले लखेटेको छ।
प्रहरीले धमाधम माओवादी कार्यकर्ता पक्राउ गरेपछि वन्द अहिले खुलेको छ। अहिले बनेपाबाट धुलिखेल जाने र काठमाडौं जाने यातायातका साधन सञ्चालनमा आएका छन्।
लामो रुटका सवारीसाधन भने चल्न सकेका छैनन्। बनेपामा पसल तथा विद्यालय पनि खुलेका छन्।
यसैबीच दोलखाको सदरमुकाम चरिकोटमा आइतबार बजार बन्द गराउँदै हिडेका नेकपा-माओवादीका कार्यकर्तालाई स्थानीय व्यापारीले कुटिपिट गरेका छन् ।
जिल्ला सेक्रेटरी प्रेम दर्नालसहित ५ जनालाई स्थानीय व्यापारीले कुटपिट गरेका छन् ।
बजार पसल बन्द गराउँदै हिडेका बन्द गराउदै हिडेको जिल्ला सेक्रेटरी प्रेम दर्नालसहितका करिब आधा दर्जन कार्यकर्तालाई बन्दको प्रतिकारस्वरुप पिटेका हुन् ।
बजार बन्द गराउँने क्रममा स्थानीय व्यापारीसँग भएको विवादले उग्र रुप लिएपछि कार्यकर्ता कुटिएका हुन् ।
कुटिएका नेकपा-माओवादीका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
व्यापारीको प्रतिकारपछि अहिले चरिकोट बजार पूर्णरुपमा खुलेको छ । यसैबीच चरिकोटका स्थानीय व्यापारीले जुनसुकै पार्टी र समूहलाई पनि चरिकोट बन्द गर्न नदिने बताएका छन् ।
नेकपा–माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको ताम्सालिङ क्षेत्र बन्दमा बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकार्यकर्ताले यात्रुलाई भित्रै राखेर धुलिखेलको मिराबेल चोकमा काठमाडौंबाट मेलम्ची जाँदै गरेको बा २ ख ५६७२ नंवरको बस जलाएका छन्। ५/६ जनाको समूहमा आएका उनीहरुले बस रोकेर यात्रु भएकै अवस्थामा पेट्रोल छर्केर बसमा आगो लगाइदिएका हुन्।
बसमा रहेका यात्रु भने भागेर बच्न सफल भएका छन्। भाग्ने क्रममा केही यात्रु सामान्य घाइते भएका छन्। यस्तै बनेपाको तरकारी बजारमा आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागेर पत्रकार केशवराज पौडेल घाइते भएका छन्।
प्रहरीले वन्दकर्ताको नेतृत्व गर्ने नेकपा माओवादीका केन्द्रीय सदस्य चुणमणि चौलागाईं हेमक, नेकपा एकीकृतका केन्द्रीय सदस्य कान्छाराम तामाङ, नेकपा माआवादीका नेताहरु गोपाल घिमिरे, गिता रसाइली लगायतलाई पक्राउ गरेको छ ।
यसैबीच काभ्रेको बनेपामा बिहानै वन्दको प्रतिकार भएको थियो। बनेपाको चारदोबाटोमा नेकपा-माओवादीका कार्यकर्ताले पत्रकारमाथि आक्रमणगरेपछि बन्दको प्रतिकार भएको हो। माओवादीका कार्यकर्ताले अरनिको टिभीका पत्रकार देवराज केसीमाथि आक्रमण गरेका थिए। जनागाल घर भएका केसीमाथि आक्रमण गरेपछि जनागाल र बनेपाका स्थानीयबासीले माओवादीविरुद्ध प्रदर्शन गरेका थिए।
प्रदर्शनको क्रममा माओवादी कार्यकर्ता र स्थानीयबासीबीच सामान्य झडपसमेत भएको थियो। माओवादीका कार्यकर्ताहरु रड बोकेर आक्रमणमा उत्रिएपछि उनीहरुलाई प्रहरीले लखेटेको छ।
प्रहरीले धमाधम माओवादी कार्यकर्ता पक्राउ गरेपछि वन्द अहिले खुलेको छ। अहिले बनेपाबाट धुलिखेल जाने र काठमाडौं जाने यातायातका साधन सञ्चालनमा आएका छन्।
लामो रुटका सवारीसाधन भने चल्न सकेका छैनन्। बनेपामा पसल तथा विद्यालय पनि खुलेका छन्।
यसैबीच दोलखाको सदरमुकाम चरिकोटमा आइतबार बजार बन्द गराउँदै हिडेका नेकपा-माओवादीका कार्यकर्तालाई स्थानीय व्यापारीले कुटिपिट गरेका छन् ।
जिल्ला सेक्रेटरी प्रेम दर्नालसहित ५ जनालाई स्थानीय व्यापारीले कुटपिट गरेका छन् ।
बजार पसल बन्द गराउँदै हिडेका बन्द गराउदै हिडेको जिल्ला सेक्रेटरी प्रेम दर्नालसहितका करिब आधा दर्जन कार्यकर्तालाई बन्दको प्रतिकारस्वरुप पिटेका हुन् ।
बजार बन्द गराउँने क्रममा स्थानीय व्यापारीसँग भएको विवादले उग्र रुप लिएपछि कार्यकर्ता कुटिएका हुन् ।
कुटिएका नेकपा-माओवादीका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
व्यापारीको प्रतिकारपछि अहिले चरिकोट बजार पूर्णरुपमा खुलेको छ । यसैबीच चरिकोटका स्थानीय व्यापारीले जुनसुकै पार्टी र समूहलाई पनि चरिकोट बन्द गर्न नदिने बताएका छन् ।
News From Kathmandu Nepal,,
२९ भदौ, काठमाडौं । गौतम वुद्ध भारतमा जन्मिएको भनेर भारतीय सञ्चार माध्यमहरुले गलत प्रचार गरेको भन्दै युवाहरुले शनिबार काठमाडौंमा सडकमा प्रदर्शन गरेका छन् ।सामाजिक सञ्जालबाट गरिएको आहृवानका आधारमा बसन्तपुरमा जम्मा भएका युवाहरुले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको सरकारी निवास बालुवाटारसम्म प्रदर्शन गरेका हुन् ।
सुरुमा गल्ती गर्ने र पछि माफी माग्ने गरेको भन्दै अब गल्ती नदोहोर्याउन प्रतिवद्धता जनाउन माग गरेका छन् । ‘माफी दिँदा दिँदा हामी थाकिसक्यौ’ प्रदर्शनमा सहभागी एक युवाले भने-’अब गल्ती नदोहोर्याउन प्रतिवद्धता चाहिन्छ ।’ युवाहरुले बुद्धको जन्मबारे गलत प्रचार गर्दासमेत सरकारको मौन बसेको भन्दै आक्रोस व्यक्त गरेका छन् । भारतीय च्यानल जी टीभीले बुद्ध भारतमा जन्मिएको भन्दै कार्यक्रम बनाएको थियो । तर, चर्को विरोध भएपछि उसले माफी मागेको छ ।
उनीहरुले नेपाल सद्भावना पार्टीकी अध्यक्ष सरिता गिरीले माफी माग्नुपर्ने मागसमेत गरेका छन् । माफी नमागे उनीविरुद्ध आन्दोलन गर्ने युवाहरुले चेतावनी दिएका छन् । गिरीले आफ्नो ट्वीटरमा लेख्नुभएको थियो- ‘गौतम बुद्धले मधेसको बोधगयामा बोधत्व प्राप्त गरेका थिए, जुन अहिले विहार, भारतमा पर्छ । बुद्धलाई भारत र नेपाल दुबैले शेयर गर्नु पर्छ ।गिरीको यस्तो अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा समेत तीब्र आक्रोश पोखिएको छ ।
२९ भदौ, काठमाडौं । गौतम वुद्ध भारतमा जन्मिएको भनेर भारतीय सञ्चार माध्यमहरुले गलत प्रचार गरेको भन्दै युवाहरुले शनिबार काठमाडौंमा सडकमा प्रदर्शन गरेका छन् ।सामाजिक सञ्जालबाट गरिएको आहृवानका आधारमा बसन्तपुरमा जम्मा भएका युवाहरुले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको सरकारी निवास बालुवाटारसम्म प्रदर्शन गरेका हुन् ।
सुरुमा गल्ती गर्ने र पछि माफी माग्ने गरेको भन्दै अब गल्ती नदोहोर्याउन प्रतिवद्धता जनाउन माग गरेका छन् । ‘माफी दिँदा दिँदा हामी थाकिसक्यौ’ प्रदर्शनमा सहभागी एक युवाले भने-’अब गल्ती नदोहोर्याउन प्रतिवद्धता चाहिन्छ ।’ युवाहरुले बुद्धको जन्मबारे गलत प्रचार गर्दासमेत सरकारको मौन बसेको भन्दै आक्रोस व्यक्त गरेका छन् । भारतीय च्यानल जी टीभीले बुद्ध भारतमा जन्मिएको भन्दै कार्यक्रम बनाएको थियो । तर, चर्को विरोध भएपछि उसले माफी मागेको छ ।
२९ भदौ, काठमाण्डौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन विरोधी शक्तिहरु जनतालाई अधिकार सम्पन्न बनाउन तयार नभएका कारण मुलुकमा राजनीतिक सङ्क्रमण बढेको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार सरोकार केन्द्र नेपालको राष्ट्रिय भेलाको शनिवार उद्घाटन गर्दै उहाँले जनतालाई अधिकार सम्पन्न बनाउन पनि आगामी संविधानसभा निर्वाचन सफल बनाउनु अत्यावश्यक रहेको वताउनुभयो ।पूर्ण बहुमत नहुँदा जनताको पक्षमा काम गर्न नसकिएको तर्क गर्दै उहाँले भन्नुभयो, “अघिल्लो संविधानसभामा परिवर्तनकारी र क्रान्तिकारी शक्तिको पूर्ण बहुमत नहुँदा जनताको पक्षमा काम गर्न सकिएन, भने दुई तिहाइ मत नहुँदा जनताको पक्षमा संविधान निर्माण गर्न सकिएन ।”आगामी संविधानसभामा नेपाली जनताले एमाओवादीलाई पूर्ण बहुमत दिने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले परिवर्तनको एजेन्डालाई संस्थागत गर्न पनि आंशिक होइन, पूर्ण बहुमतको जरुरत रहेकामा जोड दिनुभयो । संविधानसभा निर्वाचनलाई सफल बनाउन एमाओवादी प्रतिबद्ध भएर लागेको जानकारी दिँदै उहाँले जनविरोधी शक्तिहरु पराजित हुने छन् भन्नुभयो ।
संविधानसभा निर्वाचनको प्रक्रिया अगाडि बढिसकेको सन्दर्भमा मानवअधिकारवादी सङ्घसंस्थाको भूमिका महत्वपूर्ण रहेको भन्दै अध्यक्ष दाहालले जनताको अधिकारलाई सम्मान गर्नु नै उत्तम मानवअधिकार भएको बताउनुभयो । कार्यक्रममा एमाओवादीका अर्का नेता वर्षमान पुनले मानवअधिकारको विषय आम जनतासँग जोडिएकाले एकपक्षीय रुपमा गरिने सो अधिकारको व्याख्याले कुनै पनि पक्षको हित नगर्ने धारणा राख्नुभयो ।
एमाओवादी विधिको शासनलाई सम्बर्द्धन गर्ने पक्षमा रहेको भन्दै उहाँले मानवअधिकारलाई सापेक्ष ढङ्गले मात्र व्याख्या गर्न नहुनेमा जोड दिनुभयो । कार्यक्रममा मानवअधिकारवादी चरण प्रसाईं, शोभाकर पराजुली, विष्णुपुकार श्रेष्ठलगायतले मानवअधिकारको विषयलाई आम जनताको अधिकारसँग जोडेर हेर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा केन्द्रका अध्यक्ष वोर्णबहादुर कार्कीले अवधारणापत्र पेस गर्नुभएको थियो । सो अवधारणापत्रमा द्वन्द्वकालीन मुद्दाहरुको निरोपणका लागि तत्काल सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्नुपर्ने उल्लेख गरिएको छ । राष्ट्रिय भेलाले नयाँ नेतृत्व समेत चयन गर्ने आयोजकले जानकारी दिएको छ । रासस

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी मङ्सिर ४ गतेको संविधानसभाको निर्वाचन मिति कुनै पनि हालतमा सार्न नहुने बताए।
राप्रपा नेपाल दमक नगर समितिद्वारा आज बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले मुलुकभरि निर्वाचनको वातावरण बन्दै गएको र जनता निर्वाचनको पक्षमा रहेकाले अब जसरी भए पनि घोषित मितिमै निर्वाचन हुनुपर्नेमा जोड दिए।
उनलेे वैद्य पक्षलाई निर्वाचनमा सहभागी गराउन राष्ट्रपतिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए। अध्यक्ष थापाले विदेशी हस्तक्षेपको कारण मुलुकको राष्ट्रियता खतरामा परेको छ भन्दै राष्ट्रियतालाई जोगाउन राष्ट्रवादी एक हुनुपर्नेमा जोड दिएका थिए ।

गोरखा धावा ४ का ४६ वर्षका एक शिक्षक ९ वर्षसम्म अस्थायी रहेर पढाए । गाउँकै तान्दाङस्थित संस्कृत माविमा पढाउँदा पढाउँदै उनी बिरामी परे । सुरुमा उनलाई ज्वरो आयो । गाउँमा सामान्य उपचार गरे । निको भएन् । परिवारले उपचारका लागि काठमाण्डौं पुर्याए । डाक्टरले औषधि दिएर निको हुने भन्दै घर फर्काए । आजको कान्तिपुरमा खबर छ ।
तर उनलाई सञ्चो भएन । पुन काठमाण्डौं पुर्याउँदा डाक्टरले उपचार नहुने भन्दै परिवारलाई घर फर्काए ।बिरामी परेका ती शिक्षक हुन चन्द्रकान्त सिम्खडा । उनी एक्लै बर्बराउन थालेपछि फेरि परिवारले काठमाण्डौंको वीर, शिक्षण, पाटन अस्पताल पुर्याए । चिकित्सकले भारतको भेलोर लगेमात्र उपचार सम्भव हुन्छ भन्दै परिवारलाई घर फर्काइदिए ।
‘जिल्लामा उपचार नभएपछि काठमाण्डौं पुर्यायौं,’ श्रीमती सीताले भनिन्, ‘तर डाक्टरले धेरै नबाँच्ने भन्दै घर पठाए ।’ उनले श्रीमान ठीक हुने आशमा राँची लगे पनि निको हुनुको साटो वाक्य नै बन्द भएको बताइन् ।
सिम्खडा बोल्न सक्दैनन् । दिसापिसाव ओछ्यानमै गर्छन । दिनभरि १ जना उनको गोठालो बस्नपर्छ । उनलाई १७ वर्षदेखि दाम्लोले बाँधेर राखिएको छ ।परिवारले उपचारमा ४ लाख रुपैयाँ सिध्याए । उनी थला परेपछि उपचारमा सहज हुने भन्दे सीताले गोरखाको घरखेत बिक्रीगरी चितवनको पिठुवामा रहेको माइतीघर नजिकै बसोबास गरिन । लामो समयसम्म उपचार गर्न भन्दै अस्पताल धाए पनि उपचार हुन नसक्दा परिवार निराश भएका छन् । सिम्खडाकी श्रीमती, ३ छोरा र आमा छन् ।