• Contact
  • Typography
  • Pages
    • 404 page
    • Contact
    • Page with video
    • Page with image
    • Page with audio
    • Landing page
    • Fullwidth
  • Options Panel
  • Blog
  • Home
Sky Nepal Online News and Entertainment Site
  • Home
  • News
    • National
    • Prawas
    • World
    • Finance
  • Filmy
    • Bollywood
    • Hollywood
    • Kallywood
  • Sports
  • Entertainment
  • Tv Shows
    • Meri Bassai
    • Jire Khursani
    • Tito Satya
    • Jhai Kuti Jhai
  • Interviews
  • Other News
    • Sajha Sawal
    • Khabar Bhitra ko Khabar
    • Power News
    • Khoj Talas

Showing posts with label Diaspora. Show all posts
South Carolina America
Nasa In Nepali

शुक्रबार २१ भाद्र, २०७०


एन्मा र नासाको सम्मेलनमा ८ सय नेपाली सहभागी
साउथ क्यारोलीना— अमेरिकमा रहेका नेपालीहरुका दुई ठूला संस्थाहरु एशोसिएसन अफ नेप्लीज इन मिडवेष्ट अमेरिका (एन्मा) र २२ बर्ष पहिले स्थापना भएको नेप्लिज एशोसिएसन इन साउथइस्ट अमेरिका (नासा)को ९ औं संयुक्त सम्मेलन भब्यताका साथ सम्पन्न भएको छ। साउथ क्यारोलीनाको स्पार्टनबर्गमा तीन दिनसम्म चलेको संयुक्त सम्मेलनमा अमेरिकामा रहेका आठ सय भन्दा धेरै नेपालीहरुको सहभागितामा थियो।

अमेरिकाको लागि नेपाली राजदुत शंकरप्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको सम्मेलनमा रक्तदान, खेलकुद, ट्यालेण्ट शो, बालबालिकाहरुका बिबिध कार्यक्रमहरु, सांस्कृतीक कार्यक्रम, भ्रष्ट्राचारबिरुद्धको अभियानको बारेमा छलफल, ब्यवसायिक विकासको बारेमा छलफल भएको थियो।

३३ वर्ष पहिले स्थापना भएको एशोसिएसन अफ नेप्लिज इन मिडवेष्ट अमेरिका (एन्मा) र २२ बर्ष पहिले स्थापना भएको नेप्लीज एशोसिएसन इन साउथइस्ट अमेरिका (नासा) ले नौ वर्षदेखि संयुक्त रुपमा सम्मेलनको आयोजना गर्दै आएका छन् । हरेक वर्षको अमेरिकन लेबर डेको सन्दर्भ पारेर आयोजना गरिने कार्यक्रम नासा र एन्माले पालैपाले सम्मेलनको सञ्योजन गर्दछन्।

यस वर्ष नासाको अगुवाईमा साउथ क्यारोलिनामा बस्ने नेपालीहरुको संस्था स्क्यानको आयोजनामा सम्पन्न भएको हो। सम्मेलन आयोजक संस्था स्क्यानका अध्यक्ष मनिष शाक्यकाअनुसार आफूहरुले सोचे भन्दा धेरैको संख्यामा उपस्थिती भएकोले कार्यक्रमको ब्यवस्थापन गर्न केही कठिन भए पनि सम्मेलन ऐतिहासीक भएकोमा खुशी व्यक्त गरे।

नासाका निर्बतमान अध्यक्ष सञ्जीव सापकोटाले नासा र एन्माको संयुक्त सम्मेलनमा धेरै नेपालीको सहभागिता निकै उदाहरणीय भएको बताए। १६० भन्दा धेरै खेलाडिको सहभागिता रहेको सम्मेलनमा नेपाल सेन्टर अफ नर्थ क्यारोलीना (एनएनसी) टिम ए भलिबलमा बिजयी भएको थियो भने फुटबलमा फ्लोरिडा चौतारी प्रथम भएको थियो।

यस पटकको सम्मेलनमा नासाले नयाँ नेतृत्वको समेत चयन गरेको छ। दुई बर्षका लागि चयन गरिने नयाँ कार्यसमितीमा साउथ क्यारोलीनामा बस्दै आएका रामचन्द्र बरालको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। समितिका अधिकाशं पदहरु सहमतीमै चयन भए पनि बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सह सचिव पदका लागि भने निर्बाचन भएको थियो। आइतबार भएको निर्बाचनमा बरिष्ठ उपाध्यक्षमा फ्लोरिडाका बिमल नेपाल बिजयी भए। उपाध्यक्षमा जर्जियाका शैलेन्द्र ब्रजाचार्य र सह सचिबमा जर्जियाकै अम्बीका लोहनी शर्मा बिजयी भए। ३ दिनसम्म चलेको सम्मेलनमा विभिन्न क्षेत्रका उत्कृष्ट ब्यक्तिसरुलाई विविध शिर्षकमा सम्मान समेत गरिएको थियो। सम्मेलनको दोस्रो र तेस्रो दिन नासाका पूर्व अध्यक्ष राजा घले र कैलास कायस्थको संयोजनमा भएको विशेष सांस्कृतिक कार्यक्रममा वरिष्ठ कलाकारहरु मीरा राणा, ओम बिक्रम बिष्ट, प्रेम राजा महत, यज्ञमान शाक्य, जगदिश समाल लगायत स्थानीय कलकारहरुले प्रस्तुती दिएका थिए।

सम्मेलनको अन्तीम दिन आगामी बर्ष एन्माको संयोजनमा हुन लागेको दशौं संयुक्त सम्मेलन क्लोराडोमा हुन लागेको जानकारी दिइएको थियो। एन्माका अध्यक्ष गोपेन्द्र भट्टराइका अनुसार क्लोराडोमा हुन लागेको दशौं संयुक्त सम्मेलनको क्लोराडोमा रहेका नेपालीहरुको संस्था रक्की माउण्टेन फ्रेण्स अफ नेपाल र नेपाली घरको संयुक्त आयोजनमा हुनेछ।
फागुपूणिर्मा रंगको पर्व मात्र होइन, गुरु-शिष्य मिलनको दिन पनि हो। यद्यपि नेपालको फागु पूणिर्मामा गुरु-शिष्य मिलनका दृश्य निकै कम दे ख्न पाइन्छ। यो परम्परालाई अहिलेसम्म बचाइरहेका छन्, संगीतका पुराना प्रशिक्षक गुरुदेव कामतले। २० वर्षदेखि काठमाडौंमा संगीत  प्रशिक्षण दिइरहेका सिराहाका गुरुदेव कामत गुरु-शिष्य परम्परा नमान्ने विद्यार्थीलाई संगीत सिकाउन अस्वीकार गर्छन्। संगीत सिक्न चाहने  व्यक्ति जतिसुकै सम्पन्न होस् वा ठूलो पदको व्यक्ति, गुरुको अघि शिर झुकाएर नम्रतापूर्वक आशीर्वाद लिनुपर्छ भन्ने उनको मान्यता छ। गुरु देवले अहिलेसम्म १३ हजार नेपालीलाई संगीत सिकाइसकेका छन््। नेपालका सबैजसो चर्चित गायक-गायिका यिनै गुरुदेवका शिष्य हुन्। तराइर् -पहाड दुवैतिर होली पर्वको जोडदार तयारी भैरहेका बेला साप्ताहिकले गुरुदेव कामतसँग संगीत, फागु पर्व तथा उनको संगीत जीवनका  सम्बन्धमा लामो कुराकानी गरेको थियो। गुरुदेव कामत काठमाडौंको बागबजारमा गुरुकूल संगीत प्रशिक्षण केन्द्र चलाइरहेका छन्। 

नेपालमा गुरु-शिष्यको परम्परा हराउँदै गएको छ, तपाईंले यो परम्परा जोगाउने प्रयास गर्नुको कारण के हो ?

संगीत आफैंमा गम्भीर विषय हो। त्यसमाथि शास्त्रीय संगीत हाम्रा देवी-देवताको नासो हो। यो विद्या गुरुको आशीर्वादबिना सम्भव छैन। हामी  हिन्दू संस्कृति-संस्कार मान्ने व्यक्तिले आफ्नो परम्परा बिर्सनु हुँदैन भनेर बचाउने प्रयास गरेको हुँ।

आजभोली शिक्षा महँगो भएको छ। पैसा तिरेपछि विद्यार्थीहरूले राम्रा विद्यालय-कलेजमा विभिन्न प्राविधिक शिक्षा पढ्न पाइरहेकै छन्। यस्तो  अवस्थामा तपाईंको गुरुकूल पद्धति कसरी सफल होला ?

सफल भैरहेकै छ। अहिलेसम्म १३ हजार विद्यार्थीले मसँग शास्त्रीय संगीतको विद्या सिके। प्रत्येकले मेरो नियम पालन गरेकै छन्। कोही दुई  दिनका लागि मात्र भए पनि मसँग संगीत सिक्न आएका थिए, कसैले १० औं वर्ष मसँग बसेर यो विद्या लिए। संगीत सिक्न आउने सबैलाई म  गुरुकुलको नियम सिकाउँछु। जो यो नियम मान्छन्, उनीहरू मात्र मसँग संगीत सिक्न सक्छन्। 

आजभोलि युवाहरू आमा-बुवाको त खुट्टा छुन गाह्रो मान्छन्, तपाईं जबरजस्ती... ?

कहाँ जबरजस्ती हो र भाइ... जबरजस्ती गरेर पनि गुरु श्रद्धा हुन्छ र ? शिष्यले प्रेम-भावले गुरुलाई नमन गर्नुपर्छ। त्यही विद्यार्थी मात्र माथि  जान्ा सक्छ। यो मेरो अहिलेसम्मको अनुभव हो। 

कतिपयले यसलाई भारतीय परम्परा मान्छन्, तपाईंले चलाउनुभएको यो परम्पराको विरोध भएको सुन्नुभएको छ ?

पछाडि कसले विरोध गर्छ, कसले गर्दैन, म वास्ता गर्दिनँ। मैले आफ्ना लागि यो परम्परा चलाएको पनि होइन, देशका लागि यो संस्कार  जीवित राख्ने प्रयास गरेको हुँ। जहाँसम्म यो भारतीय परम्परा भन्ने कुरा छ, त्यसमा मेरो असहमति छ। यो हिन्दू संस्कृति र संस्कारको परम्परा  हो। भारतीयहरूले यसलाई कायम राखे, हामीले बिर्सन थाल्यौं। हामी युरोप-अमेरिकाको गलत संस्कार सिकिरहेका छौं। 

गुरु-शिष्य परम्परा नमान्नेले संगीत सिक्न सक्दैन ?

तपाईं कसैलाई गुड मर्निङ भन्नुहोस्, उसले गुड मर्निङ फर्काउँछ। गुड मर्निङको अर्थ हो— राम्रो बिहानी। त्यो आशीर्वाद हो ? होइन। तपाईं  नमस्ते भन्नुहोस्, उसले नमस्ते नै फर्काउँछ। अब तपाईं गोडा छुनुहोस्, गुरुले हृदयदेखि आशीर्वाद दिन्छ। गुरुले हृदयदेखि दिएको आशीर्वाद  भगवान्बाट आएको आशीर्वाद हो। बुझ्नेले यसमा गम्भीर दर्शन पाउँछ, नबुझ्नेले हलुका रूपमा बुझ्छ। त्यो आ-आफ्नो बुझाइमा फरक  पर्ने कुरा हो। 

तपाईंले पनि यहि संस्कारमा संगीत सिक्नुभएकाले पो महत्वपूर्ण लागेको हो कि ?

मैले कलकत्तामा गुरु सञ्जय चटर्जीसँग तीन वर्ष संगीत सिकें। त्यसपछि विहारमा गुरु गणेशलाल ठाकुरको घरमै बसेर १५ वर्ष संगीत सिकें।  मैले संगीत अध्ययन गर्दासम्म पैसा तिरेर संगीतजस्तो विद्या प्राप्त हुन्छ भन्ने कल्पना पनि थिएन। गुरु खुसी भएपछि दानमा त्यो ज्ञान दिने  चलन थियो। जसले जति गम्भीर रूपमा यो विद्यालाई लिन्छ, उसले त्यति नै बढी खजाना पाउँछ। मैले २० वर्ष संगीतको ज्ञान लिनमै बिताएँ।  त्यो धैर्य, लगनशीलता र मेहनतले नै म राम्रो प्रशिक्षक हुन सकें। 

तर दुई चार महिना संगीत सिकेका गायकहरू तपाईंभन्दा लोकपि्रय छन्, कस्तो लाग्छ ?

मिडियाले संगीतलाई हलुका बनाइदियो। संगीतको प्रचार पनि मिडियाकै कारण भयो। प्रतिभाशाली मान्छे पनि मिडियाको यस्तो व्यवहार देखेर  निराश भए, तर याद गर्नुहोस्, जसले लामो समय गम्भीर साधना गरेको छ, ऊ सधैंभरि संगीतमै छ। जो प्रचारका लागि आएका छन्, उनीहरू  हराएका छन्। मैले संगीत क्षेत्रमै ५० वर्ष बिताए। यो ५० वर्षमा देखेको कुरा भन्दैछु। मेरै कुरा गर्नुहोस्, म १५ पटक एकल शो गर्ने नेपालको  एकमात्र गायक हुँ। आजभोलिका केटामा त्यो दम कहाँ छ ?

हेर्दा त भर्खरको देखिनुहुन्छ ?

५८ वर्षको भएँ। म आठ वर्षको उमेरदेखि यो क्षेत्रमा छु। 

सिराहाको एउटा भित्री गाउँमा जन्मिनुभएको मान्छे, त्यो बेला कसरी संगीतमा लाग्नुभयो ?

तराईका जमिन्दारहरू भारतबाट गायक-नर्तक बोलाएर फुर्सदको समयमा रमाइलो गर्छन्। मेरो हजुरबुवा त्यस्ता गायक-नर्तकहरूसँग संगत  गर्न रुचाउनुहुन्थ्यो। उनीहरूसँगै हजुर बुबाले संगीत सिक्नुभयो। त्यसपछि विरासतमा त्यो शिक्षा बुबाले पाउनुभयो। बुवाले आफ्ना चार  छोरामध्ये मलाई र मेरो दाजुलाई संगीत क्षेत्रमा लगाउनुभयो। दाजुले केही समयपछि यसलाई छाडिदिनुभयो। म भने सानैमा कलकत्ता गएर  थप शिक्षा लिए। जब थाहा पाएँ, संगीतको क्षेत्र ठूलो छ, फेरि अर्को गुरुको घरमा १५ वर्ष बसेर यो शिक्षा लिएँ।

तपाईं भारतमै चर्चित हुनुहुन्थ्यो, नेपाल आउनुको कारण के पर्‍यो ?

म सानैदेखि रेडियो नेपालमा बज्ने संगीतिक कार्यक्रमहरू सुन्थें। त्यसैले काठमाडौं आउने इच्छा भयो। काठमाडौं आएका बखत गोपाल यो ञ्जनको संगीतमा गीत गाउने अवसर पाएँ। उहाँ मेरो प्रतिभा देखेर छक्क पर्नुभयो र नेपालमै केही गर्न आग्रह गर्नुभयो। तबलावादक होमनाथ  दाहालले पनि मलाई यतै वस्न आग्रह गर्नुभयो। २०४९ सालमा रेडियो नेपालमा भएको राष्ट्रियस्तरीय शास्त्रीय संगीत एवं आधुनिक गीत  प्रतियोगितामा दुई-दुईवटा स्वर्ण पदक पाएपछि मलाई सबैले रोके। 

तपाईंसँग १३ हजार विद्यार्थीले संगीत सिके, तीमध्ये केही मात्र चर्चित भए। ती चर्चित को-को हुन् ?

सबै विद्यार्थी मेरा लागि उत्तिकै हुन्। चर्चित हुनेबित्तिकै उनीहरू ठूला र चर्चित नहुनेबित्तिकै सामान्य मान्न मिल्दैन। वास्तवमा संगीत चर्चाका  लागि सिकिँदैन, गाइँदैन। यो गलत चलन बसेको छ। 

होलीको मौसम छ। तराईका गाउँघरमा जुन रमझम हुन्छ, काठमाडौंमा हुँदैन, कस्तो लाग्छ ?

गाउँको होली संस्कारित छ। आफूभन्दा ठूलाको आशीर्वाद लिने चलन छ। यहाँ होली विकृत भएजस्तो लाग्छ। तैपनि आफ्नो घर र विद्यार्थीह रूलाई होलीलाई संस्कारित बनाउन सिकाउँछु। यसको महत्व स्थापित गर्ने प्रयासमा छु।

बारा, फाल्गुन १७ - इलाका प्रहरी कार्यालय सिमराले बिहीबार राति १२ बजेर १० मिनेटमा अमलेखगंजबाट एउटा एम्बुलेन्स सहित एक सय ८० किलो गाँजा बरामद गरेपछि एम्बुलेन्समा गाँजा तस्करी भइरहेको रहस्य बाहिर आएको छ ।
लागुऔषधको कारोबारमा संलग्न हरुले एम्बुलेन्स सेवाको दुरुपयोग गर्ने गरेको रहस्य यसरी सार्वजनिक भएको हो ।
सिमरा प्रहरीले ना २ च ६७८० नम्बरको एम्बुलेन्स विशेष सुराकीको आधारमा नियन्त्रणमा लिई खान तलासी गर्दा १२ वटा पोकामा रहेको करिब एक सय ८० किलो गाजा बरामद भएको हो ।
मकवानपुरको बसामाडीबाट सिराहा तर्फ एम्बुलेन्स गइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठले बताएका छन् ।
प्रहरीले एम्बुलेन्सका चालक नवलपरासी रजहरका चिन्तामणी सापकोटा र गाजा धनी मकवानपुर बसामाडीका कृष्ण गोलेलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
गाजा बोकेको एम्बुलेन्स क्षत्री समाज भरतपुरले ३ दिन अघि फागुन १३ गतेबाट संचालनमा ल्याएको प्रहरीले जनाएको छ ।
Next post →
Home

Video

Rashifal

POPULAR POST

Fans

Recommend on Google
Follow @YOU

Comedy

Serials

Music Video

Top 10 Posts

नरेनसँग रोमान्स गर्दै रेखा

प्रायः दैनिक जसो सुटिङ भइरहने किर्तिपुरस्थित चोभार डाँडामा हिजो शनिबार पनि छविराज प्रोडक्शन र रेखा फिल्मस् व्यानरको संयुक्त प्रस्तुती रहेको ...

Chhitiz paari By Ramji Khand and Tika Pun

Nepali Exchange Rate 18,September,2013

#     Currency     Unit     Selling in Nepalese Rupees (Rs) 1     U.S. Dollar     1 Dollar ($)     101.4 Rs 2     European Euro     1 Euro...

The Washington Post publishes about Budha's birth place Nepal

The Washington Post publishes about Budha's birth place nepal

Maya Ma by Anju Panta [Latest Nepali Song]

अरुत तेस्तै हो नेपाली हरुको झगडा चाही हेर्नु लाएक हुन्छ

<iframe wi dth="420" height="315" src="http://www.youtube.com/embed/098nt8c6Fr8" frameborder="0"...

रंगशाला निर्माणमा कलाकारको साथ

मकवानपुर जिल्ला हेटौडा नगरपालिका वडा नं ७ मा रहेको नागस्वती गाउँमा राष्ट्रिय स्तरकै रंगशाला बनाउन नेपाली कलाकारहरु जुटेका छन् । नेपालका च...

भारतीय जिटिभी बन्द नगरेकोले टेलिभिजन महासंघमा तोडफोड

भदौ ३१ भारतीय  टोलिभिजन जिटिभीको  प्रशारण बन्द  नगरेको  भन्दै  नेकपा माआबादीका कार्यकताद्धारा  काठमाडौको  अनामनगर  स्थित नेपाल केवल टेलिभिजन...

भट्टी पसलमा देह व्यापार गराउने गिरोह पक्राउ

भदौ ३१ ।   काठमाडौंको शान्तिनगर गेटभित्र जागृति टोलमा देखावटी भट्टी पसल खोलेर भित्रपट्टि किशोरीहरूलाई बन्धक बनाई देह व्यापार गर्ने गिरोहलाई ...

स्वास्थ्य परीक्षणमा लापरबाहीले खाडी मुलुकमा गएका ५ सय नेपाली कामदार फिर्ता

Helth News From Kathmandu Neplaकाठमाडौं - खाडी राष्ट्रहरुमा काम गर्न जाने नेपालीलाई स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य व्यवसायी महासंघ आवद...

Tag Cloud

Articile Article bgimage Bhutanese CATEGORY #1 Celebrities Diaspora Events Feature featured FINANCE Gossip Headlines Health Horoscope Interview Latest News Media Model Movie Review Music News Sex Sport Technology tito Saty tv show Various Videos Wonder World

Like Us


Post From The Past

  • September (122)
  • August (17)
  • July (6)
  • June (4)
  • May (6)
  • April (11)
  • March (8)
  • February (201)
  • January (40)
  • December (13)
  • November (6)
  • October (2)
  • November (3)

How is New Design of Sky Nepali News?

Template By Basnetg.com