• Contact
  • Typography
  • Pages
    • 404 page
    • Contact
    • Page with video
    • Page with image
    • Page with audio
    • Landing page
    • Fullwidth
  • Options Panel
  • Blog
  • Home
Sky Nepal Online News and Entertainment Site
  • Home
  • News
    • National
    • Prawas
    • World
    • Finance
  • Filmy
    • Bollywood
    • Hollywood
    • Kallywood
  • Sports
  • Entertainment
  • Tv Shows
    • Meri Bassai
    • Jire Khursani
    • Tito Satya
    • Jhai Kuti Jhai
  • Interviews
  • Other News
    • Sajha Sawal
    • Khabar Bhitra ko Khabar
    • Power News
    • Khoj Talas

Showing posts with label Wonder. Show all posts
 News from kathmandu Nepal...
भदौ २९चिनकी १ सय ७ वर्षकी एक बृद्धाले आफ्नो लागि दुलाहा खोजी रहेकी छिन् ।  वांग गुईंग नाम गरेकी ती महिलाले आफ्नो विवाहका लागि केटा खोजीरहेकी हुन् ।गुईंगको बालापन दिनहुँजसो आफ्ना पत्नीहरुलाई मारपीट गर्ने आफ्नो पिता, काका र परिवारका अन्य पुरुषहरुलाई देखेर बितेको थियो । त्यसैले पनि उनले जीवनमा कहिल्यै विवाह नगर्ने फैसला गरेकी थिईन् ।गुईंग आफ्नो मातापिताको निधनपछि देशको अर्को एक स्थानमा बसाई सरिन् र ७४ वर्षको उमेरसम्म किसानका रुपमा काम गरेर बसिन् । तर, अहिले १ सय ७ वषको उमेरमा उनलाई बिबाह गर्ने चच्छा जागेको छ ।

गुईंगले सबै कुरा भुलेर विवाह गर्न चाहेकी छिन् । उनी यो उमेरमा पनि आफ्ना लागि कोही जीवन साथी नभेटुन्जेलका लागि प्रतीक्षा गर्न तयार छिन् ।गुईंग अहिले आफ्ना भतिजा–भतिजीसँग रहिरहेकी छिन् ।

एजेन्सीको सहयोगमा ।


Kathmandu,शिवानी सिंह थारु कुनै बेला नेपाल टेलिभिजनमा म्युजिक प्लस नामक सांगेतिक कार्यक्रम चलाउँथिन । थारुको छोरीले चलाएको सो कार्यक्रम निकै नै चर्चित भयो, सवैले उनलाई सोही कार्यक्रमवाट नै चिने । ‘कथा मिठो सारंगी’ कार्यक्रममा ब्यस्त उनै थारु पछिल्लो समय भने निकै चर्चा÷परिचर्चामा छिन् । खासगरी, सामाजिक सञ्जाल फेसबुकवाट ‘बलात्कारीको लिङ्ग काटन महिला स्कवाइड’ गठन गर्नु पर्ने धारणा अभिब्यक्त गरे पछि । 

जे होस, आज उनै थारुकी छोरी शिवानीको पछि लाग्ने काम गरियो, उनको फेसबुक स्टाटस र गरेका टिवट हेर्दा लाग्छ, उनी मुलुकमा हुने हरेक घटनामा निकै नै सचेत रहि छिन । गलत कार्यको विरोध गर्दै, राम्रा कार्यको समर्थन गर्न पनि उनी पछि परेकी छैनन् । ‘नेपालका प्रधानमन्त्री को हो ?’ भन्दा उत्तर दिन नसक्ने रेखा थापा जस्तो कलाकार भएको यो मुलुकमा शिवानी जस्ता सचेत कलाकार/ नागरिक पनि छन भन्ने उनको टिवट र फेसबुक स्टाटसले देखाउँछ ।
संगित, रंगमञ्च, कलाकारिता, बैद्धिक समाज सबै तिर छाएकी शिवानीले राज्यको निमार्ण तहमा त खासै प्रभाव पार्न सक्दिनन् तर उनको स्टाटस भने एउटा नागरिकको हैसियतमा भने निकै नै महत्वपुर्ण छन् । आखिर एउटा नागरिकले असहमति जनाउने यस्तै सामाजिक सञ्जालवाट त हुन्, जबकी अरु यति बोल्न र लेख्न पनि त सक्दैनन् ।
शिवानीको फेसबुकका स्टाटस र टिवट पढे पछि एउटा प्रश्न तपाई माथी पनि उठन सक्छ, के तपाई शिवानी जति सचेत हुनुहुन्छ ? उनका स्टाटसमा सवै सहमत हुनुपर्छ भन्ने चाँही छैन तर शिवानीको सचेततना प्रति भने एउटा नागरिक हुनुको कर्तब्य देखिन्छ ।
आज हेरौ न त कस्ता स्टाटस शिवानीले  लेखिकी रहे छिन् त ?

यी स्टाटस फेसबुक वाट साभार गरिएको हो,



लथालिङ्ग देशका भताभुङ्ग प्रधानमन्त्रीसित के सुरक्षा मगाई भो ! बलात्कारीहरुको लिङ्ग काट्ने महिला स्क्वाड बनाउन पाए, बरु राहत हुन्थ्यो ।


भो हाम्लाई थाहा भो । लोकमानलाई रायमाझी आयोग र अदालतले के भन्छ । सुन्न खोजेको ‘गौरवशाली’ पार्टीको ‘क्रान्तिकारी’को मुखबाट, जबजको ब्याज खानेहरुबाट, बिपीका टुहुराहरुबाट, मधेसी अनुहार पाएर नै भाग्यमानी भएकाहरुबाट ।

पार्टीसँग सम्बद्ध बुद्धिजिवीहरुको राजनैतिक विश्लेषण ‘जनता’ को लागी मात्र हो की । तिनका नेताहरुको कानमा तातो पार्न लेखेका हुन् । नत्र ती लेख पढ्दा बढी छटपट्टी हामी जनतालाई नै हुन्छ ।

हिजोआज बाबुले छोरीलाई बलात्कार गरेको घटना दिनहु जसो पत्रिकामा छापिन्छ । अचम्म हैन अब त बोर लाग्न थालेछ । सोच्छु कस्तो संवेदनाहीन भईएछ ।

म त अप्रील फुल भएछु । तिम्रो नाममा भोट खसालेर । तिम्रो विपक्षीलाई घुक्र्याउन म तिम्रो जनता भएछु । अघिल्लो चुनाव अप्रिल फुल रहेछ भन्ने थाहा पाउँदै पनि । दोस्रोमा पनि फेरी अप्रिल फुल बन्न जाँदैछु ।

देशलाई चारवटा ठुल्ठुलो पिलोले सताएकै थिए । खिल ननिक्लिंदा बाईसवटा खटिरा पनि थपिए । झन् लोकमानहरु नियुत्ति भएसि त देशलाई लुतो नि लाग्ने भो ।

लोकमानसिंह कार्की अख्तियार प्रमुखमा सिफारिश भएसि । देशको लोकतन्त्र पनि ‘मलाई बचाउनुस’ भन्दै पाठक प्रतिक्रियाको कोलममा अपिल गरिरहेको पिडित झैं भएको छ ।

‘भरत मिलाप’ को सिन आएको छ राजनैतिक नौटंकीमा । काईते विभाजनले सिन्कुटे हुंदै गएका पार्टीहरु मिले जस्तो गर्ने रे चुनावको लागी ।
हामीले पनि भोट दिए जस्तो मात्र गर्नु पर्छ कि क्यो हो ।

कुन चाहीं संस्था हो की निम्छरो जनता । शहरभरी बालकृष्ण ढुंगेलको पोस्टर टाँसेर न्यायको माग गरीरहेछ । हिरोको पोस्टर भनेर हेल्मेटको माउजर खोलेको त । रियल भिलेनको पो परेछ ।

सत्य निरुपणमा आममाफी विरुद्धको अडान लिने दल र नेताहरुले न्याय पर्खिरहेका धेरैलाई राहत दिएका छन् । माखो नमार्ने नेताहरुले गर्नैपर्ने कुरा गर्दा पनि जयजयकार गर्नुपर्ने स्थिती छ । के गर्ने रु

सिस्टम नहुंदा एक्लो भगवानले पनि केही गर्न नसक्ने रैछन् नी । हाम्रा नेताहरु राज्य चलाउने सिस्टम बिगारेर हर क्षण परिक्षण गरिरहे छन् ।

सत्य निरुपण आयोगमा आममाफीको प्रावधान हुनु अगावै मानव अधिकार उल्लंघनका दोषीमाथि मुद्दा चलाउनैपर्ने सर्वोच्चको आदेश साँच्चिकै स्वागतयोग्य छ ।

हिमालमा देश खोज्नेहरु, मधेसको रापमा पनि डढि हेर । झण्डाको सुर्य त्यहाँ पो चर्किन्छ ।

हाम्रो देशमा रणनिती, कार्यनिती, कार्यदिशा माओका नातीहरुले बनाउँछन् । किशोर बिष्ट जस्ता सच्चा नेपालीले आफ्नो लगानीमा गाउँमा मोटर बाटो बनाउँछन् । यस्ता सपुतलाई हरेक नेपालीको सलाम १

लाग्छ पत्रिकाका केही स्तभकारहरुलाई भन्नलाई केही बाँकी छैन । विशेषगरी पहिचान राजनितीको सेरोफेरोमा लेखिरहने बुद्धिजिवीहरुलाई । लेखको शुरुवात नै ‘एक सय फलाना वर्षसम्मको सामन्ती राज।।।’बाट शुरु भएर, अन्त हुन्छ नेताहरुको सत्तोसरापमा । त्यसैले स्तम्भ भन्दा पाठक प्रतिक्रिया रोजक बन्दै गएको छ ।

मुगुमा गाडी पुग्यो । विदेशी दाताको पैसाले हो वा नेपाली जनताले कर तिरेको पैसाले हो । थाहा पाए देखिन कर तिर्न साँच्चै जाँगर चल्थ्यो की १

तलका भनाई चाँही उनको टिवटवाटसाभार गरिएको हो



प्रन्या प्रम भए फरक पर्दैन भनेर वकालत गर्ने बुद्धिजिवी हुन् वा कानुनविद। अरु दलका नेता प्रम हुन लायक छैनन् भनुन् न बरु। कोलाहाल कम हुन्थ्यो कि


आममाफी विरुद्ध अडान लिने दल र नेताहरुले न्याय पर्खिरहेकालाई राहत दिएका छन्।माखो नमार्ने नेताहरुले गर्नैपर्ने काममा पनि जयजयकार गर्नु परीरहेछ

सत्य निरुपण आयोगमा आममाफीको प्रावधान हुनु अगावै मानव अधिकार उल्लंघनका दोषीमाथि मुद्दा चलाउनैपर्ने सर्वोच्चको आदेश साँच्चिकै स्वागतयोग्य छ ।


फोब्र्सले चौधरीको विदेशी सम्पत्ती क्यालकुलेट गरी नेपाली अर्बपति भनेर घोषण गरेको सम्म ठिकै हो।तर आफैंले ‘मुलुककै पनि गर्व हो’ भनेको सुहाएन है


भारतले चालीस प्रतिशत अनुदान बढाउने रे। भारतको नुन खान नपरे नि हुन्थो । चालीस प्रतिशत हेपाई, हस्तक्षेप र दिल्लीको हिच्की नेताहरुलाई थप हुने भो।

राजनैतिक ईमान्दारी गरी कांग्रेसलाई पालो दिनु। सुशील बाले झेल्ली गरे,‘क्रान्ति चाहियो’ भन्दै आफुहरु भारत,असुन्तुष्ट लडाकुलाई रोल्पा पठाए भो ।


रु ६०लाख बाबुराम(सरकार)ले बाबुरामकै नेतृत्वको माक्र्सवादी स्टडी सेन्टरलाई ‘सहायता’ दिने रे ।हाम्रै देवकोटाको जीर्ण घरलाई कसले ‘सहायता’ गर्ने


बाबुराम चालीसा भट्टाऔं है साथी हो । नत्र चीनमा जस्तो सामाजिक सञ्जालहरु पनि ब्लक गरिनेछ । एकद्धार निती अख्तियार गरेको त कास्टिङ्ग मात्र होला !


बधशालालाई ‘जनयुद्ध’ बुझेका प्रमले सहयोग गरिदिन्छन् की भन्ने आश गरिएको रहेछ। डेकेन्द्र हत्यामा बाल दिनेले पहल गरेमा प्रोपोगान्डा फिल्म भन्लान्


सुराकी भनेर जिउँदै गाड्ने कम्युनिष्टका तेत्तीस कोटी देउताहरुले दैलेखका पत्रकारहरुलाई विस्थापित गर्दा मजा आए होला !


जिउँदै गाडेर मार्नेहरुलाई संरक्षित गर्ने प्रधानमन्त्रीलाई,
महिला हिंसा विरुद्धका नारा साह्रै सुकिलो लाग्या होला । अनि के को तातो परोस कानमा ।


खबरदार ! महिला हिंसाका पिडितहरुलाई एनजीओकरण गर्न पाईंदैन । सुन्तली धामीको केस जस्तो । कि राज्य अगाडि बढोस् कि हामी खुंडा लिएर अगाडि बढ्छौं ।

#  डा. बाबुराम हैन । जिउँदै गाडेर मार्नेहरुका डन बाबुराम हुन् !


लेनिन माओका कार्यनिती कार्यदिशा जस्ता जारगनहरु देखि हामी वाक्क भईसक्यौ । लि क्यान यु र मोहम्मद महाथिरका कुराहरु सुन्न चाहन्छौं बरु ।


सके काग्रेंसी नेताले यो–यो कारणले #खुम बहादुर भ्रष्ट हैन भनेर देखाउन । नत्र अदालतको निर्णयलाई शङ्का नगरुन ।


ईगोको लागी पार्टी फुटाउनेहरु नयाँ पार्टी खोल्दा–समाजवादि,लोकतान्त्रिक नामको खोल ओढ्छन् । कन्डम लगाए झैं नैतिक स्खलनलाई रोक्न ।


नोटः शिवानीले माथीका फेसबुक स्टाटस र टिवटमा तात्तातो प्रतिक्रिया दिएकी हुन् । प्रसङ्ग जोडन नसकेकोमा क्षमापार्थी छु ।
One Year Baby Pregnent Emazing News From China 

यो संसारमा गर्भवती मात्र महिला, स्त्री जातिका हुन्छन्, यसमा कुनै दुई मत नै छैन । महिला गर्भवती हुनु भनेको एउटा सामान्य कुरा हो । तर यो खबर यति आश्चर्यजनक छ कि सायद तपाईलाई विश्वास गर्न र्न गाह्रो हुन्छ ।

यस्तै चीनमा एक बालिका एक वर्षको उमेरमा नै गर्भवती भएकि छिन् । ती बालिकाको पेट दिनप्रति दिन नै फुलिरहेको थियो । यसरी दिनप्रति दिन पेट फुलिरहदा उसको बाबुआमा आत्तिएर उसलाई अस्पतालमा लगेका थिए । ती बालिकाको स्क्यान गराउदा डाक्टरका साथै उसको बाबु आमा समेत दङ्ग परेका थिए ।

वास्तवमा बालिका गर्भवती थिइन् तर उसको गर्भमा अरु कोही नभएर उसको जुडुवा भाई हुर्किरहेको थियो । डाक्टरका अनुसार ती बालिकाको आमाको गर्भमा भ्रूण विकास भएका कारण आफ्नै बहिनीको गर्भमा भाई हुर्किरहेको हो । यो संसार कै निकै दुर्लभ घटना भएको डाक्टरहरुले बताएका छन् । डाक्टहरुले सर्जरी गरी त्यस भ्रूणलाई बाहिर निकालेको छ । साथै ती बालिका पनि सुरक्षित छिन् । ( एजेन्सीको सहयोगमा )
 Kathmandu Nepal
मान्छे अबुझ तथा अज्ञानी र ल्वाँठ भयो भने त्यसलाई पशुको संज्ञा दिइन्छ । तर केही मान्छे यस्ता हुँदारहेछन् जसले आफुलाई जनावरजस्तै बनाउन चाहन्छन् । सधैका लागि जनावर बन्न चाहने त नहोला ।
तर जनावरकै रंग तथा हाउभाउमा सिँगारिने र जनावरकै रंगमा सरीरमा पेन्टिङ गरी निर्वस्त्र हुने काम विश्वमा केही मोडेलहरुले गरिसकेका छन् । यो मामिलामा जनावर अधिकारकर्मीहरु अगाडि छन् । हेरौँ एक जना विदेशी फोटोग्राफरले विभिन्न तन्नेरी तथा तरुनीहरुलाई नंग्याएर जनावरको रुपमा ढाली रोचक तस्वीर खिचेका छन् । यी हेर्दा पशु हुन् की मान्छे छुट्टाउनै गाह्रो हुन्छ, कि कसो ?

भारतमा एक युवकसंग पाँच महिना अघि प्रेम विबाह गरेकी युवतीको रहस्यमय तरिकाबाट मृत्यु भएको छ । बंगा प्रहरीले मृतकको बुवा मोहन लालको उजुरीको आधारमा उसको श्रीमान, सासु ससुरा, नन्द र काका ससुराले आत्महत्याको लागि मजुबर गराएको भन्दै मुद्धा दर्ता गराएको छ ।

जानकारी अनुसार रुबीना नाम गरेको युवतीले पाँच महिना अघि मनदीप सिंहसंग अदालतमा बिवाह गरेको थियो । प्रहरीले यस घटनाको जाँच गर्न सुरु गरिसकेको छ । रुवीनाको शव आफ्नै घरको पंखामा झण्डिएर रहेको अवस्थामा भेटिएको थियो । डीएसपी हरदीप कुमारले यो घटना आत्महत्या जस्तो देखिएको बताउनु भयो ।

सोही कारण घटनाको गहिरिएर जाँच भैरहेको प्रहरीले जनाएको छ । तर पोस्टमार्टममा भने रुबीनाको घाँटीमा एक प्रकारको चिन्ह भेटिएको छ । तर घटनाको पुरा बिवरण आइनसकेकोले रुबीनाको मृत्यु, आत्महत्या हो कि हत्या गरिएको हो ?? त्यो भने खुलासा भएको छैन ।
 ( एजेन्सीको सहयोगमा )

रोमानियाकी एक २३ वर्षे युवती विश्वकै कान्छी हजुरआमा बनेकी छिन् । उनले ११ वर्षे छोरीले छोरो जन्माएपछि कल्कलाउँदो बैँसकी २३ वर्षे यी ठिटी हजुरआमा बनेकी हुन् ।

रिफ्का स्टानेस्कु नामकी ती युवती आफु १२ वर्षकी छँदा छोरी मारियालाई जन्म दिएकी थिइन् । मारियाले पनि आमाको सिको गर्दै अझ आमालाई नै माथ दिनेगरी ११ वर्षमै छोरो पाएपछि रिफ्का बैँशमै हजुरआमा बनेर विश्व रेकर्ड बनाउन सफल भइन् ।
स्मरण रहोस् रिफ्काकी आमा अहिले ४० वर्षी छिन् र उनले पनाती देखिसकिन् । यो परिवार रोमानियाको फिरन्ते समुदाय हो, जहाँ सानो उमेरमै बिहे गर्ने र बच्चा पाउने चलन नै छ ।
Next post →
Home

Video

Rashifal

POPULAR POST

Fans

Recommend on Google
Follow @YOU

Comedy

Serials

Music Video

Top 10 Posts

नरेनसँग रोमान्स गर्दै रेखा

प्रायः दैनिक जसो सुटिङ भइरहने किर्तिपुरस्थित चोभार डाँडामा हिजो शनिबार पनि छविराज प्रोडक्शन र रेखा फिल्मस् व्यानरको संयुक्त प्रस्तुती रहेको ...

Chhitiz paari By Ramji Khand and Tika Pun

Nepali Exchange Rate 18,September,2013

#     Currency     Unit     Selling in Nepalese Rupees (Rs) 1     U.S. Dollar     1 Dollar ($)     101.4 Rs 2     European Euro     1 Euro...

The Washington Post publishes about Budha's birth place Nepal

The Washington Post publishes about Budha's birth place nepal

Maya Ma by Anju Panta [Latest Nepali Song]

अरुत तेस्तै हो नेपाली हरुको झगडा चाही हेर्नु लाएक हुन्छ

<iframe wi dth="420" height="315" src="http://www.youtube.com/embed/098nt8c6Fr8" frameborder="0"...

रंगशाला निर्माणमा कलाकारको साथ

मकवानपुर जिल्ला हेटौडा नगरपालिका वडा नं ७ मा रहेको नागस्वती गाउँमा राष्ट्रिय स्तरकै रंगशाला बनाउन नेपाली कलाकारहरु जुटेका छन् । नेपालका च...

भारतीय जिटिभी बन्द नगरेकोले टेलिभिजन महासंघमा तोडफोड

भदौ ३१ भारतीय  टोलिभिजन जिटिभीको  प्रशारण बन्द  नगरेको  भन्दै  नेकपा माआबादीका कार्यकताद्धारा  काठमाडौको  अनामनगर  स्थित नेपाल केवल टेलिभिजन...

भट्टी पसलमा देह व्यापार गराउने गिरोह पक्राउ

भदौ ३१ ।   काठमाडौंको शान्तिनगर गेटभित्र जागृति टोलमा देखावटी भट्टी पसल खोलेर भित्रपट्टि किशोरीहरूलाई बन्धक बनाई देह व्यापार गर्ने गिरोहलाई ...

स्वास्थ्य परीक्षणमा लापरबाहीले खाडी मुलुकमा गएका ५ सय नेपाली कामदार फिर्ता

Helth News From Kathmandu Neplaकाठमाडौं - खाडी राष्ट्रहरुमा काम गर्न जाने नेपालीलाई स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य व्यवसायी महासंघ आवद...

Tag Cloud

Articile Article bgimage Bhutanese CATEGORY #1 Celebrities Diaspora Events Feature featured FINANCE Gossip Headlines Health Horoscope Interview Latest News Media Model Movie Review Music News Sex Sport Technology tito Saty tv show Various Videos Wonder World

Like Us


Post From The Past

  • September (122)
  • August (17)
  • July (6)
  • June (4)
  • May (6)
  • April (11)
  • March (8)
  • February (201)
  • January (40)
  • December (13)
  • November (6)
  • October (2)
  • November (3)

How is New Design of Sky Nepali News?

Template By Basnetg.com