Showing posts with label Latest News. Show all posts
News From Kathmandu Nepal....
बनेपा - सधैंझैं पाँचखालको सर्वमंगला उच्चमाविमा सामाजिक शिक्षा पढाउन हिँडेकी थिएँ। बनेपाको बसस्टपमा मेलम्ची जाने बस रहेनछ। एकछिन कुर्नुपर्यो। बाटोमा धेरै मानिस पैदल हिँडिरहेका थिए। आज बन्द छ भन्ने मलाई थाहा थिएन। यत्तिकैमा काठमाडौंबाट मेलम्ची जाने बस आइपुग्यो। साढे ९ बजेको थियो। स्कुल पुग्न ढिला हुन लागेकाले हतारहतार बस चढेँ। बसमा यात्रुहरू धेरै थिएनन्। मसँगै अरू यात्रु पनि बनेपाबाट चढे। बसको सिट भरिएको थिएन। पछिल्ला सिट खाली थिए।बसको खलासी मेलम्ची, मेलम्ची भनेर चिच्याइरहेको थियो। बस धुलिखेलनेर पुग्नै लाग्दा अचानक रोकियो। करिब पौने १० बजेको थियो होला। कोही चढ्न लागेको होला भन्ने सोच्दै थिएँ। बसमा केही मान्छे छिरे। उनीहरूले ड्राइभरलाई 'आज बन्द थाहा छैन, कसले चलाउन भन्यो' भनेर हपारे। ड्राइभरले पनि 'थाहा भएन, सबैले खुल्यो भनेपछि ल्याएको' भने।उनीहरूले एक्कासि बसभित्र र बाहिर चारैतिर पेट्रोल छर्किए। एकैपटक झ्यालतिर आगोको मुस्लो आयो। मुस्लो र आगोको रापले म आत्तिएँ। मरियो भन्ने लाग्यो। बसमा भएका यात्रुहरूलाई घचेट्दै अप्ठ्यारोसँग बाहिर निस्केँ। सबैजनालाई बाहिर निस्कन हतार भएको थियो। बाहिर निस्केपछि मात्रै बाँचियो भन्ने लाग्यो। यस्तो घटना भोग्नुपर्ला भन्ने कल्पना पनि थिएन।
बसबाट बाहिरिएपछि हतारहतार हिँडरै धुलिखेलबाट बनेपा घरसम्म आइपुगेँ। घरमा पुगेपछि मात्रै सास आयो।समाचारमा यदाकदा पढेको थिएँ, आज आफ्नै आँखाअगाडि यस्तो डरलाग्दो घटना भयो। बन्द राम्ररी नखुलेको भए सुरक्षाकर्मीले बस नपठाउँदा पनि हुन्थ्यो। अझै पनि मन डराइरहेको छ।
बनेपाका एक यात्रु भोगाइ
( पीडित यात्रुले नाम उल्लेख गर्दा सुरक्षित नहोइने बताएपछि हामीले उनको नाम गोप्य राखेका छौँ- सं)
News From Kathmandu Nepal
बनेपा –ओखलढुंगाको घुर्मीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक जीप मंगलबार बिहानै विपी राजमार्गको दुम्जा–१, मजुवामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। ४ जना गम्भीर घाइते र बाँकी ४ जना सामान्य घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सिन्धुली प्रहरीलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार जीपमा ११ जना सवार थिए। ज१ज १८९ नम्बरको सिटी भिलेज यातायातको जीपमा उनीहरु काठमाडौंतर्फ आउँदै थिए। जीप अनियन्त्रित भइ पल्टेको प्रहरीको भनाई छ।
मृत्यु हुनेहरुमा ओखलढुंगाका ३५ वर्षीय हरिबहादुर थापा, सोही जिल्ला क्यानम गाविसका ५० वर्षीय नरबहादुर सार्की र उनकै १८ वर्षीया छोरी रिता सार्की रहेका छन्।
यस्तै, गम्भीर घाइते हुनेहरुमा जीप चालक सिन्धुपाल्चोकका आशीष श्रेष्ठ र यात्रुहरु ओखलढुंगा,कुन्बासाँधका विनोद कार्की, सोही स्थानका दीपक श्रेष्ठ र खोटाङका रामचन्द्र राई छन्।सामान्य घाइते भएका यात्रुहरुमा ओखलढुंगाका यमबहादुर सुनुवार, टोकबहादुर श्रेष्ठ, रवि कार्की र नन्दकुमारी राजभण्डारी रहेका छन्।घाइतेहरुलाई उपचारका लागि धुलिखेल र काठमाडौं लगिएको प्रहरीले जानकारी दिएको छ।

Kathmandu Nepal 15 september
३० भदौ, काठमाण्डौं । पूर्वयुवराज्ञी हिमानी शाह पूर्वयुवराज पारसलाई भेट्न बैंकक गएकी छन् । दुई छोरी र एक छोरालाई काठमाण्डौंमै छोडेर हिमानी गत बिहीबार पतिलाई भेट्न बैंकक गएकी हुन् ।बैंककमा उत्रेपछि उनी सरासर पारस बसेको ठाउँ च्यानचाई सुधार केन्द्र पुगेकी थिइन् । करिब दश दिनसम्म हिमानी बैंककमा बस्ने कार्यक्रम रहेको छ ।स्रोतका अनुसार पूर्वयुवराज पारसले आगामी दसैंअघि नै काठमान्डौं र्फकने सोचाइ बनाएका छन् । दसैंअघि नै काठमाण्डौं र्फकन उनले काठमाण्डौंमा रहेको बाबुआमालाई खबर पठाइसकेका छन् ।यसबारे पूर्व राजाको परिवारले भने केही प्रतिक्रिया दिएको छैन । पारस दसैं अघि नै आउँदा हिमानी र पारस सँगै आउन सक्ने स्रोतले जनाएको छ । पारस २०६८ भदौ ११ मा बैंकक गए यता नेपाल आएका छैनन् ।
Nepali News From Kathmandu Neapal,,,,
काठमाडौं– विषाक्त मदिरा पिएर बेहोस एकको मृत्यु भएको छ। नयाँबानेश्वर अनमोल क्याटरिङ नजिकको एक भट्टीमा सँगै मदिरा पिएका अर्का एक गम्भीर अवस्थामा बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत छन्।महानगरीय प्रहरी वृत्त, बानेश्वरका प्रमुख डिएसपी रेवती ढकालका अनुसार उपचारका लागि शनिबार अस्पताल पु¥याइएका तनहुँका युवराज गन्धर्वलाई बयोधाले मृत घोषित गरेको थियो।
मदिरासेवनपछि गम्भीर अवस्थामा फेला परेका गन्धर्वलाई प्रहरीले वीर हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पु¥याएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि बयोधा पु¥याइए पनि उनको ज्यान जोगिएन ।युवराजसँगै बिरामी भएका रामजी गन्धर्वको उपचार जारी छ । स्थानीयका अनुसार बिहीबार सोही क्षेत्रको एक रेस्टुरेन्टका सुरक्षा गार्ड अधवैंशे पुरुष र सडकमा पत्रिका बेच्ने एक महिलाको पनि रहस्यात्मक मृत्यु भएको थियो । दुवैको मृत्युमा विषाक्त घरेलु मदिरा सेवन नै कारण हुन सक्ने प्रहरी आशंका छ ।
शुक्रबार बेलुका पनि मदिरा पिएर अचेत अवस्थामा एक युवकलाई निजामती अस्पताल पु¥याइएको थियो । अस्पताल लगेलगत्तै उनलाई चिकित्सकले विषालु पदार्थ सेवनबाट मृत्यु घोषित गरेका थिए । डिएसपी ढकालका अनुसार उनको मृत्युको कारण पोस्टमार्टम रिपोर्टपछिमात्र खुल्नेछ ।घरेलु मदिरा पिएर मृत्यु र बिरामी हुनेको संख्या बढेपछि बानेश्वर वृत्तले बानेश्वरस्थित अनमोल क्याटरिङनजिकैको एक भट्टीपसल सिल गरी त्यसका सञ्चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले पसलमा छापा मार्दा ३ सय केजी जाँड र घ्युको पोकाहरुमा राखिएको घरेलु रक्सी फेला पारेको थियो ।
मदिरासेवनपछि अन्य व्यक्तिहरुको समेत मृत्यु भएको र बिरामी हुनेको संख्या पनि बढेको सूचना आए पनि पुष्टि नभएको डिएसपी ढकालले बताए 'चारजनाभन्दा बढीको मृत्यु भएको र धेरै बिरामी रहेको सूचना आएको छ, तर हामीले फेला पार्न सकेका छैनौं,' ढकालले नागरिकसँग भने, 'सूचना पुष्टिको प्रयास गरिरहेका छौं ।'
उपत्यकाका जोरपाटी, बौद्ध, नयाँबस्ती, नयाँ बसपार्क क्षेत्र, भत्केको पुल, पाटन क्षेत्र, ललितपुर र भक्तपुर क्षेत्रमा बन्ने घरेलु रक्सी विषाक्त भएको यसअघि प्रहरीले गरेको अप्रेसनबाट पुष्टि भएको थियो ।प्रहरीले घरेलु मदिरा बनाउने स्थानहरुमा छापा मार्दा अखाद्य सामग्री र विषाक्त वस्तु प्रयोग गरेर भएको फेला परेको थियो । प्रहरीले यस्ता कारोबारीलाई पक्राउ गरी कारबाही प्रक्रियामा ल्याए पनि अनुगमनलाई भने निरन्तरता दिने गरेको छैन ।
हरी प्रसाद कोइराला । दोहा, २९ भदौ । कतारको लुसेल शहरमा रहेको
एक्सप्रेस अवेमा बन्दै गरेको पुलको सरिया झरेर ४ जना नेपालीको मृत्यु भएको छ
भने । अन्य १३ जना चेपिएका छन् ।अहिले सरियालाई क्रेनले उठाउन
नसकेपछि स्थिति थप गम्भिर बनेको छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने
अनुमान गरिएको छ । उक्त घटनामा परी मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन् ।
News From kathmandu Nepal.
२७ भदौ, काठमाण्डौं । एउटै मुद्दाको १० लाख रुपैयाँभन्दा बढी लिने बरिष्ठ अधिवक्ता शम्भु थापाले वर्षमा एक लाख मात्र आम्दानी देखाएर देशलाई ठग्दै आएको खुलासा भएको छ । महिनाको आठहजार मात्र आम्दानी देखाउने थापाले काठमाण्डौंका तीन ठाउँमा महल र ठाउँठाउँमा जग्गा जोडेका छन् । नेपाल बार एसोसिएसनको अध्यक्ष बनेर ०६२/६३ को आन्दोलनबाट सक्रिय भएका थापाले आन्दोलन सफल भएपछि राज्यलाई एक पैसा पनि आयकर तिरेका छैनन् । तर, त्यसअघि करिब ६ बर्ष उनले वर्षमा एकदेखि तीन लाखसम्म आम्दानी भएको भन्दै राजस्व छल्दै आएको नयाँ पत्रिकामा खबर छ । तर, राजस्वले छापा मारेपछि आइतबार सवोच्च अदालत पुगेका थापाले आफूले अहिलेसम्मको सम्पूर्ण कर तिरेको दाबी गरेका छन् । अव उनले राजस्व छलेको विषयमा मात्र होइन, अदालतलाई ढाँटेको विषयमा पनि उनीमाथि कारबाही हुनुपर्ने माग उठेको छ ।
राजस्वका कर्मचारुकिो अनुमानमा अहिलेसम्म ६० करोडको कारोबार गरेका थापाले आयकरबापत जम्मा दुई लाख नौ हजार चार सय नौ रुपैयाँ मात्र तिरेका छन् ।

सर्वदलीय गोलमेच सभा मार्फत राष्ट्रिय सहमति कायम गर्नुपर्ने माग राख्दै नेकपा–माओवादी सहितका ३३ दलले आज उपत्यका र पूर्वका ९ जिल्ला बन्द गरेका छन् । बन्दका कारण उपत्यकाका ३ जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरको जनजीवन विहानै देखि प्रभावित भएको छ । लगातारको बन्दले पूर्वको जनजीवन थप कष्टकर बन्दै गएको छ ।
बन्दका कारण राजधानीमा कुनै पनि सवारी साधन चलेका छैनन् भने बजार, पसल, शिक्षण संस्था पनि ठप्प छन् । उपत्यकाको चोकचोकमा जम्मा भएर पार्टीको झन्डा बोकेका बन्दकर्ताले प्रदर्शन गरिरहेका छन् । राजधानीको कोटेश्वर, नयाँ बानेश्वर, कुपण्डोल, कलंकी बालाजु, चाबहिल, चक्रपथ, नयाँ बसपार्कलगायतका स्थानमा बन्दकर्ताहरु नाराबाजी सहित सडकमा उत्रिएर प्रर्दशन गरिरहेका छन् ।
चुनावी प्रक्रियाप्रति असन्तुष्ट नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आफूहरुले राखेको १८ बुँदे माग सम्बोधन गर्न सरकार र उच्चस्तरिय राजनीतिक समिति हिचकिचाएको आरोप लगाएको छ । गोलमेच सभाको आयोजना गर्ने सैद्धान्तिक सहमति भएको २ दिन बित्न नपाउँदै प्रमुख दलहरुले निर्णय उल्टाएको भन्दै ३३ दलले असन्तुष्ट पोखेको छ । उनीहरुले पेट्रालियम पदार्थमा गरेको मूल्यवृद्धिको पनि विरोध गरेका छन् ।
बन्द क्रममा दमकल, एम्बुलेन्स, प्रेस, कुटनीतिक नियोग, मानवअधिकारवादी संघसस्था, पानी र दुध बोक्ने ट्याङकरलाई भने कुनै अवरोध नगर्ने ३३ दलले जनाएको छ । यसैबीच बन्दमा कुनै अप्रिय घटना हुन नदिन चोक चोकमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।
Kathmandu Nepal
२० भदौ, काठमाडौं । काभ्रे दाप्चाका कृष्णचन्द्र श्रेष्ठ ८६ वर्षको उमेरमा सहारा खोज्दै बृद्धाश्रममा आइपुगेका छन् । तीन छोरा र तीन छोरीका पिता कृष्णचन्द्र यतिखेर एक्लो भएका छन् । छोराले ‘जाऊ मेरो घरमा नबस’ भनेपछि उमेरले डाँडामाथिको घाम भइसकेका श्रेष्ठ सहारा खोन्दै निःसहाय सेवा केन्द्रमा पुगेका छन । ‘करिव डेढ महिना जति भयो बाबु, सहारा खोन्दै यहाँ आएको’ हामी केन्द्रमा पुग्दा नियमित पूजापाठ सकेर साथीहरुसँगै बसेका श्रेष्ठले अनलाइनखबरससँग भने-’मैले पालेको, हुर्काएको देखेन हजुर छोराले ।’
डेढ वर्षअघि श्रीमतीको निधन भएपछि उनी एक्लिदै गए । छोराहरुले विरामी हुँदा पनि हेर्न आएनन् । श्रीमतीले यो संसारबाट विदा लिएपछि एक्लो बनेका श्रेष्ठमा फेरि अर्को बज्रपात आइलाग्यो । ‘केही महिनाअघि घरमा आगलागी भयो, झ्यालबाट हाम फलोर ज्यान बचाएँ’ श्रेष्ठ भन्छन-’घर जलेपछि बेसहारा भएँ, तैपनि छोराहरुले हेरेनन । केही दिन छोरी कहाँ गएर बसेँ । उनीहरुले जाउ त भनेनन । तर, सँधै यसरी बसेर मेरो निर्वाह चल्दैन, के गरुँ भनेँ । छोरीहरुले ‘बाबुको विचार’ भनेपछि म यहाँ आएँ ।’ यद्यपि अहिले पनि छोरीहरु कहिले काँही बाबुलाई भेट्न बृद्धाश्रम पुग्दा रहेछन् ।
अहिले बुढेसकालमा सहारा खोज्दै बृद्धाश्रममा आउनुपर्दा श्रेष्ठलाई छोरा, सम्पत्ति सबै बेकार रहेछ जस्तो लाग्न थालेको छ । ‘छोरा छोरीका लागि सब थोक गरियो । यस्तो हुन्छ भन्ने थाहा भएको भए किन गर्थे र ?’ उनले दुखेसो पोखे-’बेकार रेछ यो सवै । छोराहरु भन्ने पनि काम नलाग्ने रहेछन ।’ छोरा-छोरी हुर्काउँदा कत्रो आस थियो उनलाई ठूलो भएपछि बुढेकामा हेर्छन भन्ने । तर, अहिले सानो हुँदा मर्ला भन्ने डर, ठूलो भएपछि मार्ला भन्ने डर भन्ने जस्तै भएको छ उनलाई । ‘यो संसार केही पनि होइन रहेछ । यो सिनेमा हेरेको जस्तै हो । सकिएपछि घर जाउ भन्छन्’ श्रेष्ठले भन्नुभयो-’हाम्रो पनि यस्तै हो । सम्पत्ति हुँदासम्म आफ्नो, नभएपछि हेर्दैनन् । सम्पत्ति छ भने मेरो बा भन्छन्, नभएपछि यो बुढोको के काम भन्छन् । संसार भनेको अचम्मको रहेछ ।’
श्रीमतीको निधन भएपछि श्रेष्ठ केही दिन कान्छो छोरासँग बसे । तर, केहीदिनमा नै घरबाट निकालिदिए । ‘एक पटक कान्छोकोमा गएको हो । १५/१६ दिन बसेँ’ उनले दुखेेसो पोखे-’ यहाँ तिम्रो काम छैन भने, म निस्किएर हिडेँ । गाह्रो त भयो, जाने ठाउँ काही छैन । छोराहरु भनेर बसेको, जाउ भनेपछि के गर्नु ?’ आज बाबुको मुख हेर्न दिने हो छोराहरुको याद आएन भन्ने हाम्रो प्रश्नमा उनले भने-’सम्झिइन । छोराहरुलाई सम्भिmएन के गर्ने ? पाल्ने हैन ।’
श्रेष्ठले जेठो र माहिलो छोरालाई नदेखेको एक वर्ष हुन लाग्यो । कान्छो छोरा केही दिन पहिले बृद्धाश्रममा आएका थिए । तर, जाने बेला लगेनन् । ‘घर जाउँ भनेर लगेको भए त के चाहिन्थ्यो र’ गहभरी आँसु पार्दै श्रेष्ठ भने-’आज भोलि भगवानसँग प्रार्थना गर्छु । मेरो अरु कोही पनि छैन । मेरो हजुर नै हुनुहुन्छ रक्षा गर्नुस भनेर सहायता माग्छु ।’
अरुको पीडा पनि कम छैन
निःसहाय सेवा केन्द्रमा अहिले श्रेष्ठजस्तै ४३ जना बृद्धबृद्धा छन् । उनीहरु मध्येका एक हुन पूर्व सरकारी कर्मचारी काठमाडौं मैपीका ७३ वर्षीय माधवलाल श्रेष्ठ । आर्किटेक्ट इन्जिनियर रहेका छोराले हेर्न छोडेको १० वर्षभइसक्यो । गत वर्ष खुट्टा भाँचिएपछि साथी भाइले उनलाई केन्द्रमा पुर्याएका थिए । ‘छोरा छ, मुख देख्यो कि भाग्छ’ उनले भने ।
देश शम्शेरकी पनातिनी सगुन शाहले १ जनालाई राखेर केन्द्र सुरु गरेकी हुन् । अहिले बाटोमा भेटिएका, बेसहारालाई केन्द्रमा राखिएको छ । विभिन्न दाताको सहयोगमा बृद्धबुद्धालाई राखिएको सगुनले बताइन । राणा खानदानीकी शाहलाई केन्द्रमा रहेका सबैले ‘मुमाहजुर’ भनेर बोलाउने गरेका छन् ।

Kathmandu Nepal.
त्यसैगरी एमालेले आगामी निर्वाचनका लागि चर्चित युवाहरुलाई अघि बढाएको छ । झापाबाट रविन कोइराला, बसन्त बानियाँ, दिपक कार्की, एलपी साँवा, त्यस्तै मोरङ्बाट विनोद ढकाल, उदयपुरबाट जगन्नाथ खतिवडा, ओखलढुङ्गाबाट यज्ञराज सुनुवार, सिन्धुपाल्चोकबाट अरुण नेपाल, उपत्यकाबाट योगेश भट्टराई, जिवनराम श्रेष्ठ, महेश बस्नेत, कास्कीबाट रविन्द्र अधिकारी, पाल्पाबाट ठाकुर गैह्रे, बागुलुङबाट हिरा केशी, मकवानपुरबाट अशोकसिह ठकुरी, रुपन्देहीबाट खिमलाल भट्टराई सिफारिसमा परेका छन् । अन्य जिल्लाबाट पनि एमालेले युवा उम्मेदवारलाई अघि सारेको छ । एमालेले मुलुकभरबाट सिफारिस गरेका प्रत्यक्षमा उम्मेदवारहरुको नाम तल प्रस्तुत गरिएको छ ।
मेची अञ्चलअन्तर्गत इलाम क्षेत्र नं १ मा झलनाथ खनाल, काजीमान कागते, वीरबहादुर लाप्चा, खिनु लड्वा र रत्न अधिकारी, २ मा सुवास नेम्वाङ, ३ मा महेश बस्नेत, भक्त केसी, टेकबहादुर राई, कृष्ण श्रेष्ठ र पदम भण्डारी, झापा क्षेत्र १ मा रबिन कोइराला, विष्णु प्रसार्इं र ज्योत्सना धिमाल, २ मा एकराज कार्की, पवित्रा खरेल र रोमनी भट्टराई, ३ मा जीवन श्रेष्ठ, वसन्त बानियाँ र मञ्जु सिटौला, ४ मा प्रेम गिरी, देवीमाया भट्टराई र हरि राना, ५ मा एलपी साँवा, भोजकुमारी नेपाल, अमृता राई र खोदनाथ चापागाईं, ६ मा केपी ओली, दीपक कार्की र गीता भेटवाल, ७ मा केपी ओली, पाँचथर १ मा कमलकुमारी योङहाङको नाम छनोट भए पनि अरू दुई जनाको नाम टुंगो लागिसकेको छैन। क्षेत्र नं २ मा डम्बरसिं सम्वाहाम्फे, नरेन्द्र बस्नेत र दुर्गा राई, ताप्लेजुङ १ मा भूपेन्द्र थेवे, सन्तोष खतिवडा र बलबहादुर साम्सुहाङ, २ मा डम्बरध्वज तुम्वाहाम्फे, लक्ष्मी नारायण यास्सो र निर्मला राजभण्डारी रिफारिस भएका छन् ।
कोसी अञ्चलअन्तर्गत संखुवासभा २ मा राजेन्द्र गौतम, तुलसी न्यौपाने र सुमना श्रेष्ठ तथा क्षेत्र नं ६ मा भीम आचार्य, विष्णु भट्टराई र नरमाया लिम्बू, तेहथुममा तेजमान कन्दङ्वा, भवानी खापुङ, र विष्णु माया विक, सुनसरी ३ मा भगवती चौधरी र सैयवभूषण सिफारिस भएका छन् । त्यस्तै संखुवासभाको क्षेत्र नं १ र, धनकुटा, भोजपुर, मोरङ र सुनसरीबाट पनि सर्वसम्मत नाम सिफारिस भएको छ।
सगरमाथा अञ्चलअन्तर्गत सप्तरी क्षेत्र नं १ मा उषा पोखरेल, सुमनराज प्याकुरेल र वसन्त श्रेष्ठ, २ मा शैलेन्द्रचन्द्र झा, शोभितलाल यादव र सावित्री राम, ३ प्रतापनारायण चौधरी, निर्मल यादव र मञ्जु साह,
४ मा ताराकान्त चौधरी, अब्दुल मजिद साकिर र बिन्दु यादव, ५ मा गोविन्द न्यौपाने, महेश यादव र जसोमतीदेवी साह, ६ मा बृजनारायण साह, शोभानन्द राय र मदन साह, खोटाङ क्षेत्र नं १ मा पाँचकर्ण राई, राजन राई र हरि पोखरेल, २ मा विशाल भट्टराई र उषाकला राई, सोलुखम्बुमा आङ्ङिमा लामा, उदयपुर क्षेत्र नं १ मा दुर्गाकुमार थापा, मणिराज उपाध्याय र अम्बिका पासवान, २ मा बलदेव चौधरी, विष्णुबहादुर राउत र माया भण्डारी, ३ मा जगन्नाथ खतिवडा, बेदप्रसाद पोखरेल र भीमकुमारी राउत, सिरहा क्षेत्र नं १ मा राजेन्द्र महतो, गंगाप्रसाद यादव, गीता चौधरी, २ मा रामचन्द्र यादव, तारणीप्रसाद यादव, मिरादेवी यादव, ३ मा प्रमोद यादव र मीना खातुन, ४ मा रामऔतार यादव, शिवशंकर महतो, निर्मला बास्तोला, ५ मा लिलानाथ श्रेष्ठ, सम्झना थपलिया, जीवछ साह र क्षेत्र नं ५ मा जागेश्वर यादव, रामपुकार साह र सीता साह साथैै ओखलढुंगा १ मा यज्ञराज सुनुवार, मोहन श्रेष्ठ, २ मा नेत्र भट्टराई, नानीबाबु बुढाथोकी, शान्ता ढुंगेल र तीर्थ सुवेदी सिफारिस भएका छन् ।
जनकपुर अञ्चलअन्तर्गत सिन्धुली क्षेत्र नं २ बाट उमा कोइराला, भोजराज ढुंगेल र खड्ग खत्री तथा ३ बाट कमलजंग राई, कौशल कोइराला र मिथिला प्याकुरेल सिफारिस भएका छन् । क्षेत्र नं १ बाट पनि नाम सिफारिस भएको छ । सर्लाही क्षेत्र नं ३ बाहेक अरू क्षेत्रले सिफारिस गरिसकेका छन्। क्षेत्र नं १ बाट मनोज देवकोटा, ध्रुव गौतम, गोविन्द अधिकारी, रामबहादुर खड्का, रामविनोद महतो र मानबहादुर लुंगेली, २ बाट रामनरेश राय, गणेश प्रसार्इं, सुरेन्द्र लामा, डिल्ली उप्रेती, गीतानाथ मैनाली, जमरुद्धिन मनसुर र रेणुका पौडेल, ४ बाट राजनारायण साह, जयप्रकाश यादव र ललितादेवी चौधरी, ५ बाट नरेन्द्र राय, रामएकवाल मण्डल, सावित्री देवी पासवान, रामनरेश मण्डल, रामनारायण सोनार, जुल्फीकार अली र उपेन्द्र राय, ६ बाट रामवावु राय, सञ्जीव सिंह, फकिरा महतो, विभा ठाकुर र लक्की पासवान, महोत्तरी १ बाट नरबहादुर स्याङ्दन, सोमबहादुर कार्की र दुर्गा दाहाल, २ बाट कालीचरण साह, मनसुल कवारी र मन्जुकुमारी यादव, ३ बाट रामदयाल मण्डल, विजय चौधरी र सुनयनादेवी साह, ५ बाट दीपनारायण साह, सरोज यादव र रेखा झा तथा ६ बाट कौसीलाल यादव, रामकुमार विश्वकर्मा र सीता भट्टराई सिफारिस भएका छन् । महोत्तरीको क्षेत्र नं ४ र धनुषामा टुंगिन बाँकी नै छ।
बाग्मती अञ्चलअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं १ बाट अरुण नेपाल, सरेश नेपाल, माइली तामाङ, ३ बाट शेरबहादुर तामाङ, हस्त पण्डित र डोल्मा तामाङ सिफारिस भएका छन ।२ मा बाँकी रहेको जानकारी प्राप्त भएको छ। धादिङ क्षेत्र नं २ बाट गुरु बुर्लाकोटी, खेमप्रसाद लोहनी र गंगादेवी श्रेष्ठ तथा ३ बाट राजेन्द्र पाण्डे, भूमि त्रिपाठी र सरस्वती श्रेष्ठ सिफारिस भएका छन् । क्षेत्र नं १ ले पनि बुधवार नै नाम सिफारिस गरेको बताएको छ । रामेछाप १ बाट कमल सुनुवार, शान्तिप्रसाद पौडेल र कुमार कार्की तथा २ बाट कैलाश ढुंगेल, माया कार्की र ज्ञानकुमार श्रेष्ठ, नुवाकोट १ बाट राजेन्द्रप्रकाश लोहनी, केशव पाण्डे, वासुदेव बडुवाल, राजेन्द्र रमण खनाल, अच्युत पाण्डे, डम्बरबहादुर लामा, बद्री मिजार र बिन्दा नेपाल, २ बाट बद्री मैनाली, केपी लामिछाने र सुवास श्रेष्ठ तथा ३ बाट महेन्द्रबहादुर पाण्डे, नारायण खतिवडा र श्रीमाया लामा सिफारिस भएका छन्। त्यस्तै, काठमाडौं १ बाट बिदुर मैनाली, विद्या न्यौपाने, धनबहादुर अच्छामी, २ बाट माधवकुमार नेपाल, ३ बाट रामेश्वर फुँयाल, कृष्ण राई र डोल्मा लामा, विश्वनाथ प्याकुरेल, ४ बाट विद्या भण्डारी, निर्मल कुँइकेल र उद्धव खरेल, ५ बाट ईश्वर पोखरेल, रत्न गुरुङ, शान्ति अधिकारी र दीपक केसी, ६ बाट योगेश भट्टराई, प्रकाश अधिकारी र बिन्दा बुढाथोकी, ७ बाट वसन्त मानन्धर, रामवीर मानन्धर र कमला श्रेष्ठ, ८ बाट अष्टलक्ष्मी शाक्य, जीवनराम श्रेष्ठ र सागर नेपाल, ९ बाट झलनाथ खनाल, कृष्ण गोपाल श्रेष्ठ र शोभा सापकोटा तथा १० बाट सुरेन्द्र मानन्धर, गुञ्जमानसिंह बस्नेत र उर्मिला कर्माचार्य सिफारिस भएका छन् भने भक्तपुर १ र ललितपुरले पनि उम्मेदवार सिफारिस गरेको बताइएको छ। भक्तपुर २ बाट केपी शर्मा ओली, महेश बस्नेत र जुना बस्नेत र रसुवामा जनार्दन ढकाल, अशोक घिमिरे र फोर्बु चोमो तामाङ सिफारिस भएका छन् ।
नारायणीअन्तर्गत मकवानपुर क्षेत्र नं १ मा अणराज जर्घामगर, रामचन्द्र दनुवार राई र हर्कमाया रुम्बा, क्षेत्र नं २ मा सुवास ठकुरी, विष्णु ढकाल र पार्वती राना, क्षेत्र नं ३ मा डोरमणि पौडेल, अनन्त पौडेल र मुनु सिग्देल तथा क्षेत्र नं ४ मा राजाराम स्याङ्तान, एकराज उप्रेती र बच्चुमाया विक छानिएका छन् । रौतहट १ मा माधवकुमार नेपाल, २ मा अबुल कलाम आजाद, शैलेन्द्र साह र महेन्द्र ठाकुर ३ मा कमल राय यादव, नितेशनन्दन मिश्र, प्रतिभा पटेल, ४ मा डा। वंशीधर मिश्र, सचिदानन्द साह, सरला यादव र शंकर यादव, ५ मा वासु राय चौधरी, नागेन्द्र राय यादव र शान्ता ढुंगाना, ६ मा माधवकुमार नेपाल, रामकुमार भट्टराई, वैद्यनाथ सहनी र हसीमा खातुन, चितवन क्षेत्र नं १ मा जेपी भेटवाल, सुरेन्द्र पाण्डे र सीता पौडेल, २ मा कृष्ण खनाल, यादव पाठक र विमला दुवाडी, ३ मा कृष्णभक्त पोखरेल, रामबहादुर रानामगर र सूर्यवदना हमाल, ४ मा पार्वती रावल, मुक्ति अधिकारी र रामजी सापकोटा तथा ५ मा दानबहादुर तामाङ, कृष्ण भुर्तेल र सरस्वती विष्ट सिफारिस भएका छन्।
बारा क्षेत्र नं १ बाट बतहु यादव, छट्ठु यादव र सम्झारीदेवी पासवान, २ बाट वासुदेव यादव, रामाशंकर साह, राजेश साह, निर्मलादेवी जयसवाली, ३ बाट अध्यानन्द पाण्डे, विनोद साह र गौरी ढकाल, ४ बाट महमुद आलम, रामचन्द्र प्यासी र भगवती न्यौपाने, ५ बाट बलवीर चौधरी, त्रिलोकी चौधरी र धनमाया देवी चौधरी, ६ मा पुरुषोत्तम पौडेल, भरत खड्का, अच्यूत मैनाली र निर्मला बस्नेत, पर्सा २ बाट बिचारी यादव, अमानत अन्सारी र प्रेमा पौडेल, ३ बाट राजकुमार गुप्ता, विक्रम चौरसिया र मैया नेपाली, ४ बाट प्रधुम्न चौहान, प्रेम शर्मा पौडेल र सरस्वती राम तथा ५ बाट जयप्रकाश थारू, सीता खड्का र मनोज गुप्ता सिफारिस भएका छन् । क्षेत्र नं १ ले पनि उम्मेदवार चयन गरेको छ।
गण्डकी अञ्चलअन्तर्गत गोर्खा क्षेत्र नं १ मा रामशरण बस्नेत, बाबुराम थापा र सानुमाया बस्नेत, २ मा हरि काफ्ले, बाबुराम अधिकारी र चुडाकुमारी देवकोटा र मनाङमा बलराम गुरुङ, छिरिङ लोक्चाङ गुरुङ र राममाया परियारको नाम सिफारिस भएको छ। कास्की, तनहँु र लमजुङमा भने टुंगो लागि नसकेको बताइएको छ।
लुम्बिनी अञ्चलका पनि सबै जिल्लाका क्षेत्रीय कमिटीहरूले उम्मेदवारहरूको नाम रिफारिस गरेकोअञ्चल सचिव खिमलाल भट्टराईले बताए। उनका अनुसार रुपन्देही क्षेत्र नं १ बाट छविलाल विश्वकर्मा, खिमलाल भट्टराई, घनश्याम भुसाल,शारदा भट्टराइृको नाम सिफारिस भएको छ । २ मा भने आजसम्ममा टुङ्गो लाग्ने बताईकोको छ । ३ बाट घनश्याम भुसाल, लिला गिरी र शान्ति पाण्डेका नाम सिफारिस भएको छ । ४ बाट विष्णु पौड्याल, विमला पन्थी, भोजप्रसाद श्रेष्ठ सिफारिस भएका छन् । ५ बाट रामनाथ ढकाल, भुमिलाल सापकोटा र नलकुमारी श्रेष्ठ सिफारिस भएका छन् । ६ बाट बाबुलाल यादब, शशिसरण साहनी र ७ बाट रामचन्द्र यादवको नाम सिफारिस भएको छ । त्यस्तै गुल्मी १ बाट रामनाथ ढकाल, २ बाट डा. दुमन थापा र पिताम्वर भुसालको नाम सिफारिस भएको छ । पाल्पा १ बाट राधाकृष्ण कँडेल नारायण आचार्य, देविलाल लामिछाने र जीवराज खनाल त्यस्तै २ बाट ठाकुर गैरे, सोमप्रसाद पाण्डे र दयाराज वस्यालको नाम सिफारिस भएको छ । ३ बाट कुलप्रसाद नेपाल, यादव रायमाझी र घनेन्द्रराज घिमिरे सिफारिस भएका छन् । त्यस्तै कपिलवस्तु १ बाट विष्णु पन्थी, वलराम अधिकारी, विश्रान्त ओली, हजिल रहमान सेख ३ बाट बाबुराम खनाल, ४ बाट नेत्रलाल अधिकारी ५ बाट सफर मियाँ सिफारिसमा परेका छन् । गुल्मी १ बाट रामनाथ ढकाल, २ बाट प्रदिप ज्ञवाली, कमल श्रेष्ठ र नर्वदा भण्डारी सिफारिस भएका छन् । ३ बाट गोकर्ण विष्ट, सोमलाल पाण्डे र ललिता गौतम सिफारिसमा परेका छन् ।
धौलागिरिअन्तर्गत पर्वत क्षेत्र नं १ मा गणेश तिमल्सिना, गणेश शर्मा पौडेल र सेती महत, २ मा विकास लम्साल, मित्रलाल बस्याल र गोमताकुमारी शर्मा, बागलुङ क्षेत्र नं १ मा ऋषिराम शर्मा, हीराबहादुर केसी र मना केसी, २ मा श्रीप्रसाद शर्मा, सूर्य पाठक र विष्णु राना, ३ मा मोहनलाल शर्मा, विष्णु भूसाल र शान्ति अधिकारीको नाम सिफारिस भएको छ। मुस्ताङ र म्याग्दीमा पनि बुधवार नै नाम छनोट भएको बताइएको छ।
राप्ती अञ्चलअन्तर्गत रोल्पा क्षेत्र नं १ मा हितबहादुर रोका, नर्मलालक्ष्मी सुबेदी र रितबहादुर आले, २ मा हरिप्रसाद घर्तीमगर, कुमार दशौंदी र रिमा नेपाली, प्युठान क्षेत्र नं १ मा वामदेव गौतम, २ मा सूर्य थापा, हरि रिजाल र हीरा केसी, दाङ क्षेत्र नं १ मा तिलबहादुर केसी, रेवतीरमण शर्मा र सरस्वती गौतम, २ मा शान्ता चौधरी, राममणि पाण्डेय र हेमराज पुन, ३ मा अम्बरबहादुर डाँगी, लक्ष्मण आचार्य र सीता न्यौपाने, ४ मा शंकर पोखरेल, माया आचार्य र टोपेन्द्र केसी, ५मा उत्तरकुमार वली, धमकली चौधरी र घनश्याम पाण्डे सिफारिस भएका छन् । सल्यान र रुकुमका क्षेत्रीय कमिटीले नाम सिफारिस गरिसकेका छन् ।
भेरी अञ्चलअर्न्तगत बाँके क्षेत्र नं १ मा देवराज भार, रामदास थारू र आरती पौडेल, २ मा दिनेशचन्द्र यादव, अजय श्रीवास्तव र विष्णु गौतम, ३ मा पदमबहादुर धिताल, इन्द्रबहादुर थापा र तुलसा थापा, ४मा दलबहादुर सुनार, नन्दलाल रोकाय र मनकुुमारी चन्द, बर्दिया क्षेत्र नं १ मा वामदेव गौतम, श्यामप्रसाद ढकाल र कौशल्यासिंह ठकुरी, २ मा पूर्ण शर्मा, भक्तबहादुर विक र शोभा ज्ञवाली, ३ मा विष्णु थारू, टंक वली र सीता सिग्देल, ४ मा लौटन थारू, कमलबहादुर शाही र सीता चौधरी, दैलेख क्षेत्र नं १ मा रबीन्द्र शर्मा, अम्
![]() |
| CPN_UML_OFFICE |
काठमाडौं, भदौं २० । संविधानसभाको दोस्रो निर्वाचन आउन ७५ दिन मात्र बाँकी रहेका बेला काङ्ग्रेस, एमाले, एमाओवादीलगायतका दलले मुलुकभरबाट प्रत्यक्ष र समानुपातिकका तर्फबाट उम्मेदवार सिफाारिस गर्ने क्रम जारी राखेका छन् । यही क्रममा निर्वाचनका लागि एमालेका छिटपुटबाहेक ७५ वटै जिल्लाका क्षेत्रीय कमिटीहरूले सम्भावित उम्मेदवारको छनोट गरेका छन्। एमालेले केन्द्रको निर्देशनअनुसार २ सय ४० वटै निर्वाचन क्षेत्रीय कमिटीको बैठक बसेर प्रत्यक्षतर्फ एक महिलासहित तीन जना र समानुपातिकतर्फ २ जनाको नाम क्षेत्रीय कमिटीले जिल्ला कमिटीमा पठाएको हो । जिल्ला कमिटिले पठाएका नाम अञ्चल हुँदै केन्द्रमा आइपुग्ने एमालेले जानकारी दिएको छ । ती नामलाई स्थायी कमिटीले आवश्यक परिमार्जन गरेर अनुमोदनका लागि फेरि केन्द्रीय कमिटीमा प्रस्तुत गरेपछि त्यसले पूर्णता पाउँने छ । अघिल्लो संविधानसभा निर्वाचनमा तेस्रो स्थानमा चित्त बुझाएको एमालेले यस पटकको निर्वाचनमा पहिलो स्थान सुरक्षित गर्ने तयारी सहित जिल्ला र क्षेत्रमा चर्चा कमाएका र लोकप्रिय नेतालाई उम्मेदवार बनाउने तयारी गरेको छ । उक्त दलले मुलुकभरबाट युवा उम्मेदवारलाई पनि अघि सारेको छ । एमालेका शीर्ष नेताहरु पनि विभिन्न क्षेत्रबाट सिफारिस भएका छन् । अध्यक्ष झलनाथ खनाल इलाम १ र काठमाडौं ९ बाट सिफारिस भएका छ भने वरिष्ठ नेता माधवकुमार नेपाल रौतहट १ र ६ तथा काठमाडौं २ बाट सिफारिस भएका छन्। त्यस्तै, उपाध्यक्ष वामदेव गौतमको नाम प्युठान १ र बर्दिया १ बाट, केपी शर्मा ओलीको झापा ६, ७ र भक्तपुरको २ बाट सिफारिस भएको छ । उपाध्यक्ष विद्या भण्डारीको नाम काठमाडौं ४ बाट सिफारिस भएको छ। महासचिव ईश्वर पोखरेल को नाम काठमाडौं ५, सिन्धुली र ओखलढुङ्गा १ बाट पनि सिफारिस भएको छ । सचिव शंकर पोखरेल दाङ ४ बाट सिफारिसमा परेका छन् । उनी अघिल्लो निर्वाचनमा समानुपातिकबाट सभासद् बनेका थिए । त्यस्तै विभिन्न जनवर्गीय सङ्गठनले पनि विभिन्न व्यक्तिको नाम सिफारिस गरेर पठाएका छन् । प्रेस चौतारी नेपालले केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालसहित, पूर्व अध्यक्ष द्वय शम्भु श्रेष्ठ र गगन विष्टको नाम सिफारिस गरेको छ । त्यस्तै वरिष्ठ पत्रकार गोपाल थपलिया र कौशल चेम्जोङको नाम पनि चौतानरीले सिफारिस गरेको छ । पार्टीको निर्देशन अनुसार ५ जना पत्रकारहरुको नाम समानुपातिकमा पठाएको चौतारीले जानकारी दिएको छ । त्यस्तै एमाले केन्द्रीय कानुन विभागले पनि तीन जना कानुनविद्लाई आगामी संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट उम्मेदवारको रुपमा सिफारिस गरेको छ । विभागका प्रमुख रघुजी पन्तको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय बल्खुमा बुधबार बसेको बैठकले विभागका पूर्व प्रमुख अग्नि खरेल, वर्तमान सचिव वामदेव ज्ञावली र सदस्य रक्षा बस्यालको नाम सिफारिस गरेको हो ।
त्यसैगरी एमालेले आगामी निर्वाचनका लागि चर्चित युवाहरुलाई अघि बढाएको छ । झापाबाट रविन कोइराला, बसन्त बानियाँ, दिपक कार्की, एलपी साँवा, त्यस्तै मोरङ्बाट विनोद ढकाल, उदयपुरबाट जगन्नाथ खतिवडा, ओखलढुङ्गाबाट यज्ञराज सुनुवार, सिन्धुपाल्चोकबाट अरुण नेपाल, उपत्यकाबाट योगेश भट्टराई, जिवनराम श्रेष्ठ, महेश बस्नेत, कास्कीबाट रविन्द्र अधिकारी, पाल्पाबाट ठाकुर गैह्रे, बागुलुङबाट हिरा केशी, मकवानपुरबाट अशोकसिह ठकुरी, रुपन्देहीबाट खिमलाल भट्टराई सिफारिसमा परेका छन् । अन्य जिल्लाबाट पनि एमालेले युवा उम्मेदवारलाई अघि सारेको छ । एमालेले मुलुकभरबाट सिफारिस गरेका प्रत्यक्षमा उम्मेदवारहरुको नाम तल प्रस्तुत गरिएको छ ।
मेची अञ्चलअन्तर्गत इलाम क्षेत्र नं १ मा झलनाथ खनाल, काजीमान कागते, वीरबहादुर लाप्चा, खिनु लड्वा र रत्न अधिकारी, २ मा सुवास नेम्वाङ, ३ मा महेश बस्नेत, भक्त केसी, टेकबहादुर राई, कृष्ण श्रेष्ठ र पदम भण्डारी, झापा क्षेत्र १ मा रबिन कोइराला, विष्णु प्रसार्इं र ज्योत्सना धिमाल, २ मा एकराज कार्की, पवित्रा खरेल र रोमनी भट्टराई, ३ मा जीवन श्रेष्ठ, वसन्त बानियाँ र मञ्जु सिटौला, ४ मा प्रेम गिरी, देवीमाया भट्टराई र हरि राना, ५ मा एलपी साँवा, भोजकुमारी नेपाल, अमृता राई र खोदनाथ चापागाईं, ६ मा केपी ओली, दीपक कार्की र गीता भेटवाल, ७ मा केपी ओली, पाँचथर १ मा कमलकुमारी योङहाङको नाम छनोट भए पनि अरू दुई जनाको नाम टुंगो लागिसकेको छैन। क्षेत्र नं २ मा डम्बरसिं सम्वाहाम्फे, नरेन्द्र बस्नेत र दुर्गा राई, ताप्लेजुङ १ मा भूपेन्द्र थेवे, सन्तोष खतिवडा र बलबहादुर साम्सुहाङ, २ मा डम्बरध्वज तुम्वाहाम्फे, लक्ष्मी नारायण यास्सो र निर्मला राजभण्डारी रिफारिस भएका छन् ।
कोसी अञ्चलअन्तर्गत संखुवासभा २ मा राजेन्द्र गौतम, तुलसी न्यौपाने र सुमना श्रेष्ठ तथा क्षेत्र नं ६ मा भीम आचार्य, विष्णु भट्टराई र नरमाया लिम्बू, तेहथुममा तेजमान कन्दङ्वा, भवानी खापुङ, र विष्णु माया विक, सुनसरी ३ मा भगवती चौधरी र सैयवभूषण सिफारिस भएका छन् । त्यस्तै संखुवासभाको क्षेत्र नं १ र, धनकुटा, भोजपुर, मोरङ र सुनसरीबाट पनि सर्वसम्मत नाम सिफारिस भएको छ।
सगरमाथा अञ्चलअन्तर्गत सप्तरी क्षेत्र नं १ मा उषा पोखरेल, सुमनराज प्याकुरेल र वसन्त श्रेष्ठ, २ मा शैलेन्द्रचन्द्र झा, शोभितलाल यादव र सावित्री राम, ३ प्रतापनारायण चौधरी, निर्मल यादव र मञ्जु साह,
४ मा ताराकान्त चौधरी, अब्दुल मजिद साकिर र बिन्दु यादव, ५ मा गोविन्द न्यौपाने, महेश यादव र जसोमतीदेवी साह, ६ मा बृजनारायण साह, शोभानन्द राय र मदन साह, खोटाङ क्षेत्र नं १ मा पाँचकर्ण राई, राजन राई र हरि पोखरेल, २ मा विशाल भट्टराई र उषाकला राई, सोलुखम्बुमा आङ्ङिमा लामा, उदयपुर क्षेत्र नं १ मा दुर्गाकुमार थापा, मणिराज उपाध्याय र अम्बिका पासवान, २ मा बलदेव चौधरी, विष्णुबहादुर राउत र माया भण्डारी, ३ मा जगन्नाथ खतिवडा, बेदप्रसाद पोखरेल र भीमकुमारी राउत, सिरहा क्षेत्र नं १ मा राजेन्द्र महतो, गंगाप्रसाद यादव, गीता चौधरी, २ मा रामचन्द्र यादव, तारणीप्रसाद यादव, मिरादेवी यादव, ३ मा प्रमोद यादव र मीना खातुन, ४ मा रामऔतार यादव, शिवशंकर महतो, निर्मला बास्तोला, ५ मा लिलानाथ श्रेष्ठ, सम्झना थपलिया, जीवछ साह र क्षेत्र नं ५ मा जागेश्वर यादव, रामपुकार साह र सीता साह साथैै ओखलढुंगा १ मा यज्ञराज सुनुवार, मोहन श्रेष्ठ, २ मा नेत्र भट्टराई, नानीबाबु बुढाथोकी, शान्ता ढुंगेल र तीर्थ सुवेदी सिफारिस भएका छन् ।
जनकपुर अञ्चलअन्तर्गत सिन्धुली क्षेत्र नं २ बाट उमा कोइराला, भोजराज ढुंगेल र खड्ग खत्री तथा ३ बाट कमलजंग राई, कौशल कोइराला र मिथिला प्याकुरेल सिफारिस भएका छन् । क्षेत्र नं १ बाट पनि नाम सिफारिस भएको छ । सर्लाही क्षेत्र नं ३ बाहेक अरू क्षेत्रले सिफारिस गरिसकेका छन्। क्षेत्र नं १ बाट मनोज देवकोटा, ध्रुव गौतम, गोविन्द अधिकारी, रामबहादुर खड्का, रामविनोद महतो र मानबहादुर लुंगेली, २ बाट रामनरेश राय, गणेश प्रसार्इं, सुरेन्द्र लामा, डिल्ली उप्रेती, गीतानाथ मैनाली, जमरुद्धिन मनसुर र रेणुका पौडेल, ४ बाट राजनारायण साह, जयप्रकाश यादव र ललितादेवी चौधरी, ५ बाट नरेन्द्र राय, रामएकवाल मण्डल, सावित्री देवी पासवान, रामनरेश मण्डल, रामनारायण सोनार, जुल्फीकार अली र उपेन्द्र राय, ६ बाट रामवावु राय, सञ्जीव सिंह, फकिरा महतो, विभा ठाकुर र लक्की पासवान, महोत्तरी १ बाट नरबहादुर स्याङ्दन, सोमबहादुर कार्की र दुर्गा दाहाल, २ बाट कालीचरण साह, मनसुल कवारी र मन्जुकुमारी यादव, ३ बाट रामदयाल मण्डल, विजय चौधरी र सुनयनादेवी साह, ५ बाट दीपनारायण साह, सरोज यादव र रेखा झा तथा ६ बाट कौसीलाल यादव, रामकुमार विश्वकर्मा र सीता भट्टराई सिफारिस भएका छन् । महोत्तरीको क्षेत्र नं ४ र धनुषामा टुंगिन बाँकी नै छ।
बाग्मती अञ्चलअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं १ बाट अरुण नेपाल, सरेश नेपाल, माइली तामाङ, ३ बाट शेरबहादुर तामाङ, हस्त पण्डित र डोल्मा तामाङ सिफारिस भएका छन ।२ मा बाँकी रहेको जानकारी प्राप्त भएको छ। धादिङ क्षेत्र नं २ बाट गुरु बुर्लाकोटी, खेमप्रसाद लोहनी र गंगादेवी श्रेष्ठ तथा ३ बाट राजेन्द्र पाण्डे, भूमि त्रिपाठी र सरस्वती श्रेष्ठ सिफारिस भएका छन् । क्षेत्र नं १ ले पनि बुधवार नै नाम सिफारिस गरेको बताएको छ । रामेछाप १ बाट कमल सुनुवार, शान्तिप्रसाद पौडेल र कुमार कार्की तथा २ बाट कैलाश ढुंगेल, माया कार्की र ज्ञानकुमार श्रेष्ठ, नुवाकोट १ बाट राजेन्द्रप्रकाश लोहनी, केशव पाण्डे, वासुदेव बडुवाल, राजेन्द्र रमण खनाल, अच्युत पाण्डे, डम्बरबहादुर लामा, बद्री मिजार र बिन्दा नेपाल, २ बाट बद्री मैनाली, केपी लामिछाने र सुवास श्रेष्ठ तथा ३ बाट महेन्द्रबहादुर पाण्डे, नारायण खतिवडा र श्रीमाया लामा सिफारिस भएका छन्। त्यस्तै, काठमाडौं १ बाट बिदुर मैनाली, विद्या न्यौपाने, धनबहादुर अच्छामी, २ बाट माधवकुमार नेपाल, ३ बाट रामेश्वर फुँयाल, कृष्ण राई र डोल्मा लामा, विश्वनाथ प्याकुरेल, ४ बाट विद्या भण्डारी, निर्मल कुँइकेल र उद्धव खरेल, ५ बाट ईश्वर पोखरेल, रत्न गुरुङ, शान्ति अधिकारी र दीपक केसी, ६ बाट योगेश भट्टराई, प्रकाश अधिकारी र बिन्दा बुढाथोकी, ७ बाट वसन्त मानन्धर, रामवीर मानन्धर र कमला श्रेष्ठ, ८ बाट अष्टलक्ष्मी शाक्य, जीवनराम श्रेष्ठ र सागर नेपाल, ९ बाट झलनाथ खनाल, कृष्ण गोपाल श्रेष्ठ र शोभा सापकोटा तथा १० बाट सुरेन्द्र मानन्धर, गुञ्जमानसिंह बस्नेत र उर्मिला कर्माचार्य सिफारिस भएका छन् भने भक्तपुर १ र ललितपुरले पनि उम्मेदवार सिफारिस गरेको बताइएको छ। भक्तपुर २ बाट केपी शर्मा ओली, महेश बस्नेत र जुना बस्नेत र रसुवामा जनार्दन ढकाल, अशोक घिमिरे र फोर्बु चोमो तामाङ सिफारिस भएका छन् ।
नारायणीअन्तर्गत मकवानपुर क्षेत्र नं १ मा अणराज जर्घामगर, रामचन्द्र दनुवार राई र हर्कमाया रुम्बा, क्षेत्र नं २ मा सुवास ठकुरी, विष्णु ढकाल र पार्वती राना, क्षेत्र नं ३ मा डोरमणि पौडेल, अनन्त पौडेल र मुनु सिग्देल तथा क्षेत्र नं ४ मा राजाराम स्याङ्तान, एकराज उप्रेती र बच्चुमाया विक छानिएका छन् । रौतहट १ मा माधवकुमार नेपाल, २ मा अबुल कलाम आजाद, शैलेन्द्र साह र महेन्द्र ठाकुर ३ मा कमल राय यादव, नितेशनन्दन मिश्र, प्रतिभा पटेल, ४ मा डा। वंशीधर मिश्र, सचिदानन्द साह, सरला यादव र शंकर यादव, ५ मा वासु राय चौधरी, नागेन्द्र राय यादव र शान्ता ढुंगाना, ६ मा माधवकुमार नेपाल, रामकुमार भट्टराई, वैद्यनाथ सहनी र हसीमा खातुन, चितवन क्षेत्र नं १ मा जेपी भेटवाल, सुरेन्द्र पाण्डे र सीता पौडेल, २ मा कृष्ण खनाल, यादव पाठक र विमला दुवाडी, ३ मा कृष्णभक्त पोखरेल, रामबहादुर रानामगर र सूर्यवदना हमाल, ४ मा पार्वती रावल, मुक्ति अधिकारी र रामजी सापकोटा तथा ५ मा दानबहादुर तामाङ, कृष्ण भुर्तेल र सरस्वती विष्ट सिफारिस भएका छन्।
बारा क्षेत्र नं १ बाट बतहु यादव, छट्ठु यादव र सम्झारीदेवी पासवान, २ बाट वासुदेव यादव, रामाशंकर साह, राजेश साह, निर्मलादेवी जयसवाली, ३ बाट अध्यानन्द पाण्डे, विनोद साह र गौरी ढकाल, ४ बाट महमुद आलम, रामचन्द्र प्यासी र भगवती न्यौपाने, ५ बाट बलवीर चौधरी, त्रिलोकी चौधरी र धनमाया देवी चौधरी, ६ मा पुरुषोत्तम पौडेल, भरत खड्का, अच्यूत मैनाली र निर्मला बस्नेत, पर्सा २ बाट बिचारी यादव, अमानत अन्सारी र प्रेमा पौडेल, ३ बाट राजकुमार गुप्ता, विक्रम चौरसिया र मैया नेपाली, ४ बाट प्रधुम्न चौहान, प्रेम शर्मा पौडेल र सरस्वती राम तथा ५ बाट जयप्रकाश थारू, सीता खड्का र मनोज गुप्ता सिफारिस भएका छन् । क्षेत्र नं १ ले पनि उम्मेदवार चयन गरेको छ।
गण्डकी अञ्चलअन्तर्गत गोर्खा क्षेत्र नं १ मा रामशरण बस्नेत, बाबुराम थापा र सानुमाया बस्नेत, २ मा हरि काफ्ले, बाबुराम अधिकारी र चुडाकुमारी देवकोटा र मनाङमा बलराम गुरुङ, छिरिङ लोक्चाङ गुरुङ र राममाया परियारको नाम सिफारिस भएको छ। कास्की, तनहँु र लमजुङमा भने टुंगो लागि नसकेको बताइएको छ।
लुम्बिनी अञ्चलका पनि सबै जिल्लाका क्षेत्रीय कमिटीहरूले उम्मेदवारहरूको नाम रिफारिस गरेकोअञ्चल सचिव खिमलाल भट्टराईले बताए। उनका अनुसार रुपन्देही क्षेत्र नं १ बाट छविलाल विश्वकर्मा, खिमलाल भट्टराई, घनश्याम भुसाल,शारदा भट्टराइृको नाम सिफारिस भएको छ । २ मा भने आजसम्ममा टुङ्गो लाग्ने बताईकोको छ । ३ बाट घनश्याम भुसाल, लिला गिरी र शान्ति पाण्डेका नाम सिफारिस भएको छ । ४ बाट विष्णु पौड्याल, विमला पन्थी, भोजप्रसाद श्रेष्ठ सिफारिस भएका छन् । ५ बाट रामनाथ ढकाल, भुमिलाल सापकोटा र नलकुमारी श्रेष्ठ सिफारिस भएका छन् । ६ बाट बाबुलाल यादब, शशिसरण साहनी र ७ बाट रामचन्द्र यादवको नाम सिफारिस भएको छ । त्यस्तै गुल्मी १ बाट रामनाथ ढकाल, २ बाट डा. दुमन थापा र पिताम्वर भुसालको नाम सिफारिस भएको छ । पाल्पा १ बाट राधाकृष्ण कँडेल नारायण आचार्य, देविलाल लामिछाने र जीवराज खनाल त्यस्तै २ बाट ठाकुर गैरे, सोमप्रसाद पाण्डे र दयाराज वस्यालको नाम सिफारिस भएको छ । ३ बाट कुलप्रसाद नेपाल, यादव रायमाझी र घनेन्द्रराज घिमिरे सिफारिस भएका छन् । त्यस्तै कपिलवस्तु १ बाट विष्णु पन्थी, वलराम अधिकारी, विश्रान्त ओली, हजिल रहमान सेख ३ बाट बाबुराम खनाल, ४ बाट नेत्रलाल अधिकारी ५ बाट सफर मियाँ सिफारिसमा परेका छन् । गुल्मी १ बाट रामनाथ ढकाल, २ बाट प्रदिप ज्ञवाली, कमल श्रेष्ठ र नर्वदा भण्डारी सिफारिस भएका छन् । ३ बाट गोकर्ण विष्ट, सोमलाल पाण्डे र ललिता गौतम सिफारिसमा परेका छन् ।
धौलागिरिअन्तर्गत पर्वत क्षेत्र नं १ मा गणेश तिमल्सिना, गणेश शर्मा पौडेल र सेती महत, २ मा विकास लम्साल, मित्रलाल बस्याल र गोमताकुमारी शर्मा, बागलुङ क्षेत्र नं १ मा ऋषिराम शर्मा, हीराबहादुर केसी र मना केसी, २ मा श्रीप्रसाद शर्मा, सूर्य पाठक र विष्णु राना, ३ मा मोहनलाल शर्मा, विष्णु भूसाल र शान्ति अधिकारीको नाम सिफारिस भएको छ। मुस्ताङ र म्याग्दीमा पनि बुधवार नै नाम छनोट भएको बताइएको छ।
राप्ती अञ्चलअन्तर्गत रोल्पा क्षेत्र नं १ मा हितबहादुर रोका, नर्मलालक्ष्मी सुबेदी र रितबहादुर आले, २ मा हरिप्रसाद घर्तीमगर, कुमार दशौंदी र रिमा नेपाली, प्युठान क्षेत्र नं १ मा वामदेव गौतम, २ मा सूर्य थापा, हरि रिजाल र हीरा केसी, दाङ क्षेत्र नं १ मा तिलबहादुर केसी, रेवतीरमण शर्मा र सरस्वती गौतम, २ मा शान्ता चौधरी, राममणि पाण्डेय र हेमराज पुन, ३ मा अम्बरबहादुर डाँगी, लक्ष्मण आचार्य र सीता न्यौपाने, ४ मा शंकर पोखरेल, माया आचार्य र टोपेन्द्र केसी, ५मा उत्तरकुमार वली, धमकली चौधरी र घनश्याम पाण्डे सिफारिस भएका छन् । सल्यान र रुकुमका क्षेत्रीय कमिटीले नाम सिफारिस गरिसकेका छन् ।
भेरी अञ्चलअर्न्तगत बाँके क्षेत्र नं १ मा देवराज भार, रामदास थारू र आरती पौडेल, २ मा दिनेशचन्द्र यादव, अजय श्रीवास्तव र विष्णु गौतम, ३ मा पदमबहादुर धिताल, इन्द्रबहादुर थापा र तुलसा थापा, ४मा दलबहादुर सुनार, नन्दलाल रोकाय र मनकुुमारी चन्द, बर्दिया क्षेत्र नं १ मा वामदेव गौतम, श्यामप्रसाद ढकाल र कौशल्यासिंह ठकुरी, २ मा पूर्ण शर्मा, भक्तबहादुर विक र शोभा ज्ञवाली, ३ मा विष्णु थारू, टंक वली र सीता सिग्देल, ४ मा लौटन थारू, कमलबहादुर शाही र सीता चौधरी, दैलेख क्षेत्र नं १ मा रबीन्द्र शर्मा, अम्
Kathmandu,
![]() |
| Nepali Mawest parchand and Kiran |
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलवार ललितपुरको खन्ना गार्मेन्टमा कार्यकर्तालाई प्रशिक्षण दिँदै नेकपा–माओवादीका सबै नेता कार्यकर्तालाई फर्काउने प्रयास भैरहेको र फर्कने सम्भावना पनि रहेको बताए । पार्टी फुटेको मौका पारी शान्ति सम्झौताअघिका घटना उछालेर दुबै पक्षका नेतालाई फसाउने षड्यण्त्र भैरहेको महसुस माओवादी नेतृत्वले गर्न थालेको छ ।
बुधबार बिहान धरान पुगेका माओवादी सचिब नेत्रबिक्रम चन्दले भने,‘माओवादी फुटेको मौका पारी एमाले–कांग्रेसले शान्ति सम्झौताअघिका घट्ना उठाएर दुख दिने कोसिस गरिरहेका छन् । हामी फुट्यौं भनेर खुशी नहोउ,तिमिहरुको टाउकोमा चिसो पानी खन्याउन आउँछौ । हाम्रो नेतृत्वमा सबै कम्यूनिष्ट एकढिक्का हुन सक्छौ ।’
चन्दले केही दिनअघि आकस्मीक चिन भ्रमण गरेका थिए । पार्टी फुटेपछि दुबै माओवादीलाई मान्यता दिएको चिनले पार्टी एकिकरण गरेर जान सुझाब दिँदै आएको दुबै पक्षका नेताले अनौपचारिक रुपमा बताउँदै आएका छन् ।
मधेसी जनअधिकार फोरम र संघिय समाजवादी पार्टी पनि संबिधानसभाको निर्वाचनमा भाग लिने निष्कर्षमा पुगेपछि माओवादीमाथि राष्ट्रिय–अन्तराष्ट्रिय दबाब बढेको हो ।
प्रचण्डले खन्ना गार्मेन्टमा भनेका थिए,‘हामी चाहान्छौं,उहाँहरु आउनुहोस’,हामी मिलेर चुनावमा जाउ,फेरि यो देशको नेतृत्व लिएर जाउँ भन्ने हो । उहाँहरु फर्कने सम्भावना छ । हामीले त्यही चाहेका छौ,त्यही बल गरिरहेका छौं,उहाँहरुलाई राहत चाहिएको छ ,राहत दिनुपर्छ ।’ प्रशिक्षण्मा दाहालले बैद्य पक्षसँग आफ्नो कुरा चलिराखेको बताएका थिए ।
माओवादीका नेताहरुले आपूलाई गराएको जानकारी दाहालले कार्यकर्तालाई सुनाए,' त्यहाँभित्रका केन्द्रीय समितिका साथीहरुले भनेका छन् अब हाकी अघि जान सक्दैनौ । या त विखण्डनतिर जान्छ या त तुरुन्तै चुनावमा आउने निर्णय हुन्छ । एमाओवादीसँग एकता गरेर जाने भन्ने हुन्छ ।'
१७ माघ, दाङ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले एकीकृत माओवादी समयमै नसच्चिए राजसंस्था विलय भएर गएको नहरबाट बगेर जाने बताउनुभएको छ । कोइरालाले प्रजातन्त्रको मूलधारमा नआए पञ्चायती र राज संस्थाहरु बिलय भएको नहरबाटै माओबादी पनि बग्ने चेतावनी दिनुभयो ।
नेपाल प्रेस युनियन दाङले बुधवार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो,’एमाओबादीले तानाशाही प्रवृति देखाइरहेको छ । पञ्चायती र राज संस्थालाई त हटाईयो । माओबादीहरु को हुन र ? यिनीहरुलाई पनि हटाउन गाह्रो छैन ।’ कोइरालाले एमाओवादीमारहेको हतियारको दम्भ र सैन्य मानसिकता नहटेको वताउनुभयो । आगामि जेठ १५ सम्ममा संबिधानसभाको चुनाबमा बिपक्षीहरुलाई लौरो लगाएर पनि ल्याउछु भन्ने प्रधानमन्त्री बाबुरामको भनाई्प्रति इंकित गर्दै कोइरालाले भन्नुभयो,’ माओबादीमा हतियारको दम्भ छ । उसलाई न कानुन चाहिन्छ न बिधी नै । ‘
कोइरालाले आफू सिंहदरबारमा फोटो झुण्डाउन मात्रै प्रधानमन्त्री नबन्ने स्पष्ट पार्नुभयो । अब संबिधान सभाको पुनःस्थापना हुन नसक्ने भन्दै कोइरालाले जसरी भएपनि नयाँ चुनाब हुनुपर्ने र त्यसका लागि पहिले सहमतीय सरकार गठन हुनु पर्ने वताउनुभयो । कोइरालाले सरकारविरुद्ध विपक्षी दलहरुले गरिरहेको आन्दोलन सत्ता प्राप्तीका लागि नभएर राष्ट्रिय सहमति र नयाँ निर्बाचनका लागि भएको दाबी गर्नुभयो ।
१६ माघ, काभ्रे । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारविरुद्ध आन्दोलनरत विपक्षी कांग्रेस-एमालेलाई ‘आतंककारी’को संज्ञा दिनु भएको छ ।
पार्टीको काभ्रे जिल्ला सम्मेलन उद्घाटन गर्दै प्रचण्डले आफ्नो पार्टीको शान्तिपूर्ण सभामा ढुंगामुढा गर्ने कांग्रेस-एमाले आतंककारी भएको बताउनुभयो । २/४ जनालाई ढुंगा हान्न लगाउँदैमा कांग्रेस-एमालेलाई सत्ता नदिने उहाँको भनाई थियो ।
एमाओवादी अध्यक्ष प्रचण्डले अब १० वर्षसम्म कांग्रेस एमालेले सरकार नपाउने दावी गर्नुभयो । जनताको विश्वासमा माओवादीमै रहेको भन्दै उहाँले १० वर्षसम्म आफूहरु असफल भएमा मात्र कांग्रेस-एमालेको पालो आउने उहाँको भनाई छ । उहाँले भन्नुभयो-’हामी सफल भयौं भने जनताको साथ लिएर वर्षौ सरकार चलाउँछौं ।’
चार दोबाटोमा भएको अधिवेशनमा सहभागी हुन जाने क्रममा प्रचण्डसहित प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशलाई विपक्षी कार्यकर्ताले कालोझण्डा देखाएका थिए । त्यसक्रममा वाईसीएल कार्यकर्ता र प्रदर्शनकारीबीच झडप हुँदा केहीबेर तीन दोबोटो क्षेत्र तनावग्रस्त बनेको थियो ।
गुल्मी, माघ १५ - स्थानीय बासिन्दाले माग गरेकै आधारमा दरबन्दीबिना नयाँ
विद्यालय र कक्षा थपको स्वीकृति दिने प्रवृत्तिले जिल्लाका ७५ विद्यालय अनुदानकै
भरमा सञ्चालन हुँदै आएका छन् ।
भौतिक पूर्वाधार, जनशक्ति, स्रोतलगायत सुविधा नभए पनि स्थानीय बासिन्दाले
विद्यालय माग गर्ने र त्यही माग गरेकै भरमा जिल्ला शिक्षा समितिको सिफारिसमा
विभागको क्षेत्रीय कार्यालयले नयाँ विद्यालय सञ्चालन र कक्षा थपका लागि स्वीकृति
दिने गरेको छ । शिक्षा समितिले पनि अनुगमन नगरी भौगोलिक अवस्था र स्थानीय आवश्कताका
आधारमा थपका लागि सिफारिस गरेपछि जिल्लाका दुर्गम गाविसमा दरबन्दी बिनाका ७५
विद्यालय अनुदानका भरमा सञ्चालन हुँदै आएका हुन् । सञ्चालन स्रोत अभावले त्यस्ता
विद्यालयको शैक्षिक सुधारमा समस्या देखिएको छ ।
जिल्लाका सबैभन्दा दुर्गम मानिएका दर्लिङमा ६, नेटामा दुई र सिर्सेनीमा ५
विद्यालय दरबन्दीविहीन छन् । त्यस्तै पिपलधाराको ज्ञानोदय मावि, निमावि दरबन्दीबिनै
सञ्चालनमा छन् । निमावि र माविमा गरी झन्डै १ सय विद्यार्थी अध्ययनरत भए पनि
शिक्षकको दरबन्दी नहुँदा गुणस्तरीय शिक्षामा असर परेको प्रधानाध्यापक हुमबहादुर
महतले बताए । 'सबै निजी स्रोतमा चलाउनुपर्दा राम्रो शिक्षक टिकाउनै अप्ठ्यारो
पर्दोरहेछ', महतले भने, 'दरबन्दीका लागि पहल गरे पनि अनुदानबाहेक अन्य केही उपलब्ध
हुन
सकेन ।' निमावि र मावि सञ्चालनमा वाषिर्क ७ लाख २० हजार रुपैयाँभन्दा बढी खर्च
हुने गरेको भए पनि शिक्षाले अनुदानबापत गत वर्ष १ लाख ७४ हजार रुपैयाँ दिएको महतले
बताए । अन्य खर्च चन्दा र ब्याजबाट चलाउने गरेको विद्यालयले जनाएको छ ।
शिक्षा कार्यालयका शाखा अधिकृत हरीलाल अर्यालका अनुसार विद्यालय क्षेत्र सुधार
कार्यक्रमअन्तर्गत प्रति विद्यार्थीका आधारमा दिइने अनुदान मावि, निमावि र प्राविमा
समेत गरी गत वर्ष १ करोड ११ लाख ६५ हजार २ सय ३८ रुपैयाँ वितरण गरेको थियो ।
शिक्षाको गुणस्तर सुधारका लागि सरकारले विद्यार्थी संख्याका आधारमा बालविकासमा
प्रतिविद्यार्थी १ सय, प्राविमा १ सय ५०, निमाविमा १ सय ७० र माविमा ३ सय रुपैयाँ
अनुदान दिने गरेको छ । त्यसरी वितरण हुने रकम प्रतिविद्यालय माविमा वाषिर्क १ लाख
१० हजारदेखि २ लाख २१ हजार रुपैयाँ, निमाविमा ५३ हजार देखि १ लाख ७ हजार रुपैयाँ र
प्राविमा १६ हजार ७ सय ४५ रुपैयाँका दरले वितरण गर्ने गरेको छ । तर धेरै विद्यालय
अनुदानका भरमा सञ्चालन हुँदै आएकाले अनुदान रकमले ५० प्रतिशत पनि राहत नहुने
अर्यालले बताए ।
शिक्षा कार्यालयका अनुसार २२ मावि, २१ निमावि र ३२ प्रावि अनुदानकै भरमा चलेका
छन् । दरबन्दी अभावमा विद्यार्थी संख्याका आधारमा प्राप्त हुने पीसीएफ
-प्रतिविद्यार्थी कोष) का भरमा ७५ विद्यालय सञ्चालन गर्नुपरेको उपसचिव भोजबहादुर
केसीले बताए । 'स्थानीयले माग गर्दा भौतिक पूर्वाधार, स्रोत र जनशक्ति सबै छ भनेर
निर्णय गरेका हुन्छन्,' केसीले भने, 'आवश्यक स्रोतसमेत छ भनेर गाविसले समेत सिफारिस
गरेपछि हामी शिक्षा समितिमा पेस गर्छौं ।' शिक्षा समितिले क्षेत्रीयमा सिफारिस
गर्ने र क्षेत्रले कोटाअनुसार स्वीकृत गर्ने गरेको केसीले बताए । दरबन्दीबिनाका
विद्यालयहरूको माग बढ्दो भएपछि गत वर्ष देखि स्वीकृति नै रोकिएको कार्यालयले जनाएको
छ । अनुदानका भरमा चलेका विद्यालयहरूमा माविमा ४ सय ८४, निमाविमा ३ सय ३६ र
प्राविमा झन्डै ४ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालय निरीक्षक लोकनाथ मरासिनीले
बताए । शिक्षाले दिने अनुदान विद्यालयको गुणस्तर सुधार, शैक्षिक सामग्रीलगायतमा
खर्च गर्नुपर्ने भए पनि अधिकांश विद्यालयलहरूले शिक्षक नियुक्ति, लेखापाल, कार्यालय
सहयोगीलगायतमा खर्च गर्ने गरेको शिक्षा कार्यालयले जनाएको छ । जिल्लाका ८ सय ४१
विद्यालयहरूमा स्थायी, अस्थायी र राहत गरी २ हजार ६ सय ७ शिक्षक कार्यरत छन् ।