Showing posts with label Health. Show all posts

Helth News From Kathmandu Neplaकाठमाडौं - खाडी राष्ट्रहरुमा काम गर्न जाने नेपालीलाई स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य व्यवसायी महासंघ आवद्ध स्वास्थ्य संस्थाहरुको लापरबाहीले सम्बद्ध गन्तव्य पुगेका मजदुर काम गर्न नपाई रित्तो हात फर्किनुपरेको छ। साउदी अरब, बहराइन, ओमान, कतार, युनाइटेड अरब इमिरेट्स (युएई) लगायत खाडी मुलुकमा रोजगारीका लागि गएका नेपाली कामदारहरु यसरी फर्कन बाध्य भएका हुन्।
राजधानीको नयाँबानेश्वरस्थित साई पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरबाट स्वास्थ्य परीक्षण गराएर गुल्मीका कृष्णबहादुर कार्की कतार गए। उता गएको डेढ महिनापछि कम्पनीले कतारमा स्वास्थ्य जाँच गर्दा असफल भएको प्रमाणपत्र र हवाई टिकट दिएर नेपाल फिर्ता पठायो।
कार्कीमात्र होइन, गएको तीन महिनामा यहाँ स्वास्थ्य परीक्षणको सफल प्रमाणपत्र देखाएर विदेश गएका कामदारमध्ये करिब ५ सयजना विदेशमा असफल भएपछि फर्काइएका छन्। नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष प्रवीण तिवारीका अनुसार फिर्तामध्ये अधिकांश मलेसियाबाट परेका छन्।
वैदेशिक रोजगार ऐनअनुसार रोजगारीमा गएको व्यक्तिलाई जानीजानी वा लापरबाहीपूर्वक गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिएका कारण स्वदेश फर्किए रोजगारीमा जाँदा लागेको सबै खर्च सम्बन्धित स्वास्थ्य परीक्षण गर्ने संस्थाले बेहोर्नुपर्ने प्रावधान छ।
वैदेशिक रोजगार विभागका पूर्वनिर्देशक सूर्य भण्डारीले विदेशिने नेपाली कामदारको स्वास्थ्य परीक्षणमा हदैसम्मको लापरबाही हुने गरेको बताए। कामदार स्वास्थ्य संस्था नगई र कुनै जाँचै नगराई घरमै बसिबसी निरोगिताको प्रमाणपत्र पाउने गरेको अनुभव उनले सुनाए।
'एउटा म्यानपावर एजेन्सीबाट विदेश जान लागेका तीन दर्जन कामदारको मेडिकल रिपोर्टमा नाम फरक तर विवरण एउटै भएको पाइएको थियो,' उनले सुनाए, 'लापरबाहीको हद यतिसम्म देखियो कि महिलाको हकमा गर्भ जाँच गर्नु नपर्ने र हेमोग्लोबिनको मात्रा सबैमा २ लेखिएको थियो।'
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा पुरुषलाई २ हजार ९ सय ४० र महिलालाई ३ हजार १ सय रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ। देशभरका २ सय ५ सूचीकृत स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउँछन्। सबैभन्दा धेरै स्वास्थ्य संस्था आवद्ध भएको नेपाल स्वास्थ्य व्यवसायी महासंघका सदस्य संस्थाले प्रतिव्यक्ति २ हजार ६ सय ५० लिने गरेका छन्। उनीहरूले म्यानपावर कम्पनीलाई स्वास्थ्य परीक्षणका लागि आफू कहाँ कामदार पठाइदिएवापत १ हजार ५ सय रुपैयाँसम्म 'कमिसन' दिने गरेको स्रोतको दाबी छ।
खाडी मुलक जाने कामदारले भने गाम्कामार्फत स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधान छ। गाम्काले सरकारी नियम उल्लंघन गर्दै स्वास्थ्य परीक्षणका लागि ४ हजार रुपैयाँ लिने गरेको व्यवसायीको आरोप छ।
वैदेशिक रोजगार विभागका महानिर्देशक विनोद केसीले भने गाम्काको शुल्क गैरकानुनी भएको भन्दै घटाउन निर्देशन दिइएको बताए। उता गाम्काका अध्यक्ष डा. रवि रौनियारले विभागको निर्देशन नमान्ने अडान लिँदै सरकारले सक्छ भने गाम्काअन्तर्गतका मेडिकल संस्था बन्द गराउन चेतावनी दिए।
त्यसै गरी वैदेशिक रोजगार व्यवसायी संघले स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थामा पठाउनुअघि व्यवसायीले भौतिक संरचना, ल्याब टेस्ट, एक्सरे र आवश्यक मानवस्रोत भए/नभएको निरीक्षण गरेरमात्र पठाउनुपर्ने गरी सूचना जारी गरिसकेको छ।
वैदेशिक रोजगार ऐन २०६४ अनुसार वैदेशिक रोजगारीका लागि विदेश जाने कामदारले वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्विकृति लिनुअघि सरकारले सूचीकृत गरेको स्वास्थ्य संस्थामा परीक्षण गराई सफल भएको प्रमाणपत्र बुझाउनुपर्छ। यसरी विदेश गएपछि कामदारले विदेशमा पनि स्वास्थ्य जाँच गराउनुपर्छ। उता असफल भए फिर्ता आउनुपर्छ।
स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष तिवारीले भने म्यानपावर एजेन्सीले नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र तयार गरेका कारण विदेश गएका नेपाली फर्किनुपरेको दाबी गरे। प्रत्येक कामदारको मेडिकल जाँचको प्रमाणपत्र स्क्यान गरेर म्यानपावर व्यवसायीले नक्कली प्रमाणपत्र बनाउने गरेको उनको थप दाबी छ। उनका अनुसार म्यानपावर एजेन्सीले कामदार उड्ने दिनमा आफैं एकजनाको स्वास्थ्य परीक्षण प्रमाणपत्र स्क्यान गरी नाम परिवर्तन गरेर नक्कली होलोग्राम टाँसेर वैदेशिक रोजगार विभाग पठाउने गरेका छन्।महासंघमा आबद्ध स्वास्थ्य संस्थामा मेडिकल जाँच गराई विदेशमा स्वास्थ्य परीक्षणमा असफल भई फर्किने कामदारलाई महासंघले ४० हजार र सम्बन्धित स्वास्थ्य संस्थाले केही रकम थप गरी ७० हजारसम्म राहत र क्षतिपूर्ति रकम प्रदान गर्छ। क्षतिपूर्ति दाबी स्वास्थ्य जाँच गरेको ६० दिनभित्र गरिसक्नुपर्छ। हालसम्म महासंघले यसरी फर्किने कामदारलाई १६ करोड रुपैयाँभन्दा बढी राहतका रुपमा बाँडिसकेको छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले तिवारीको आरोपप्रति असहमति जनाए। 'उहाँहरुले राम्रोसँग स्वास्थ्य जाँच गरेको भए किन १६ करोड बाँड्नुपर्थ्यो?,' उनले प्रश्न गरे। म्यानपावर व्यवसायीको बचाउ गर्दै उनी आफैंले नक्कली स्वास्थ्य जाँच प्रमाणपत्र बनाएर आफ्नो खुट्टामा आफैं बञ्चरो हान्ने काम व्यवसायीले नगर्ने बताए।
नेपाल स्वास्थ्य व्यवसायी परिषदका पूर्वअध्यक्ष डा. हरि लम्सालले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने मानवस्रोत नै अदक्ष भएकाले समस्या उत्पन्न भएको बताए। 'स्वास्थ्य संस्थामा काम गर्ने ९० प्रतिशतभन्दा बढी जनशक्ति अप्राविधिक छन्,' उनले भने, 'एसएलसीमात्र गरेका ल्याब असिस्टेन्टले काम सम्हाल्दै आएका छन्।'
त्यस्तै केही स्टाफ नर्सहरु अध्ययनको सिलसिलामै विदेसिन्छन् । यहाँ राम्रो कमाई नहुने र विदेशमा नेपालमा भन्दा राम्रो कमाई हुने मान्यताले स्टाफ नर्स विदेसिने क्रम बढेको हो । त्यस्तै यहाँ स्टाफ नर्सलाई हेर्ने दृष्टिकोणसमेत फरक छ । यहाँ नर्सिङ पढाइ हुने ११ कलेज छन् । प्रत्येक कलेजबाट ३ बर्षको अवधिमा ४० जना स्टाफ नर्स तयार हुन्छन् । ११ वटा कलेजबाट मात्र ४ सय ४० जना स्टाफ नर्स जागिर खान योग्य हुन्छन् ।
केही नर्सले विदेशमा बस्दै आएका आफूभन्दा पाका उमेरका युवासँग विवाह गरेर जाने गरेका छन् । उनीहरुले विदेशमा आफूहरुको माग भएको भन्दै पाका उमेरकासँग् विवाह गरी विदेश पलायन हुने गरेको कान्तिपुर दैनिकमा खबर छ । ‘विदेशमा नेपाली नर्सको डिमान्ड धेरै छ,’ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरकी नर्सिङ विभाग प्रमुख मीना सिवाकोटी भन्छिन्, ‘त्यसैले अवसर पाउन साथ जागिर छाडेर नर्सहरु विदेसिने क्रम बढ्दो छ ।’ उनका अनुसार २ वर्षको अवधिमा मात्र क्यान्सर अस्पतालमा ७५ जना स्टाफ नर्स विदेसिए । अस्पतालमा जागिर खान सुरु गरेको एक वर्ष नबित्दै नर्सहरु विदेसिने गरेका छन् ।
Kathmandu Nepalवैज्ञानिकहरुले निद्राले मस्तिष्कका कोषको पुनर्निर्माणमा सहयोग गर्ने तथ्य पत्ता लगाएका छन् । निद्रा किन आवश्यक छ ? भन्ने कुराको खोजमा जुटेका वैज्ञानिकहरुले निद्राको एक अर्को फाइदा पत्ता लगाउँदै यसले मस्तिष्कका स्नायु कोषको बाहिरी खोल निर्माणमा सहयोग गर्ने कोषिकाहरु बनाउन सहयोग गर्ने कुरा पत्ता लगाएका हुन् । माइलिन नामक उक्त स्नायु खोलले स्नायुको सुरक्षा गर्नुका साथै स्नायुले संवेदना प्रसार गर्ने गतिमा पनि वृद्धि गर्छ ।
अमेरिकाको विस्कन्सिन विश्वविद्यालयका शोधकर्ताहरुले मुसामा अध्ययन गरी यस्तो तथ्य पत्ता लगाएका हुन् । पछिल्लो खोजको सहायताले मानिसमा मस्तिष्कको विकाशमा निद्राको भूमिका तथा विभिन्न खाले मस्तिष्कजन्य रोगका विषयमा अनुसन्धानका लागि मार्ग प्रसस्त गरेको शोधकर्ताहरुको भनाइ छ ।
शोधकर्ताहरुका अनुसार माइलिन नामक स्नायु खोलको निर्माण गर्ने प्रमुख तत्वको रुपमा रहेको ओलिगोडेन्ड्रोसाइटको उत्पादन निद्राको समयमा बढि हुन्छ । अनुसन्धानको क्रममा मुसालाई जागै राखिरहँदा मस्तिष्क कोषको मृत्यु तथा तनाव चेतना पैदा गर्ने जिनहरु सक्रिय भएको पाइयो । अर्थात् पर्याप्त निद्रा नलिँदा मस्तिष्कका कोष मर्दै जाने, मरेका कोषको ठाउँमा नयाँ कोषको निर्माण कम हुने र तनाव समेत बढ्ने निष्कर्ष शोधकर्ताहरुको छ ।
१९ भदौ, काठमाडौं । पेटको क्यान्सर उपचारका लागि खर्चको अभावले अमेरिका जान नसकी दिल्लीबाट काठमाडौं फर्किनुभएका डा.चित्रप्रसाद शर्मा वाग्लेले आफू निको भएको खण्डमा पहिले काम गरेको अर्घाखाँची अस्पतालभन्दा पनि दुर्गम जिल्लामा गएर जनताको सेवा गर्ने बताउनुभएको छ ।राज्यले उपचार गरेन भने मृत्युको विकल्प नरहेको भन्दै उहाँले चितवनमा बसेर देवघाटका वृद्धवृद्धाको उपचारमा बाँकी जीवन खर्चिने इच्छा व्यक्त गर्नुभएको छ ।
‘स्वास्थ्यले अलि साथ दियो भने चितवन गएर बस्छु । देवघाटको वृद्धाश्रममा हप्तामा दुईपटक जान्छु, त्यहाँ हेल्थ चेकअप गरिदिन्छु । चितवनमै बस्छु ।’ मृत्युलाई नजिकबाट चिहाइरहनुभएका डा. शर्मा भन्नुहुन्छ- ‘रहेको जीवनलाई यसै के राख्नु ?’
अनलाइनखबरको टोली शर्मालाई भेट्न धापासीस्थित डा. बाग्लेको घरमा पुग्दा उहाँ दुःखाइ कम गर्ने औषधी मफिर्न खाएर बस्नुभएको थियो । कस्तो छ डाक्टर सा’ब भन्ने हाम्रो प्रश्नमा उहाँले भन्नुभयो-औषधिको ‘रियाक्सन’ले दुइदिन केही सन्चो भएन । आज अलि ठीक छ । दुखाइ कम गर्ने मफिर्न खाएर बसेको छु ।’
‘१२ वर्षको छोरा सुस्त मनस्थितिका छन् । सुरुमा मासिक साढे ६ हजारमा सुस्त मनस्थितिहरुको एउटा केन्द्रमा भर्ना गरिएको थियो । अहिले आफूलाई क्यान्सर भएपछि करिव १ महिनाअघि हात जोडेर डोनर खोजिएको छ ।’ परिवारजन सम्झनासाथ गहभरि आँशु पार्दै डा. शर्माले अनलाइनखबरसँग भन्नुभयो, ‘९ वषर्ीया छोरी ४ कक्षामा पढि्छन्, ६ वषर्ीया अर्की छोरी यूकेजीमा अध्ययनरत छिन् । मृत्युलाई मसहज रुपमा त लिन्छु । तर, केटाकेटी देखेपछि मेरो मन रुएर आउँछ ।’
कयौं साथीहरुले सहयोग गर्दा तँलाई हैन, केटाकेटीहरुलाई हेरेर हो पनि भन्छन् । यतिले तेरो उपचार गर्न पुग्दैन । तर, केटाकेटीको २/४ बटा क्लास त पार हुन्छ भन्ने गरेको उहाँले बताउनुभयो ।
कि गोली ठोकिदिनोस्
सरकारी कर्मचारीलाई उपचार गर्न नदिई त्यत्तिकै मर्न दिने हो सरकारले गोली हानिदिए हुने उहाँको प्रतिक्रिया छ । ‘सरकारले उपचार नगर्ने हो भने काम नलाग्ने कर्मचारीलाई गोली हानेर मारिदिनुस् । जिउँदो राखेपछि त तलव खुवाउनुपर्छ बेकारमा । गोली हानेर मारिदिनुस् ।’ गम्भीर हुँदै डा. वाग्लेले भन्नुभयो-’त्यो पनि गर्न सक्नुहुन्न भने मलाई देहत्याग गर्ने अनुमति दिनुस् । घाऊ दुःखी दु:खी बस्नुभन्दा मर्न चाहन्छु । मैले मर्न त पाउनु पर्यो नि ।’
अनलाइनखबरले डा. वाग्लेसँग गरेको कुराकानी उहाँकै शब्दमा
मलाई एपेन्डिसको क्यान्सर छ, जुन सरेर कलेजोमा समेत फैलिएको छ । डब्यूएचओको कोटामा थाइल्याण्डमा एमपीएच गर्न गएका बेला परीक्षण गर्ने क्रममा थाहा भयो । त्यहाँ उपचार गराउन महंगो भएपछि गएको डेढ महिनामा फर्किएँ । यहाँ डाक्टरहरुलाई भेटेँ । के गर्दा राम्रो हुन्छ भनेको, भारत जान सुझाव आयो । भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा १४ महिना उपचार गरेर अघिल्लो सोमबार फर्किएको छु । सुधार छैन । सक्छौ भने युरोप जाउ, औषधिको लेटेष्ट मेथर्ड प्रयोग गरेर बाँच्न सक्छौ भनेपछि म फर्किएँ ।
अब रोग नबढोस् भनेर हरेक १५ दिनमा वीर अस्पतालमा केमा गर्न वीर अस्पताल पुग्छु । दिनमा करिव १५/२० गोली औषधी खानुपर्छ । धेरै महंगो त हैन, तर, धान्ला भन्ने त छैन । तर, जति छ, त्यतिमा बसे म दुखाइ सहन्छु भनेर लगाएको हो । झारो टार्न भन्छन् नि ।
०००
मलाई रोग लागेको थाहा पाएपछि नेपाल मेडिकल एशोसिएसन र साथीहरुले सहयोग जुटाइरहनुभएको थियो । सरकारले सबै उपचार खर्च व्यहोर्ने भन्ने खबर आयो । मैले साथीहरुलाई भनें अब सहयोग नउठाउनुस्, सरकारले नगरे कसले गर्छ ? गर्ने भनेको छ भनेर रकम उठाउन रोकेँ ।
तर, आएर हेर्दा त छैन । सरकारले ५ लाख दिन बाहेक केही गरेन । अहिले केही साथीहरु लाग्नुभएको छ । तर, एकपटक ब्रेक लागेपछि फेरि पिक लिन गाह्रो हुँदो रहेछ । सधंै सबैले दिँदैनन् पनि । माग्न पनि कतिचोटि माग्ने ? धेेरै धनीले दिँदैनन्, गरिवसँग पैसा हुँदैन । जोसँग धन छ, उसँग मन छैन, जोसँग मन छ, उसँग धन छैन ।
०००
काम गर्ने मान्छेहरुलाई राज्यलाई हेर्छ होला भन्ने लागेको थियो । तर, हेरेन … । राज्यले यो वर्षको सर्वोत्कृष्ट चिकित्सक भनेर घोषणा गरेको छ । तर, सरकारले हेरेन । भोलि को जान्छ त गाउँमा ? म बुटबलमै बसेको भए त धेरै अगाडि पुगिसक्थेँ । काठमाडौं बसेको भए कहाँ हुन्थेँ कहाँ । ठिकै छ, किसानको छोरो, पुगेकै छ, प्राडो पजेरो चढ्ने सपना देखिँन । म पाडो चढेर हिँडेको मान्छे, जनताको सेवा गर्न पाउँदा मलाई सौभाग्य लाग्थ्यो । तर, अहिले गाउँमा गएर के उपलब्धी भो त भनेर मलाई मान्छेहरुले प्रश्न गर्छन् ।
बुटबलबाट अर्घाखाँची जान ११ घन्टा लाग्छ । त्यहाँ बसेर १२/१५ वर्ष काम गरेँ । आत्मसन्तुष्टी भयो । जीवनको ९० प्रतिशतभन्दा बढी समय गाउँमा गएर बिताएँ । डाक्टरको मुख देख्न पाउँदैन थे, डाक्टर बस्यो भन्ने भो । त्यसमा मलाई आत्मसन्तुष्टी छ ।
मलाई अहिले क्यान्सर नलागेको भए कति खुसी हुन्थे । १२/१५ वर्ष ग्रामीण स्वास्थ्यमा काम गरेको । तर, अहिले त दुर्भाग्यले रोग लाग्यो । कतिमान्छे पैसा बोकेर आउँथे, सन्धिखर्कमा उपचार हुन्छ भनेर २ हजार बोकेर आउँथे । बुटबल जानुपर्ने भयो भन्दा पैसा छैन डाक्टरसाब भन्थे । मैले आफूसँग भएको दिएर पठाउँथे, गाडी नहुनेलाई हस्पिटलको एम्बुलेन्समा हालेर विषेक भएर आउनुस् भनेर पठाएँ । तेल त खर्च हुने त हो । सबै गरीब पनि त हुन्नन् । मैले त्यहाँ बसेर कमाएको भनेको नै उहाँहरुको माया हो । अपवाद बाहेक १२ वर्ष काम गर्दा जनताले कहिल्यै मेरो विरोध गरेनन्, बन्द हडताल भएन । त्यो कमाइ थियो मेरो । त्यो त किन्न सकिँदैन ।
कमाइ भनेको मलामीको संख्या बढाउनु हो भन्छन् नि । पैसा त वेश्यावृत्ति गर्नेले पनि कमाएको छ । यहीँ पनि डाक्टरहरुले जचाउँन जानासाथ सिटी स्क्यान लेखिदिएका छन् । फाटेको चप्पल लगाएर आएको विरामी छ, कति पर्छ भनेर थाहा छैन र डाक्टरलाई ?
०००
रोगसित संघर्ष गरिरहेको छु । भएको श्रीसम्पत्ति सिध्याएर म अमेरिकासम्म त पुगुँला तर, उपचार गर्न चाहिने पैसा जुटाउन सक्ने अवस्था छैन । ५ देखि ६ करोड चाहिन्छ । त्यो त छैन मसँग । सबै बेचेर जाने र, आफू पनि जाने, सबै चिज जाने अनि केटाकेटीलाई सडकमा ल्याउने ? डा. वाग्लेले भन्नुभयो-’म एकजना गएर केटाकेटी सडकमा आउँदैन भने के फरक पर्छ र ?’
म एक जनाले ३ महिना बढी बाँचेर राम्रो हुन्छ कि तीन महिना अघि गएर ? त्यो मुख्य भएको छ जस्तो लाग्छ । सबै सिध्याउने र म पनि मर्ने हो भने केटाकेटीहरुलाई मारे जस्तै हो । १०/२० वर्षपछि के भन्छन् उनीहरुले । गम्भीर हुँदै उहाँले भन्नुभयो-’आफू पनि मर्यो, हामीलाई पनि रोडमा ल्याइदियो । न खानलाई पैसा छ, न पढ्नलाई पैसा पुग्छ ।’ भएभरको श्रीसम्पत्ति सबै सिध्याउने हो भने जिउन एक दिन बढी पाए पनि हुन्छ । तर, क्वालिटी अफ लाइफ छैन । चुप लागेर बस्नुपर्छ, विरामी पनि जाँच्न नसक्ने । मृत शरीरजस्तै भएर किन बाँच्ने ?
०००
नेपाल सरकारका लागि भनेर सम्पूर्ण आहुती दिएको मान्छेलाई सरकारले औषधि उपचार गरिदिनुपर्यो भनेर सरकारलाई निवेदन पनि दिएँ । सुनुवाइ भएन ।
सरकारले उपचार नगर्ने हो भने काम नलाग्ने कर्मचारीलाई गोली हानेर मारिदिनुस् । जिउँदो राखेपछि त तलव खुवाउनुपर्छ बेकारमा । गोली हानेर मारिदिनुस् । गम्भीर हुँदै डा. वाग्लेले भन्नुभयो-’त्यो पनि गर्न सक्नुहुन्न भने मलाई देहत्याग गर्ने अनुमति दिनुस् । घाऊ दुःखी दुुःखी बस्नुभन्दा मर्न चाहन्छु । मैले मर्न त पाउनु पर्यो नि ।’
‘मैले मुख्य सचिवलाई भेटेँ, उहाँ सकारात्मक हुनुहुन्छ तर, सरकारले मानेको छैन भन्नुहुन्छ । अब राष्ट्रपति र मन्त्रिपरिषद् अध्यक्षलाई भेट्ने प्रयासमा छु । सबै दलका अध्यक्षलाई लिखित रुपमा निवेदन दिने योजनामा छु । सुनुवाइ हुन्छ कि भन्ने अझै आशा छ । मैले जितौं, नजितौं एउटा कुरा हो तर, भावी सन्ततीलाई त हुन्छ नि ।
अहिलेका अर्थमन्त्री पहिला अर्थसचिव हुनुहुन्थ्यो । तिनलाई क्यान्सर भयो भने भ्रष्टाचार नगरेको भए उपचार गर्न सक्दैनन् । उनी अर्थसचिव हुँदा नेताहरुलाई एयर एम्बुलेन्स झिकाएर उपचार गर्न पठाएकै हो । उनीहरुलाई किन पठाएको भन्ने हैन । तर, मलाई पनि त हेर्नुपर्यो नि । अहिले मलाई नदिँदा मैले अन्याय गरेँ भनेर उहाँले सोच्नुपर्ने हो ।
आफ्नो सम्पूर्ण जीजन सरकारको काममा बिताएकाहरुको उपचारको ग्यारेन्टी हुँदैन भने नेपाल सरकारको जागिर किन खानेर भनेर पनि प्रश्न आउँछ । तर, सरकारसँग पो मेरो रिसइबी हो, गरीब जनतासँग त हैन नि ।
०००
भारतमा उपचार गर्ने क्रममा ६०/७० लाख खर्च भयो । ४६ सालदेखि स्वास्थ्य सेवामा काम गरेको मैले केही पैसा जम्मा गरेको थिएँ । साथीहरु सहयोग गर्नुभो, केहीले ऋण दिनुभयो । अहिले पनि ऋण छ । मसँग अट्रासाउण्ड मेसिन थियो, त्यो बेचे, थोत्रो भएपनि गाडी थियो, त्यो पनि बेचेँ । औषधी पसल पनि बिक्रि गरेँ । अहिले पनि ऋण छ । त्यो मिलाउन भनेर दौडिएर आएको ।
५ वर्षसम्म सन्चो हुने ग्यारेन्टी हुन्छ भने सबै बेचेर, ऋण खोजेर पनि उपचार गर्थे । उपचारपछि फेरि काममा जाने थिएँ । २/४ जना बढी बिरामी जाच्थेँ । केटाकेटीलाई पढाउन त पुथ्यो ।
०००
सरकारले मलाई पोखरामा खटाएको थियो । तर, मैले हुम्ला, जुम्ला र अर्धाखाँचीमध्ये एकठाउँ देऊ भनेर मागेँ । पोखरा दरवन्दी राखेर मलाई काजमा पठाइएको थियो । अहिले पनि उपचार गर्न सकेँ भने म अर्घाखाँचीभन्दा दुर्गममा जान्छु । म जन्मिएकै त्यसका लागि हो । म हलीको छोरो हुँ । मलाई काठमाडौं बसेर के गर्नु छ र ?
सहायता भयो भने उपचार गर्न जान्छु । आशा त छ । भएन भने देवघाट जाने सोच्दैछु । स्वास्थ्यले अलि साथ दियो भने चितवन गएर बस्छु । देवघाटको वृद्धाश्रममा हप्तामा दुईपटक जान्छु, त्यहाँ हेल्थ चेकअप गरिदिन्छु । चितवनमै बस्छु, रहेको जीवनलाई यसै के राख्नु ?
आजभन्दा भोलि भेट्न आउनेहरु पनि कम हुन्छन् । मैले एक, डेढ १ वर्षमा अनुभव गरेको मेरै आफन्तहरुले पनि कस्तो छ भनेर फेान गरेनन् । १३ दिन छोड्नुपर्ने मान्छेहरु नै पनि आएनन् । यस्तो स्वार्थी भइरहेको छ संसार । लामोसमय घरमा विरामी भएपछि आफन्त भनेकाहरु टाढिँदै जान्छन् । म पनि सँधै गइँन । एकपटक गएँ, कस्तो छ भनंे, आराम गर्नुस् भनें आएँ नि …
पूर्वमन्त्री तथा जनजाति नेता खपाङ्गीको अवस्था नाजुककाठमाडौं, भदौ १८ (सेतोपाटी)
पूर्वमन्त्री तथा गोरेबहादुर खपाङगीमगरको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । सिङ\गापुरको एलिजाफेद अस्पतालमा उपचार गराइरह]का खपाङ्गीको सिङ्गापुर अस्पतालमा मात्रै एक लाख २२ हजार सिङ्गापुर डलर -एक करोड एक लाख २६ हजार रुपैयाँ_ खर्च भइसकेको छ ।
थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार हुन नसकेपछि उनलाई गत २३ अगस्टमा सिङ्गापुरको एलिजावेथ अस्पताल भर्ना गरिएको थियो । ९ दिनमै उपचारमा एक करोडभन्दा धेरै रकम खर्च भएपछि उनको थपचार गर्न समस्या भएको छ ।
खपाङ्गीको उपचारमा न्यूरो सर्जन डाक्टर आइभन र डाक्टर ली संलग्न छन् । उनका सहयोगी नन्दबहादुर घर्तीका अनुसार चिकित्सकले भिपी नन्सट नली फेर्नुपर्ने बताएका छन् । यसअघि खपाङ्गीको बाँसबारीस्थित न्यूरो अस्पतालमा भिपी नन्सट नली हालिएको थियो । न्यूरोले हालेको नली खराब भएकाले उनको अवस्था झन बिग्रिएको घर्तीले बताए । पूर्वमन्त्री खपाङ्गी मोटरसाइकलले ठक्करबाट तीन महिनाअघि गम्भीर घाइते भएका थिए
१. मसलायुक्त खानेकुरा नखाऔं। सकेसम्म सादा खानेकुरा खाने प्रयास गरौं। यदि
कुनै बेला धेरै क्यालोरीयुक्त खाना खाइयो भने त्यसलाई कम गर्न सामान्य
व्यायाम गर्न सकिन्छ।
२. तेलमा तारेका खानेकुरा खानु हुँदैन। सकेसम्म उसिनेको खानेकुरा खाने अभ्यास गर्नुपर्छ।
३. कम क्यालोरीयुक्त खाना खानुपर्छ, जसमा सलाद, सागसब्जी आदि सामेल हुनुपर्छ।
४. हरेक बिहान व्यायाम गरौं। शरीरबाट पसिना निस्कने गरी व्यायाम गर्नु प्रभावकारी हुन्छ। अल्छीपन त्यागौं।
२. तेलमा तारेका खानेकुरा खानु हुँदैन। सकेसम्म उसिनेको खानेकुरा खाने अभ्यास गर्नुपर्छ।
३. कम क्यालोरीयुक्त खाना खानुपर्छ, जसमा सलाद, सागसब्जी आदि सामेल हुनुपर्छ।
४. हरेक बिहान व्यायाम गरौं। शरीरबाट पसिना निस्कने गरी व्यायाम गर्नु प्रभावकारी हुन्छ। अल्छीपन त्यागौं।




