• Contact
  • Typography
  • Pages
    • 404 page
    • Contact
    • Page with video
    • Page with image
    • Page with audio
    • Landing page
    • Fullwidth
  • Options Panel
  • Blog
  • Home
Sky Nepal Online News and Entertainment Site
  • Home
  • News
    • National
    • Prawas
    • World
    • Finance
  • Filmy
    • Bollywood
    • Hollywood
    • Kallywood
  • Sports
  • Entertainment
  • Tv Shows
    • Meri Bassai
    • Jire Khursani
    • Tito Satya
    • Jhai Kuti Jhai
  • Interviews
  • Other News
    • Sajha Sawal
    • Khabar Bhitra ko Khabar
    • Power News
    • Khoj Talas

Showing posts with label Movie Review. Show all posts
Nepali Filmy News from Kathmandu Nepal

अचेल सेन्सर बोर्ड अलि कडा छ। विशेषगरी बेड सिन देख्नै नसक्ने सेन्सरको आँखा यो हप्ता सुषमा कार्कीको वक्षमा पर्यो ! फिल्म 'राजनीति'मा गरेको आइटम डान्समा वक्षमा खोपाएको ट्याटु आधा देखियो। निर्देशक वसन्त निरौलाका अनुसार सूर्यजस्तै देखिने ट्याटुले नेपाली झन्डाको अपमान गरेको कुरामा सेन्सरले आपत्ति जनायो।

निर्देशक निरौलाले व्यक्तिगत रहरले बनाएको ट्याटुलाई फिल्ममा जोडेर इस्यू नबनाउन आग्रह गरेपछि फिल्मले पिजी सर्टिफिकेट पायो। बेला–बेला विवादित बन्ने सेन्सर बोर्डको अप्रासंगिक लफडा यतिमै सकिएको छ। बरु सेन्सरका पदाधिकारीको 'बुद्धि'को उपयोग चुनाव नजिकिँदै गर्दा एमाले पार्टीले गरे हुन्छ। ब्रान्ड एम्बेसडर नै बनाइदिए पनि भो! चुनाव चिन्ह नै ट्याटु खोपाएकाले उनीभन्दा गतिलो चुनाव प्रचारक भेटिने सम्भावना नहोला। माओवादीले अर्की हट अभिनेत्री रेखा थापालाई चुनावमा उठाउन खोजेका बेला काउन्टर पनि हुन्छ।

नायीका कट्रिना कैफले केही दिनअगाडि आफ्नो पूर्व प्रेमी सलमान खानकी बहिनीको घरमा आयोजित गणेश पुजामा सहभागी भइन् । रणवीर कपुरसँग रोमान्समा व्यस्त रहेकी नायीका कैफले सलमान र उनको परिवारलाई धेरै पहिले बाइ-बाइ भनेपनि उनी सबैलाई चकित पार्दै गणेश पुजामा सहभागी भइन् ।

यसरी सलमानको बहिनीको घरमा आयोजित गणेश पुजामा पुगेपछी उनको रणवीरसँगको सम्बन्धमा केही तनाव आएको आशंका गरेका थिए । तर, कट्रिनाले उक्त आशंकालाई तोड्दै रणवीर कपुरको घरमा आयोजित गणेश पुजामा सहभागी भएर उक्त आशंकालाई गलत सावित गरिदिएकी छिन् । नायीका कट्रिना रणवीरको घरमा लुक्दै पुगेको बताइएको छ । उनी रणवीरको घर पुगेर पुजामा सहभागी भएर फर्केकी थिइन्

 Bollywood Actress Manisha Koirala


क्यान्सरको जरालाई डढाएर निमिट्यान्न पार्न दिइएको किमोथेरापी र रेडिएसनले अभिनेत्री मनिषा कोइरालालाई मुडुलो बनाइदिएको थियो। अमेरिकाको न्यूयोर्कमा आठ महिना लामो उपचारका क्रममा सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गरेको फोटोमा रातो पहिरनले उनी भिक्षुणी जस्तै देखिएकी थिइन्।

क्यान्सरले उनको तेजिलो मुहारको चमक पनि धमिलो बनाएको थियो। छाला उस्तै गोरो भए पनि चमक हराएको।

क्यान्सर डाक्टरहरुको अन्तर्राष्ट्रिय गोष्ठीमा शुक्रबार काठमाडौंको याक एण्ड यती होटलमा प्रमुख अतिथि हुन आएकी मनिषा अहिले पुरै फेरिइसकेकी छिन्।

उनको मुडुलो टाउको अहिले कालो तर छोटो कपालले ढपक्क ढाकेको छ। अनुहारमा चमक थपिएको छ। पहिला दुव्लाएर छिन्न लागेको घाँटीमा मासु थपिएको मात्र छैन, लुरा हात, पाखुरा पनि मासु भरिएर कसिला भएका छन्।

गोलो आकारको कालो चस्मा लगाएर आएकी मनिषा १०/१५ वर्षअघि उनको करिअरमा जमेका बेलाजस्तै राम्री देखिन्थिन्।

मुसुक्क मुस्काउँदा दाहिने गालाको डिम्पलले चौध वर्षअघि जम्बो पेप्सीका विज्ञापन खेल्दा जस्तै हिस्सी देखिइन्।

मनिषाकै शब्दमा उनी अब 'क्यान्सरविरुद्वकी जोधाहा योद्धा' हुन्। 'क्यान्सरपीडित' भन्ने शब्द उनलाई बिलकुल मन नपर्नेमात्र हैन पटक्कै चित्त बुझ्दैन।

विभिन्न मुलुकका क्यान्सर विशेषज्ञहरु भेला भएको कार्यक्रम भए पनि मनिषा नै प्रमुख आकर्षण हुने नै भइन्। आहारविहार र जीवनशैली क्यान्सरको कारण हो भन्ने अहिले जस्तै चेत भएको भए उनले पेप्सीको विज्ञापन खेल्दिनथिन् सायद।

'युवा पुस्ता आकर्षित हुने म्याकडोनाल्ड र कोकाकोला जस्ता खानेकुरा स्वस्थकर छँदै छैनन्,' मनिषाले संवाददाताहरुसँग भनिन्, 'मलाई माफ गर्नुहोला, मैले यो सत्य भन्नैपर्छ।'

युवाहरुमा त्यो 'जङ्क फुड'को फेसन खुव चल्यो। अब स्वस्थ खानेकुराको फेसन सुरु गरौं, उनले आफ्नो सन्देश आम मानिसमा पुर्‍याइदिन मिडियालाई अनुरोध गरिन्।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मनिषा सुतीको सेतो कुर्ती र कालो पाइन्टमा थिइन्। मसिना खुट्टामा लगाएको कालो चप्पल पनि बिना हिलको थियो। देख्दै सजिलो।

कानको झुम्का र रातो रंगको सलको रंग 'म्याच' गर्ने बाहेक उनले फेसनमा खासै ध्यान दिएजस्तो लाग्दैनथ्यो।

घाँटीमा रुद्राक्ष, देब्रे हातमा दुईवटा राता डोरा र देब्रे चोरऔंलामा नै ढ्याप्प हरियो पत्थरसहितको सुनको औठी लगाएकी मनीषाको चमक भने बम्बे, अग्नी साक्षी, दिल से जस्ता सिनेमाकालको जस्तै देखिन्थ्यो।

क्यान्सरग्रस्त भएर पनि कसरी यो तेज?

उद्घाटन सम्वोधनदेखि पटक पटक उनले भनिन्, 'मल्ााई क्यान्सरग्रस्त भन्ने वाक्यांश बिलकुल मन पर्दैन, म आफूलाई क्यान्सर बिरुद्वको योद्धा भन्न रुचाउँछु।'

क्यान्सर लाग्नेबित्तिकै होसहवास गुमाएर मृत्युलाई स्विकार्ने आम मनोविज्ञानविरुद्ध सन्देश दिन सकुँ भनेरै आफू मुम्बईबाट कार्यक्रममा भाग लिन काठमाडौं आएको उनले बताइन्।

बरु क्यान्सरले मनीषालाई स्वस्थ जीवन कति बहुमूल्य छ भन्ने पाठ सिकाएको छ।

'अस्पतालको बेडमा महिनौ बसिरहँदा मैले जीवन कति नाजुक छ, स्वास्थ्य कति महत्वपूर्ण छ भन्ने अनुभूत गर्न पाए,' स्रोताहरूको गह आँसुले टिलपिल भइसक्दा पनि उनले हाँसीहाँसी भनिरहिन्, 'आफूले पाएको ज्ञान बाँडेर म अब अरू क्यान्सर बिरामीमा चेतना फैलाउने प्रयास गर्नेछु।'

पाठेघरको क्यान्सरलाई जितेर सार्वजनिक समारोहमा आउन समर्थ भइसकेकी मनीषाले शल्यक्रिया, किमोथेरापी वा रेडिएसनलाई मात्र उपचार मानेकी छैनन्।

उनले स्वस्थ जीवनका सरल सूत्र पहिल्याएकी छिन्। 'हाम्रा पुर्खाले जस्तै अर्गानिक खानेकुरा, कसरत, बेलैमा सुत्ने, सबेरै उठ्ने, सकारात्मक सोच आदि आदि,' मनीषाले भनिन्, 'आत्मविश्वास सञ्जिवनी हो।'

समाज, नातागोता, घरपरिवार र विरामी स्वयंले क्यान्सर लाग्नुलाई मृत्युको मुखमा पुगेकोजस्तै ठान्ने गरेको सत्यले उनलाई सबैभन्दा बढी पिरोलेको छ। 'क्यान्सर मृत्युदण्ड हैन,' उनले भनिन्,' अब हामी सबै मिलेर यही चेतनाको दियो फैलाउनुपरेको छ।'

मनीषाले क्यान्सरसँग लड्न बुवा, आमा, भाई, साथीभाइ र अरु परिवारले एकजुट भएर सहयोग गरेको स्मरण गरिन्। कार्यक्रमका उपस्थित भएका र नभएका डाक्टर, अनुसन्धानकर्ता र वैज्ञानिकहरूलाई सम्झेर उनले आफ्नो मन्तव्य टंुग्याइन, 'सबैलाई मेरो सलाम।'

उद्घाटन समारोहमा ड्यासमा मनिषा बाहेक पाँच जाना क्यान्सरका डाक्टर थिए। उनीहरूले प्रमुख अतिथि भन्दा पहिला नै पालैपालो बोले।

असीको उत्तरार्द्वमा पनि भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत नेपालका सिनियर सर्जन अञ्जनीकुमार शर्मालगायत सबैको संवोधन उनले ध्यानपूर्वक सुनिनन् मात्र, वक्तालाई एकटकले हेरिरहिन्।

घाँटीको दुखाइको पर्वाह नगरी ड्यासको देब्रेपट्टि रोष्ट्रममा उभिएका वक्तालाई उनी एकटकले हेरिहन्थिन्। जबकि रोष्ट्रममा भएका अरु भने हलका स्रोताहरूपट्टि हेरिरहेका हुन्थे।

'बेलैमा पत्ता लाग्यो भने क्यान्सर निको हुन्छ,' सबै वक्ताले यो वाक्य दोहोर्‍याउँथे। टमक्क मिलेका सेता दाँत देखाएर मुस्काराएर हेरिरहेकी/सुनिरहेकी मनीषा त्यसपछि भावुक भएजस्तो लाग्थ्यो।

उनी ओठ जोडेर दाँतलाई लुकाइदिन्थिन्। लाग्थ्यो, क्यान्सर जित्न कति संघर्ष गर्नुपर्‍यो भन्ने सम्झनाले उनलाई भावुक बनाइदिन्थ्यो।

बलिउडबाट ओझेल परेकी र विवाहित जीवन पनि सुखद नरहेपछि मनीषा तनावमा देखिन्थिन्, केही वर्षदेखि।

क्यान्सर उपचार क्रममा उनले नौ महिना एउटा तप गरेजस्तो भयो। सायद उनले अबको जिन्दगी क्यान्सरविरुद्धको लडाइँमा दिने विचार गरेकी छिन्। त्यसैले त प्रवचनको सुरुमै मनीषाले भनिन्, 'म पहिला कोइराला परिवारको छोरी र बलिउड कलाकार थिए। अब तेस्रो महत्वपूर्ण भूमिका थपिएको छ– क्यान्सरविरुद्ध जोधाहा लडाकु।'

उनले बुझेअनुसार क्यान्सरको कारण वंशानुगत र जीवनशैली नै हो। संसारभरि उपचार उस्तै लाग्यो, उनलाई। 'उच्च मनोवल र सकारात्मक सोच सबैभन्दा प्रभावकारी उपाय हो,' उनले दश मिनेटको प्रवचन टुंग्याइन् ।
  Bollywood Moovi News from Kathmandu Nepal  
सलमानले रणवीरलाई भने लड्का, साहरुखलाई सिनेमाले नै मार्ने

Sarukh-Salman & Ranbir
‘बीग बोस’ सिजन ७ को पत्रकार सम्मेलनमा बलिउड नायक सलमान खान खुबै खुले । आफ्नो रिसाहा छविलाई किनारा लगाउँदै सलमानले मिडियाका हरेक प्रश्नको जवाफ धैर्यताका साथ दिए ।सलमानको अघि साहरुखको बिषयमा प्रश्न सोझिनु त स्वभाविक नै हो । उनले साहरुखलाई सिनेमाको व्यापारले नै मार्ने जवाफ दिए । सलमानले भने, ‘भर्खरै उ आएर मारेर गएको छ, म पनि सिनेमाको व्यापारले नै मार्न चाहन्छु ।’

सलमानको नजरमा बक्स अफिसमा उनको प्रतिस्पर्धा साहरुखसँगै रणवीरसँग पनि हुन्छ । सलमानले भने, ‘भर्खरै एक लड्का पनि आएको छ, रणवीर उसले पनि बक्स अफिसमा मारेको मार्‍यै छ ।’

सलमानले आफ्नो सिनेमा पनि प्रदर्शनमा आउने भन्दै व्यापारले नै सबैलाई मार्ने बताएका छन् ।

 Bollywood Star Salman khan and Sarukh khan
बलिउडमा कुनै समय दुई चर्चित खान साहरुख र सलमान बिच मिलाप हुदैन भन्ने तर्क पनि सुनिन्थ्यो । तर केही महिना अघि मात्र सलमान र साहरुखले अंकमाल गरेपछि यो तर्क पनि सेलायो ।
हालै मात्र सलमानले साहरुखलाई आफ्नो नयाँ रियालिटी शो ‘बीग बोस’मा निम्तो दिएर सबैलाई अचम्ममा पारिदिएका छन् । ‘साहरुख आफ्नो सिनेमाको प्रमोशनका लागि बीग बोसमा आउन सक्छन्,उनलाई सधै नै स्वागत छ’, रियालिटी शो को पत्रकार सम्मेलनमा सलमानले भने ।

उनले अन्य स्टार जस्तै साहरुखका लागि पनि ‘बीग बोस’को ढोका सधै खुल्ला रहेको बताए । यस्तै सलमानले रमजानको अवसरमा साहरुखसँग अंगालो मारेको बिषयमा भने, ‘यो पर्व नै यस्तो हो जहाँ कुनै पनि व्यक्तिलाई अंकमाल नगरी जान सकिदैन ।’

सलमानले संचालन गर्न लागेको ‘बीग बोस’ सेप्टेम्बर १५ बाट सुरु हुँदैछ ।
 Mumbai Hindi Moovi news
मुम्बई– बलिउड प्रवेश गर्दा आफूलाई सहयोग गर्ने कोही नभए पनि आफूले भने फिल्म उद्योगमा आएका आफ्ना कजन बहिनीहरुको सहयोगका लागि सदा तयार रहेको अभिनेत्री प्रियंका चोपडाले बताएकी छन्।

'अहिलेसम्मको यात्रा एकदम राम्रो भइरहेको छ तर जब यस उद्योगमा भर्खर आउँदैथिएँ, त्यतिबेला म एक्ली थिएँ, त्यसैले बहिनीहरुलाई संरक्षण गर्नु मेरो दायित्व हो,' प्रियंकाले भनिन्, 'म उनीहरुका लागि सधैं सहयोगी रहनेछु, बहिनीहरु उद्योगमा आएको खबरले म खुसी पनि छु।'

प्रियंकाका कजन बहिनीहरु परिणति चोपडा, मीरा चोपडा र बार्बी हन्डा पनि बलिउडमा आइरहेका छन्। अभिनयमा औपचारिक प्रशिक्षण नलिए पनि प्रियंकाले 'ह्वाट्स योर राशी', 'सात खुन माफ', 'बर्फी' जस्ता फिल्ममा आफ्नो क्षमतालाई प्रमाणित गरिसकेकी छन्।

'मैले अभिनय सिकेको छैन, म कुनै पनि फिल्मलाई आवश्यक पर्दा दुई तीन महिना रिसर्च गर्छु त्यसपछि बिर्सन्छु,' प्रियंकाले भनिन्। गत जुन महिनामा बुबा अशोक चोपडाको निधन हुँदा शोकमग्न बनेकी उनले काम सुचारु गरिसकेकी छन्।

'मेरो काम नै मेरो लागि सबैभन्दा सहयोगी पक्ष रह्यो, मैले १७ को उमेरदेखि नै काम गर्न थालेको हुँ, मैले बुबाको निधन भएको तीन दिनपछि नै काम थालेँ,' प्रियंकाले भनिन्। रिलिज हुन लागेको 'जञ्जीर' प्रियंकाले खेल्न लागेको अमिताभ बच्चनवाला फिल्मको तेस्रो रिमेक हो। यसअघि प्रियंकाले खेलेका 'डन' र 'अग्निपथ' अमिताभकै फिल्मका रिमेक थिए।

'यो संयोगमात्र हो, कुनै योजनावद्ध भएको होइन, म उहाँको ठूलो प्रशंसक हुँ, उहाँका फिल्मको रिमेकमा खेल्नु भनेको उहाँसँग अप्रत्यक्ष रुपले जोडिनु ठान्छु,' प्रियंकाले भनिन्।
हलिउडका गायक तथा गायिकाहरु स्टेजमा गाउँदै गर्दा आफ्नो उत्तेजित र अश्लिल क्रियाकलापले आलोचित भइरहेका छन् । स्टेजमा अश्लिल क्रियाकलाप देखाउने भिडमा विशेषगरी गायिकाहरु पर्दछन् ।यही भिडमा हलिउड गायिका बेयांम पनि परेकी छिन् । उनी गीत गाउने क्रममा आफ्नो कपडामा खासै ध्यान दिन्नन् । यो आरोप उनलाई लामो समयदेखि लाग्दै पनि आएको छ । हालै मात्र फिलाडेल्पिmयामा आयोजना गरिएको एक कार्यक्रममा गीत गाउने क्रममा उनको यस्तै व्यवहार देखियो ।

उनले ९० मिनेट सम्म आफ्ना विभिन्न चर्चित गीतहरु गाएकी थिइन् । तर गीत गाउने क्रममा उनले लगाएको पहिरनले धेरैको ध्यान खिच्यो । फ्यानहरुले उनको गीतलाई भन्दा पनि कपडालाई बढि ध्यान दिए । ५० हजार दर्शकहरुको अगाडी पहिरनले उनलाई लज्जित बनायो ।

शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जंजीर’लाई हलकै समस्या पर्ने देखिएको छ । प्रदर्शनमा आउनु भन्दा अघि ६० वटा हल मिलाएका प्रस्तुतकर्ता करण क्रेजीलाई अहिले समस्या परेको छ । चलचित्र ‘होस्टेल’को होल्ड ओभर नटुटेपछि ‘जंजीर’लाई हल समस्या परेको हो । तर प्रस्तुतकर्ता क्रेजी भने जसरी पनि सिनेमा चलाउने बताउछन् ।यसैबिच चलचित्रको निर्माण यूनिटले काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिनेमाको बारेमा जानकारी दिएको छ । कमेडी, लभस्टोरी र नारी प्रधान भनिएको यो चलचित्रलाई शोभित बस्नेतले निर्देशन गरेका हुन् ।

मोहनकृष्ण श्रेष्ठ र राजेश खड्गीको निर्माणमा तयार भएको यो चलचित्रमा जयकिशन बस्नेत, हषिर्का श्रेष्ठ, सुनिल रावल, रिया श्रेष्ठ, सुस्मिता शाही, सुनिल गुरुङ, सुमन लामा लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा सुशिल पंगेनीको लेखन, शंकर महर्जनको द्वन्द्व, कविराज गहतराजको नृत्य, टंक बुढाथोकीको संगीत, गणेशकुमार श्रेष्ठको छायांकन, तारा थापाको सम्पादन छ ।चलचित्रको ‘किन गाह्रो गाह्रो हुन्छ’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । यो चलचित्रसँगै बलिउड चलचित्र ‘जंजीर’ पनि भिड्ने भएपछि अहिले यसको चर्चा चुलिएको छ । प्रस्तुतकर्ता करण क्रेजीले आफ्नो सिनेमाले बलिउड चलचित्र ‘जंजीर’लाई व्यापारिक रुपमा पछार्ने दाबी गरेका छन् ।



गत बर्ष मात्र नायक सैफ अली खानसंग बिबाह गरेकी बलिउड अभिनेत्री करिना कपुर गर्भवती भएको हल्लाले मिडियामा छाएकी छिन । केहि बर्ष अघी हिन्दि चलचित्र 'टशन'मा आफ्नो जिरो फिगरका कारण चर्चित करिनाको पेटको साइज बढेको हल्लाले बलिउड तताएको बलिउड लाइफले जनाएको छ ।

तर करिनालाई उनका पति शैफले भने गर्भवती बनाएका हैनन्!!! हो, उनि आफ्नो नया चलचित्र 'गोरी तेरे प्यार मे' मा गर्भवतीको भूमिका निभाउदै गरेकी हुन् । सोहि फिल्मको सुटिंगमा करिना कुर्ता सलवारमा देखिएकी थिइन् । त्यति बेला उनको पेट निकै ठुलो देखिएको थियो । त्यो देखेर धेरै जना झस्किएका पनि समाचार छ । करिनाले केही समयअघि मात्रै आफुलाई सन्तान नजन्माउन हतार नभएको अभिव्यक्ति दिएकी थिइन् ।

चलचित्र 'गोरी तेरे प्यार मे'मा करिनालाई नायक इमरान खानले साथ् दिने छन् । भारतीय मिडियाले यो पनि दाबी गरेका छन् कि चर्चा बटुल्न कै कारण निर्देशक पुनित मल्होत्राले करिनालाई गर्भवती भएको भनेर हल्ला गरेका हुन् ।
नेपाली सिनेमामा १२ वर्ष एकछत्र नाम कमाएकी नायिका रेखा थापाको चर्चा ०६९ मा पनि कम रहेन । गत वर्ष ‘शताब्दी’ भन्ने शब्दको अर्थ नजानेर आलोचनाको पात्र बनेकी नायिका थापाले यो वर्ष पनि त्यस्तै स्टन्ट गर्न भ्याइन् । यसअघि प्रचण्डसँग नाचेर उनले चर्चा बटुलेकी थिइन् ।

नेपाली नायिकाको दुनियाँमा नम्बर १ को ट्याग भिरेकी नायिका थापाले निर्माता छविराज ओझासँगको सम्बन्ध टुटाइन् । १० बर्ष लामो ‘लिभिङ टुगेदर’मा रहेका छवि र रेखा औपचारिकरुपमा यसै वर्ष छुट्टएि । तर, छुट्टाछुट्टै रुपमा बसे पनि रेखा र छविको चलचित्रको व्यवसायिक सम्बन्ध भने राम्रै रहेको छ ।
रेखाले यसैवर्ष चलचित्र विकास बोर्डमा नियुक्तिको विषयमा पनि चर्चा बटुलिन् । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई बालुवाटारमा रेखाले भेटेको चर्चा चलेकै भोलिपल्ट हिसिलालाई मात्र भेटेको रहस्य खुल्यो । त्यसो त सौर्य दैनिकको कार्यालयमै गएर पत्रकारलाई पिटेको घटनामा पनि रेखा यो वर्ष चर्चा बटुलिन् ।
व्यक्तिगत रुपमा चर्चा बटुले पनि नायिका थापाले अभिनय गरेको चलचित्र मालतीको भट्टीले मुस्किलले लगानी उठायो । तर, अन्य सिनेमाले भने व्यापारिक रुपमा कमाल मच्चाउन भने सकेनन् ।
थापा यसकारण चर्चामा रहिन् :
१. चलचित्र बिकास बोर्डको अध्यक्ष पदका लागि चलचित्रकर्मीको आन्दोलनलाई लत्याउँदै राजनीतिक दलका नेतालाई भेट्न गइन् ।
२. अमेरिका जानुअघि चुनाव जितेर अध्यक्ष बनेका चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का र चलचित्र निर्देशक समाजका अध्यक्ष -जसले हालै मात्र राजिनामा दिएका छन्) लाई उक्त पदमा बस्ने हैसियत नभएको अन्र्तवार्ता दिएर रेखा विवादमा परेकी थिइन् ।
३. अमेरिका पुगेपछि नेपालमा पढेका व्यक्तिहरुको आलोचनात्मक टिप्पणी गरेर उनी विवादमा तानिइन् । उनले नेपालमा पढेकाले के नापेका छन् र भन्ने भनाइ सार्वजनिक गरेर चर्चा कमाइन् ।
४. मलेसियामा आयोजना हुन लागेको सांकृतिक कार्यक्रममा आउँछु भनेर पेश्की लिएर पनि नगएपछि रेखा त्यहाँ आलोचनाको पात्र बनिन् ।
५. अमेरिकाबाट नेपाल आएलगतै चलचित्र विकास बोर्डका अध्यक्ष धमेन्द्र मरवैत्ता पप्पुसँग गाँजा तानेको फोटो सार्वजनिक भएपछि रेखाको करिअरलाई अझ धक्का लाग्यो ।


एउटा चलचित्रमा निर्देशक शोभित बस्नेत विभिन्न रुपमा देखिन्छन् । चलचित्रको निर्माता, निर्देशक, लेखक, नृत्य निर्देशक लगायतका विधामा शोभितले हात हालिसकेका छन् । शोभितका छोरा सलोन बस्नेत पनि सिनेमा नगरीमा चम्कने दाउँमा छन् । बाल्यकालमा थुप्रै सिनेमामा अभिनय गरेका सलोनले चलचित्र ‘होस्टेल’ मार्फत सिनेमा नगरीमा नायकको रुपमा डेब्यु गर्दैछन् । ‘होस्टेल’ मा नायकको रुपमा उभिन लागेका सलोन यसै सिनेमा मार्फत गायक, गीतकार र संगीतकारको रुपमा पनि उदाउँदैछन् ।उनले चलचित्रमा समावेश ३ गीतमा संगीत दिएको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रमा समावेश ‘जय जय महादेव’ बोलको गीतको रेकडिङ हालै मात्र सम्पन्न भएको छ । सलोनले ‘जय जय महादेव’ बोलको धार्मिक गीतलाई आधुनिक ढंगले प्रस्तुत गरेका छन् ।
सलोनले यसअघि चलचित्र ‘मन’ मा समावेश एक गीतमा आवाज भरिसकेका छन् । सलोनले आफ्नै व्यान्डको स्थापना समेत गरेका छन् । आफ्नै व्यान्ड मार्फत थुप्रै स्टेज कार्यक्रममा उनले गीत गाइसकेको निर्देशक शोभित बस्नेतले अनलाइनखबरलाई बताए ।सुनिल रावलको निर्माणमा तयार हुन लागेको चलचित्र ‘होस्टेल’- अ कुल प्लेस टु ह्याङ आउट) मा भुवनका छोरा अनमोल केसी, टिका पहाडीका छोरा गौरब पहाडीले अभिनय गर्दैछन् । चलचित्रको छायांकन माघको २९ गतेबाट सुरु हुदैछ ।

प्रि–प्रोडक्सन देखिनै विवादमा आएको फिल्म  9 0'clock  को रिलिज तयारी पुरा भएको छ । प्रोष्टप्रोडक्सन पश्चात पहिलो कार्यक्रम गरी 9 0'clock युनिटले आज आफ्नो फिल्मको अडियो म्यूजिक लन्च गर्दै रिलिजको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । फाल्गुन ११ मा रिलिज हुने यो फिल्मका लिड आर्टिष्ट सुमिना घिमिरे र ध्रुव दत्त हुन् ।
तीन वटा गित समावेश यो फिल्मका म्यूजिक डाईरेक्टर कन्काईष्ट राई हुन् । उनले म्यूजिकको पार्टमा आफूले केही फरक पन दिन खोजेको कार्यक्रममा बताए । यसैगरी  निर्देशक बाबुराम ढकालले प्रि–प्रोडक्सन र प्रोडक्सनका पिरियडमा आफ्नो फिल्मको बारेमा जुन किसिमको नकारात्मक हल्ला फिल्मी बजारमा फैलिएका थिए ती सवै गलत रहेको दाबी गरे । उनले भने, 'मेरो विगतका दुई फिल्म दुलही र पर्खिराख है जस्तो पारिवारिक यो फिल्म छैन र बजारमा फैलिएको एटिम जस्तो पनि हैन ।' उनले आफ्नो फिल्म पूर्ण रुपमा ईन्टरटेन्मेन्टका लागि रहेको दाबी गरे ।

पुष १३ को मितिबाट माघ ५ का लागि रिलिज डेट सारिएको कलिउड फिल्मको फष्टलुक पोष्टरहरुलाई अफिशियल  रिलिज गरिएको छ ।

 यस अघि दुई वटा ट्रेलर रिलिज गरेको जि वान क्रिएसनले आज आफ्ना तीन वटा पोष्टरहरुलाई फष्टलुकको रुपमा  फिल्मीखबर मार्फत  रिलिज गरेको हो ।

आर्यन सिग्देल, प्रियंका कार्की तथा दुई नयाँ अनुहार पायल थापा र बिष्णु कार्की यो फिल्मका लिड एक्टर्स हुन । नवराज आचार्यको भाग्य परीक्षाको रुपमा हेरिएको यो फिल्मको कथा  नेपाली फिल्म ईन्डष्ट्रीसंग सम्बन्धीत छ । तर नवराज कलिउडको रिजल्टलाई  आफ्नो भाग्य परीक्षा भन्न रुचाउदैनन किन  कि उनले १४ बर्षे  मिडिया अनुवभको आधारमा  यो फिल्म निर्देशनमा हात हालेका हुन । तसर्थ उनी सफल हुनेमा विश्वस्त देखिएका छन् ।

 पछिल्लो समय यो ईन्डष्ट्रीलाई कलिउड भन्ने कि नभन्ने बिषयका बहसहरु पनि चलिरहेको छ  जुनकुरा लाई  निर्देशक आचार्यले आफ्नो फिल्म मार्फत कलिउडको आधिकारिक  परिभाषा  पनि दिन खोजेका छन् ।




नो स्मोकिङ फिल्म मार्फत हिरोईनको ट्याग भिर्न लागेकी जमुना जोशीले सुटुक्क ईन्गेजमेन्ट गरेपछि उक्त यूनिट भित्र बबाल भएको छ ।

लमजुङकी जमुना स्थानिय जेसिजकी फाउन्डर चियर पर्सनका अलवा गायिका समेत रहेकाले उनको क्रेजलाई फिल्ममा अटाउने सोचका साथ नो स्मोकिङ टिमले एक महिना अघि उनलाई अनुबन्ध गरेको थियो । तर फ्लोरमा जानका लागि सम्पूर्ण तयारी पुरा भएको अवस्थामा विना खबर जमुनाले ईन्गेजमेन्ट गरिदिएपछि नो स्मोकिङ टिम भित्र तनावको स्थिती सृजना भएको हो  ।

यध्यपी निर्देशक सुमन दाहालले आपसी सम्झौतामा हिरोईन हेरफेर हुने सहमति भएको आफ्नो फेसबुक वालमा लेखेका छन् । दाहालले जमुनाको पारिवारिक ब्यस्तताको कारण अर्के हिरोईन राख्ने दुई पक्ष सहमति भएको उल्लेख गरे पनि त्यसो नभएको रहस्य खुलेको छ । चाडै नै विवाहको तयारीमा रहेकी जमुनासंग फिल्मीखबरले प्रश्न गर्दा उनले आफूलाई निकालिएको बिषयमा खबर नभएको तर्क गरेकी छिन् । यस्तै उनले कोसंग ईन्गेजमेन्ट गरियो भन्ने बिषयमा मुख खोल्न चाहिनन् तर आफू चाडै नै बिवाह बन्धनमा बाधिन लागेकाले हिजो २२ गते आफ्नो ईन्गेजमेन्ट भएको खुलाएकी छिन् ।

खैरावङ्ग फिल्म प्रोडक्सन कम्पनी मार्फत मुरारी पोखरेलको लगानीमा निर्माण हुन लागेको यो फिल्मको सुटिङ आउदो मंगलबार देखि हुने तयारी थियो तर जमुनाबाट धोका पाएको कारण फ्लोरमा जान थप दश दिन जति लाग्ने निर्देशक दाहालले फिल्मीखबरसंगको कुराकानीमा भनेका छन् । दाहालले भने, 'जमुना जीको स्थानमा उपयुक्त कलाकार खोज्न एक हप्ता जति लाग्ला अनि मात्र गईन्छ फ्लोरमा ।'  यो फिल्ममा झरना थापा सहित दुई नयाँ हिरोहरु दिनेश देवकोटा र सञ्जय खतिवडा लिड रोलका लागि फाईनल भईसकेका छन् ।

अन्तत: रिलिज मिती कुर्दा कुर्दा परिक्षाको घडीको समय आएको छ थ्री लभर्सको । शुक्रबार मध्यम ओपनिङ गरेको थ्री लभर्सको शनिबारको बिहानी शो भने उत्साहजनक छ । राजधानीका अधिकांश हलहरूको बिहानी शोको अकुपेन्सी ९० प्रतिशत देखिएको छ । फिल्मका कलाकारहरू बिहानै देखि दर्शक प्रतिक्रिया लिन हलमा पुगिरहेका छन् ।
शुक्रबारदेखि देशब्यापी रिलिजमा आएको यो फिल्मलाई फ्यामेली शोको रुपमा केही फिल्मकर्मीले हेरेका छन् । शुक्रबार साँझ सुन्धारा स्थित सिभिल मलमा थ्री लभर्सका काष्ट र क्रु मेम्बरसंग फिल्म हेरेर निस्किएका केही फिल्मकर्मीलाई फिल्मीखबरले सोधेको थियो, थ्री लभर्स तपाईलाई कस्तो लाग्यो ?

फिल्म : थ्री लभर्स
व्यानर : थ्री ब्रदर्श क्रियशन
निर्देशक : सुरेश दर्पण पोखरेल
म्युजिक   : राजन ईसान र बाबु बोगटी
सिनेमेटोग्राफर: पुरुशोत्तम  प्रधान
फाईट  : हिमाल केसी
कोरियोग्राफर : शंकर विसी र कविराज गहतराज
कलाकार : प्रियंका कार्की, निरज बराल, देबु श्रेष्ठ, धिरेन्द्र राज थापा, पूजा शर्मा, सुमन गैरे
राजकुमार राई (अध्यक्ष, चलचित्र निर्माता संघ) : म प्राय पुरै नेपाली फिल्म हेर्न सक्दिन थिए तर यो फिल्म चाहि पुरै हेर्न सकें मैले । फिल्म हेर्दा कलरफुल भएकाले ईन्टरटेनिङ छ । त्यसैले फिल्मको सवैभन्दा मन परेको पार्ट भनेको यसको कलरफुल मेकिङ हो मेरो नजरमा । नेपाली फिल्म भएकाले कमि कमजोरी भेटिन्छन् र यो फिल्ममा पनि मैले केही ठाँउमा यस्ता कमि कमजोरी भेटे । यो फिल्मको अर्को उत्कृष्ट पक्ष भनेको फाष्ट बीटको सुन्तली माई र स्याड संङ हो र कमजोर पक्ष चाहि फाईट लाग्यो । फिल्ममा उठाईएको कन्टेन्ट नयाँ लागेकाले यो फिल्म चल्नुपर्छ भन्ने मेरो धारणा छ । यो फिल्मलाई म १० मा ८ नम्बर दिन्छु ।


दीपाश्री निरौला (कलाकार) : मलाई यो फिल्मको म्युजिक  र कोरियोग्राफी पार्ट एक दम राम्रो लाग्यो । नेपाली फिल्म हो त्यसैले ठूलो आशा बोकेर चाहि हर्ने जानुहुदैन । कलाकारहरु सवैको अभिनय राम्रो छ त्यस माथि नयाँ हिरोईन प्रियंकाको काम उत्कृष्ट छ जसकारण उनको भविष्य उज्जवल देखे मैले । निर्देशक सुरेश दर्पणको पछिल्ला फिल्म भन्दा यो फिल्म केही परिमार्जित भएको पाए । तर पनि उनको हकमा आगामी दिनमा स्टाईल भन्दा स्क्रिन प्लेमा अलि बढी होमवर्क गर्नुपर्छ जस्तो लाग्यो मलाई । यो फिल्मलाई म १० मा ५ नम्बर दिन्छु ।


कविता शर्मा (कलाकार) : यो फिल्मको म्युजिक एक दम राम्रो लाग्यो मलाई । त्यसमाथि लभ सङको कुरै नगरौ । फिल्मलाई गहिरिएर हेर्दै जादा केही ठाँउमा कन्टिन्यूटी जर्क फेला पार्न सकिन्छ । कलाकारहरुको पर्फमेन्सको कुरा गर्दा प्रियंका र निरजको काम एकदम राम्रो । अरु कलाकारहरुको हकमा पुजा शर्मा बाहेक दुई नयाँ कलाकारहरु देवु र धिरेन्द्रले पनि न्याय नै गरे जस्तो देखिन्छ । यो फिल्ममा मेकअप पार्ट केही कमजोरी देखे मैले । समग्र डाईरेक्टरको काम ठिकै लाग्यो । तसर्थ यो फिल्मलाई मेरो तर्फबाट १० मा ४ नम्बर । तर संगीत र कोरियोग्राफीको हकमा चाहि १० मा १० ।

कमल श्रेष्ठ  (ग्ल्यामर फोटोग्राफर)  : फाष्ट कटिङका कारण स्टोरी नै नबुझिएलाकी जस्तो लाग्छ यथ्यपी फिल्म हेर्दै जादा कता कता हलिउड स्टाईलको जस्तो पनि लाग्यो मलाई । स्टोरी टेलिङ अलि फरक रहेकाले रोना धोना मनपराउने दर्शकका लागि यो फिल्म उपयूक्त छैन । डाईरेक्टरलाई लिएर हेर्दा फिल्मको केही ठाँउमा कमिकमजोरी छन् तर म्युजिक  मा भने कुनै कमेन्ट छैन । आर्टिष्ट पर्फमेन्समा सर्वाधिक राम्रो प्रियंकाले गरेकी छिन् । यो फिल्मलाई १० मा ७ दिन्छु ।

सुसन प्रजापति (सिनेमेटोग्राफर) : फिल्म एभरेज छ । सवभन्दा राम्रो चाहि म्युजिक  छ। कलाकारको हकमा प्रियंकाको काम उत्कृष्ट लाग्यो । यसैगरी निरज बरालको हकमा पनि  राम्रो छ । अर्की नयाँ हिरोईन पुजा शर्माको बडी ल्याङ्वेजमा प्रोबलम देखियो । अर्को नयाँ आर्टिष्ट देवु श्रेष्ठको चाहि अभिनय नराम्रो भनिहाल्ने ठाँउ छैन  उहाँको भ्वाईस निकै राम्रो लग्यो । भ्वाईसको कुरा गर्दा हाम्रो ईन्डष्ट्रीमा एउटा यस कुमारको भ्वाई राम्रो छ  भने अर्को देबुजीमा देखे मैले । निर्देशक सुरेश दर्पणजी र मैले ओस्कार फिल्म कलेजमा संगै पढेका थियौं त्यसैले पनि यो फिल्म हेर्न म उत्सुक थिए तर फिल्म हेर्दै जादा मेरो एक्सेपटेशन मिट गरेन त्यसैले यो फिल्मलाई १० मा ६ नम्बर दिन्छु ।


चलचित्र सेन्सर बोर्डमा नयाँ अध्यक्ष आएसँगै सिनेमा क्षेत्रमा एक प्रकारको त्रास फैलिएको छ । नेपाली चलचित्रमा चुम्बन र बेड सिनलाई सामान्य मान्दै गएपनि नव अध्यक्ष भने यसको पक्षमा छैनन् । सिनेमालाई प्रदर्शनको अनुमति दिने या नदिने निर्णय सेन्सर बोर्डको हुने भएकाले पनि चलचित्रकर्मीले सामान्य आवाज उठाउनुभन्दा अन्य केही कदम चाल्न सक्ने सम्भावना छैन ।
चलचित्र सेन्सरबोर्डका नवनियुक्त अध्यक्ष नारायणप्रसाद सञ्जेलको नीति छ, ४ सेकेन्ड लामो किस, ४ सेकेन्ड लामो वेड सीन । सिनेमाभित्र योभन्दा लामो दृश्य राखेमा बोर्डले कैंची चलाउने पक्का छ । यसको शिकार चलचित्र थ्री लभर्स भैसकेको छ । थ्री लभर्समा ४ सेकेन्ड लामो किस सिन र ४ सेकेन्ड लामो वेडसिनमात्र राख्न सेन्सर बोर्डले आदेश दिएको छ ।

यतिमात्र होइन, चलचित्र सेन्सर गर्न पुगेका केही निर्माता भन्छन्, नवनियुक्त अध्यक्षलाई हिन्दी चलचित्र वागवानजस्तो नेपाली चलचित्र चाहिँदो रहेछ । बोर्डका अध्यक्ष सञ्जेल नेपाली सिनेमा वागवानजस्तो बन्नु पर्ने भनाइ राख्छन्, एक चलचित्रकर्मीले अनलाइनखबरसँग भने । हिन्दी चलचित्र बागवान विशुद्ध पारिवारिक चलचित्र थियो ।
सेन्सर बोर्डले सामान्य दृश्यमा समेत कैंची चलाउन थालेपछि चलचित्रकर्मीहरुमा एकप्रकारको त्रास फैलिएको छ । पछिल्ला धेरैजसो नेपाली सिनेमाभित्र चुम्बन र बेडसिनका दृश्यहरु समावेश गरिएका छन् । तर, सेन्सर बोर्ड यस्ता दृश्यलाई पास नगर्ने पक्षमा रहेको वुझिन्छ ।

परिर्वतन र क्रान्तिको सन्देश बोकेको फिल्म 'जलजला' को गुपचुप रूपमा पौष २७ गतेका लागि रिलिज डेट तय गरिएको छ । चलचित्र विकास बोर्डबाट बिशेष फिल्मको मान्यता प्राप्त यो फिल्मलाई डिसिएनले देशभर एकसाथ रिलिज गर्ने भएको छ ।

बुधबार फिल्मीखबरसँगको जम्का भेटमा फिल्मका निर्देशक शिबजी लामिछानेले पौष २७ मा आफ्नो फिल्म लाग्ने बताए । उक्त मितीमा जलजला आउने भएपछि केहि महिना अगाडी रिलिज मिती तय गरिएको फिल्म 'पदमिनी' भने संकटमा परेको छ । फिल्मका निर्माता छिरिङ दोर्जे लामाले अचानक जलजला आउन लाग्दा आफू अचम्ममा परेको भन्दै आफ्नो फिल्मको रिलिज अन्यौलमा परेको बताए । पदमिनी फिल्मलाई पनि डिसिएनले नै रिलिज गर्ने बताईएको थियो ।

चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष तथा जलजलाका निर्माता समेत रहेका गणेश भण्डारीले अब केहि दिनमा नै फिल्मको पब्लिसिटी शुरू गर्ने बताए । एडल्ट (वयस्क) सर्टिफिकेट पाएको 'जलजला' मा आयुष रिजाल, रेखा थापा, कमल कृष्ण, किशोर खतिवडा, स्वर्गिय गोपाल भुटानी लगायतको अभिनय रहेको छ  । काशिराम भुसाल निर्माताको रूपमा रहेको यो फिल्ममा चेतन सापकोटाको संगीत सुन्न सकिनेछ ।

यस्तै पौष २७ मा नै अर्को फिल्म अध्याय रिलिज हुने बताईएको छ । प्रवीण स्याङ्बोले निर्देशन गरेको यो फिल्मको पनि पब्लिसिटी शुरू भईसकेको छैन । अहिलेका युवाहरूको प्रेम गर्ने शैलीलाई चित्रण गरि निर्माण गरिएको यो फिल्ममा कर्मा, सुशीलराज पाण्डे, आकाश मगर, सिम्पल खनाल, शान्ति गिरी, स्वस्तिका राजभण्डारी, अंकिता बुढाथोकीको मुख्य अभिनय रहेको छ ।

आफ्नो फिल्मको रिलिज मिती अन्यौलमा परेपछि निर्माता लामाले पनि पब्लिसिटीलाई अगाडी बढाउन सकेका छैनन् । राम प्यासीले निर्देशन गरेको यो फिल्ममा निशा अधिकारी, अनिल थापा, सरिता गिरी, सुनिल दत्त पाण्डे लगायतले अभिनय गरेका छन् । फिल्मका अर्का निर्माता बसन्त कुमार श्रेष्ठ पनि हुन् जो अहिले अष्ट्रेलिया भ्रमणमा छन् र फिल्मको रिलिजको चाँजोपाँजो मिलाउनमा व्यस्त छन् ।

‘मैले गीत छोडी आए फुलको तरेलीमा’…….चलचित्र ‘सारङ्िग’मा नायक सरोज खनालले यो गीतमा अभिनय गर्दा धेरैको मन छोएको थियो । नेपाली सिनेमा क्षेत्रमा कुनै बेला सरोज खनालको क्रेज अत्याधिक थियो । सरोज खनालका नाममा हलमा दर्शकहरु ओइरिन्थे ।तर एकाएक करिअरको उचाईमा रहेको समयमा खनाल अमेरिका पलायन भए । उनी अमेरिका पुगेपछि दर्शकले पनि बिस्तारै उनको नाम बिर्सदै गएका छन् । तर सरोजले गरेको अभिनयको नशाले दर्शकलाई अझै पनि छोडेको छैन ।

१४ बर्षपछि नायक खनाल पुनः एकपटक पर्दामा र्फकदै छन् । चलचित्र ‘मानव’ बाट उनले नेपाली चलचित्रको रंगिन पर्दामा पुनः आगमन गर्न लागेका हुन् । कुमार आचार्यको निर्माणमा तयार भएको यो चलचित्रमा अभिनय गरेर सरोज अमेरिका फर्केको पनि लामै समय भैसकेको छ । तर चलचित्रको प्रदर्शनको पालो भने भर्खर मात्र आएको छ । यो चलचित्र माघ महिनामा प्रदर्शनमा आउने निर्माणपक्षको भनाई छ ।
यादव सिलवालको निर्देशनमा तयार भएको चलचित्रमा सरोजलाई नायिका दिपशिखा शाहीले साथ दिएकी छिन् । चलचित्रमा निश्चल श्रेष्ठको कथा तथा गीत, विकास चौधरीको संगीत छ । सरोज खनालका फ्यानहरुका लागि ‘मानव’ नौलो स्वाद हुने विश्वास निर्माणपक्षको छ ।

छिरिङ रितार शेर्पाले निर्देशन गरेको फिल्म 'उमा' को सुटिङ सकिएको छ । काठमाण्डौ र काभ्रेको खापोसी गाउँमा २८ दिन सुटिङ गरि आईतवार फिल्मको सुटिङ सकिएको हो । तर फिल्मको अफिसियल इण्डक्ल्याप भने दुई साता पश्चात गरिने निर्देशक शेर्पाले फिल्मीखबरलाई जानकारी गराए ।

 'अझै केहि मोन्टाज सट खिच्न बाँकी नै छ त्यो दुई साता पछि खिचिन्छ र अफिसियल इण्डक्ल्यापको घोषणा गरिनेछ', निर्देशक शेर्पाले भने, 'म दुई साताका लागि भारत जानु पर्ने भएकाले  ब्रेक गरिएको हो ।' सुटिङ दौरानमा कलाकारहरूले धेरै राम्रो काम गरेको निर्देशक शेर्पा बताउँछन् । उनी भन्छन्, 'कलाकारहरूले कल्पना गरेभन्दा राम्रो काम गर्नु भएको छ ।' यस्तै प्राबिधिकहरूबाट पनि राम्रो सहयोग मिलेकाले २८ दिनमा नै सुटिङ सकिएको उनले बताए ।
 शिर्ष भुमिकामा देखिएकी नायिका ऋचा शर्माले पनि छिरिङबाट धेरै कुरा सिकेको बताईन् । उनले भनिन्, 'यति धेरै काम त मैले अहिलेसम्म सिक्ने मौका पाएकी थिईन ।' दश बर्षे जनयुद्धको एक अंश अर्न्तगतको एउटा प्रहरी दाजु र माओवादी बहिनी बिचको द्धन्दात्मक कथामा आधारित रहेर निर्माण गरिएको यो फिल्ममा ऋचाले फिल्ममा माओवादी कमरेडको भुमिका निर्वाह गरेकी छिन् । यस्तै फिल्ममा सौगात मल्ल, दयाहाङ राई, प्रविण खतिवडा, मिथिला शर्मा, प्रमोद अग्रहरी, पुष्कर गुरुङ, प्रकाश घिमिरे, सुरेश चन्द पनि मुख्य भुमिकामा छन् ।

मिला प्रोडक्सनको ब्यानरमा निर्देशक स्वयंले निर्माण गरेको यो फिल्मलाई पुरूषोत्तम प्रधानले खिचेका हुन् । उनी यो फिल्मको सुटिङ सकेर सोमबार देखि सुटिङ शुरू भएको झोलेमा व्यस्त भईसकेका छन् । यस्तै फिल्ममा गोपाल योञ्जन र अभय एन्ड स्टिम ईन्जन्सको संगीत रहेको छ ।

माघ १२ गते रिलिज गर्ने योजनाका साथ पब्ल्सिटीको शुरूवात गर्दै फिल्म 'सि-माला' को अफिसियल प्रोमो रिलिज गरिएको छ । फिल्मको कथाबस्तु नखुलाईए पनि प्रोमोले फिल्म प्रेमकथामा आधारित रहेको संकेत गर्छ ।

मुस्ताङ र पोखरा छायाँकन गरिएको यो फिल्मलाई रूद्र गुरूङले निर्देशन गरेका हुन् । मनोज आरसी, दिप्ती गुरुङ, निर्भिक राई र रोश्नी कार्की मुख्य कलाकारको रुपमा रहेको यो फिल्ममा चर्चित गायक राजेश पायल राईको पनि अभिनय हेर्न सकिनेछ । गायक राईलाई फिल्ममा नेगेटिभ भुमिकामा देख्न सकिने निर्माण युनिटले बताएको छ । 'छोटो तर मिठो भुमिकामा उहाँ देखिंदै हुनुहुन्छ', निर्देशक गुरूङले भने ।


आरबीए फिल्मस मार्फत पहिलो पटक निर्माण भएको यो फिल्मको कथा राम बाबु गुरूङले लेखेका हुन् । फिल्ममा डेभिड चाउको छायाँकन, प्रकाश गुरूङ, बिभुषण बस्नेतको संगीत, निमेश श्रेष्ठ र राजेन्द्रको सम्पादन, बाबु श्रेष्ठको करियोग्राफी तथा श्रवण मुकारूङ र भुपाल राईको गीत रहेको छ ।
Next post →
Home

Video

Rashifal

POPULAR POST

Fans

Recommend on Google
Follow @YOU

Comedy

Serials

Music Video

Top 10 Posts

नरेनसँग रोमान्स गर्दै रेखा

प्रायः दैनिक जसो सुटिङ भइरहने किर्तिपुरस्थित चोभार डाँडामा हिजो शनिबार पनि छविराज प्रोडक्शन र रेखा फिल्मस् व्यानरको संयुक्त प्रस्तुती रहेको ...

Chhitiz paari By Ramji Khand and Tika Pun

Nepali Exchange Rate 18,September,2013

#     Currency     Unit     Selling in Nepalese Rupees (Rs) 1     U.S. Dollar     1 Dollar ($)     101.4 Rs 2     European Euro     1 Euro...

The Washington Post publishes about Budha's birth place Nepal

The Washington Post publishes about Budha's birth place nepal

Maya Ma by Anju Panta [Latest Nepali Song]

अरुत तेस्तै हो नेपाली हरुको झगडा चाही हेर्नु लाएक हुन्छ

<iframe wi dth="420" height="315" src="http://www.youtube.com/embed/098nt8c6Fr8" frameborder="0"...

रंगशाला निर्माणमा कलाकारको साथ

मकवानपुर जिल्ला हेटौडा नगरपालिका वडा नं ७ मा रहेको नागस्वती गाउँमा राष्ट्रिय स्तरकै रंगशाला बनाउन नेपाली कलाकारहरु जुटेका छन् । नेपालका च...

भारतीय जिटिभी बन्द नगरेकोले टेलिभिजन महासंघमा तोडफोड

भदौ ३१ भारतीय  टोलिभिजन जिटिभीको  प्रशारण बन्द  नगरेको  भन्दै  नेकपा माआबादीका कार्यकताद्धारा  काठमाडौको  अनामनगर  स्थित नेपाल केवल टेलिभिजन...

भट्टी पसलमा देह व्यापार गराउने गिरोह पक्राउ

भदौ ३१ ।   काठमाडौंको शान्तिनगर गेटभित्र जागृति टोलमा देखावटी भट्टी पसल खोलेर भित्रपट्टि किशोरीहरूलाई बन्धक बनाई देह व्यापार गर्ने गिरोहलाई ...

स्वास्थ्य परीक्षणमा लापरबाहीले खाडी मुलुकमा गएका ५ सय नेपाली कामदार फिर्ता

Helth News From Kathmandu Neplaकाठमाडौं - खाडी राष्ट्रहरुमा काम गर्न जाने नेपालीलाई स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य व्यवसायी महासंघ आवद...

Tag Cloud

Articile Article bgimage Bhutanese CATEGORY #1 Celebrities Diaspora Events Feature featured FINANCE Gossip Headlines Health Horoscope Interview Latest News Media Model Movie Review Music News Sex Sport Technology tito Saty tv show Various Videos Wonder World

Like Us


Post From The Past

  • September (122)
  • August (17)
  • July (6)
  • June (4)
  • May (6)
  • April (11)
  • March (8)
  • February (201)
  • January (40)
  • December (13)
  • November (6)
  • October (2)
  • November (3)

How is New Design of Sky Nepali News?

Template By Basnetg.com