• Contact
  • Typography
  • Pages
    • 404 page
    • Contact
    • Page with video
    • Page with image
    • Page with audio
    • Landing page
    • Fullwidth
  • Options Panel
  • Blog
  • Home
Sky Nepal Online News and Entertainment Site
  • Home
  • News
    • National
    • Prawas
    • World
    • Finance
  • Filmy
    • Bollywood
    • Hollywood
    • Kallywood
  • Sports
  • Entertainment
  • Tv Shows
    • Meri Bassai
    • Jire Khursani
    • Tito Satya
    • Jhai Kuti Jhai
  • Interviews
  • Other News
    • Sajha Sawal
    • Khabar Bhitra ko Khabar
    • Power News
    • Khoj Talas

Showing posts with label Headlines. Show all posts
संविधानसभाको चुनावको तिथि नजिकिँदै गइरहेको छ । विजय गच्छदारले गरेको आफैं प्रधानमन्त्री बन्ने दाबी बाहेक विगतका चुनावमा ‘भावी प्रधानमन्त्री’ र ‘प्रथम राष्ट्रपति’का अगि्रम उमेद्वारहरु घोषणा गर्ने कुनै पनि दलहरुले अहिलेसम्म ‘भावी प्रधानमन्त्री’ र ‘दोस्रो राष्ट्रपति’को नाम घोषणा गर्न सकेका छैनन् ।

चुनावमा जाँदा नीतिसँगै नेतृत्वको पनि घोषणा गर्दा जीत सुनिश्चित हुन्छ भन्ने विश्वासमा कांग्रेस, एमाले र एमाओवादी तिनै दलहरु रहेका छन् । विगतमा मनमोहन अधिकारीलाई ‘भावी प्रधानमन्त्री’ घोषणा गरेर चुनावमा जाँदा ०५१ सालमा सबैभन्दा ठूलो दल बनेको र ९ महिने सरकारमा जान पाएको एमालेसँग अनुभव छ भने कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्री भनेर चुनावमा जाँदा ०४८ मा बुहमत प्राप्त गरेको नेपाली कांग्रेससँग सुखद अनुभव छ । ०६४ को चुनावमा प्रचण्डलाई भावी राष्ट्रपतिका रुपमा उभ्याएको र ठूलो दल बनेको अनुभव एमाओवादीसँग छ ।

एमालेका प्रधानमन्त्री र राष्ट्रपति

नेकपा एमालेभित्र केपी ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा उभ्याएर मत माग्न जानुपर्छ भन्ने विचार ओलीपक्षका नेताहरुले व्यक्त गर्दै आएका छन् । युवासंघका अध्यक्ष महेश बस्नेतले अनलाइनखबरसँगको अन्तरवार्तामा केही समय अघि भनिसकेका छन् कि ‘भावी प्रधानमन्त्री केपी ओली’ भन्ने नाराका साथ नेकपा एमाले चुनावमा जानुपर्छ । तर, नेकपा एमालेभित्र अध्यक्ष झलनाथ खनाल बरियतामा माथि हुँदाहुँदै तत्कालै ओलीलाई भावी प्रधानमन्त्री भनेर चुनावमा गइहाल्ने स्थिति देखिन्न । चुनावपछि एमालेको महाधिवेशनले पार्टी अध्यक्ष फेर्ने सम्भावना भएकाले खनाललाई भावी प्रधानमन्त्री घोषणा गर्ने अवस्था पनि छैन । माधव नेपाल आफैं पनि पार्टी अध्यक्षको दाबेदार हुनुहुन्छ । त्रिपक्षीय नेताको समान कदका कारण आगामी चुनावमा एमालेले नयाँ ‘मनमोहन अधिकारी’ उभ्याउन समस्या छ ।

संविधानसभा चुनावमा हुन्छ भन्नोस् र हुन्न भन्नोस् भन्दै अत्यन्तै शालीन भूमिमारहनुएका एमाले नेता सुवास नेम्वाङको नामचाहिँ केहीले ‘भावी राष्ट्रपति’का रुपमा चर्चामा ल्याउने गरेका छन् । यद्यपि एमालेले आगामी चुनावमा भावी ‘राष्ट्रपति’ कसैलाई तोक्ने संकेत देखिन्न । राष्ट्रपति आकांक्षीहरु एमालेमा नेम्वाङ र माधव नेपालबाहेक अरु पनि हुन सक्छन् ।

कांग्रेसमा पनि उस्तै समस्या

नेपाली कांग्रेसका भावी प्रधानमन्त्री हुन्- सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल । महत्वाकांक्षाको हिसाबले त्यसपछिको दाबेदार हुन् सुजाता कोइराला पनि हुन् । बरियता र इतिहासको विरासतले हुने भए प्रकाशमान पनि त्यसपछिका प्रधानमन्त्री हुन् । तर, कांग्रेसमा पनि एमालेमा जस्तै त्रिशंकु नेताकोहानाथापका कारण भावी ‘प्रधानमन्त्री फलाना’ भनेर किटानीका साथ चुनावमा होमिने सम्भावना छैन । पार्टी सभापति र त्यागका हिसाबले प्रधानमन्त्री हुने अधिकार सुशील कोइरालामा छ । बरियता र अनुभवका आधारमा देउवा यसका लागि योग्य पात्र हुनुहुन्छ । १७ पटक चुनाव लडाइएका रामचन्द्र पौडेल न्यायका हिसाबले प्रधानमन्त्रीका उपयुक्त अंशियार हुनुहुन्छ ।

प्रचण्ड प्रधानमन्त्री कि राष्ट्रपति ?

अघिल्लो चुनावमा ‘भावी राष्ट्रपति’ बनाइनुभएका एमाओवादी अध्यक्ष परिवन्दले गर्दा प्रधानमन्त्री बन्नुभयो । ‘कार्यकारी अधिकारसहित’ को पद भएकाले प्रधानमन्त्री नै भए पनि खान प्रचण्ड तयार बन्नुभएको थियो । यसपालिको चुनावमा प्रचण्डलाई भावी प्रधानमन्त्री या भावी राष्ट्रपति केमा प्रस्ताव गरिने हो, एमाओवादीले प्रष्ट पारिसकेको छैन ।

भावी राष्ट्रपति र प्रधानमन्त्रीको चर्चा गर्दा एमाओवादीको सन्दर्भमा दुईवटा पक्षलाई स्मरण गर्नेपर्ने हुन्छ, जस्तो कि चुनावपछि बन्ने नयाँ संविधानमा कार्यकारी अधिकारसहितको राष्ट्रप्रतिको प्रावधान समेटियो भने प्रधानमन्त्रीमा भन्दा राष्ट्रपतिमा सबैको आकर्षण देखिने छ । प्रधानमन्त्री पदमै कार्यकारी अधिकार रहने गरी संसदीय प्रणालीले नै निरन्तरता पायो भने प्रधानमन्त्रीतर्फ नै सत्ताका भोगकर्ताहरुको आकर्षण रहने छ । यो स्थितिमा अहिल्यै प्रधानमन्त्री वा राष्ट्रपति भनेर ताकिहाल्ने अवस्था छैन ।

जतिखेर एमाओवादी नेता डा. बाबुराम भट्टराईले पेरिसडाँडमा स्वेच्छिक अवकाश लिने घोषणा गर्ने भयो, त्यसबेला धेरैले उहाँलाई ‘भावी राष्ट्रपति’ बन्न खोजेको शंकालु नजरले हेरे । तर, भावी राष्ट्रपति कार्यकारी अधिकारसहितको हुने गरी संविधान जारी भयो भने त्यो ठाउँमा बाबुराम नभई प्रचण्डकै दाबी रहने अनुमान लगाउन सकिन्छ ।

आखिर जे भए पनि एमाओवादीले भावी प्रधानमन्त्री फलाना वा भावी राट्रपति फलाना भनेर पूर्व घोषणा गरेर चुनावमा जाने/नजानेबारे अहिल्यै केही बताइहाल्न सकिने स्थिति देखिन्न । तर, मनोवैज्ञानिकरुपमा भावी कार्यकारी प्रमुख वा भावी सरकार प्रमुख प्रचण्ड भनेर किटानीका साथ चुनावमा जान एमाले र कांग्रेसलाई जस्तो अप्ठ्यारो एमाओवादीलाई देखिँदैन ।

विगतको माओवादी कमजोरी

विगतमा गिरिजालाई राष्ट्रपति नबनाएर गल्ती गरिएछ भन्ने प्रचण्डको सार्वजनिक अभिव्यक्ति आइसकेको छ । आफैंलाई राष्ट्रपतिका रुपमा घोषणापत्र र पोष्टरमा प्रचार गरिसकेपछि रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिको उमेद्वार बनाउन खोज्नु प्रचण्डको निकै ठूलो उदारता थियो । अघिल्लो संविधानसभामा सबैभन्दा ठूलो दल भइकन पनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र संवैधानिक समितिको सभापतिसमेत आफ्नो बनाउन नसक्नु एमाओवादीको निकै ठूलो कमजोरी थियो । अब हुने चुनावपछि को राष्ट्रपति हुने, को उपराष्ट्रपति हुने, को प्रधानमन्त्री हुने र को सभामुख हुने ? यसको हिसाव-किताब एमाओवादलिे पहिल्यै गर्ला या वितमा जस्तै उधारो कारोबार गर्दै दुई ठाउँमा चुनाव हारेको मान्छेलाई संवैधानिक समितिको सभापति पद किस्तीमा हालेर बुझाउला ? यो पनि हेर्न बाँकी छै ।

विगतले यतिचाँहि प्रष्ट पारिसकेको छ कि एमाओवादी ‘जिऊ भारी वुद्धि डाँडापारि’ भनेजस्तै पार्टी हो । यति त्यस्तो हुँदैनथ्यो भने निर्वाचन आयोग अगाडि नाम दर्ता गर्न विहान ५ बजेदेखि गेट ढुकेर बसेको पार्टी आज चौथो नम्बरमा, हलो चिन्हभन्दा पछाडि सूचीकृत हुने नै थिएन ।

आगामी मंसिरमा चुनाव भैहाल्यो भने कुन दलले भावी प्रधानमन्त्री कस्तो व्यक्तिलाई प्रस्ताव गर्छन् भन्ने कुराले पनि जनताको मनोविज्ञानमा प्रभाव पार्न सक्छ । आगामी चुनावपछि नेपालको प्रधानमन्त्री को बन्ला ? प्रचण्ड, झलनाथ, सुशील, गच्छदार या अन्य कोही ? अनि भावी राष्ट्रपति को बन्ला ? कि पाँच वर्ष कटेका, रामवरण यादवलाई नै निरन्ततरता दिइने छ ? प्रश्न निरुत्तरित छन् । यसअर्थमा निरुत्तरित छन् कि गिरिजाको निधनपछि ‘राजनेता’को अग्लो कद भएका नेताहरुको अभाव जनताले महसुस गरिरहेका छन् । राजनेता हुनलाई गिरिजासँग एउटै कागजमा सही गर्नुमात्र पर्याप्त हुँदैन ।

Kathmandu.भदौ १९ । सामाजिक व्यवहार सुधार ऐन, २०३३ अनुसार अख्तियार दूरुपयोग अनुसन्धान आयोगले निर्देशन जारी गर्दा हाल संचालनमा रहेका क्याटेरिङग, पार्टी प्यालेस तथा इभेन्ट व्यवस्थापन व्यवसाय धरासायी भएको सरोकारबाला व्यवसायीहरुले गुनासो गरेका छन् ।

उनीहरुले त्यस ऐन हालको अवस्थामा अव्यवहारीक भएको र आयोगले विभिन्न स्थानमा आयोजित कार्यक्रममा हस्तक्षेप गरेको प्रति गंभिर ध्यानाकर्षण भएको जनाएका छन् । इभेन्ट एण्ड भेन्यू एसोसियसन अफ नेपाल, ललितपुर रेन्टल, क्याटेरिङग एण्ड पार्टी प्यालेस संघ, भक्तपुर क्याटेरिङग एण्ड पार्टी प्यालेस संघ, होटल एशोसियसन महासंघ तथा रेवानद्धारा संयुक्तरुपमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनीहरुले ऐन अनुसारको निर्देशन खारेज हुनुपर्ने माग गरेका छन् ।
कार्यक्रममा इभेन्ट एण्ड भेन्यू एसोसियसनका अध्यक्ष श्रीमान सिंह श्रेष्ठले हजारौ व्यक्तिहरुलाई रोजगार दिएको तथा विभिन्न क्षेत्रको व्यापार प्रबद्र्धन गरिरहेको समयमा आयोगले जारी गरेको निर्देशनले त्रास सिर्जना गरेको बताए । उनले अहिलेको समयमा ५१ जनाभन्दा कम सहभागी मात्र गराएर कार्यक्रम गर्दा व्यवसाय नै धरासायी भएको गुनासो गरे ।
 व्यवसायीहरुले सामाजिक सुधारको त्यस ऐनमा संसोधन गरिनुपर्ने तथा आयोगको निर्देशन  अनुसारको हस्तक्षेप नरोकिए व्यवसायको साचो सरकारलाई बुझाउने चेतावनी दिएका छन् । व्यवसायीहरुले हालको अवस्थामा सामाजिक व्यवहारमा निकै परिवर्तन आएको भन्दै ३७ वर्ष पुरानो ऐन संसोधन नगरी कार्यान्वयन गर्न नसकिने बताएका छन् ।

कुनैपनि देशको सरकारले आफ्नो सेनालाई युद्धमा पोख्त बनाउनका लागि तालीम र विकाशका अवसर दिएर चुस्त तथा दहि्रलो बनाउँछ । तर इजरायलको प्रतिरक्षा मन्त्रालयले भने देशका सैनिकलाई यौनवर्धक औषधी भियग्रा खुवाउन निर्देशन दिएको छ ।
ससस्त्र बलका लडाकु सैनिकहरुको क्षमता बढाउन भन्दै प्रतिरक्षा मन्त्रालयले भियग्रा आपूर्ति गर्न निर्देशन दिएको बताइएको छ । प्रतिरक्षा मन्त्रालय अन्तरगतको चिकित्सा विभागले १ सय मिलि ग्रामका १२ सय ट्याब्लेट स्लाइडनाफिल सिट्रेट औषधि किन्नका लागि टेण्डर जारी गरेको छ । यो औषधि भियग्राको एक महत्वपूर्ण अंश हो ।समाचारका अनुसार युद्धभूमिका खटिएका सैनिकहरुमा आफ्नो जिवनको यौन दुर्वलताका कारण मनमा खिन्नताबोध नहोस् र उनीहरु आत्मविश्वासका साथ रणमैदानमा खटियून भनेर यस्तो उपाय अपनाइएको हो । खासगरी उत्तेजनाको समस्या रहेका सैनिकहरुलाई यो भियग्रा खुवाइनेछ ।परतिरक्षा मन्त्रालयले पछिल्लोपटक सेनाका लागि खरीद गर्न भन्दै १०५ वटा वस्तुको सूचि सहित बोलपत्र आह्वान गरेकोमा त्यसमध्ये एक यो यौनवर्धक चिज भएपछि धेरै आश्चर्यमा परेका छन् ।

१९ भदौ, जनकपुर । धनुषा क्षेत्र नम्बर ५ को उम्मेदवारका लागि आफ्नो नाम सिफारिस नभएपछि राष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवले समर्थकसहित जनकपुरमा सडकमै उत्रिएर विरोध प्रदर्शन गर्नुभएको छ । डा. चन्द्रमोहन बुधबार आफ्ना समर्थकलाई दिएर नाराबाजीसहित कांग्रेस धनुषाको कार्यालयमा पुग्नुभएको हो ।

डा. चन्द्रमोहनका समर्थकहरुले कांग्रेस धनुषाका सभापति रामसरोज यादव र प्रत्यक्षको उम्मेदवारमा सिफारिसमा पर्नुभएका पूर्वसभासद महेन्द्र यादवविरुद्ध नाराबाजी गरेका छन् । अघिल्लो उपनिर्वाचनमा पिताको निर्वाचन क्षेत्रमा एमालेका रघुवीर महासेठसँग पराजीत हुनुभएका डा. यादव सभासद बन्ने धोको पूरा नहुने देखेपछि आन्दोलनमा उत्रिनुभएको हो । सभासद हुनकै लागि उहाँले ०६५ सालमा वीर अस्पतालको रेडियोजिष्टबाट राजीनामा दिइसक्नुभएको छ ।

नेपाली कांग्रेसको क्षेत्रीय समितिले महेन्द्रसँगै कुमरकान्त झा र क्षेत्रीय सभापति योगेन्द्र पंजियारको नाम मंगलबार सिफारिस गरेको थियो । प्रत्यक्ष र समानुपातिक दुबैतर्फ आफ्नो नाम सिफारिस नभएछि चन्द्रमोहन र रामइश्वर यादवले समितिको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेख्नु भएको थियो ।

क्षेत्रीय समितिले पठाएको नामलाई अन्तिम रुप दिएर केन्द्रमा पठाउन बुधबार बोलाइएको जिल्ला कार्यसमितिको बैठक भने स्थगित भएको छ । सबै क्षेत्रीय समितिले नाम नपठाएकाले बैठक स्थगित भएको कांग्रेस धनुषाका सचिव कोमलकान्त झाले जानकारी दिनुभयो ।

१९ भदौ, काठमाण्डौ । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नाम नेपाली काँग्रेसबाट आगामि संविधानसभाको समानुपातिक तर्फको सभासदका लागि सिफारिस गरिएको छ । उहाँको नाम नेपाली काँग्रेस धादिङ क्षेत्र नम्बर-२ को तर्फबाट सिफारिस गरिएको हो । दुई दिनसम्म बसेको क्षेत्रीय समितिको बैठकले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा छवि बनाएको र धादिङ जिल्लाको विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँको नाम सिफारिस गरेको हो |

क्षेत्रीय सभापति विनोद तिम्सिनाले पार्टीले विभिन्न तह र तप्कामा रहेर पार्टी र मुलुककालागि सकारात्मक भूमिका खेलेका ब्यक्तित्वहरुलाई समानुपातिक सूचिमा राख्ने नीति बनाए अनुसार पत्रकारिताको क्षेत्रबाट मुलुक,जनता र लोकतन्त्रको पक्षमा निरन्तर रिपोर्टर्स क्लब नेपालमार्फत खेलेको भूमिकालाई सम्मान गर्दै धमलाको नाम सिफारिस गरिएको जानकारी दिनुभयो । धमलासँगै सोही क्षेत्रबाट चिजकुमार श्रेष्ठ, गोपाल विक, अम्बिका अधिकारी र उर्मिला थपलियाको नाम पनि समानुपातिकतर्फ सिफारिस गरिएको छ ।

त्यसैगरी क्षेत्र नम्बर दुई काँग्रेसले प्रत्यक्ष तर्फबाट पार्टी सभापति रामनाथ अधिकारी, भीमप्रसाद ढुङगाना, रमेश धमला, डा राजाराम कार्की, शिवराज अधिकारी, नन्दप्रसाद रिजाल, रामकृष्ण अधिकारी,बद्री अर्याल र गेहेन्द्र मल्लको नाम सिफारिस गरेकेा छ ।

२९ माघ, काठमाण्डौं । सर्वोच्च शिखर सगरमाथादेखि समुन्द्री सतह (समिट टु सि) सम्म प्याराग्लाईडिङमा उडेर कीर्तिमान राखेका पाइलट सानोबाबु सुनुवार अफ्रिकी महादेशको सवैभन्दा अग्लो चुली किलिमन्जरोको उडानमा पनि कीर्तिमान राख्न सफल भएका छन् ।
चारदिन अघि प्याराग्लाईडिङमा उडेर सुनुवार अधिकारिक रुपमा किलिमन्जरोबाट प्याराग्लाईडिङमा उड्न पहिलो व्यक्ति बनेको खबर नागरिक दैनिकले छापेको छ । किलिमन्जरोको चुचुरोनजिकै तीन रात बिताएपछि उडान गर्न सफल भएको उनले बताए ।
एक घन्टा ४५ मिनेटको उडानपछि समुन्द्री सतहदेखि करिब ४ सय मिटर उचाईको समथर मैदानमा अवतरण गरेको उनले सुनाए ।
‘यो एक्सपिडिसनमा सयौं विदेशी पाइलटहरुलाई पछि पार्दै म एक्लै उडान गर्न सफल भएँ,’ तान्जानियाबाट उनले भने, ‘मैले मेरो मात्र नभएर नेपालकै नाउँ राख्न सफल भएकोमा खुसी छु ।’ चिसो हावा र मौसम विग्रेको भन्दै अन्य पाइलटले बीचमै यात्रा छाडे पनि साहसका साथ अघि बढ्दा आफु सफल भएको उनको भनाई छ ।

२८ माघ, क्वालालम्पुर । मासिक करिव २५ हजार कमाउने सपना बोकेर एक लाख रुपैयाँभन्दा बढि लगानी गरी मलेसिया पुगेका करिव १ हजार नेपाली अलपत्र परेका छन् ।
शाहआलम सेक्सन-७ मा रहेको फलास्टोनिक कम्पनीमा कार्यरत करिव १ हजार १ सय २६ जना नेपाली अलपत्र परेका हुन् । काम नभएर कम्पनी बन्द हुने अवस्थामा पुगेपछि नेपाली कामदार खर्चबिहीन र कामबिहीन भएर बसिरहेका छन् ।
कम्पनीले हाल नेपाली श्रमिकहरुलाई चेरासको तामान लेल्सेनस्थित होष्टलमा राखिएको नेपाली श्रमिकहरुले बताएका छन ।
बिचल्लीमा परेका नेपाली श्रमिकहरुले गत बिहीवार नेपाली राजदूतावास पुगेर उद्दारका लागि निबेदन दिएका छन् । उनीहरुले कम्पनी बन्द भएपछि धेरैजसो नेपालीश्रमिकहरु नेपाल र्फकन चाहेको पिडीतमध्येका एक कृष्णप्रसाद पौडेलले वताए ।
नेपालका करिव एक दर्जन मेनपावरबाट उनीहरु मलेसिया आएका हुन । सुरुको तीन महिना कम्पनी राम्रै चलेको भएपनि त्यसपछि कम्पनी पूर्णरुपमा बन्द छ । कतिपय मेनपावरहरुले अन्य कम्पनीमा ल्याएका श्रमिकलाई पनि सोही कम्पनीमा कन्ट्रयाकमा राखेको कारण समस्या देखिएको छ । आएको दुई महिना बितिसक्दा पनि सयौं नेपाली श्रमिकले अझै भिषा नपाएको पिडीतहरुले बताएका छन् ।
कतिपय मेनपावरले भने नेपालीहरुलाई नेपाल फर्काउने काम समेत शुरु गरिसकेका वताईएको छ । बाँकीलाई कहिले र कसरी पठाउने हो भन्ने जानकारी नदिएको श्रमिकहरुले वताउँदै आएका छन । करीव चार सय नेपाली भने अन्य कम्पनीमा कन्ट्रयाक्टमा वस्ने भएको वुझिएको छ । कम्पनीमा मोवाईलका पाटपुर्जा, लेन्स र इलेट्रोनिक सामाग्रीहरु उत्पादन हुने गर्दछ ।
डिजिटल फर्निचर कम्पनीका श्रमिक आन्दोलित
मुहारमा रहेको डिजिटल फर्निचर कम्पनीमा कार्यरत श्रमिकहरु शुक्रवार कामकाज रोकि आन्दोलनमा उत्रिएका छन । मलेसियामा वेसिक सेलरी वढेको अवस्थामा पनि आफुहरुले काम गर्ने कम्पनीमा नवढेको भन्दै कामकाज रोकेको नेपाली श्रमिकहरुले वताएका छन । ‘नजिकका सवै कम्पनीहरुले नयाँ वेसिक तलव दिएको छ, हामीलाई भने दिएन त्यसैले काम रोकेका हौँ’ एक नेपाली श्रमिक भवानि किशोर शर्माले टेलिफोनमा अनलाइनखवरसँग भने । कम्पनीले भने आउँदो तीन महिनापछि सरकारी पत्र आएपछि मात्र दिने कुरा गरेको शर्माले बताए ।
हाल उक्त कम्पनीमा करीव साढे तीनसय नेपालीसहित भियतनामि र वंगलादेशि श्रमिकहरु कार्यरत छन ।

२३ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले पार्टीभित्र आफू स्टालिनजस्तै बनेको स्वीकार्नुभएको छ । साथै उहाँले अब अलिकति पनि ‘मिस’ गर्ने हो भने आफूहरु धरासायी हुने र एमालेजस्तो भएर पनि सुख नपाउने बताउनुभएको छ ।
‘हामी सबैमा स्टालिनको कमजोरी छ । अहिले ममा पनि रहेछ भन्ने महसुस हुन थालेको छ । एकमनावादी, अर्को विचार भएकोलाई अलि अर्कैजस्तो ठानिहाल्ने स्वभाव ।’- हेटौडामा जारी महाधिवेशनमा प्रतिनिधिहरुको हात-हातमा थमाइएको पार्टीको मुखपत्र ‘माओवादी’मा प्रचण्डले भन्नुभएको छ-’हामी गुटबन्दी किन गरिहाल्छौं त ?त्यसो भैहाल्दावित्तिकै हामी ठूला ठूला संगीन आरोप किन लगाइहाल्छौं त ?’
‘सर्वहारा वर्गको पार्टी हजारौं, लाखौं विवेकको केन्द्रीकरण गरेर सामुहिकरुपले शक्ति बनाउने भनेको त गुटबन्दी र षड्यन्त्रको मेसिनजस्तो पो हुने खतरा पो भयो ।’ प्रचण्डको भनाइ छ-’अब हामीले संगठनमा भिन्न मत वा विचार आयो भने बोलचाल नगर्ने, छलफल नगर्ने, वा बहस नगर्ने पुरानो संस्कार छोड्ने प्रतिवद्धता गर्नुपर्छ ।’
सबैको अध्यक्ष हुन पाउनुपर्यो
मुखपत्रमा प्रचण्डले आफूलाई पार्टीभित्र सबैको अध्यक्ष हुन नदिइएको गुनासोसमत उजागर गर्नुभएको छ । ‘म अहिले अध्यक्षको भूमिकामा छु भने मैले सबैको अध्यक्ष हुन पाउनुपर्यो नि ।सबैको जस्तो नभएर कोहीको जस्तो भएँ भने त सही भएन ।’ प्रचण्डले भन्नुभएको छ-’मलाई सबैको बन्न नदिने पनि सही भएन । क. बाबुराम, क. प्रकाश, क. पोष्टबहादुर बोगटी र अर सिनियर कामरेडहरुले पनि सबैको हुन किन नपाउने ? विचार लाइन र कार्यक्रम एउटै भैसकेपछि फेरि प्रचण्डको मान्छे, बाबुराम नजिकको मान्छे भन्न थालियो भने यो त पक्कै पनि रोग हो ।’
हामीलाई घेर्दैछन्, एमालेजस्तो भए पनि सुख छैन
महाधिवेशन अघिको केन्द्रीय महाधिवेशन आयोजक समितिको वैठकमा प्रस्तुत मन्तव्यमा आधारित प्रचण्डको लेखमा आफूहरुलाई एक्ल्याएर सखाप पार्न लागिएको भन्दै यसलाई गम्भीरतापूर्वक नलिइए पार्टी पनि सिद्धिने र आफूहरु पनि सिद्धिने विश्लेषण गर्नुभएको छ । ‘हामीलाई एक्ल्याएर सखाप पार्ने एउटा डिजाइन अनुसार सबै भैरहेको छ । हामीले यस्तै यस्तै भएर रहन पाइन्छ भन्ने ठान्यौं भने हामीले क्रान्ति र पार्टीलाई त बर्बाद पार्छौं नै, हामी सबै बर्बाद हुन्छौं ।’
प्रचण्डले भन्नुभएको छ- ‘अल्छि गरेर बस्ने स्थिति छैन । हामीले यो पार्टीलाई एकतावद्ध गर्न सकेनौं भने, हामी अर्को ढंगले जनतासँग जोडिन सकेनौं भने हामीलाई सिध्याउँछन् । हामी कि एमाले हुनुपर्यो । तर हामीलाई एमालेजस्तो भएर पनि सुख छैन । हाम्रा अगाडि दुईवटा मात्रै विकल्प छन् : फेरि जोखिम उठाएर जाने वा खत्तम हुने ?’  उहाँको भनाइ छ- ‘हामी सबैका लागि उत्कर्षको समय आएको छ, घटनाक्रम सामान्य छैन । हामीले अब अलिकति पनि ‘मिस’ गर्न थाल्यौं भने नराम्रोसँग धरासायी हुने खतरा छ ।’
स्टालिनजस्तो हुँदा प्रचण्डले केके गरे ?
स्टालिनले आफूसँग फरक मत राख्ने केन्द्रीय सदस्यहरुलाई मृत्युदण्ड दिएका थिए । केही केन्द्रीय सदस्यले विदेश भागेर ज्यान जोगाएका थिए । बरिष्ठ नेता ट्राटस्कीलाई विदेशमै हत्या गरिएको थियो । स्टालिनले जस्तै प्रचण्डले पनि पार्टीभित्र फरक मत राख्नेलाई विभिन्न तरिकाले सिध्याउँदै आउनुभएको थियो ।
जनयुद्ध शुरुभएको केही महिनामै आफ्ना प्रतिश्पर्धी ठानिएका रामबहादुर थापा बादललाई लिनप्याओवादी बनेको र प्रचण्डको ‘गादी’ हत्याउन खोजेको आरोप लगाई कारवाही गर्नुभयो, यो कारवाही गल्ती थियो भनेर प्रचण्डले स्वीकारिसक्नुभएको छ । त्यस्तै प्रचण्डका अर्का उत्तराधिकारी यानप्रसाद गौतम -आलोक)को समूहले रामेछापमा क्षेत्रीय ब्यूरो सदस्य रमेश ढुंगेललाई फरक विचार राखेकै आधारमा स्टालीनले जस्तै मृत्युदण्ड दिएको थियो । आफ्नै कार्यकर्ता रमेशलाई गोली ठोकेर जमीनमा गाड्ने व्यक्ति समेत अहिले हेटौडाको महाधिवेशनमा सहभागी छन् । पछि गल्ती एकजना व्यक्तितिर सार्दै ‘आलोक प्रवृत्ति’ नामाकरणसहित आलोकलाई गिरफ्तार गरेर सिध्याइयो । त्यसपछि मणि थापा र रवीन्द्र श्रेष्ठलाई महा आलोकको आरोप लगाइयो ।
पार्टीमा केही अन्तरविरोध बढेकै आधारमा डा. बाबुराम भट्टराई, हिसिला यमी र दीनानाथ शर्मालाई पार्टीबाट निस्कासन गरी आन्तरिक हिरासतमा राखिएको थियो । पटना काण्डको आरोपमा देबेन्द्र पौडेल सुनीललाई चरम यातनासमेत दिइएको थियो । प्रचण्डले यसरी आफूसँग असहमत हुने वा मत बझाउनेजति सबैलाई भौतिकरुपमै सिध्याउने नीति लिँदै आउनुभएको थियो । शायद यही कुरालाई महसुस गरेर उहाँले आफू स्टालीनजस्तो बनेको स्वीकार गर्नुभएको हो ।
प्रचण्डले आफू स्टालिनजस्तो बनेको कोठाभित्र स्वीकार गरे पनि महासधिवेशनमा प्रस्तुत राजनीतिक दस्तावेजमा बाबुराम भट्टराईमाथि गरिएको कारवाहीबारे कतै पनि आत्मालोचना गरिएको छैन । महाधिवशेनमा सहभागी केही प्रतिनिधिहरुले बाबुराम समूहमाथि विगतमा गरिएको कारवाहीबारे समीक्षा गरिनुपर्ने माग गरेका छन् ।

२१ माघ, विराटनगर । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले श्रमिकले आफ्नो श्रम गरेबापत स्वास्थ्य, शिक्षा तथा आयआर्जनको उचित व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।
मोरङको टंकीसिनवारीमा रहेको श्रमिक बचत तथा ऋण सहकारी संस्थाको उद्घाटन गर्दै नेता देउवाले मजदुरको हकअधिकारका लागि लड्ने सङ्घ-सङ्गठनले मजदुरको हकअधिकारका साथै उद्योगलाई फस्टाउन पनि सहयोग गर्नुपर्ने बताउनुभयो । मजदुरको आर्थिकस्तर वृद्धि गर्न युनियन सक्रिय हुनेपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा काँग्रेसका अर्का नेता मीनेन्द्र रिजालले नेपाली काँग्रेस सदैव आफ्नो आन्दोलनमा मजदुरको सहकार्य भएकाले उनीहरुको हितका लागि सदैव आवाज उठाइरहने दाबी गर्नुभयो ।
मोरङको ७ नं क्षेत्रमा रहेको उक्त सहकारीले पाँच गाविसमा आफ्ना कार्य सञ्चालन गर्ने जनाएको छ ।
Next post →
Home

Video

Rashifal

POPULAR POST

Fans

Recommend on Google
Follow @YOU

Comedy

Serials

Music Video

Top 10 Posts

नरेनसँग रोमान्स गर्दै रेखा

प्रायः दैनिक जसो सुटिङ भइरहने किर्तिपुरस्थित चोभार डाँडामा हिजो शनिबार पनि छविराज प्रोडक्शन र रेखा फिल्मस् व्यानरको संयुक्त प्रस्तुती रहेको ...

Chhitiz paari By Ramji Khand and Tika Pun

Nepali Exchange Rate 18,September,2013

#     Currency     Unit     Selling in Nepalese Rupees (Rs) 1     U.S. Dollar     1 Dollar ($)     101.4 Rs 2     European Euro     1 Euro...

The Washington Post publishes about Budha's birth place Nepal

The Washington Post publishes about Budha's birth place nepal

Maya Ma by Anju Panta [Latest Nepali Song]

अरुत तेस्तै हो नेपाली हरुको झगडा चाही हेर्नु लाएक हुन्छ

<iframe wi dth="420" height="315" src="http://www.youtube.com/embed/098nt8c6Fr8" frameborder="0"...

रंगशाला निर्माणमा कलाकारको साथ

मकवानपुर जिल्ला हेटौडा नगरपालिका वडा नं ७ मा रहेको नागस्वती गाउँमा राष्ट्रिय स्तरकै रंगशाला बनाउन नेपाली कलाकारहरु जुटेका छन् । नेपालका च...

भारतीय जिटिभी बन्द नगरेकोले टेलिभिजन महासंघमा तोडफोड

भदौ ३१ भारतीय  टोलिभिजन जिटिभीको  प्रशारण बन्द  नगरेको  भन्दै  नेकपा माआबादीका कार्यकताद्धारा  काठमाडौको  अनामनगर  स्थित नेपाल केवल टेलिभिजन...

भट्टी पसलमा देह व्यापार गराउने गिरोह पक्राउ

भदौ ३१ ।   काठमाडौंको शान्तिनगर गेटभित्र जागृति टोलमा देखावटी भट्टी पसल खोलेर भित्रपट्टि किशोरीहरूलाई बन्धक बनाई देह व्यापार गर्ने गिरोहलाई ...

स्वास्थ्य परीक्षणमा लापरबाहीले खाडी मुलुकमा गएका ५ सय नेपाली कामदार फिर्ता

Helth News From Kathmandu Neplaकाठमाडौं - खाडी राष्ट्रहरुमा काम गर्न जाने नेपालीलाई स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य व्यवसायी महासंघ आवद...

Tag Cloud

Articile Article bgimage Bhutanese CATEGORY #1 Celebrities Diaspora Events Feature featured FINANCE Gossip Headlines Health Horoscope Interview Latest News Media Model Movie Review Music News Sex Sport Technology tito Saty tv show Various Videos Wonder World

Like Us

Post From The Past

  • September (122)
  • August (17)
  • July (6)
  • June (4)
  • May (6)
  • April (11)
  • March (8)
  • February (201)
  • January (40)
  • December (13)
  • November (6)
  • October (2)
  • November (3)

How is New Design of Sky Nepali News?

Template By Basnetg.com