• Contact
  • Typography
  • Pages
    • 404 page
    • Contact
    • Page with video
    • Page with image
    • Page with audio
    • Landing page
    • Fullwidth
  • Options Panel
  • Blog
  • Home
Sky Nepal Online News and Entertainment Site
  • Home
  • News
    • National
    • Prawas
    • World
    • Finance
  • Filmy
    • Bollywood
    • Hollywood
    • Kallywood
  • Sports
  • Entertainment
  • Tv Shows
    • Meri Bassai
    • Jire Khursani
    • Tito Satya
    • Jhai Kuti Jhai
  • Interviews
  • Other News
    • Sajha Sawal
    • Khabar Bhitra ko Khabar
    • Power News
    • Khoj Talas

Showing posts with label Gossip. Show all posts
नेपाली राष्ट्रिय फुटबल टिमले साफ च्याम्पियनसिपको तयारीमा तीन साता लामो बहराइन र कुवेत भ्रमणबाट फर्केपछि सेनाको भद्रकालीस्थित जंगी अड्डाको मैदानमा सोमबार प्रशिक्षण सुरु गरेको छ । गत वर्ष पुसको मध्यमा त्रिभुवन विमानस्थल ओर्लंदै अमेरिकी प्रशिक्षक ज्याक स्टेफनोस्कीले नेपाललाई दक्षिण एसियाकै नम्बर एक बनाउने योजना सुनाएका थिए । नेपाल साँच्चिकै साफ च्याम्पियन बन्ला ? गल्फ क्षेत्रमा गरेको तयारी र नेपालको सम्भावनाबारे स्टेफनोस्कीसँग गरिएको कुराकानी :

साफको तयारीमा तीन साता गल्फ यात्रा कस्तो रह्यो ?

त्यहाँको तयारी धेरै राम्रो भयो । अभ्यासका केही खेलमा धेरै राम्रो गर्‍यौं । त्यसैले पछिल्ला २१ दिन टिमले गरेको तयारीमा धेरै खुसी छौं ।

गल्फको अभ्यासपछि टिममा के परिवर्तन आएको छ ?

परिवर्तनका निम्ति निरन्तर लामो समय काम गर्नुपर्छ । यस्तो अवसरबारे मैले अगाडि नै विचार गरिसकेको थिएँ । त्यसैले केही दिनयता प्रगति गरेका छौं । त्यो परिवर्तन राम्रो र हेर्नलायक छ ।

साफ च्याम्पियनसिपका लागि तयार भइसकेको अवस्था हो ?

हो, केटाहरू (खेलाडी) ले सहज महसुस गरेका छन् । हामीले पनि । र, तयारी लगभग पूरा भइसकेको छ । अब हाम्रो ध्यान प्रतियोगितामै केन्दि्रत भएको छ ।

नेपालको बलियो पक्ष के हो ?

हामीले एक टिमका रूपमा अभ्यासमा राम्रो खेल्यौं । यो नै राम्रो पक्ष हो । टिममा एकदमै राम्रो एकता छ । यो सबैभन्दा बलियो पक्ष हो ।

गल्फ यात्रामा भिन्न के सिक्ने मौका मिल्यो ?

सबैभन्दा महत्त्वपूर्ण विषय सही समयमा अहिले टिमले राम्रो खेलिरहेको छ । रक्षात्मक, आक्रामकसहित सबै क्षेत्रमा टिमले उच्चस्तरको खेल पस्किरहेको छ ।

नेपालले खेलेका ५ अभ्यास खेलमा प्रतिद्वन्द्वी कस्ता थिए ?

प्रतिद्वन्द्वीहरू राम्रा थिए । चुनौतीपूर्ण पनि । बहराइन यू-२३ र इस्ट रिफा -बहराइनी क्लब) बलिया थिए । प्रत्येक खेलमा हामीले प्रभाव जमाएका थियौं ।

घरेलु दर्शक र मैदानमा खेल्न कत्तिको दबाब पर्ला ?

कुनै दबाब छैन । किनभने सही समयमा अहिले खेलाडीले राम्रो खेलिरहेका छन् । उस्तै प्रदर्शन साफमा पनि गर्छन् भन्ने मैले आस गरेको छु ।

नेपालकै समूहमा डिफेन्डिङ च्याम्पियन भारत, सन् २००३ को विजेता बंगलादेश र पाकिस्तान छन् । उनीहरूबारे कस्तो मूल्यांकन गरिएको छ ?

सबै प्रतिद्वन्द्वी धेरै राम्रा छन् । सबै खेल प्रतिस्पर्धात्मक हुनेछन् । मैले टिम सम्हालेयता पाकिस्तान र बंगलादेशविरुद्ध खेलिसकेका छौं । त्यसैले उनीहरूबारे राम्रो ज्ञान छ । भारत च्याम्पियन भइसकेको टिम हो ।

नेपाली टिमको घोषणा कहिले हुन्छ ?

अहिले २५ खेलाडी छन् । अन्तिम सूचीमा २० खेलाडीसहितको टिम बुधबार घोषणा हुनेछ ।

सबै खेलाडी स्वस्थ छन् ?

दुई खेलाडी (जगजित श्रेष्ठ र रविन श्रेष्ठ) घाइते छन् । तर, उनीहरूको समस्या सामन्य हो । उनीहरूलाई पूर्णरूपमा स्वस्थ हुन धेरै समय लाग्दैन ।

अन्तर्राष्ट्रिय खेलमा गोल गर्न नसक्ने नेपालको परम्परागत कमजोरी कसरी हट्ला ?

हामी गोल गर्न सक्छौं भन्ने तीन सातायता प्रमाणित गर्‍यौं ।

साफमा त्यसले निरन्तरता पाउँछ भन्ने आस छ ।

नेपालको साफ च्याम्पियन बन्ने सपना साकार होला ?

हुन्छ, हामीले उपाधि जित्ने सम्भावना छ । तयारीको पहिलो दिनदेखि नै हामी उपाधि जित्नेमा केन्दि्रत छौं । पछिल्ला तीन साताको राम्रो अनुभवले पनि च्याम्पियन बन्नेमा विश्वस्त बनाएको छ ।

नेपाललाई यथार्थमै च्याम्पियन हुने मौका छ ?

छ, हामी साफमा पहिलो हुन सक्छौं । हाम्रो निशाना पनि त्यही (च्याम्पियन बन्ने) हो ।
चितवन भरतपुरको एक शिव मन्दिर स्थित शिवलिंगमा पुजाआजा गर्दै यहाँका युवतीहरु । प्राय युवतीहरु असल श्रीमानको कामना गर्दछन् ।
सपना / फल
●आकाशमा मास्तिर उड्नु टाढा-टाढाको यात्रा गरिन्छ, जसले लाभ हुन्छ ।
●आकाशमा उड्नु लाभ हुन्छ ।
●आकाशबाट झर्नु समाजमा बेइज्जती हुन्छ ।
●आकाश देख्नु प्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ ।
●आकाशमा बादल देख्नु सरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ ।
●पानी पर्नु बिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो ।
●पानी एकै ठाउँ परिरहनु परमात्माको कृपाले अन्न सस्तो हुने सूचना हो ।
●बिजुलीका साथ पानी परेको देख्नु बिरामी भए निको होइन्छ, ऋण भए फच्चे हुन्छ ।
●जमीनसम्म देख्नु दौलत मिल्छ ।
●जमीनमा जोतेको, छरेको, रोपेको देख्नु संसारका हरेक काम पूरा हुन्छ । जीवन आरामले बित्छ ।
●आकाशका धूलो वा आँधी देख्नु त्यस देशमा लडाइँ वा तूफान हुने सूचना हो ।
●बिजुली देख्नु मालदार हुइन्छ ।
●जमीनमा मिल्नु वरवाद होइन्छ, फरेबमा फसिन्छ ।
●जङ्गलमा हिँड्नु धार्मिक उन्नति गर्छ, आफ्नु धर्ममा जीवनभर रहन्छ ।
●जङ्गलमा खानु पिउनु धेरै धन मिल्छ या धन प्राप्त गर्न परिश्रम गर्छ ।
●माटो खानु धेरै धन मिल्छ, अथवा बेइज्जत हुन्छ ।
●माटोमा हिँड्नु धनी होइन्छ ।
●ईनार खन्नु आम्दानीको वृद्धि हुन्छ या व्यापारबाट लाभ हुन्छ, दुनियाँले तिमीबाट लाभ पाउँछ ।
●इनारबाट सिँचाइ गर्नु आफ्नु धनबाट केही परमात्माको काममा पर र्सार्छ, दीन-दुःखीलाई मद्दत गर्छ ।
●इनारबाट पानी निकालेर कुनै रुखमा हाल्नु दीन वा दुःखीहरुको सेवा गर्छ ।
●इनारबाट पानी पियाउनु साधु वा महात्माको सेवा गर्छ ।
●इनारबाट पानी निकाल्नु आम्दानीमा वृद्धि हुन्छ ।
●इनारमा झर्नु मुसीबतमा फसिन्छ, शोक वा सन्तापमा परिन्छ ।
●इनारबाट निस्कनु जिन्दगी आसानीसँग बित्छ या हरेक ठाउँमा सफलता प्राप्त हुन्छ ।
●पानीमा हिँड्नु कुनै राजालाई प्रशन्न पार्छ, अन्धाधुन्ध उन्नति गर्छ ।
●खोलामा बाढी देख्नु रीस या मुसीबतको सूचना हो ।
●नदीमा अँध्यारो देख्नु परेशान हुइन्छ, पागल बनिन्छ, शोक पर्छ ।
●सोतो तर्नु मरण नजीकिएको निशानी हो । नदी या कुलोमा नुहाउनु कुनै खुसीको कुरो हुन्छ, बिरामी निको हुन्छ, पाप कर्म छोडिदिन्छ ।
●भुसमा भासिनु मुसीवत या शोकमा फस्नुपर्ने सूचना हो ।
●कुलाको फोहोर पानी पिउनु कुनै रोगमा फस्ने सूचना हो ।
●कुलोलाई अर्कातिर बगाउनु शोक वा मुसीबत हटेर खुसी हुइन्छ ।
●हौज देख्नु कुशल जीवन व्यतीत हुन्छ वा नोकरी वा व्यवसायमा लाभ हुन्छ ।
●नाउ देख्नु शोक वा दुःखबाट छुट्छ । राजाको आज्ञाको दण्डबाट छुट्छ ।
●नाउमा चढेको देख्नु राजाज्ञाको अपराधमा गिरफ्तार हुन्छ, थोरै दिनपछि छुट्छ ।
●नाउबाट सुखा भुइँमा उत्रनु दुश्मन विजय प्राप्त हुन्छ, अगाध दौलत मिल्छ ।
●नाउलाई सुखा मैदानमा देख्नु मुसीबत आउँछ, भारी शोकमा प्राप्त हुइन्छ ।
●जमीनमा केही बनाउनु असल दिलको हुइन्छ ।
●ताराको चमक देख्नु राजाको कृपाले लाभ हुन्छ, परिवार बढ्छ ।
●तारा समूहलाई अति चम्किलो देख्नु देश धनी हुन्छ, देशको शासनव्यवस्था राम्रो हुन्छ; संसारमा त्यो देशको प्रतिष्ठा बढ्छ ।
● तारा निल्नु चोरी गर्छ र तकलीफमा फस्छ ।
●तारालाई हातमा लिनु गुणवान् छोरी जन्मिन्छे या कसैबाट लाभ हुन्छ ।
●नाउसहित आफूलाई डुबेको देख्नु राजाज्ञाको अपराधमा गिरफ्तार भएर कैद हुइन्छ ।
●पहाड देख्नु शत्रुमाथि विजय प्राप्त हुन्छ ।
●पहाडमा हिँड्नु इज्जत मिल्छ, धेरै धन पाइन्छ ।
●पहाडको मालिक हुनु कुन ठूलो व्यक्तिको मालिक हुइन्छ या आफ्नु शत्रुलाई परास्त गरेर वशमा बसाइन्छ ।
●पहाडमा लडेको देख्नु कसैलाई हैरान पार्छ या कुनै दुष्टलाई नाश गर्छ ।
●पहाडमा बाटो हिँडिरहेको देख्नु धैर्यवान् वा साहसी हुइन्छ ।
●पहाडमा प्वाल पार्नु कसैसँग जालसाँजो गरिन्छ ।
●पहाडमा चढ्नु अगाध उन्नति हुन्छ । दौलत हात लाग्ने निशानी हो ।
●फूल देख्नु प्रेमी/प्रेमिका मिलन
●पान खानु स्त्री प्रसङ्ग (यौनसम्बन्ध) हुने
●पिँजडा देख्नु जेल-नेल पर्ने ।
●हरियो वन देख्नु शुभ समाचार मिल्ने ।
●सुख्खा वन देख्नु चिन्ता हुने ।
●चन्द्रमा प्रतिष्ठा मिल्ने ।
●ग्रहण आपत पर्ने ।
●खाना बनाउनु सन्तान बिरामी हुने ।
●सुन पाउनु धन जाने, हानी हुने ।
●र्सप मार्नु कष्टबाट छुटकरा पाउने
●हस्ताक्षर गर्नु धनहानि हुनु ।
●बिरालोले टोक्नु दर्घटना पर्ने तर
Next post →
Home

Video

Rashifal

POPULAR POST

Fans

Recommend on Google
Follow @YOU

Comedy

Serials

Music Video

Top 10 Posts

नरेनसँग रोमान्स गर्दै रेखा

प्रायः दैनिक जसो सुटिङ भइरहने किर्तिपुरस्थित चोभार डाँडामा हिजो शनिबार पनि छविराज प्रोडक्शन र रेखा फिल्मस् व्यानरको संयुक्त प्रस्तुती रहेको ...

Maya Ma by Anju Panta [Latest Nepali Song]

Chhitiz paari By Ramji Khand and Tika Pun

Nepali Exchange Rate 18,September,2013

#     Currency     Unit     Selling in Nepalese Rupees (Rs) 1     U.S. Dollar     1 Dollar ($)     101.4 Rs 2     European Euro     1 Euro...

The Washington Post publishes about Budha's birth place Nepal

The Washington Post publishes about Budha's birth place nepal

भारतीय जिटिभी बन्द नगरेकोले टेलिभिजन महासंघमा तोडफोड

भदौ ३१ भारतीय  टोलिभिजन जिटिभीको  प्रशारण बन्द  नगरेको  भन्दै  नेकपा माआबादीका कार्यकताद्धारा  काठमाडौको  अनामनगर  स्थित नेपाल केवल टेलिभिजन...

अरुत तेस्तै हो नेपाली हरुको झगडा चाही हेर्नु लाएक हुन्छ

<iframe wi dth="420" height="315" src="http://www.youtube.com/embed/098nt8c6Fr8" frameborder="0"...

Dally Horoscope 18,September,2013

Today Rasifal - September 19, 2013 (Nepali Date: Ashoj 3, 2070

रंगशाला निर्माणमा कलाकारको साथ

मकवानपुर जिल्ला हेटौडा नगरपालिका वडा नं ७ मा रहेको नागस्वती गाउँमा राष्ट्रिय स्तरकै रंगशाला बनाउन नेपाली कलाकारहरु जुटेका छन् । नेपालका च...

भट्टी पसलमा देह व्यापार गराउने गिरोह पक्राउ

भदौ ३१ ।   काठमाडौंको शान्तिनगर गेटभित्र जागृति टोलमा देखावटी भट्टी पसल खोलेर भित्रपट्टि किशोरीहरूलाई बन्धक बनाई देह व्यापार गर्ने गिरोहलाई ...

Tag Cloud

Articile Article bgimage Bhutanese CATEGORY #1 Celebrities Diaspora Events Feature featured FINANCE Gossip Headlines Health Horoscope Interview Latest News Media Model Movie Review Music News Sex Sport Technology tito Saty tv show Various Videos Wonder World

Like Us


Post From The Past

  • September (122)
  • August (17)
  • July (6)
  • June (4)
  • May (6)
  • April (11)
  • March (8)
  • February (201)
  • January (40)
  • December (13)
  • November (6)
  • October (2)
  • November (3)

How is New Design of Sky Nepali News?

Template By Basnetg.com