Showing posts with label Sport. Show all posts
Kathmandu Nepla
काठमाडौं— ८ औं साफ च्याम्पियन्सिपमा २ करोड रुपैयाँभन्दा बढी रकम टिकट बेचेर कमाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल खेलाडीलाई जनही २ लाख ५० हजार रुपैयाँ सहित सम्मानित गरेको छ। दशरथ रंगशालामा आयोजित कार्यक्रममा खेलाडीलाई सम्मान सहित सो रकमको चेक प्रदान गरिएको हो।![]() |
| Nepali Football Team |
केही दिन काठमाडौंमा भएको ८ औं साफ च्याम्पियनसिपमा एन्फाले टिकट बेचेर २ करोडभन्दा बढी रकम संकलन गरेको थियो। सेमिफाइनल र फाइनल बाहेक नै समूह चरणमा नेपालले खेलेका तीन खेलको टिकटबाट एन्फाले १ करोड ७० लाख रुपैयाँ संकलन गरेको थियो। सेमिफाइनलमा नेपालले र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दा एन्फाले टिकट दर बढाएर साधारणतर्फ ५ सय र भिआइपी प्यारापिटतर्फ १ हजार रुपैयाँ तोकेको थियो। यसअघि साधारणतर्फ ३ सय र भिआइपीतर्फ ७ सय रुपैयाँ थियो।
नयाँ वरियता क्रममा सार्क मुलुकको शीर्ष स्थानमा साफ च्याम्पिपयनसिपको विजेता अफगानिस्तान छ । ७ स्थानमाथि उक्लिएको अफगान २ सय २७ अंकका साथ १ सय ३२ औं स्थानमा छ । अफगानिस्तानलाई उपाधि सुम्पिएको भारत १० स्थान तल झरेको छ । १ सय ५५ औं स्थानमा झरेको छ । उसलाई माल्दभ्सले जितेको छ । माल्दिभ्स १ स्थानमाथि उक्लिएर १ सय ५२ औं स्थानमा आइपुगेको छ ।
बंगलादेश भने ८ स्थान तल झरेको छ र १ सय ६६ औं स्थानमा आइपुगेको छ । दुई स्थानमाथि उक्लिएको श्रीलंका १ सय ६८ औं स्थानमा छ भने पाकिस्तान ३ स्थान तल झरेर १ सय ७० औं स्थानमा पुगेको छ र भुटान पुछारमा कायमै छ ।
वासिङ्टन – अमेरिका र कोस्टारिका कन्काकाफ क्षेत्रबाट विश्वकप फुटबलमा छनोट भएका छन्। अमेरिकाले आफ्नो पुरानो प्रतिद्वन्द्वी मेक्सिकोलाई २–० ले पराजित गर्योश भने कोस्टारिकाले जमैकासँग १–१ को बराबरीमा खेलेको थियो। पानामा र होन्डुरसबीच मंगलबारै भएको खेल २–२ को बराबरीमा टुंगिएपछि कोस्टारिकाको विश्वकप छनोट पक्का भएको हो। उत्तर अमेरिकी क्षेत्रबाट अन्तिम चरणमा सहभागी ६ टोलीमा शीर्ष ३ टोली विश्वकपलाई सोझै छनोट हुन्छन् भने चौथो हुने टोली ओसिएनियाको विजेता (न्युजिल्यान्ड) सँग प्लेअफ खेल्नेछ।इडी जोन्सन र लन्डन डोनोभानको गोलमा अमेरिकाले प्रमुख क्षेत्रीय प्रतिद्वन्द्वी मेक्सिकोमाथि विजय पायो। 'यो साँच्चिकै विशेष हो,' डोनोभानले भने, 'हाम्रो टोलीले जुन हिसाब मेहनत गरेको छ, त्यसमा म गर्व गर्दछु। यो श्रेयको सबै उत्तिकै भागीदार छन्।' अमेरिका विश्वकप छनोटको घरेलु मैदानमा भएको पछिल्ला २६ खेलमा अपराजित छ।
शुक्रबार होन्डुरससँग २–१ ले पराजित भएपछि मेक्सिकोले प्रशिक्षक चेपो डे ला टोरेलाई बर्खास्त गरेको थियो। उनको स्थानमा ल्याइएका लुइस फर्नान्डो टेनाले मंगलबार टोली सम्हालेका थिए।
सन् १९९० पछि अमेरिका लगातार सातौंपल्ट विश्वकपमा छनोट भएको हो। मेक्सिकोलाई हराएपछि अमेरिकाको १६ अंक पुगेको छ, जुन कोस्टारिकाभन्दा १ अंक बढी हो। होन्डुरस ११ अंकसहित तेस्रो तथा पानामा ८ अंकसहित चौथो स्थानमा छन्। पानामाभन्दा गोलभिन्नतामा पछाडि रहेको मेक्सिको पाँचौंमा छ।
युरोपबाट इटाली र नेदरल्यान्डस
इटाली र नेदरल्यान्डले मंगलबार आ–आफ्नो खेल जित्दै २०१४ को विश्वकपमा छनोट हुने युरोपको पहिलो दुई टोली बनेका छन्। अर्को महाशक्ति जर्मनी छनोट नजिक पुग्दा स्विट्जरल्यान्ड, इङ्ल्यान्ड र रुसले स्थिति आफ्नो हातमा ल्याएका छन्।
स्विडेनमा सन् १९५८ मा भएको विश्वकपबाहेक इटालीले सबैमा सहभागिता जनाउँदै आएको छ। टुरिनमा चेक गणतन्त्रविरुद्ध विजय पाए लगातार १४औं पटक विश्वकपमा पुग्ने सेजार प्रान्डेलीको टोलीले बुझेको थियो। युभेन्ट्सको रंगशालामा इटालीको सुरुआत राम्रो हुन सकेन।
लिबोर कोजाकले १९औं मिनेटमा गोल गरी चेक गणतन्त्रलाई अग्रता दिलाए। तर दोस्रो हाफमा जिओर्जियो चिलेइनको गोलमा ५१औं मिनेटमा बराबरीमा आएको इटालीबाट एसी मिलानका स्ट्राइकर मारियो बालोटेलीले ५४औं मिनेटमा गरेको पेनाल्टी विजयी गोल बन्यो। चेकलाई पराजित गरेपछि इटाली समूह 'बी' को विजेता बन्यो।
'हामी विश्वकपमा छनोट भएका छौं, त्यसमा निकै सन्तुष्ट छौं,' विश्वकपपछि पद त्याग्ने क्रममा रहेका इटालीका प्रशिक्षक प्रान्डेलीले भने। पराजयपछि चेक प्रशिक्षक मिसेल बिलेकले तत्कालै राजीनामा दिए। चेकको पराजयपछि बुल्गेरिया र डेनमार्कले दोस्रो स्थान हात पार्दै प्लेअफ खेल्ने सम्भावना देखाएका छन्।
२०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको फाइनलमा स्पेनसँग पराजित नेदरल्यान्डसले अन्डोरालाई २–० ले पराजित गर्दै छनोट हुने औपचारिकता पूरा गर्योस। अघिल्लो साता इस्टोनियासँग २–२ को बराबरीमा रोकिए पनि नेदरल्यान्डसले दुई खेलअगावै ब्राजिलको टिकट काटेको छ। इस्टोनियासँग अन्तिम मिनेटमा बराबरी गोल गरेका म्यानचेस्टर युनाइटेडका स्ट्राइकर रोबिन भान पर्सीले दोस्रो हाफको चार मिनेट अन्तरमा दुवै गोल गरे।
भान पर्सीले आफ्नो टोलीले मेहनती खेल प्रदर्शन गरेको बताए। प्रशिक्षक लुइस भान गाल आफ्नो टोलीले लक्ष्य पूरा गरेकोमा केन्द्रित थिए। 'विश्वकपमा छनोट हुँदा हामी निकै खुसी छौं। युरोपियन च्याम्पियनसिपपछि हामीले निकै मेहनत गर्यौं । नयाँ टोली बनायौं, त्यसैले यो सजिलो थिएन। त्यसमा पनि युरोपबाट छनोट हुने पहिलो टोली बन्नु ठूलो नतिजा हो हाम्रा लागि।'
जर्मनीले फारोइ आइल्यान्डलाई ३–० ले पराजित गरेमा अन्य नतिजा आफ्नो पक्षमा नआउँदा छनोटका लागि थप समय कुर्नुपर्ने भएको छ। जर्मनीबाट पेर मेर्टेसाक र थोमस मुलरले गोल गरे भने मेसुट ओजिलको पेनाल्टीले पनि निशाना लियो। स्विडेनले काजकिस्तानमा नतिजा निकाल्न नसकेको भए जर्मनी पनि मंगलबार नै छनोट हुने थियो। तर जाल्टन इब्राहिमोभिजले पहिलो मिनेटमा गरेको गोलमा स्विडेनले १–० को विजय पायो। राष्ट्रका लागि यो उनको ४५औं गोल हो।
यसले स्विडेनको समूह 'सी' मा उपविजेता बन्ने सम्भावना बलियो भयो। टोली अस्ट्रियाभन्दा ३ अंकले अगाडि छ। डेबिड अलाबाको गोलमा अस्ट्रियाले गणतन्त्र आयरल्यान्डलाई १–० ले पराजित गर्योद। अर्को महिना हुने खेलमा आयरल्यान्डलाई १–० ले पराजित गरे जर्मनी समूह विजेता बन्नेछ।
नर्वेलाई २–० ले पराजित गरेको स्विट्जरल्यान्ड अर्को महिना समूह 'ई' को विजेता बन्दै विश्वकपमा छनोट हुनसक्छ। फाबियन सारको दुई गोलमा विजय पाएको स्विट्जरल्यान्ड २ खेल बाँकीको समयमा आइसल्यान्डभन्दा ५ अंकले अगाडि छ।
इङ्ल्यान्डले युक्रेनमा चाहेको बराबरी नतिजा निकाले पनि समूह 'एच' मा अझै गर्न बाँकी छ। किभमा गोलरहित बराबरी खेलेको इङ्ल्यान्डले अब मोन्टेनेग्रो र पोल्यान्डसँग घरेलु मैदानमा खेल्नेछ। इङ्ल्यान्डबाट चेल्सीका मिडफिल्डर फ्रान्क लाम्पार्डले १ सय खेलमा सहभागिता जनाए। अझ पनि आशा बोकेको पोल्यान्डले सान मारिनोलाई ५–१ ले पराजित गर्यो।
समूह 'आइ' मा बेलारुसलाई ४–२ ले पराजित गरेपछि फ्रान्स शीर्ष स्थानको स्पेनसँगै समान अंकमा पुगेको छ। तर स्पेनले एक खेल जितेमा पनि विश्वकपमा स्थान पक्का गर्नेछ। ५ सय मिनेटसम्म गोल नगरेको फ्रान्सबाट गोलरक्षक हुगो लोरिसले दुई गम्भीर गल्ती गरे पनि फ्रान्क रिबेरीको दुई गोलमा भ्रमणकारी टोलीले विजय पायो। फ्रान्स कम्तीमा समूहमा दोस्रो हुने भएको छ।
फाबियो कापेलोको रुस समूह 'एफ' मा शीर्ष स्थानमा उक्लिएको छ। टोली पोर्चुगलभन्दा १ अंकले अगाडि छ। रुसले सेन्ट पिटर्सबर्गमा इजरायललाई ३–१ ले पराजित गर्योल।
World cup Selected Country
Brazil{Organizer}
आयोजक
आयोजक
आयोजक)
Asia
Japan,South Koria, Iran, Austerlia
Urope
Itali,Netharland
South America
Arzenitna
Kankaf
America Costarica
![]() |
| Nepali football Fan |
Kathmandu.Nepal VS India Saff Foodball Match
एन्फाको झुर व्यवस्थापनका कारण नेपाली फुटबल समर्थक ब्लाकमा टिकट किन्न बाध्य भएका छन्। टिकट नपाएका हजारौं समर्थक रंगशाला बाहिरै छन्साढे तीन बजेदेखि सुरु हुने नेपाल र भारत बीचको फुटलबल हेर्न रंगशाला पुगेका दर्शकसँग दलालहरुले ३ सयको टिकटलाई १ हजार सम्म बेचेका छन्।
'खेल हेर्ने हो ? ३ सयलाई हजार दिनुस्' रंगशालाको मुख्यद्वार र आसपासका क्षेत्रमा दलालहरु छ्यापछ्याप्ति हिँडिरहेका छन्। कतिय दर्शकहरु भने टिकट नपाएपछि टिभीमै हेर्ने हो भन्दै फर्केका छन्। कति दर्शकले भने घर/अफिसमा लोडसेडिङले फुटबल प्रत्यक्ष हेर्न नपाउने दुखेसो गरेका छन् ।
टिकट सबै सकियोः एन्फा
के तपाईँ आज आठौं साफच्याम्पियनसिप अन्तर्गन नेपाल र भारतबीच हुने फुटबलको प्रत्यक्ष खेल हेर्न टिकट काटेर दशरथ रंगशाला जाने सुर गर्दै हुनुहुन्छ? यदि टिकट काट्ने सुर गर्दै हुनुहुन्छ भने तपाईँको लागि यो खुशीको खबर नहुन सक्छ । खेल सुरु हुनु भन्दा ३ घण्टा अघि नै दशरथ रंगशाला प्रवेशको सबै टिकट सकिएको छ। टिकट सकिएपछि टिकट बिक्री बन्द गरिएको एन्फा पदाधिकारीले जानकारी दिएका छन्।
साधारण र प्याराफिट तर्फ गरि दुई तहमा छुट्याइको टिकट सकिएको खबर पाएपछि टिकट काट्न रंगशाला गेट पुगेका नेपाली समर्थकहरु निराश बनेका छन्। अहिले काठमाडौंको बागदरबार र त्रिपुरेश्वर क्षेत्रमा नेपाली दर्शकको भीड सुरु भइसकेको छ। जसले गर्दा सवारी अनुगमनमा समेत बाधा पुगेको छ।
एन्फाले साधारण तर्फ ३ सय र प्याराफिटतर्फ ७ सय रुपैयाँ टिकट दर तोकेको छ। दशरथ रंगशालामा १८ हजार दर्शक अट्न सक्छन्।
आज नेपाल र भारतबीचको खेल दशरथ रंगशालामा दिउँसो ३:३० मा हुँदैछ भने बंगलादेश र पाकिस्तानबीचको खेल पनि साढे तीन बजे नै हल्चोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा हुँदैछ। ग्रुप अफ डेथमा रहेका यी सबै राष्ट्रलाई सेमिफाइनल प्रवेशको लागि जित आवश्यक छ। घरेलु मैदान भएकोले नेपालले भने यसको फाइदा उठाउँदै सेमिफाइनलको यात्रा तय गर्न तयार रहेको बताइएको छ।
![]() |
| Nepal Football Team |
Kathmandu, भाद्र २० । काठमाडौंमा जारी आठौं साफ च्याम्पियनशीप फुटबल
प्रतियोगिताको समूह ए बाट अन्तिम चारमा पुग्ने टिमको छिनोफानो आज हुँदैछ ।
दिउँसो साढे ३ बजे दशरथ रंगशालामा नेपालले भारतको सामना गर्दैछ । सोही
समयमा हलचोक मैदानमा बंगलादेश र पाकिस्तान भिड्दैछन् । समान एक जित र एक
बराबरी खेल्दै नेपाल र भारत ४-४ अंकमा छन् भने बंगलादेश र पाकिस्तानको १-१
अंक छ ।
आजको खेल कम्तिमा बराबरी भएको खण्डमा नेपाल र भारत दुबै टोली
सेमीफाईनलमा प्रवेश गर्नेछ । यता, माल्दिभ्स र अफगानिस्तान प्रतियोगिताको
सेमिफाइनलमा प्रवेश गरेका छन् । लगातार दुई जित हासिल गर्दै माल्दिभ्स र
अफगानिस्तान समूह बी बाट एक एक खेल खेल्न बाँकी छँदै अन्तिम चारमा पुगेका
हुन् ।पहिलो खेलमा श्रीलंकालाई १०-० ले हराएको पूर्व च्याम्पियन माल्दिभ्सले दोस्रो खेलमा भुटानलाई ८-२ ले पराजित ग-यो । श्रीलंका विरुद्ध ६ गोल गरेका माल्दिभ्सका कप्तान अलि अस्फाकले दशरथ रंगशालामा भएको भुटान विरुद्धको खेलमा ४ गोल गरे ।
यता, पहिलो खेलमा भुटानलाई ३-० ले हराएको साविक उपविजेता अफगानिस्तानले लगातार दोस्रो जित हासिल गर्ने क्रममा सशस्त्र प्रहरी बल हलचोक मैदानमा श्रीलंकामाथि ३- १ को नतिजा निकाल्दै अन्तिम चारमा ठाउँ पक्का गरेको हो । यो खेलसंगै एक एक खेल खेल्न बाँकी छँदै श्रीलंका र भुटान प्रतियोगिताबाट बाहिरिएका छन् ।
अठार हजार क्षमताको दशरथ रंगशाला साँघुरो ठानेर सरकारले कम्तीमा ४० हजार दर्शक अट्ने फुटबल खेल मैदान बनाउने निर्णय गरेको छ । त्यसका लागि काठमाडौं र ललितपुर जिल्लाका पाँच ठाउँमा जग्गा पहिचान गरी अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा पेस भइसकेको छ ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव हरि नेपालका अनुसार केही साताभित्र जग्गाको टुंगो लगाएर यसै वर्ष निर्माण थाल्ने योजना सरकारको छ ।
‘निजी जग्गा अधिग्रहण गर्दा समय र स्रोत धेरै लाग्ने हुँदा हामी सरकारकै स्वामित्वमा रहेको कुनै फराकिलो क्षेत्र लिन खोजिरहेका छौं,’ उनले भने, ‘मन्त्रालयले पाँचवटा ठाउँ पहिचान गरी सिफारिससमेत गरिसकेको छ ।’
खेलकुद मन्त्रालयका सहसचिव बैकुण्ठ काफ्ले संयोजक रहेको समितिले काठमाडौं र ललितपुर जिल्लामा कम्तीमा ५ सय रोपनी जग्गा पहिचान गरी सिफारिस गरिसकेको छ ।
नेपालका अनुसार जग्गाको उपयुक्तताका आधारमा प्राथमिकताक्रम समेत तोकी मन्त्रिपरिषद् सचिवालयमा पेश भइसकेको छ । मन्त्रिपरिषद्ले मुख्य सचिव लीलामणि पौडेलको संयोजकत्वमा एउटा समिति गठन गरी ‘फाइनल’ सिफारिस तयारी गरिरहेको छ ।
काफ्लेको समितिले काठमाडौं गोठाटार गाविस वडा नं ३ मा पशुपति विकास कोषको स्वामित्वमा रहेको ५ सय ३५ रोपनी जग्गालाई पहिलो प्राथमिकतामा राखेको छ । दोस्रोमा गोकर्ण गाविस जगडोलमा रहेको वनक्षेत्र माग गरिएको छ । तेस्रो प्राथमिकतामा हिमाल सिमेन्ट कारखानाको स्वामित्वमा रहेको चोभारको जग्गा छ । समितिले चौथो नम्बरमा ललितपुर उपमहानगरपालिका सुन्दरीघाटमा रहेको करिब १ हजार रोपनी जग्गा पारेको छ ।
‘गोठाटारको जग्गा सदुपयोग भएको छैन, वालुवा चोरीदेखि अनेकन धन्दाको केन्द्र बनिरहेको छ,’ नेपालले भने, ‘स्टेडियम बनाउन पाए जग्गा विकासदेखि धेरै किसिमको सजिलो हुने ठानेर एक नम्बरमा राखेका हौं।’
गोकर्णको जग्गामा सहिद पार्कदेखि गिरिजाप्रसाद कोइरालाको स्मृति पार्कसम्मको योजना अघि बढिरहेको छ । ‘त्यो निकै ठूलो जग्गा छ, एक टुक्रा पाए हामीलाई भइहाल्छ,’ उनले भने ।
हिमाल सिमेन्टको जग्गामा भने सरकारले ड्राइपोर्ट बनाउने घोषणा पनि गरिसकेको छ । सुन्दरीघाटको जग्गा फोहोरमैला प्रशोधन गरी कम्पोस्ट मल उत्पादन प्लान्ट राख्ने चर्चा दुई दशकदेखि चलिरहेको छ । तर, प्रशोधन प्लान्टको योजना वर्षौंदेखि कागजी घोडामात्र भइरहेको छ ।
जग्गा प्राप्त गर्न सक्ने हो भने खेल मैदानका लागि बजेट अभाव नहुने जानकारी नेपालले दिएका छन् । ‘जग्गा पाइयो भने पैसाको अभाव हुँदैन,’ उनले भने, ‘सरकारकै अबण्डाको पैसादेखि मित्रराष्ट्र र अन्तर्राष्ट्रिय खेलकुद संघहरू पनि सहयोग गर्न तत्पर छन् ।’
दर्शक क्षमता बढाएर अन्तर्राष्ट्रिय स्तरको फुटबल खेल मैदान बनाउन कस्सिएको सरकारले क्रिकेट मैदान बनाउने योजना भने पाँच वर्षदेखि कछुवा गतिमा मात्र अघि बढिरहेको छ । सचिव नेपालले क्रिकेट मैदानको योजना अब ‘स्मुथली’ अघि बढ्ने बताए ।
‘यसपाला सरकारले ५ करोड बजेट दिएको छ,’ उनले भने, ‘क्रिकेट र फुटबल स्टेडियमको योजनालाई गति दिने गरी काम गरिरहेका छौ ।’
फाइल तस्विर दशरथ रंगशाला
युवा तथा खेलकुद मन्त्रालयका सचिव हरि नेपालका अनुसार केही साताभित्र जग्गाको टुंगो लगाएर यसै वर्ष निर्माण थाल्ने योजना सरकारको छ ।
‘निजी जग्गा अधिग्रहण गर्दा समय र स्रोत धेरै लाग्ने हुँदा हामी सरकारकै स्वामित्वमा रहेको कुनै फराकिलो क्षेत्र लिन खोजिरहेका छौं,’ उनले भने, ‘मन्त्रालयले पाँचवटा ठाउँ पहिचान गरी सिफारिससमेत गरिसकेको छ ।’
खेलकुद मन्त्रालयका सहसचिव बैकुण्ठ काफ्ले संयोजक रहेको समितिले काठमाडौं र ललितपुर जिल्लामा कम्तीमा ५ सय रोपनी जग्गा पहिचान गरी सिफारिस गरिसकेको छ ।
नेपालका अनुसार जग्गाको उपयुक्तताका आधारमा प्राथमिकताक्रम समेत तोकी मन्त्रिपरिषद् सचिवालयमा पेश भइसकेको छ । मन्त्रिपरिषद्ले मुख्य सचिव लीलामणि पौडेलको संयोजकत्वमा एउटा समिति गठन गरी ‘फाइनल’ सिफारिस तयारी गरिरहेको छ ।
काफ्लेको समितिले काठमाडौं गोठाटार गाविस वडा नं ३ मा पशुपति विकास कोषको स्वामित्वमा रहेको ५ सय ३५ रोपनी जग्गालाई पहिलो प्राथमिकतामा राखेको छ । दोस्रोमा गोकर्ण गाविस जगडोलमा रहेको वनक्षेत्र माग गरिएको छ । तेस्रो प्राथमिकतामा हिमाल सिमेन्ट कारखानाको स्वामित्वमा रहेको चोभारको जग्गा छ । समितिले चौथो नम्बरमा ललितपुर उपमहानगरपालिका सुन्दरीघाटमा रहेको करिब १ हजार रोपनी जग्गा पारेको छ ।
‘गोठाटारको जग्गा सदुपयोग भएको छैन, वालुवा चोरीदेखि अनेकन धन्दाको केन्द्र बनिरहेको छ,’ नेपालले भने, ‘स्टेडियम बनाउन पाए जग्गा विकासदेखि धेरै किसिमको सजिलो हुने ठानेर एक नम्बरमा राखेका हौं।’
गोकर्णको जग्गामा सहिद पार्कदेखि गिरिजाप्रसाद कोइरालाको स्मृति पार्कसम्मको योजना अघि बढिरहेको छ । ‘त्यो निकै ठूलो जग्गा छ, एक टुक्रा पाए हामीलाई भइहाल्छ,’ उनले भने ।
हिमाल सिमेन्टको जग्गामा भने सरकारले ड्राइपोर्ट बनाउने घोषणा पनि गरिसकेको छ । सुन्दरीघाटको जग्गा फोहोरमैला प्रशोधन गरी कम्पोस्ट मल उत्पादन प्लान्ट राख्ने चर्चा दुई दशकदेखि चलिरहेको छ । तर, प्रशोधन प्लान्टको योजना वर्षौंदेखि कागजी घोडामात्र भइरहेको छ ।
जग्गा प्राप्त गर्न सक्ने हो भने खेल मैदानका लागि बजेट अभाव नहुने जानकारी नेपालले दिएका छन् । ‘जग्गा पाइयो भने पैसाको अभाव हुँदैन,’ उनले भने, ‘सरकारकै अबण्डाको पैसादेखि मित्रराष्ट्र र अन्तर्राष्ट्रिय खेलकुद संघहरू पनि सहयोग गर्न तत्पर छन् ।’
दर्शक क्षमता बढाएर अन्तर्राष्ट्रिय स्तरको फुटबल खेल मैदान बनाउन कस्सिएको सरकारले क्रिकेट मैदान बनाउने योजना भने पाँच वर्षदेखि कछुवा गतिमा मात्र अघि बढिरहेको छ । सचिव नेपालले क्रिकेट मैदानको योजना अब ‘स्मुथली’ अघि बढ्ने बताए ।
‘यसपाला सरकारले ५ करोड बजेट दिएको छ,’ उनले भने, ‘क्रिकेट र फुटबल स्टेडियमको योजनालाई गति दिने गरी काम गरिरहेका छौ ।’
फाइल तस्विर दशरथ रंगशाला
राजधानीमा जारी आठौं संस्करणको साफ च्याम्पियनसिपमा आज समूह बीको खेलमा अहिले अफगानिस्तान र श्रीलंका भिडिरहेका छन्। तजा स्थितिमा खेलको ३६ औ मिनेटमा श्रीलकाले खेलमा अग्रता लिएको छ । काउन्टर अट्याकमा श्रीलंकाका लागि मोहम्मद फजालले गोल गरेका हुन् ।
यस्तै खेलको ६२ औ मिनेटमा अफगानिस्तानले बराबरी गोल फर्काएको छ ।
हलचोकस्थित शसस्त्र प्रहरीको खेल मैदानमा भइरहेको खेलमा फिफा बरियतामा दक्षिण एसियामै शीर्ष स्थानमा रहेको र उपाधिको प्रमुख दाबेदार अफगानिस्तान र श्रीलंका एक आपसमा भिडीरहेका हुन्।
तुलनात्मक रूपमा सहज समूहमा परेको अफगानिस्तानले यसअघि प्रतियोगिताकै सबैभन्दा कमजोर मानिएको भुटानलाई ३–० गोल अन्तरमा हराएको थियो। भने श्रीलंका माल्दिभ्ससँग १०–०को लज्जास्पद हार बेहोरीसकेको छ। यद्यपी श्रीलंकाका ब्राजिलियन प्रशिक्षक क्वाउडियो रोबर्टोले पहिलो खेलको नतिजा बिर्साउने गरि बाँकी दुई खेलमा सफल नतिजाका लागि प्रयास गर्ने बताएका छन् ।
अफगानिस्तानविरुद्ध श्रीलंकाको इतिहास हेर्ने हो भने अहिलेसम्म भएका यी दुई देशबीच भएका ६ मध्ये ४ खेल अफगानिस्तान र एक खेल श्रीलंकाले जितेका छन् भने एक खेल बराबरीमा टुंगिएको छ। द्धन्द्धग्रस्त अफगानिस्तानले फुटबलमा पछिल्ला केही वर्षदेखि लगातार प्रगति गरिरहँदा श्रीलंका दिन प्रतिदिन कमजोर भइरहेको छ।
यस्तै आजै साँझ दशरथ रंगशालामा हुने सोही समूहको अर्को खेलमा माल्दिभ्सले कमजोर टोली भुटानको सामना गर्दैछ।
आजको साफ फुटबल खेलमा हारी सकेको नेपाल लाई अमृत रुपी गोल गरेर बिमल घर्ती मगरले सम्पूर्ण नेपाली हरुको नैरास्य्तामा हासो
थपी दिए हामि धेरै धेरै धन्यवाद दिन चाहन्छौ अनी सलाम उहा लाई आगामी खेलमा
पनि येस्तै पर्दसन गरि रहुन उत्तरो उत्तर पर्गतिको कामना सम्पूर्ण देश
बिदेशमा रहनुहुने आदर्निये आत्मिय साथी हरुको तर्फ बाट उहा लाई अझै एक पटक
सलाम |
काठमाडौं, साउन २९ – विश्वकप फुटबलको ट्रफी नेपाल ल्याइने भएको छ ।
ट्रफी आउँदो पुस ६ गते नेपाल ल्याइने भएको हो । विश्वका विभिन्न देशमा पुर्याइने यो ट्रफी पहिलो पटक नेपाल ल्याउन लागिएको हो ।
एक दिन नेपाल राखेर ट्रफी थाइल्याण्ड लगिने बंगलादेशी अनलाइन दि डेली स्टार डट नेटले जनाएको छ ।
ट्रफी नेपाल ल्याइने कुरालाई अखिल नेपाल फुटबल संघ एन्फाले पनि पुष्टि गरेको छ ।
टोलीलाई विदाई गर्दै अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापाले साफ च्याम्पियनशिपमा नेपाल बलियो हुँदा हुँदै भाग्यले साथ नदिएका कारण उपाधि जित्न नसकेको बताए । उनले यो पटक नेपालले घरेलु मैदानमा उपाधि जित्ने भन्दै तयारी राम्रो गर्न खेलाडीहरुलाई सुझाव दिए ।
यस्तै टोलीलाई विदाई गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले अहिले उपाधि जित्ने सही समय आएको बताए ।
नेपाली टोली बहराईन र कुवेतमा प्रशिक्षणपछि भदौ ९ गते स्वदेश फर्किने अखिल नेपाल फूटबल संघ एन्फाले जनाएको छ । भदौ १६ गतेदेखि काठमाडौंमा हुने साफ च्याम्पियनसीपमा नेपाल सहित भारत, भुटान, अफगानिस्तान, मालदिभ्स, पाकिस्तान, बंगलादेश र श्रीलंकाले भाग लिनेछन् ।








