• Contact
  • Typography
  • Pages
    • 404 page
    • Contact
    • Page with video
    • Page with image
    • Page with audio
    • Landing page
    • Fullwidth
  • Options Panel
  • Blog
  • Home
Sky Nepal Online News and Entertainment Site
  • Home
  • News
    • National
    • Prawas
    • World
    • Finance
  • Filmy
    • Bollywood
    • Hollywood
    • Kallywood
  • Sports
  • Entertainment
  • Tv Shows
    • Meri Bassai
    • Jire Khursani
    • Tito Satya
    • Jhai Kuti Jhai
  • Interviews
  • Other News
    • Sajha Sawal
    • Khabar Bhitra ko Khabar
    • Power News
    • Khoj Talas



भनिन्छ, प्रेम गरिंदैन आफै हुन्छ । यदि यो कुरा सत्य हो भने प्रेम गरिसकेपछि त्यो सम्बन्धलाई कायम राख्नु निवार्ह गर्नु र अघि बढाउनु सरल कार्य होइन । कहिले मनको आवश्यकताले प्राथमिकता पाउँछ त कहिले शारीरिक चाहनाले महत्व पाउँछ । यस्तो परिस्थितिमा प्रेम लाई स्थायित्व पर्दान गर्नुपनि एउटा कला हो । प्रेमलार्इ सदा यौवन अवस्थामा राख्न 'यौन सम्पर्क' को आवश्यकता पर्छ, तर कसरी यसलाई बुझ्न वास्तविक एवं गहिरो अर्थलाई राम्रोसँग बुझ्नु आवश्यक छ । यौन सम्पर्कले व्यक्तिको कामकुता एवम् प्रेम दुवैलाई दर्शाउछ ।
किनकि केही व्यक्तिका लागि यौन सम्पर्क आफ्नो प्यास मेटाउने माध्यम हो भने धेरैका लागि यौन सम्पर्क प्रेम अभिव्यक्तिको माध्यम । यी सबैबाट फरक एउटा सोच पनि छ, त्यो हो प्रेम नै यौन सम्पर्क हो वा यौन सम्पर्क नै प्रेम हो ।
स्त्री-पुरुष यौनसम्बन्धलाई लिएर एक विपरीत सिद्धान्त र मनोविज्ञान पनि व्याप्त छ । स्त्री-पुरुषको यौनसम्बन्धसित जोडिएको सिद्धान्तअनुसार 'पुरुष यौनसर्म्पर्क गर्नका लागि महिलासित प्रेम गर्छ भने महिला पुरुष प्रेम प्राप्त गर्न यौनसम्पर्कका लागि तयार हुन्छिन् । यसबाहेक पनि प्रेमका बारेमा स्त्री-पुरुषमा फरक-फरक व्यवहार देख्न पाइन्छ । भनिन्छ, यदि पुरुषको कार्य-व्यवसाय ठीक रूपमा चलिरहेको छ भने मात्र उसले आफ्नो प्रेम सम्बन्धलार्इ ठीक ढगं बाट निर्वाह गर्न सक्छ, त्यसमा समय दिन सक्छ, तर महिला भने आफ्नो काम तब मात्रै ठीक ढंगबाट गर्न सक्षम हुन्छिन् जब उनको प्रेम सम्बन्ध सुमधुर हुन्छ । यी कुराबाट के पुष्टि हुन्छ भने प्रेम र यौन सम्पर्क दुवैलाई निवार्ह गर्नुपनि एउटा कला हो । यद्यपि यौन सम्पर्कप्रति सोंच, यसको परिभाषा, उमेर, परिस्थिति एवं आवश्यकता-अनुसार परिवर्तित हुन्छ । कसैका लागि यौनसम्पर्क सन्तान उत्पादनको माध्यम हुन सक्छ त कसैका लागि देह सन्तुष्टी प्राप्त गर्ने आधार । केही पुरुष के सोच्छन् भने राम्रो यौन सम्बन्धबाट महिलाको मन जित्न सकिन्छ, कोही यसबाट महिलालाई काबुमा राख्न सकिन्छ भन्ने मान्छन् । कैयन् के पनि सोच्छन् भने शारीरिक सम्बन्धविना स्त्री-परुषबीच प्रेम रहन सक्दैन, तर वास्तवमा यौनसम्पर्क प्रेमको एउटा महत्वपूर्ण पक्ष हो तर प्रेमको सर्वोपरि भने होइन । विना यौनसम्पर्क पनि प्रेम सम्भव छ, तर प्रेम विना यौन सम्पर्क सम्भव छैन । यदि हुन्छ भने त्यो शारीरिक आवश्यकताको पुर्ति हो, वासना हो, अपराध वा बलात्कारजस्तो कुकर्म । यौन सम्पर्कको प्रेमसँग अत्यन्तनजिकको सम्बन्ध रहेकाले धेरैको नजरमा यो या त प्रेमको पयार्य बनको छ वा त्यसको परिभाषा । जबकि यौनसर्म्पकको सम्बन्ध तन सँगै मन सँगपनि हुन्छ । मनोविज्ञहरूका अनुसार यौनसम्पर्क शारीरिक क्रिया भए पनि यसको सम्बन्ध मनसित हुन्छ । बिना मन यौनसर्म्पकलाई सफल र आनन्दायक बनाउन सकिंदैन र मन को तन्दुरुस्ती एवं स्वस्थताका लागि आवश्यक हुन्छ आपसी सम्बन्धमा प्रेम, किनभने प्रेम भए मात्र आफ्नोपनको भावना जागृत हुन्छ र तब यौनसम्पर्क बाध्यता हुँदैन, आवश्यक हुन्छ र आनन्दपूर्ण पनि । यौनसम्पर्क फूलको सुगन्धजस्तै हो । फुल छ भने सुगन्ध आफै फैलन्छ । फूल छैन भने सुगन्धको पनि सम्भावना हुदैन । अतः “जहाँ प्रेम छ त्यहाँ यौनसम्पर्कले त्यो प्रेमको अभिव्यक्तिको काम गर्छ ।“ यौनसम्पर्क, प्रेमको मुक भाषा हो । जहाँ व्यक्तिले आफ्नो साथीलाई शब्दमा बोलेर आफ्नो भावना अभिव्यक्त गर्दैन, स्पर्शको माध्यमबाट व्यक्त गर्छ । यौन सम्पर्कको अर्थ मात्र सम्भोग गर्नु होइन । यो शरीरको त्यो आनन्दसँग पनि जोडिएको छ जुन एक शरीरलाई अर्को शरीरबाट प्राप्त हुन्छ । चाहे त्यो चुम्बन होस् वा आलिंगन, काखमा टाउको राखेर सुत्नु होस् वा गालालाई सुम्सुम्याउनु, एक-अर्कासँगको सानो स्पर्शले पनि प्रेम उत्पन्न गर्छ । जहाँ प्रेम हनु छ, त्यहाँ समर्पण र अधिकार हुन्छ । जब व्यक्तिले कसैलाई प्रेम गर्छ, तब उसले उक्त व्यक्तिलाई पूर्ण रूपमा पाउने चाहना राख्छ । उसको तनमनमा व्यक्तिको अधिकार रहन्छ । मनको आवश्यकता मनबाटै पुर्ति हुन्छ तर शरीरको आवश्यकता मनबाट पुर्ति हुन सक्दैन । शरीरको यही प्यास मेटाउने कार्य नै यौनसम्पर्क हो । परन्तु कसैको पनि शारीरिक कामना गर्नुपुर्व उसको मनलार्इ वरण गर्नु आवश्यक छ । सर्वप्रथम साथीको चाहना बुझेर उसको मन जित्नु पर्छ ।
उसको आवश्यकता र इच्छा बुझ्नुपर्छ । उसको सम्मान र आकांक्षाको ख्याल गर्नु पर्छ । त्यसपश्चात् मात्र यौन सम्पर्कको कामना गर्नु उचित हुन्छ । यौन सम्पर्कलाई नै प्रेमको खोल ओढाएर प्रेमको गित गाउनु वेइमानी हो, धोका हो ।
शरीरको आकर्षणले एक-अर्कालाई क्षणिक आनन्द दिन सक्छ तर आपसी सम्बन्धमा स्थायित्व प्रदान गर्न सक्दैन । जहाँ यौनसम्पर्क सम्बन्ध गौण हुन्छ, कहिलेकाहीं त्यही यौनसम्पर्क प्राथमिक पनि हुन्छ । वैवाहिक जीवनमा यौनसम्पर्कको कमीले कैयन अवस्थामा आपसी तनाव, झगडा वैमनस्यता सिजर्ना गर्छ तर प्रेममा कमी नआउन सक्छ तर्सर्थ यौन सम्पर्कको अति वा कमी दुवै प्रेम एवम आपसी सम्बन्धका लागि घातक हुन्छ । व्यक्तिको लिंग उसको शरीरको मध्यभागमा हुन्छ । जहाँबाट उसको शरीरलाई दुई बराबर भागमा बाँड्न सकिन्छ । यसैगरी यसको भोग पनि सन्तुलित मात्रामा गर्नु आवश्यक छ, अथार्त प्रेम र यौन सम्पर्कका बीच सन्तुलन हुनुपर्छ । यौनसम्पर्क त्यहीं हुनु पर्छ जहाँ प्रेम छ, किनकि यौन सम्पर्क प्रेमको विस्तारित रूप हो र प्रेमको अभिव्यक्ति नै यौनसम्पर्क हो । यो प्रेमको एक महत्वपूर्ण पक्ष हो तर समग्र प्रेमको स्वरुप भने होइन ।
प्रेममा यौन सम्पर्क धेरै कुरा हो तर सबै कुरा होइन । प्रेम छ भने यौनसम्पर्क प्रसाद सरह अनुभव हुन्छ, प्रेम छैन भने यौन सम्पर्क व्यापार सरह हुन पुग्छ । जहाँ शब्दले हार खान्छ त्यहाँ यौनसम्पर्कले शब्दको कार्य गर्छ । ति-पत्नी वा प्रेमी-प्रेमिकाबीच जे-जति अव्यक्त रहन्छ, यौनसम्पर्कले त्यसलाई पूर्ण रूपमा व्यक्त गरिदिन्छ । यौनसम्पर्क अन्त्यन्त संवेदनशील कुरा हो । कहिले यसबाट बिग्रिएको कुरा बन्न मद्दत प्राप्त हुन्छ भने कहिले सुमधुर सम्बन्ध पनि धरापमा पर्छ । दाम्पत्य जीवनमा यौनसम्पर्कको भुमिका त्यही हो जसरी तरकारीमा नुनको भूमिका त्यस्तै हुन्छ जस्तो तरकारीमा नुनको भुमिका मात्रा तल-माथि भए तरकारी वेस्वादको हुन पुग्छ । यौन सम्पर्क आवश्यक छ, यो प्रेमको महत्वपूर्ण पक्ष हो जसको माध्यमबाट युगल जोडीले आफ्नो प्रेमलाई अभिव्यक्त गर्छन् र आपसी सम्बन्धलाई अझ प्रगाढ एवं मजबुत बनाउन सक्छन ।


← Previous post
Next post →
Home

Video

Rashifal

POPULAR POST

Fans

Recommend on Google
Follow @YOU

Comedy

Serials

Music Video

Top 10 Posts

नरेनसँग रोमान्स गर्दै रेखा

प्रायः दैनिक जसो सुटिङ भइरहने किर्तिपुरस्थित चोभार डाँडामा हिजो शनिबार पनि छविराज प्रोडक्शन र रेखा फिल्मस् व्यानरको संयुक्त प्रस्तुती रहेको ...

Chhitiz paari By Ramji Khand and Tika Pun

Nepali Exchange Rate 18,September,2013

#     Currency     Unit     Selling in Nepalese Rupees (Rs) 1     U.S. Dollar     1 Dollar ($)     101.4 Rs 2     European Euro     1 Euro...

The Washington Post publishes about Budha's birth place Nepal

The Washington Post publishes about Budha's birth place nepal

Maya Ma by Anju Panta [Latest Nepali Song]

अरुत तेस्तै हो नेपाली हरुको झगडा चाही हेर्नु लाएक हुन्छ

<iframe wi dth="420" height="315" src="http://www.youtube.com/embed/098nt8c6Fr8" frameborder="0"...

रंगशाला निर्माणमा कलाकारको साथ

मकवानपुर जिल्ला हेटौडा नगरपालिका वडा नं ७ मा रहेको नागस्वती गाउँमा राष्ट्रिय स्तरकै रंगशाला बनाउन नेपाली कलाकारहरु जुटेका छन् । नेपालका च...

भारतीय जिटिभी बन्द नगरेकोले टेलिभिजन महासंघमा तोडफोड

भदौ ३१ भारतीय  टोलिभिजन जिटिभीको  प्रशारण बन्द  नगरेको  भन्दै  नेकपा माआबादीका कार्यकताद्धारा  काठमाडौको  अनामनगर  स्थित नेपाल केवल टेलिभिजन...

भट्टी पसलमा देह व्यापार गराउने गिरोह पक्राउ

भदौ ३१ ।   काठमाडौंको शान्तिनगर गेटभित्र जागृति टोलमा देखावटी भट्टी पसल खोलेर भित्रपट्टि किशोरीहरूलाई बन्धक बनाई देह व्यापार गर्ने गिरोहलाई ...

स्वास्थ्य परीक्षणमा लापरबाहीले खाडी मुलुकमा गएका ५ सय नेपाली कामदार फिर्ता

Helth News From Kathmandu Neplaकाठमाडौं - खाडी राष्ट्रहरुमा काम गर्न जाने नेपालीलाई स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य व्यवसायी महासंघ आवद...

Tag Cloud

Articile Article bgimage Bhutanese CATEGORY #1 Celebrities Diaspora Events Feature featured FINANCE Gossip Headlines Health Horoscope Interview Latest News Media Model Movie Review Music News Sex Sport Technology tito Saty tv show Various Videos Wonder World

Like Us


Post From The Past

  • September (122)
  • August (17)
  • July (6)
  • June (4)
  • May (6)
  • April (11)
  • March (8)
  • February (201)
  • January (40)
  • December (13)
  • November (6)
  • October (2)
  • November (3)

How is New Design of Sky Nepali News?

Template By Basnetg.com