• Contact
  • Typography
  • Pages
    • 404 page
    • Contact
    • Page with video
    • Page with image
    • Page with audio
    • Landing page
    • Fullwidth
  • Options Panel
  • Blog
  • Home
Sky Nepal Online News and Entertainment Site
  • Home
  • News
    • National
    • Prawas
    • World
    • Finance
  • Filmy
    • Bollywood
    • Hollywood
    • Kallywood
  • Sports
  • Entertainment
  • Tv Shows
    • Meri Bassai
    • Jire Khursani
    • Tito Satya
    • Jhai Kuti Jhai
  • Interviews
  • Other News
    • Sajha Sawal
    • Khabar Bhitra ko Khabar
    • Power News
    • Khoj Talas

Showing posts with label featured. Show all posts

घरमै बसेर इन्टरनेटमार्फत् काम गर्न ओजेडवेबरिसोर्सेज डटकम ९(www.ozwebresources.com), माइक्रोवर्कर्स डटकम (www.microworkers.com), फ्रिल्यान्सर डटकम (www.freelancer.com), ओडेस्क डटकम (www.odesk.com)आदि प्रतिनिधि वेबसाइटहरु हुन्, जसको सहायताले व्यक्तिको क्षमता र व्यावसायिक आचरणअनुसार आम्दानी गर्न सकिन्छ । उल्लेखित वेबसाइटहरुमा साधारण कम्प्युटर ज्ञान भएकाहरुदेखि विषयगत दक्षता भएका विज्ञहरुसम्मले विदेशका काम घरमै बसेर गर्न सक्छन तर अंग्रेजी भाषाको दक्षता पहिलो शर्त हो । भाषागत दक्षतासहित कम्प्युटर एप्लीकेशनबारे राम्रो ज्ञान छ भने इन्टरनेटबाटै आम्दानी गर्न सकिन्छ । आउनुहोस्, ती वेबसाइटहरुमध्ये कुन–कुन वेबसाइटमा कसरी काम गरिन्छ भन्नेबारे चर्चा गरौं ।
ओजेडवेबरिसोर्सेज डटकम: यो साइटमार्फत् अनलाइनबाट काम गर्न कम्प्युटर र यससम्बन्धी एप्लीकेशनबारे खासै ठूलो ज्ञान नभए पनि हुन्छ तर कम्तीमा दोहोरिएका रेकर्ड पत्ता लगाउन सकिने माइक्रोसफ्ट, एक्सेलजस्ता स्पेयरसिट एप्लीकेशनको ज्ञान यसमा आवश्यक देखिन्छ । साधारण अंग्रेजी पढ्ने र बुझ्नेहरुले पनि यसमा दिएका कामहरु गर्न सक्छन् । यसमा काम गर्न सबभन्दा पहिले आफूलाई यस साइटमा दर्ता गर्नुपर्दछ । यस वेबसाइटमा उल्लेख भएअनुसार दर्ता गर्न लगभग ५० अमेरिकी डलर भुक्तान गर्नुपर्दछ तर नेपालमा भने दर्ता तथा तालिम शुल्क भनेर १० देखि २५ हजार रुपैयाासम्म लिने गरेको पाइन्छ । 
यस वेबसाइटमा मुख्यत: विज्ञापन पोस्टिङको काम गरिन्छ । क्लासिफाइड साइटहरु (इन्टरनेटमा वर्गीकृत विज्ञापन पोस्ट गर्न मिल्ने वेबसाइट) आपैंmले खोज्नुपर्दछ । यसमा निश्चित देशका क्लासिफाइड वेबसाइटहरुमात्र स्वीकार गरिने भनेर सीमितता तोकिएको हुन्छ । सयवटा क्लासिफाइड एडलाई अन्य वेबसाइटहरुमा लगेर कपी–पेस्ट गरी रिपोर्ट तयार गरेबापत लगभग ४ डलर आम्दानी गर्न सकिन्छ । निश्चित समयको लागि कुनै वेबसाइटमा एकपटक मात्र एड पोस्ट गर्न मिल्नु, तोकिएका विषयबारे निश्चित देशका क्लासिफाइड वेबसाइटहरु मात्र खोजेर एड पोस्ट गर्नुपर्ने हुनु आदि यस साइटका अप्ठ्यारा हुन् । गुगलमा गएर सर्च गर्नुभयो भने यस साइटको त्यतिविघ्न राम्रो रेपुटेशन देखिादैन । लामो समयसम्म धेरै पैसा जम्मा गरिराख्दा वेबसाइटवालाले पैसा नदिएको वा ढिलो दिएको कम्प्लेन देख्न सकिन्छ ।
माइक्रोवर्कर्स डटकम: यस साइटबाट ओजेडवेबरिसोसोर्सेज डट कमभन्दा अलि स्तरीय काम र आम्दानी गर्न सकिन्छ । यस वेबमा कुनै अर्को वेबसाइटमा गएर दर्ता गर्नुपर्ने, कुनै लिङ्क क्लीक वा बुकमार्क गर्नुपर्ने, फेसबुक, ट्वीटर, पिनटेरेष्टजस्ता सामाजिक सञ्जाल वेबसाइटहरुमा गएर कुनै वेबसाइटको विज्ञापन गर्न तयार गरिएको लिङ्क पोस्ट गर्नुपर्नेलगायतका काम पाइन्छन् । तोकिएको काम गर्दा त्यसको प्रमाण अनिवार्य रुपमा पेश गर्नुपर्छ । लिङ्क शेयर गर्ने काम गर्दा खासै राम्रो आम्दानी गर्न सकिने देखिादैन तर अंग्रेजी भाषामा राम्रो दख्खल छ भने फोरममा पोस्ट गर्ने, कुनै सफ्टवेयर डाउनलोड गरी त्यसको रिभ्यु लेख्ने, कुनै ब्लगमा कमेन्ट गर्ने, तोकिएको कुनै विषयबारे आर्टिकल तयार गर्ने, ब्लग लेख्नेजस्ता कामहरु पाउन सकिन्छ । यसबापत यस वेबसाइटले तपाईंलाई राम्रो भुक्तानी गर्दछ । यस साइटको राम्रो पक्ष भनेको कुनै पनि काम दिादा सो काम कसरी गर्नुपर्ने हो, त्यसको स्पष्ट गाइडलाइन हुनु र दर्ता शुल्क नलाग्नु हो । बाँकी आफ्नो क्षमताको आधारमा कमाउन सकिने कुरा हो ।
फ्रिल्यान्सर डटकम: ओजेडवेबरिसोर्सेज र माइक्रोवर्कर्स डटकमको कामले खासै चित्त बुझेन भने एकपटक तपाईं फ्रिल्यान्सर डटकम ट्राई गर्न सक्नुहुन्छ । यो स्वतन्त्र रुपमा घरमै बसेर बाहिरका काम गर्न कहलिएको वेबसाइट हो । यसमा अरुजस्तो वेबसाइट आपैंmले काम दिने, खोज्ने काम गर्दैन । यस वेबसाइटले निश्चित कमिशन लिएर काम गर्ने गराउनेबीच विश्वासको वातावरण तयार गर्ने, काम गरेबापत भुक्तान गर्नुपर्ने रकमको निश्चित प्रतिशत धरौटी लिएर दिने काम गर्दछ । यस साइटले यसैमार्फत् सीप र योग्यताको परीक्षा लिएर उत्तीर्ण हुनेहरुलाई राम्रो काम दिने गर्दछ । यस वेबसाइटमा वेबसाइट, मोबाइल फोन एप्लीकेशन निर्माण, डिजाइनिङ, घरमै बसेर गर्न सकिने इन्जिनियरिङ, सेल्स, मार्केटिङ, एकाउन्टिङ, कानुन, भाषालगायत कन्टेन्ट राइटिङको काम पाउन सकिन्छ । यस वेबसाइटमार्फत् काम गर्दा रकम दिने र लिने दुवै पूर्ण सन्तुष्ट होऊन् भनेर यी दुई पक्षबीच वेबसाइटमार्फत् सम्वादको प्रावधान रहेकोले कम्तीमा अंग्रेजी भाषाको दक्षता पहिलो अनिवार्यता हो ।
ओडेस्क डटकम: फ्रिल्यान्सिङको क्षेत्रमा यस साइटको माथि उल्लेख गरिएका साइटहरुभन्दा भिन्दै प्रकारको पहिचान छ । यहाँ काम पाउन माथि उल्लेख गरिएका साइटहरुको तुलनामा गाह्रो छ । यसमा तपाईंको कुनै पनि योग्यताको दक्षता परीक्षण गर्ने परीक्षा उत्तीर्ण गर्नुपर्दछ । उत्तीर्ण गर्नुभयो भने तपाईंले धेरै कामहरुको विज्ञापन देख्न सक्नुहुन्छ । नत्र तपाईंले एकपटकमा उपलब्ध काम भनेर दुईवटा मात्र विकल्प भेट्नुहुन्छ । अन्य फ्रिल्यान्सिङ वेबसाइटहरुको तुलनामा यसको परीक्षा प्रणाली कठिन छ । नेपालको श्रम बजार र नेपालका कम्प्युटर इन्स्टिच्युटहरुमा दिइने शिक्षा हेर्दा यस वेबसाइटको परीक्षा उत्तीर्ण गर्न सक्ने व्यक्तिले यसरी अनलाइनमा काम खोज्दै हिाड्नु पर्दैन । उसलाई विशिष्ट ज्ञान भएको विज्ञभन्दा फरक पर्दैन ।
माथि उल्लेख गरिएका वेबसाइटहरुको सार के हो भने अनलाइन काम गरेर आम्दानी गर्न अन्तर्राष्ट्रिय ग्राहकसँग सम्वाद गर्ने भाषागत दक्षता र आफूसँग सीप र त्यसलाई बेच्न सक्ने खुबी हुनुपर्दछ । त्यसैले, अनलाइन काम गर्ने भनेर कसैले विचार गरिरहेको छ भने उसले सबभन्दा पहिले आफ्नो दक्षता र सीपको पहिचान गर्न जरुरी देखिन्छ । त्यसैले, कसैलाई आफू विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम छैनजस्तो लाग्छ भने लहैलहैमा लाग्ने हैन, सीप अभिवृद्धि गर्नपट्टि ध्यान दिनुपर्ने देखिन्छ ।

२८ माघ, सुर्खेत । सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरका बासिन्दाले दैनिक १३ घण्टाभन्दा बढी विद्युत भार कटौतीको मार खेपिरहेका बेला १५ कोष पश्चिम बाबियाचौर गाविस २४ सै घण्टा झिलिमिली हुँदै आएको छ । स्थानीय पहलमा दुईवटा खोलाबाट ७७ किलोवाट विद्युत उत्पादन सुरु भएपछि बाबियाचौर अन्धकार मुक्त छ ।
 बाबियाचौर लघु जलविद्युत सहकारी संस्थाले दुई वर्षअघि चौरखोलाबाट २४ किलोवाट र भावर खोलाबाट ५३ किलोवाट क्षमताका लघु जलविद्युत उत्पादन सुरु गरेको हो । ७७ किलोवाटमध्ये २४ किलोवाटबाट गाविसलाई विद्युतीकरण गरिएको छ भने बाँकी ५३ किलोवाट विद्युत छिमेकमा वितरण गर्ने तयारी भइरहेको छ । पहिलो आयोजनाको विद्युत उत्पादनपछि हौसिएका स्थानीयहरूले सोही गाविस-८ मा रहेको भावर खोलाबाट थप ५३ किलोवाट लघु जलविद्युत उत्पादन सुरु गरेका हुन् ।
 आयोजनाका अध्यक्ष केशव पाठकले भावर खोलाबाट ५३ किलोवाट विद्युत उत्पादन सुरु भइसकेको र केही दिनमै विद्युत वितरण सुरु हुने जानकारी दिनुभयो । “आयोजना सञ्चालनसँगै गाविस अन्धकारमुक्त हुन्छ” अध्यक्ष पाठकले भन्नुभयो, “केही विद्युत छिमेकी गाविसमा पनि बिक्री गर्छौं ।” दुबै आयोजनाबाट गाविसका एक हजार ६०० घरधुरीलाई उज्यालो प्रदान गरिने सहकारीको लक्ष्य छ । यसका लागि सहकारीले प्रत्येक घरबाट १० हजार रुपैयाँको सेयर वितरण गरेको छ ।
 भावरखोलामा विद्युत उत्पादनका लागि दुई करोड ५० लाख रुपैयाँ खर्च भएको अध्यक्ष पाठकले जानकारी दिनुभयो । रासस
Next post →
Home

Video

Rashifal

POPULAR POST

Fans

Recommend on Google
Follow @YOU

Comedy

Serials

Music Video

Top 10 Posts

नरेनसँग रोमान्स गर्दै रेखा

प्रायः दैनिक जसो सुटिङ भइरहने किर्तिपुरस्थित चोभार डाँडामा हिजो शनिबार पनि छविराज प्रोडक्शन र रेखा फिल्मस् व्यानरको संयुक्त प्रस्तुती रहेको ...

Chhitiz paari By Ramji Khand and Tika Pun

Nepali Exchange Rate 18,September,2013

#     Currency     Unit     Selling in Nepalese Rupees (Rs) 1     U.S. Dollar     1 Dollar ($)     101.4 Rs 2     European Euro     1 Euro...

The Washington Post publishes about Budha's birth place Nepal

The Washington Post publishes about Budha's birth place nepal

Maya Ma by Anju Panta [Latest Nepali Song]

अरुत तेस्तै हो नेपाली हरुको झगडा चाही हेर्नु लाएक हुन्छ

<iframe wi dth="420" height="315" src="http://www.youtube.com/embed/098nt8c6Fr8" frameborder="0"...

रंगशाला निर्माणमा कलाकारको साथ

मकवानपुर जिल्ला हेटौडा नगरपालिका वडा नं ७ मा रहेको नागस्वती गाउँमा राष्ट्रिय स्तरकै रंगशाला बनाउन नेपाली कलाकारहरु जुटेका छन् । नेपालका च...

भारतीय जिटिभी बन्द नगरेकोले टेलिभिजन महासंघमा तोडफोड

भदौ ३१ भारतीय  टोलिभिजन जिटिभीको  प्रशारण बन्द  नगरेको  भन्दै  नेकपा माआबादीका कार्यकताद्धारा  काठमाडौको  अनामनगर  स्थित नेपाल केवल टेलिभिजन...

भट्टी पसलमा देह व्यापार गराउने गिरोह पक्राउ

भदौ ३१ ।   काठमाडौंको शान्तिनगर गेटभित्र जागृति टोलमा देखावटी भट्टी पसल खोलेर भित्रपट्टि किशोरीहरूलाई बन्धक बनाई देह व्यापार गर्ने गिरोहलाई ...

स्वास्थ्य परीक्षणमा लापरबाहीले खाडी मुलुकमा गएका ५ सय नेपाली कामदार फिर्ता

Helth News From Kathmandu Neplaकाठमाडौं - खाडी राष्ट्रहरुमा काम गर्न जाने नेपालीलाई स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य व्यवसायी महासंघ आवद...

Tag Cloud

Articile Article bgimage Bhutanese CATEGORY #1 Celebrities Diaspora Events Feature featured FINANCE Gossip Headlines Health Horoscope Interview Latest News Media Model Movie Review Music News Sex Sport Technology tito Saty tv show Various Videos Wonder World

Like Us


Post From The Past

  • September (122)
  • August (17)
  • July (6)
  • June (4)
  • May (6)
  • April (11)
  • March (8)
  • February (201)
  • January (40)
  • December (13)
  • November (6)
  • October (2)
  • November (3)

How is New Design of Sky Nepali News?

Template By Basnetg.com