• Contact
  • Typography
  • Pages
    • 404 page
    • Contact
    • Page with video
    • Page with image
    • Page with audio
    • Landing page
    • Fullwidth
  • Options Panel
  • Blog
  • Home
Sky Nepal Online News and Entertainment Site
  • Home
  • News
    • National
    • Prawas
    • World
    • Finance
  • Filmy
    • Bollywood
    • Hollywood
    • Kallywood
  • Sports
  • Entertainment
  • Tv Shows
    • Meri Bassai
    • Jire Khursani
    • Tito Satya
    • Jhai Kuti Jhai
  • Interviews
  • Other News
    • Sajha Sawal
    • Khabar Bhitra ko Khabar
    • Power News
    • Khoj Talas

Showing posts with label Model. Show all posts
चलचित्र सेन्सर बोर्डले नाङ्गो दृश्यमा कडाई गर्न थालेपछि अहिले निर्माताहरु समस्यामा परेका छन् । नायिकाको भित्री बस्त्र देखिएको दृश्य देखि चुम्बन सम्म सेन्सरको आखामा परेको छ ।यही समस्या झेल्यो, भदौ २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘राजनीति’ले । चलचित्रमा समावेश ‘मैले आखा झिम्क्याउदा पानी पर्छ भन्छन्’ बोलको आइटम गीतलाई सेन्सरले आपत्ती जनायो । गीतमा नाच्ने क्रममा नायिका सुष्मा कार्कीको भित्री बस्त्र देखिएको भन्दै सेन्सरले आपत्ती जनाएको हो ।

तर चलचित्रलाई सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको छ । अब यो चलचित्र हेर्नका लागि १६ बर्ष भन्दा तलका बालबालिकाले बाबुआमालाई सँगै लैजानु पर्ने हुन्छ ।बसन्त निरौलाको निर्देशनमा तयार भएको यो चलचित्रमा दिपक सुवेदीको लगानी छ । चलचित्रमा राजेश हमाल, कोमल वली, पवित्रा आचार्य, दिपक सुवेदी, रमेश बुढाथोकी लगायतका कलाकारको अभिनय छ । चलचित्रले नेपालको बर्तमान अस्तव्यस्त राजनीतिक अवस्थालाई देखाउन खोजेको छ । चलचित्रमा समावेश राष्ट्रियताको भाव बोकेका एक गीत अहिले सर्वाधिक चर्चामा छ ।


तीज पर्व बल्ल नेपालीहरुको घरमा भित्रिएको छ । तर तीजको गीतमा नाच्ने मोडल तथा गाउने गायक गायिकालाई भने २ महिना अघि देखि नै तीज लागेको थियो । यो भिडमा लोकगीतको म्यूजिक भिडियोमा रानीको रुपमा उदाएकी पार्वती राई सर्वाधिक व्यस्त बनिन् ।उनले यो बर्ष निर्माण भएका १ सय भन्दा बढि गीतमध्ये २८ वटा गीतको भिडियोमा नृत्य गर्न भ्याइन् । केही समय अघि सम्म तीज र दोहोरी गीतको भिडियोमा संझना वुढाथोकीको बर्चस्व थियो । तर केही बर्ष यता पार्वतीले यो उपाधी खोसेकी छिन् । एउटा भिडियोमा काम गरेको कती लिनुहुन्छ त भन्ने अनलाइनखबरको प्रश्नमा उनले भनिन्, १० देखि १५ हजार सम्म लिन्छु ।

पार्वतीले आफ्नो नृत्यकला र काम प्रतिको इमान्दारिताले दर्शकहरुले रुचाउनु भएको तर्क गरिन् । तीजको गीतमा नृत्य गर्दा गर्दै थाकेकी उनले केही दिनमै दोहोरी गीतको भिडियोमा अभिनय गर्ने तयारी गरेको जानकारी गराइन् ।

भिडियो क्विन पार्वतीले शंकर वीसी, कपिल लामा, प्रकाश भट्ट जस्ता दोहोरीमा जमेका निर्देशकसँग काम गरेकी छिन् । उनले कस्तुरी शर्मा, रामजी खाँड, टिका पुन, राधिका हमाल, पूर्णकला वीसी जस्ता चर्चित गायक तथा गायिकाको आवाजमा समावेश तीजको गीतमा अभिनय गरेको बताइन् ।
अभिनेत्री नम्रता श्रेष्ठका अनेक रुप पर्दामा देखिसकेका छन्  । चलचित्रमा अहिलेसम्म कुनै मूल पात्र नदेखीएको भूमिकामा नम्रता देखिने भएकी छिन  । उनले मुख्य भूमिकामा अभिनय गरेको चलचित्र मौनमा उनले पुरै मौनता साध्नेछिन  ।


बहिराको प्रेमकथामा बनेको चलचित्रमा उनको यो रुप देखिने भएको हो । आफुसंगै पढ्ने युबकलाई एकोहोरो मन पराउने युबतिको भूमिकामा समेटिएका छन् । यहि चलचित्रका लागि केहि सांकेतिक भाषाको पनि ज्ञान हासिल गरेकी उनले फरक भूमिकामा अभिनय गर्न पाउदा रमाइलो लागेको बताईन  ।



हालै आयोजित एक कार्यक्रममा भनिन चलचित्रमा नबोले पनि मेरो काम चलचित्रले बोलिहल्छ  । फरक काम गर्दा रमाइलो लागेको छ, चलचित्रको बारेमा मौन बस्छु  । उनको प्रेमीको भूमिकामा अर्पण थापा छन् उनि पनि चलचित्र भरि आवाजबिहिन छन् ।
dcnepal.com
काठमाडौ, श्रावण ७ - नेपालले सेमिफाइनल यात्रा तय गर्ने लक्ष्यसहित अफगानिस्तानविरुद्ध साफ यू-१६ च्याम्पियनसिपको दोस्रो खेल सोमबार खेल्दै छ । पहिलो खेलमा भुटानलाई ७-० ले पन्छाएको नेपालले अफगानिस्तानविरुद्ध जित हात पार्नसके अन्तिम चार प्रवेश निश्चित गर्नेछ ।
समूह 'ए' मा शनिबारै भएको डिफेन्डिङ च्याम्पियन पाकिस्तान र अफगानिस्तानको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । त्यसैले अफगानिस्तानविरुद्ध ३ अंक जोड्न सके नेपालले एक खेलअगावै सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ । तर, अफगानिस्तान सहज प्रतिद्वन्द्वी हुने छैन । 'टेक्निक, ट्याक्टिस र शारीरिक रूपमा अफगानिस्तानी खेलाडी राम्रा छन्,' नेपालका प्रशिक्षक बालगोपाल महर्जनले भने, 'त्यसैले डिफेन्समा सचेत भएर खेल्नेछौं ।' शारीरिक रूपमा निकै कमजोर भुटानविरुद्ध नेपालले डिफेन्समा खासै मिहिनेत गर्नुपरेको थिएन ।
नेपाली टिम भुटानविरुद्ध गोलका निम्ति एकदमै हतारिएको थियो । यस्तोमा उसले दर्शक लोभ्याउने खेल पस्कन सकेन । त्यसैले दशरथ रंगशालामा आत्मविश्वासी ढंगले प्रस्तुत हुँदै खेल शैली राम्रो बनाएर गोलका अवसर सिर्जना गर्नेमा जोड दिने प्रशिक्षक महर्जनले बताए । 'भुटानविरुद्ध विशेषगरी पहिलो हाफमा केही खेलाडी व्यक्तिगत -स्वार्थी) मा केन्दि्रत भए । त्यो गल्ती अफगानिस्तानविरुद्ध गर्ने छैनौं । टिम-वर्कमै खेल्न निर्देशन दिनेछु,' उनले भने ।
अफगानिस्तानविरुद्ध जित हात पार्ने तयारी गरेको उल्लेख गर्दै महर्जनले भने, 'जित हात पार्नसके सेमिफाइनल यात्रा तय गर्दै समूहविजेता बन्ने अवसर हुनेछ ।' केही खेलाडी घाइते भएको पनि उनले बताए । यस्तोमा पहिलो रोजाइको मिडफिल्डमा २-३ खेलाडी परिवर्तन गर्ने उनले बताए । समूहको अर्को खेलमा पाकिस्तानले भुटानविरुद्ध लगनखेलस्थित आर्मी मैदानमा सोमबारै खेल्नेछ ।
भारत ४-१ श्रीलंका
दुई वर्षअघिको उपविजेता भारतले श्रीलंकालाई ४-१ ले हराएर दोस्रो संस्करणको यात्रा आइतबार सुरु गरेको छ । योसँगै उसले तीन देश सम्मिलित समूह 'बी' बाट सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनायो । आर्मी मैदान, लगनखेलमा प्राप्त भारतको जितमा वेदेश्वर सिंहले दुई गोल गरे । कप्तान कृष्ण पण्डित र प्रोसेनजित चक्रवर्तीले पनि एक-एक गोल गरे । श्रीलंकाको सान्त्वना गोल एसएस निरेशको नाममा रह्यो ।

Next post →
Home

Video

Rashifal

POPULAR POST

Fans

Recommend on Google
Follow @YOU

Comedy

Serials

Music Video

Top 10 Posts

Tag Cloud

Articile Article bgimage Bhutanese CATEGORY #1 Celebrities Diaspora Events Feature featured FINANCE Gossip Headlines Health Horoscope Interview Latest News Media Model Movie Review Music News Sex Sport Technology tito Saty tv show Various Videos Wonder World

Like Us


Post From The Past

  • September (122)
  • August (17)
  • July (6)
  • June (4)
  • May (6)
  • April (11)
  • March (8)
  • February (201)
  • January (40)
  • December (13)
  • November (6)
  • October (2)
  • November (3)

How is New Design of Sky Nepali News?

Template By Basnetg.com