Malesiya One Nepali Woker Suside in Building

Published On Friday, September 13, 2013 » 0 comments » By Unknown »

 News From Kathmandu Nepal...


२८ भदौ, क्वालालम्पुर । मलेसियामा कार्यरत एक नेपाली श्रमिक यहाँस्थित घरको छतबाट हाम्फालेर आत्महत्या गरेका छन् ।अवैधानिक भएर घर र्फकनको लागि ट्राभल डकुमेण्ट समेत वनाईसकेका घ्याल्चोक पोखरा घर भएका ३० वषिर्य पदमबहादुर सुनारको घरको धुरीवाट खस्दा ज्यान गएको हो । घडीको सुईको दिशामाः पदम धुरीदेखि मृत्युसम्म आत्महत्या गर्न खोजेको थाहा पाएपछि प्रहरी र उद्दारकर्मी घटनास्थल गएको भए पनि उनको ज्यान बचाउने प्रयास सफल हुन सकेन् । घर र्फकनको लागि समस्या परिरहेको र कहाँ र कसरी र्फकने भन्ने चिन्ताले उनी मानसिकरुपमा केहि विक्षिप्त भएको बुझिएको छ ।आत्महत्या गर्न बिदेशी कामदार धुरी चढेको देखेपछि घर मालिकले प्रहरीलाई खवर गरेका थिए । घर मालिकका अनुसार उनी सोही घरमा कोठा भाडामा लिएर बसेका थिए । बिहान ६ बजे घरको धुरीमा चढेका पदमलाई झार्न प्रहरीले करिव दूई घण्टा प्रयास गरेको थियो । अन्त्यमा उनी घरको धुरीबाट हाम्फालेर सिधै भुईंमा बजारिएका थिए । त्यहाँ सामान्य उपचारपश्चात् अस्पताल लगिएको थियो, जहाँ उनलाई डाक्टरले मृत घोषित गरे । हाल उनको शवलाई पोष्टमार्टमको लागि अस्पतालमा राखिएको छ । पदमको मृत्युपछि अहिले मलेसियाका इन्टरनेट प्रयोकर्तावीच उनी हाम्फालेको भिडियो चर्चित बनेको छ । अन्य आप्रवासी कामदारलाई शिक्षा दिन भन्दै खुलेको फेसबुक पेजमा पदमबहादुर आत्महत्या गरेको भिडियो र तस्वीरहरु पोष्ट गरिएको छ ।उनलाई आत्महत्या गर्न कसले बाध्य पार्‍यो भन्ने बिषयमा इन्टरनेटमा तिब्र छलफल भइरहेका बेला प्रहरीले भने पदम सुनारका बिषयमा केही नयाँ तथ्य उजागर गरेको छ । प्रहरीका अनुसार उनी गत जुन महिनामा मात्र मलेसिया वैधानिकरुपमा मलेसिया पुगेका थिए । आत्महत्या गर्नु एक दिनअघि मात्र उनी सो स्थानमा आएका थिए । त्यसअघि उनले कहाँ काम गर्थे भन्ने बिषयमा कुनै जानकारी नभएको प्रहरीले जनाएको छ । कम्पनीमा राम्रो काम नपाएपछि उनी भागेको हुनसक्ने र हालै मलेसिया सरकारले चलाएको तीन महिने धरपकड अभियानपछि घर फर्किन बाध्य हुँदा बिक्षिप्त भई आत्महत्या गरेको हुनसक्ने नेपालीहरुले अनुमान गरेका छन् । तस्वीर : स्टार दैनिक

Share this post

Tags

0 comments

Leave a Reply