Dally Horoscopes 14,September,2013
२०७० साल भाद्र २९ गते शनिबार
आजको पञ्चाङ्g
आज मिति २०७० साल
भाद्र २९ गते शनिबार, तदनुसार सिताम्वर १४ सन् २०१३, श्रीशाके १९३५, नेपाल
संवत् ११३३, पराभवनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा
प्रवेश गरिसकेका छन् । वर्षा ऋतु चल्दै छ । चान्द्रमान अनुसार
भाद्रपदशुक्लपक्ष चलिरहेको छ । शौरमान अनुसार आज भाद्रपदशुक्लपक्षको दशमी
तिथि ५२ घटि ४७ पला अर्थात राति २ बजेर ५५ मिनेटसम्म त्यसउप्रान्त एकादमी
तिथि लाग्नेछ । आज सूर्य सिंह राशिमा रहेको छ भने चन्द्रमा धनु राशिमा
अहोरात्र रहनेछ । आज दिनमान ३० घटि ४८ पलाको रहनेछ । आज सूर्योदय नेपालको
काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ४९ मिनेटमा यम मुहूर्तमा
भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर ०८ हुनेछ ।
आजको राशिफल
मेष ः स्वास्थ्यका एक्कासी समस्या देखा पर्ने, हतियारबाट कष्ट, विरोधी सक्रिय, नास्तिक विचार पलाउनेछ ।
वृष ः यशकीर्ति बढ्ने, आफन्तबाट सहयोग, नवीन कार्यमा लगानी, व्यापारबाट पर्याप्त मुनाफा हुनेछ ।
मिथुन ः एक्कासी आम्दानीमा वृद्धि, राज्यपक्षबाट सहयोग, प्रेम प्रसंग सफल, तार्किक क्षमताको विकास हुनेछ ।
कर्कट ः समस्यासंग संघर्ष, पेट रोगले पिरोल्ने सम्भावना, व्यापारमा गिरावट, अशुभ समाचार सुन्नुपर्ला ।
सिंह ः कार्यमा व्यावधान आम्दानी घट्ने पारिवारिक किचलो, स्वास्थ्यमा धन खर्च गर्नुपर्ने छ ।
कन्या ः जोखिम कार्य सफल हुने, यात्रा फलदायी, तार्किक क्षमताको विकास, अध्ययनमा सफलता मिल्नेछ
।
तुला ः पारिवारिक सहयोग, उत्साह उमंग पलाउने, व्यापारबाट लाभ, वैयक्तिक प्रभाव बढ्नेछ, समय शुभ रहनेछ ।
वृश्चिक ः मनमा अनावश्यक पीडा, अनावश्यक टक राव हुने, आर्थिक भार थपिने, आफन्तबाट धोका पाइनेछ ।
धनु ः रोजगारीबाट आत्म सन्तुष्टि मिल्नेछ, मित्रसंग भेटघाटको अवसर मिल्न सक्नेछ, सम्मानको अवसर ।
मकर ः दुर्घटनाका भय, आफन्तसँग मनमुटाव, शारीरिक पीडा थपिने समय खराब छ, सतर्क हुनुहोला ।
कुम्भ ः नयाँठाउँको अवलोकन, आरोग्य जीवनको उपभोग, विरोधी माथि विजयी, प्रतियोगितामा सफलता मिल्नेछ ।
मीन ः मानहानि हुन सक्नेछ, अनावश्यक झन्झट आइलाग्ने, मन परेको खानमा अव रोध हुने, दिन खराब रहनेछ ।
राहुकाल समय ः बिहानमा ९ः०० बजेदेखि १०ः३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
राशिफल लेखक युवा ज्योतिषी ः हरि पन्त
0 comments