फिफा वरियतामा नेपाल ७ स्थानमाथि उक्लियो

Published On Thursday, September 12, 2013 » 0 comments » By Unknown »

Nepali Football team From Kathmandu Nepal

 २७ भदौ, काठमाडौं । फिफा विश्व वरियता क्रममा नेपाल ७ स्थानमाथि उक्लिएको छ । बुधबार सम्पन्न साफ च्याम्पिपयनसिपमा सुदि्रढ प्रदर्शन गरेको नेपाल फिफाको नयाँ विश्व वरियताक्रममा ७ स्थानमाथि उक्लिँदै १ सय ६३ औं स्थानमा आएको हो । साफको सेमिफाइनलसम्म पुगेको नेपालले भारत र बंगलादेशलाई पराजित गरेको थियो भने पाकिस्तानसँग बराबरी खेलेको थियो ।

नयाँ वरियता क्रममा सार्क मुलुकको शीर्ष स्थानमा साफ च्याम्पिपयनसिपको विजेता अफगानिस्तान छ । ७ स्थानमाथि उक्लिएको अफगान २ सय २७ अंकका साथ १ सय ३२ औं स्थानमा छ । अफगानिस्तानलाई उपाधि सुम्पिएको भारत १० स्थान तल झरेको छ । १ सय ५५ औं स्थानमा झरेको छ । उसलाई माल्दभ्सले जितेको छ । माल्दिभ्स १ स्थानमाथि उक्लिएर १ सय ५२ औं स्थानमा आइपुगेको छ ।

बंगलादेश भने ८ स्थान तल झरेको छ र १ सय ६६ औं स्थानमा आइपुगेको छ । दुई स्थानमाथि उक्लिएको श्रीलंका १ सय ६८ औं स्थानमा छ भने पाकिस्तान ३ स्थान तल झरेर १ सय ७० औं स्थानमा पुगेको छ र भुटान पुछारमा कायमै छ ।

Share this post

Tags

0 comments

Leave a Reply