काठमाडौं, फाल्गुन १७ - उनलाई सपना देखाइएको थियो— दुबईमा तीन महिना डान्स गर्दा करिब ५ लाख रुपैयाँ आउँछ । विदेशी रमझम अलग । तर डोटीकी यी चेलीका सपना दुबई पुगेको रातदेखि तुहिन थाले । फर्कंदा उनले नगदको साटो रोग लिएर आउनुपरेको छ । शरीर आधा नचल्ने उनी मंगलबार एयर अरेबियाको उडानमा हल न चल भएर त्रिभुवन विमानस्थल आइपुगिन् । उनलाई त्यहाँबाट सोझै थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइयो ।
उनलाई सुन्धारास्थित काठमाडौं मलमा कस्मेटिक्स पसल गर्ने नवीन दाहालले गत पुस २१ मा दुबई पठाएका थिए । दाहालले मासिक १ लाख ६० हजार रुपैयाँ पाउने लोभ देखाएका थिए । उनी बहकिइन् । त्यहाँ उनलाई एस्टोरिया होटलको सुरसंगम रेस्टुरेन्टमा काम लगाइयो, तर डान्सबारमा गर्दागर्दै उनको खुट्टामा समस्या सुरु भयो ।
'आराम गर्न खोज्दा जबर्जस्ती काम लगाउँथे,' नर्भिकको शय्याबाट उनले भनिन्, 'पेन किलर खान लगाएर डान्स गराउँथे ।' उनका अनुसार उक्त रेस्टुरेन्टले उनलाई दाहालबाट १ लाख ६० हजार रुपैयाँमा किनेको बताउने गरेको थियो । 'नाच्न सक्तिनँ भन्दा तँमाथि ठूलो रकम लगानी भएको छ, त्यो उठाउनुपर्छ भन्थे,' उनले प्रहरीलाई भनेकी छन्, 'नाचेर कमाउन नसक्ने भए अरूसँग अनैतिक सम्बन्ध राखेर भए पनि कमाउनुपर्छ भनेर जबर्जस्ती गर्थे ।'
उनलाई नाच्न नसकेको भन्दै चिसो भुइँमा सुताउने, खान राम्रो नदिने गरिएको थियो । आफूलाई स्वास्थ्यले साथ नदिएपछि उनले नेपाल फर्काइदिन रोईकराई नगरेकी थिइनन् । तर रेस्टुरेन्ट सञ्चालकले '३ लाख ५० हजार रुपैयाँ दिने भए मात्र देश फर्काइदिने' भन्ने गरेका थिए । अनि उनले रेस्टुरेन्ट सञ्चालकमार्फत नेपालमा रहेका एक साथीलाई फोन गरेर त्यति रकमको जोहो गर्न लगाएपछि उनको उन्मुक्तिको बाटो खुलेको थियो ।
'त्यो रेस्टुरेन्टको सञ्चालककी श्रीमतीको भाइलाई यिनीहरूले नगद उपलब्ध गराइदिएका थिए,' अनुसन्धानमा संलग्न महानगरीय प्रहरी अपराध महाशाखाका एक अधिकृतले भने, 'रकम पाएपछि पनि उनलाई फिर्ता ल्याउन तदारुकता देखाइएन, उल्टो पैसा कम भएको भन्दै शारीरिक र मानसिक दबाब दिइयो ।'
रेस्टुरेन्ट सञ्चालक आलम नसिरकी पत्नी लक्ष्मी भन्ने माया शाह नेपाली हुन् । उनले नेपालमा सम्पर्क व्यक्तिमार्फत र आफू स्वयं आएर डान्सबारका लागि युवतीहरू छानेर लैजाने गरेको प्रहरीले जनाएको छ । शाहले उनका भाइ वीरेन्द्रबहादुरलाई ती डोटेली चेलीलाई नेपाल फर्काउने रकम लिएका थिए । १ लाखको चेक र ५० हजार रुपैयाँ नगद लिएर पनि नछोडेपछि परराष्ट्र मन्त्रालयमार्फत उनलाई नेपाल फर्काइएको हो ।
उनलाई पर्यटक भिसामा डान्सबारमा काम गर्न पठाउने दाहाल र शाहलाई अपराध महाशाखाले पक्राउ गरेको छ । पीडित युवतीका भाइले दुवैविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा किटानी जाहेरी दिएका छन् ।
दाहालको ज्याठामा टीएनएन नामक ट्राभल एजेन्सी छ । काठमाडौं मलमा 'द न्यु लेडी कलेक्सन' नामक पसल छ । पहिले आफैं डान्सर रहेका दाहालले राजधानीका डान्सबारबाट राम्रा युवतीहरूलाई लालच देखाउँदै मलेसिया, सिंगापुर र दक्षिण अफ्रिकासमेत विदेश पठाउने गरेको प्रहरीले
जनाएको छ ।
कानुनले स्वीकृति नदिएकाले दलालहरूले त्यस्ता डान्सरलाई पर्यटक भिसामा तीन महिनाका लागि पठाउने गरेका छन् । 'राम्रा केटीहरू भए दोहोर्याएर पुनः लगिन्छ, नत्र तीन महिनापछि अरू खोज्छन्,' एक प्रहरीले भने, 'एक हिसाबले मानव तस्करी नै गरिरहेका छन् ।' त्रिभुवन विमानस्थलमा सुरक्षा जाँच कडा भएपछि अहिले दलालहरूले भारतको दिल्लीबाट उडाउने गरेका छन् । त्यसबापत एउटा दलालले डान्सर युवती हेरी २० हजारदेखि ५० हजार रुपैयाँसम्म कमिसन पाउने गरेका छन् । त्यस्ता युवतीहरूको सपना पूरा हुने ग्यारेन्टी नभए पनि दलालको कमिसन कतै जाँदैन ।
बारा, फाल्गुन १७ - इलाका प्रहरी कार्यालय सिमराले बिहीबार राति १२ बजेर १० मिनेटमा अमलेखगंजबाट एउटा एम्बुलेन्स सहित एक सय ८० किलो गाँजा बरामद गरेपछि एम्बुलेन्समा गाँजा तस्करी भइरहेको रहस्य बाहिर आएको छ ।
लागुऔषधको कारोबारमा संलग्न हरुले एम्बुलेन्स सेवाको दुरुपयोग गर्ने गरेको रहस्य यसरी सार्वजनिक भएको हो ।
सिमरा प्रहरीले ना २ च ६७८० नम्बरको एम्बुलेन्स विशेष सुराकीको आधारमा नियन्त्रणमा लिई खान तलासी गर्दा १२ वटा पोकामा रहेको करिब एक सय ८० किलो गाजा बरामद भएको हो ।
मकवानपुरको बसामाडीबाट सिराहा तर्फ एम्बुलेन्स गइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठले बताएका छन् ।
प्रहरीले एम्बुलेन्सका चालक नवलपरासी रजहरका चिन्तामणी सापकोटा र गाजा धनी मकवानपुर बसामाडीका कृष्ण गोलेलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
गाजा बोकेको एम्बुलेन्स क्षत्री समाज भरतपुरले ३ दिन अघि फागुन १३ गतेबाट संचालनमा ल्याएको प्रहरीले जनाएको छ ।
भरत खड्का/ उज्यालो । उदयपुर, फागुन ११ – उदयपुरको सुन्दरपुर गाविसकी ८ बर्षिया बालिका बलात्कारको आरोपमा १८ बर्षिय युवा मोहमद मफुजल मियाँ बिहीबार पक्राउ परेका छन् । मियाँलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् ।
मियाँले बुधबार साँझ ६ बजेको समयमा मियाँले बालिकालाई ललाईफकाई गरेर घर नजिकैको त्रियुगा खोलाको किनारामा जवरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक श्रीकृष्ण पौडेलले जानकारी दिनुभयो ।
पक्राउ परेका मियाँलाई प्रहरी हिरासतमा राखि थप अनुसन्धान प्रकृयालाई अगाडी बढाएको निरीक्षक पौडेलले बताउनुभयो । बालिकाको जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य परीक्षण गरी आफन्तलाई बुझाइएको छ ।
घरमै बसेर इन्टरनेटमार्फत् काम गर्न ओजेडवेबरिसोर्सेज डटकम ९(www.ozwebresources.com), माइक्रोवर्कर्स डटकम (www.microworkers.com), फ्रिल्यान्सर डटकम (www.freelancer.com), ओडेस्क डटकम (www.odesk.com)आदि प्रतिनिधि वेबसाइटहरु हुन्, जसको सहायताले व्यक्तिको क्षमता र व्यावसायिक आचरणअनुसार आम्दानी गर्न सकिन्छ । उल्लेखित वेबसाइटहरुमा साधारण कम्प्युटर ज्ञान भएकाहरुदेखि विषयगत दक्षता भएका विज्ञहरुसम्मले विदेशका काम घरमै बसेर गर्न सक्छन तर अंग्रेजी भाषाको दक्षता पहिलो शर्त हो । भाषागत दक्षतासहित कम्प्युटर एप्लीकेशनबारे राम्रो ज्ञान छ भने इन्टरनेटबाटै आम्दानी गर्न सकिन्छ । आउनुहोस्, ती वेबसाइटहरुमध्ये कुन–कुन वेबसाइटमा कसरी काम गरिन्छ भन्नेबारे चर्चा गरौं ।
ओजेडवेबरिसोर्सेज डटकम: यो साइटमार्फत् अनलाइनबाट काम गर्न कम्प्युटर र यससम्बन्धी एप्लीकेशनबारे खासै ठूलो ज्ञान नभए पनि हुन्छ तर कम्तीमा दोहोरिएका रेकर्ड पत्ता लगाउन सकिने माइक्रोसफ्ट, एक्सेलजस्ता स्पेयरसिट एप्लीकेशनको ज्ञान यसमा आवश्यक देखिन्छ । साधारण अंग्रेजी पढ्ने र बुझ्नेहरुले पनि यसमा दिएका कामहरु गर्न सक्छन् । यसमा काम गर्न सबभन्दा पहिले आफूलाई यस साइटमा दर्ता गर्नुपर्दछ । यस वेबसाइटमा उल्लेख भएअनुसार दर्ता गर्न लगभग ५० अमेरिकी डलर भुक्तान गर्नुपर्दछ तर नेपालमा भने दर्ता तथा तालिम शुल्क भनेर १० देखि २५ हजार रुपैयाासम्म लिने गरेको पाइन्छ ।
यस वेबसाइटमा मुख्यत: विज्ञापन पोस्टिङको काम गरिन्छ । क्लासिफाइड साइटहरु (इन्टरनेटमा वर्गीकृत विज्ञापन पोस्ट गर्न मिल्ने वेबसाइट) आपैंmले खोज्नुपर्दछ । यसमा निश्चित देशका क्लासिफाइड वेबसाइटहरुमात्र स्वीकार गरिने भनेर सीमितता तोकिएको हुन्छ । सयवटा क्लासिफाइड एडलाई अन्य वेबसाइटहरुमा लगेर कपी–पेस्ट गरी रिपोर्ट तयार गरेबापत लगभग ४ डलर आम्दानी गर्न सकिन्छ । निश्चित समयको लागि कुनै वेबसाइटमा एकपटक मात्र एड पोस्ट गर्न मिल्नु, तोकिएका विषयबारे निश्चित देशका क्लासिफाइड वेबसाइटहरु मात्र खोजेर एड पोस्ट गर्नुपर्ने हुनु आदि यस साइटका अप्ठ्यारा हुन् । गुगलमा गएर सर्च गर्नुभयो भने यस साइटको त्यतिविघ्न राम्रो रेपुटेशन देखिादैन । लामो समयसम्म धेरै पैसा जम्मा गरिराख्दा वेबसाइटवालाले पैसा नदिएको वा ढिलो दिएको कम्प्लेन देख्न सकिन्छ ।
माइक्रोवर्कर्स डटकम: यस साइटबाट ओजेडवेबरिसोसोर्सेज डट कमभन्दा अलि स्तरीय काम र आम्दानी गर्न सकिन्छ । यस वेबमा कुनै अर्को वेबसाइटमा गएर दर्ता गर्नुपर्ने, कुनै लिङ्क क्लीक वा बुकमार्क गर्नुपर्ने, फेसबुक, ट्वीटर, पिनटेरेष्टजस्ता सामाजिक सञ्जाल वेबसाइटहरुमा गएर कुनै वेबसाइटको विज्ञापन गर्न तयार गरिएको लिङ्क पोस्ट गर्नुपर्नेलगायतका काम पाइन्छन् । तोकिएको काम गर्दा त्यसको प्रमाण अनिवार्य रुपमा पेश गर्नुपर्छ । लिङ्क शेयर गर्ने काम गर्दा खासै राम्रो आम्दानी गर्न सकिने देखिादैन तर अंग्रेजी भाषामा राम्रो दख्खल छ भने फोरममा पोस्ट गर्ने, कुनै सफ्टवेयर डाउनलोड गरी त्यसको रिभ्यु लेख्ने, कुनै ब्लगमा कमेन्ट गर्ने, तोकिएको कुनै विषयबारे आर्टिकल तयार गर्ने, ब्लग लेख्नेजस्ता कामहरु पाउन सकिन्छ । यसबापत यस वेबसाइटले तपाईंलाई राम्रो भुक्तानी गर्दछ । यस साइटको राम्रो पक्ष भनेको कुनै पनि काम दिादा सो काम कसरी गर्नुपर्ने हो, त्यसको स्पष्ट गाइडलाइन हुनु र दर्ता शुल्क नलाग्नु हो । बाँकी आफ्नो क्षमताको आधारमा कमाउन सकिने कुरा हो ।
फ्रिल्यान्सर डटकम: ओजेडवेबरिसोर्सेज र माइक्रोवर्कर्स डटकमको कामले खासै चित्त बुझेन भने एकपटक तपाईं फ्रिल्यान्सर डटकम ट्राई गर्न सक्नुहुन्छ । यो स्वतन्त्र रुपमा घरमै बसेर बाहिरका काम गर्न कहलिएको वेबसाइट हो । यसमा अरुजस्तो वेबसाइट आपैंmले काम दिने, खोज्ने काम गर्दैन । यस वेबसाइटले निश्चित कमिशन लिएर काम गर्ने गराउनेबीच विश्वासको वातावरण तयार गर्ने, काम गरेबापत भुक्तान गर्नुपर्ने रकमको निश्चित प्रतिशत धरौटी लिएर दिने काम गर्दछ । यस साइटले यसैमार्फत् सीप र योग्यताको परीक्षा लिएर उत्तीर्ण हुनेहरुलाई राम्रो काम दिने गर्दछ । यस वेबसाइटमा वेबसाइट, मोबाइल फोन एप्लीकेशन निर्माण, डिजाइनिङ, घरमै बसेर गर्न सकिने इन्जिनियरिङ, सेल्स, मार्केटिङ, एकाउन्टिङ, कानुन, भाषालगायत कन्टेन्ट राइटिङको काम पाउन सकिन्छ । यस वेबसाइटमार्फत् काम गर्दा रकम दिने र लिने दुवै पूर्ण सन्तुष्ट होऊन् भनेर यी दुई पक्षबीच वेबसाइटमार्फत् सम्वादको प्रावधान रहेकोले कम्तीमा अंग्रेजी भाषाको दक्षता पहिलो अनिवार्यता हो ।
ओडेस्क डटकम: फ्रिल्यान्सिङको क्षेत्रमा यस साइटको माथि उल्लेख गरिएका साइटहरुभन्दा भिन्दै प्रकारको पहिचान छ । यहाँ काम पाउन माथि उल्लेख गरिएका साइटहरुको तुलनामा गाह्रो छ । यसमा तपाईंको कुनै पनि योग्यताको दक्षता परीक्षण गर्ने परीक्षा उत्तीर्ण गर्नुपर्दछ । उत्तीर्ण गर्नुभयो भने तपाईंले धेरै कामहरुको विज्ञापन देख्न सक्नुहुन्छ । नत्र तपाईंले एकपटकमा उपलब्ध काम भनेर दुईवटा मात्र विकल्प भेट्नुहुन्छ । अन्य फ्रिल्यान्सिङ वेबसाइटहरुको तुलनामा यसको परीक्षा प्रणाली कठिन छ । नेपालको श्रम बजार र नेपालका कम्प्युटर इन्स्टिच्युटहरुमा दिइने शिक्षा हेर्दा यस वेबसाइटको परीक्षा उत्तीर्ण गर्न सक्ने व्यक्तिले यसरी अनलाइनमा काम खोज्दै हिाड्नु पर्दैन । उसलाई विशिष्ट ज्ञान भएको विज्ञभन्दा फरक पर्दैन ।
माथि उल्लेख गरिएका वेबसाइटहरुको सार के हो भने अनलाइन काम गरेर आम्दानी गर्न अन्तर्राष्ट्रिय ग्राहकसँग सम्वाद गर्ने भाषागत दक्षता र आफूसँग सीप र त्यसलाई बेच्न सक्ने खुबी हुनुपर्दछ । त्यसैले, अनलाइन काम गर्ने भनेर कसैले विचार गरिरहेको छ भने उसले सबभन्दा पहिले आफ्नो दक्षता र सीपको पहिचान गर्न जरुरी देखिन्छ । त्यसैले, कसैलाई आफू विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम छैनजस्तो लाग्छ भने लहैलहैमा लाग्ने हैन, सीप अभिवृद्धि गर्नपट्टि ध्यान दिनुपर्ने देखिन्छ ।
काठमाडौ, फाल्गुन ३ - मलाई अझै याद छ त्यो दिन । नाटक सिक्न भनेर सौगात (मल्ल) पुरानो बानेश्वरस्थित एम आर्टमा आएको थियो । गहुँगोरो वर्णको, सोझो अनुहारको उसलाई मैले पहिलो पटक त्यहीं देखेकी हुँ । उसलाई देख्नेबित्तिकै कताकता डर र नर्भसनेस महसुस भएको थियो । केटाहरूसँग स्कुले जीवनमा जहिले पनि झगडा गर्ने बानी भएकी ममा सौगातलाई देखेर खै किन मित्रताको भावना पलायो, अहिलेसम्म बुझ्न सकेकी छैन ।
२०५६ सालको कुरा हो । बालकृष्ण समको 'सोरठी' नाटकमा सौगात र मैले पहिलो पटक स्टेज सेयर गर्ने अवसर पायौं । हेर्दा पत्यार नलाग्ने मान्छेको अभिनय देखेपछि म उसबाट अझ प्रभावित भएँ । अभिनयप्रतिको उसको क्षमता त्यस बेलादेखि नै अद््भुत थियो । तीन महिनादेखि नाटकको अभ्यासमा लागेकी मैले बेस्ट एक्टर अवार्ड पनि पाइसकेकी थिएँ । सिक्न आएको सौगातको अभिनय देखेर मेरो काममा अझै चुनाैती थपिएको महसुस भयो । यसबाट मलाई अभिनय निखार्ने प्रेरणा मिल्यो ।
सौगात सुरुदेखि नै कम बोल्ने स्वभावको हो । मचाहिँ निकै चुलबुले छु । मायाले व्यवहारको तालमेल पनि नहेर्दो रहेछ । मैले यस्तो खाउ“m, उस्तो गरौं जे भने पनि नाइँ नभन्ने उसको बानीले मलाई अझ ऊनजिक पुर्यायो । लाग्थ्यो, हामी नै एकअर्काको मन बुझ््ने साथी हौं । ऊ पनि हरेक काममा मलाई खोज्ने हुन थाल्यो । एकअर्काका परिपूरक हन थाल्यौं हामी ।
अभिनयमै दिन बित्दै गए । २०५९ सालमा सुनील -पोखरेल) दाइले गुरुकुल स्कुलको सुरुवात गर्ने भएपछि हामीलाई त्यहाँ पढ््ने प्रस्ताव आयो । त्यसको लागि होस्टलमै बस्नुपर्ने भयो । तर, यसमा सौगात पटक्कै सहमत भएन । 'तिमी नपढ्ने भए म पनि पढदनँ' ... उसलाई होस्टल बस्न मनाउन मैले यही वाक्य बोलेकी थिएँ । अन्ततः उसलाई हुन्छ भन्ने बनाएँ ।
होस्टल बसेपछि काम पनि भाग लाग्यो । तर सौगातलाई त्यस्तो काममा वास्तै नहुने । खाना पकाउन त परै जाओस्, किनमेलमा पनि ध्यान दिँदैनथ्यो । मेरो ध्यानमा भने सधैं ऊ नै हुन्थ्यो । उसलाई कस्तो रंगको कपडा लगाउँदा सुहाउँछ, के खान मन पर्छ, के गर्दा खुसी हुन्छ ... हरेक पल म यस्तै कुरा सोच्थें । ऊ पनि मेरो निकै विश्वास गथ्र्यो । जे काममा पनि 'सरिता' भन्दै पुकार्ने उसको बानी थियो । हामीले कहिल्यै 'आई लभ यू' भनेर प्रेम प्रस्ताव राखेनौं । सधैं सँगै काममा व्यस्त भएर पनि होला, यी शब्द उच्चारण गर्न भ्याएनौं पनि होला ।
तर, एकअर्काबिना एकैछिन बस्नुपर्दा तरकारीमा नुन नभएजस्तै कताकता खल्लो महसुस हुन्थ्यो, दुवैलाई । माया भनेकै यही होला ।
सौगात चकलेट खान निकै मन पराउँछ । यो उसको पहिलादेखिको बानी हो । हामी गुरुकुल होस्टलमा बस्दा म प्रत्येक वर्ष भ्यालेन्टाइन डेमा चकलेट र बुके किनेर उसको कोठमा राखिदिन्थें । तर, ऊचाहिँ मासु किनेर ल्याउँथ्यो । मासु उसको बेस्ट परिकार, साग पकायो भने ऊ भागै बस्दैनथ्यो ।
प्रेम प्रसंगका नाटकमा खेल्दा म उसलाई मौका पारेर मञ्चमै आँखा झिम्काउने, चिमोट्ने गर्थें । मायाको भाव बुझ््ला भन्यो, ऊ त 'मेरो अभिनय बिगार्न यसो गरेको ?' भन्दै गाली गर्न थाल्थ्यो । उसको यस्तै गालीमा माया भेट्थें म ।
'आरुको फूल' नाटकमा ऊ र म प्रेमीप्रेमिकाको भूमिकामा थियौं । त्यो नाटककी 'मैजु' पात्र म आफैं हुँ कि जस्तो लाग्छ । देशनिकाला गरिएको प्रेमी कहिले आउला भनेर सपना सजाएकी 'मैजु' को प्रेमकथा अपुरै र अधुरै रहन्छ । त्यस्तै मेरो प्रेमकथा पनि अधुरो नै रह्यो । हरेक युवतीको चाहना हुन्छ, उसको प्रेमी नै उसको जीवनसाथी बनोस् ।
कुनै बेला मैले पनि वास्तविक जीवनमै सौगातकी बेहुली बन्ने सपना सजाएकी थिएँ । तर त्यो सपना अझसम्म सपनामै सीमित छ । ऊ आफ्नो परिवारलाई खुसी देख्न चाहन्छ । मलाई बिहे गर्दा त्यो खुसी रहँदैन रे । म उसलाई खुसी देख्न चाहन्छु । उसको खुसीको लागि मैले आपmनो सपना नै बिर्सन बाध्य भएकी छु ।
बिहेबारे एक/दुईपटक उसको विचार बुझ्न खोजेकी थिएँ । 'त्यसबारे कुरै नगर,' सौगातले खाली यति मात्रै भन्यो । कम बोल्ने उसको यो वाक्यले मलाई फेरि त्यही कुरा सोध्ने बाटो छेकिदिएको छ ।
प्रेम भन्ने कुरा प्राप्ति मात्रै होइन, त्याग पनि रहेछ । यसको अर्थ सौगातलाई म माया नै गर्दिनँ भन्ने होइन । त्यस बेला सपना सहितको माया थियो, अहिले मात्रै सद्भाव र शुभेच्छाको माया । उसको प्रगतिमा म सधंै हराउँछु । कसैको खुसी देख्नु पनि त माया हो नि । जति ठूलो गल्ती गरे पनि माया गर्ने व्यक्तिप्रति कहिल्यै घृणा, रिस, नकारात्मक सोच नआउँदो रहेछ । सौगातको मामिलामा मलाई यस्तै हुन्छ ।
काठमाडौ, फाल्गुन ३ - संसारभरिका युवायुवती फेरि एकपटक १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डे/प्रेमदिवसको स्वागत गर्न जुटेका छन् । हरेकखाले व्यस्तताका बाबजुद जोडीहरू आआफ्नो ढंगले प्रेम प्रकट गर्दै यो क्षणलाई मीठो एवं स्मरणीय बनाउने चाहनासाथ दौडिरहेका देखिन्छन् । रेस्टुरेन्ट, बार, पार्क, चोक र गल्लीमा यत्रतत्र प्रेममा लिन जोडी रमाइरहेका छन् । पसलहरूमा उपहार, मिठाई र पेयपदार्थ किन्ने जोडीहरूको उपस्थिति बाक्लिएको छ । सामाजिक सञ्जालहरू र मोबाइलका सन्देश बक्सहरू पनि मायाको चित्र एवं सन्देशले भरिएका छन् । यतिखेर पूरा विश्व प्रेमको खोजीमा तल्लीन भएझैं प्रतीत हुन्छ । आखिर 'प्रेम' के हो ? कुनै जादु, चमत्कार, आकर्षण वा शक्ति ? मानवले आखिर कहिलेदेखि प्रेम गर्न सिक्यो त ? इतिहासका पानाहरू प्रेमको कथाले भरिए पनि यसको आरम्भका बारेमा यो मौन छ । विकिपिडियामा सबैले बुझ्ने गरी भनिएको छ, 'व्यक्तिगत लगाव र सशक्त चाहना मिसिएको भावना नै प्रेम हो ।' एक अध्ययनअनुसार तीन हजार वर्ष पहिले इजिप्टमा प्रेमबारे धेरै लेखिएको, पढिएको र खुलेर बहस भएको पाइन्छ इजिप्टका नागरिक चित्रलिपिमार्फत मायाको भावना प्रकट गर्थे । त्यतिखेर चाहना राख्न, जोडी छान्न र मन पराएको दर्साउन चित्र कोरिन्थ्यो । यसको उद्देश्य खेतीपाती गर्न र सुखी गृहस्थ जीवन चलाउन माया गर्ने साथीको खोजी गर्नु हुन्थ्यो । वास्तवमा यो भावनालाई अभिव्यक्त गर्ने एउटा सशक्त माध्यम पनि थियो । अमेरिकाको न्युयोर्ककी कवि डियाने एकरम्यानले 'अ नेचुरल हिस्ट्री अफ लभ' पुस्तकमा विविध सभ्यतामा प्रेमको रूपमाथि प्रकाशित शोधपरक लेखहरूमा यसबारे चर्चा गरेकी छन् । सार भने एउटै छ, 'प्रेम एक सानो शब्द हो, जसको प्रयोग त्यस्तो अनुभूतिका लागि हुन्छ, जुन स्वयंमा शक्तिशाली हुन्छ । यसमा सत्ता, व्यक्ति, इतिहास, कला, संस्कृति र समाजमा समेत परिवर्तन ल्याउने ऊर्जा लुकेको हुन्छ ।'
प्रेमका बारेमा कुनै पनि व्यक्तिको बुझाइको विकास उसको संस्कृति, लालनपालन, शिक्षादीक्षा, धार्मिक झुकाव, समकालीन चलन र निजी अनुभवमा आधारित हुन्छ । तर, हजारौं वर्षअघिको झैं चित्र र कवितामा मात्र अब प्रेम सीमित रहेन । युवावर्गसँग गोपनीयताका साथ भावना प्रकट गर्ने थुप्रै आधुनिक माध्यम र ठाउँहरू छन् । उनीहरू धेरै हदसम्म प्रेम व्यक्त गर्न स्वतन्त्र छन् । के प्रेमको वास्तविक रूप र भावमा परिवर्तन आएको हो त ? विद्वान्हरूका अनुसार परम्परा, रीति, रुचि, बदलिँदो युग, प्रविधि र परिवेशले प्रेमको मूल मर्ममा परिवर्तन ल्याउन सक्दैन । लेखक स्नोभा बार्नोका अनुसार प्रेम भनेको हार्दिक समर्पण हो । वास्तवमा व्यक्ति र समाजलाई जोडिराख्न एवं मानवतालाई बचाइराख्ने प्रेम अन्तिम अस्त्र हो । शोधहरूअनुसार प्रेम सुन्दर एवं गहिरो अनुभूति हो । यसलाई फूलका महँगा गुलदस्ता, चम्किलो गाडी, आकर्षक घर र उपहारमा कैद गरेर राख्न सकिँदैन । जुन युगमा भए पनि साँचो प्रेममा पैसा, मुहार र रङको नभएर मुटुदेखि प्रेमको साटासाट हुन्छ । प्रेम कुनै धन्दा वा व्यवसाय होइन, यो त जीवन जोड्ने र खुसी बर्साउने सूत्र हो । न यो खेल हो, न त कसैको खेलौना नै । वास्तवमा बुझ्नेलाई श्रीखण्ड र कमलको फूल अनि नबुझ्नेलाई खुर्पाको बिंड हो । यसको आवश्यकता एक दिन मात्र नभएर जीवनपर्यन्त हुन्छ ।
स्त्रीपुरुष सम्बन्धमा मात्र नभएर जीवनका हरेक क्षणमा प्रेमको अनुभूति जरुरी हुन्छ । प्रेमले नै सकारात्मक सोच र ऊर्जा उत्पन्न गर्छ । यो जातीयता, क्षेत्रीयता र साम्प्रदायिकताको भेदलाई हटाउने अमृत हो जुन मनको मिलनबाट प्राप्त हुन्छ । झनै संवेदनाहीन हुँदै गएको हाम्रो समाजका सन्दर्भमा घरदेखि कार्यालयसम्म, सडकदेखि दलसम्म, नेताका घरदैलो र सरकारसम्म प्रेमको आवश्यकता देखिन्छ । वन्यजन्तुदेखि मानवको जीवन पनि प्रेमबिना अधुरो, अपूरो र खल्लो छ । आपसी प्रेमले तनाव र रोगबाट मुक्त राखेर दीर्घायु प्रदान गर्ने प्रमाणित गरिसकेको कुरा विभिन्न शोधहरूमा उल्लेख छ ।
काठमाडौ, माघ २९ - प्रमुख चार दल २०७० जेठ १५ भित्र निर्वाचन गराउने गरी चुनावी सरकार निर्माणका लागि सहमति नजिक पुगेका छन् । निर्वाचन हुने सुनिश्चितताको शर्तमा दलहरु स्वतन्त्र व्यक्तिको नेतृत्वमा भएपनि चुनावी सरकार बनाउने विषयमा सहमत देखिएका छन् ।
बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले स्वतन्त्र व्यक्तिको नेतृत्वमा भएपनि सरकार गठन गरेर जेठ १५ भित्र निर्वाचन गराउने विषयमा दलहरुबीच सकारात्मक छलफल भएको बताए । उनले दलहरु सहमति नजिक पुगेको दावी समेत गरे ।
प्रधानमन्त्री बाबुराम भट्टराईले पनि जेठ १५ भित्रै निर्वाचन गराउने गरी दलहरु सहमतिको नजिक पुगेको बताए । 'दलहरुबीच भरेभोली नै सहमति हुन्छ' उनले बैठकपछि भने ।
प्रधानमन्त्री बाबुराम भट्टराईले पनि जेठ १५ भित्रै निर्वाचन गराउने गरी दलहरु सहमतिको नजिक पुगेको बताए । 'दलहरुबीच भरेभोली नै सहमति हुन्छ' उनले बैठकपछि भने ।
निर्वाचन गराउन सहमतीय सरकार गठनाका विभिन्न विकल्पमा छलफल गर्न नयाँ बानेश्वरस्थित सेना समायोजन विशेष समितिको कार्यालयमा एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरुको सोमबार बिहान बैठक बसेको हो । कांग्रेस महामन्त्री कृष्ण सिटौलाले बेलुका राष्ट्रपतिसंगको भेटपछि थप कुरा प्रष्ट हुने बताए । सिटौलाले पनि दलहरु सहमति नजिक पुगेको दावी गरे । राष्ट्रपति रामवरण यादवले शनिबार नेताहरुसंगको सामुहिक भेटमा दुई दिन भित्र सहमति जुटाउन वा निर्णयका लागि विकल्पहरु दिन आग्रह गरेका थिए । साँझ ५ बजे नेताहरु राष्ट्रपति यादव भेट्ने कार्यक्रम छ ।
सहमतिको बाटो छाडेर सडक संघर्षमा पुगेका विपक्षी र सत्तारुढ गठबन्धनबीच लामो समयपछि आज औपचारिक बैठक बसेको हो ।
महाधिवेशन सकेर काठमाडौं फर्किएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाएर निर्वाचनमा जाने वा अन्य विकल्पमा पनि छलफल गर्न सकिने बताएका थिए ।
यता, सुशील कोइरालालाई नै प्रधानमन्त्री बनाउनुपर्ने अडानमा रहेको कांग्रेस र एमालेपनि अन्य विकल्पमा छलफल गर्न सकिने निर्णयमा पुगेको छ । एमाओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईले एकैसाथ ठोस प्रस्ताव ल्याए अन्य विकल्पमा छलफल गर्न सकिने गरी विपक्षी गठबन्धन तयार भएको हो । एमाओवादीले सहमतिका लागि ल्याउने विभिन्न प्रस्तावहरुमध्ये कुनमा छलफल गर्ने निर्णय जिम्मा कांग्रेस सभपाति कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले पाएका छन् ।
इलाहावाद (एजेन्सी), माघ २९ - कुम्भमेलाका क्रममा मौनी औंसीका अवसरमा आइतबार प्रयागस्थित गंगा, यमुना र सरस्वती नदीको संगमस्थलमा तीन करोडभन्दा बढी भक्तजनले स्नान गरे । ५५ दिन चल्ने कुम्भमेलामा ६ महास्नान हुने गर्छ । तिनमा भाग लिन भारत र विदेशबाट समेत गरी करोडौं इलाहाबाद जाने गर्छन् । यो विश्वकै ठूला मानवभेलामध्ये एक हो । मेलाभर दस करोडले नुहाउने अनुमान गरिएको छ । मेला मकर संकान्ति अर्थात जनवरी १४ देखि सुरु भएको हो । त्यस दिन करिब ८० लाखले स्नान गरेका थिए । मेला भर्न शनिबार मात्र १ करोड २० लाख जना कुम्भ क्षेत्र आएका थिए ।
स्नानका लागि २० वर्गकिलोमिटर फैलिएको कुम्भ क्षेत्रमा २२ वटा घाट बनाइएको छ । उक्त क्षेत्रमा १८ हजार फुट संगम तट पर्छ । त्यहाँ नुहाएमा पाप पखालिएर मुक्ति मिल्ने विश्वास हिन्दु धर्मावलम्बीको छ । यो मेला प्रत्येक १२ वर्षमा लाग्ने गर्छ । यो वर्षलाई त अझ महाकुम्भमेला भनिन्छ । यस्तो अवसर प्रत्येक १ सय ४४ वर्षमा एकपटक आउँछ ।
मेलाका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ । १४ हजारभन्दा बढी प्रहरीसहित अर्धसैनिक बल र कमान्डो परिचालन गरिएका छन् । भक्तजनलाई लक्षित गरेर १४ वटा अस्पताल स्थापना गरिएका छन् । त्यहाँ डेढ लाखले उपचार गराएको जनाइएको छ ।
भक्तजनको मात्र होइन, त्यहाँ सञ्चारकर्मीको समेत मेला लागेको छ । भक्तजनले स्नान गरेको खबर संकलनका लागि विश्वभरका विभिन्न भाषामा काम गर्ने सयौं पत्रकार त्यहाँ पुगेका छन् ।
आइतबार बिहानदेखि साधु र अन्य महिला-पुरुष उक्त क्षेत्र पुगेका थिए । कतिले ध्वजापताका, धनुषवाण आदि बोकेका थिए । कति नाचगानमा सहभागी थिए । केहीले भगवान्को जस्तो भेष धारण गरेका थिए । कोही घोडामा आएका थिए । अधिकांश साधु नांगै थिए । लट्टा पालेका र जिउभर खरानी धसेका उनीहरू कडा सुरक्षाबीच नदीमा पुगेका थिए ।
मेला सुरु भएयता यस क्षेत्रमा ४० हजार आफन्त भीडमा हराएर फेरि भेटिएका छन् । मेलाको कुल खर्च करिब १५ अर्ब भारतीय रुपैयाँ लाग्नेे अनुमान गरिएको छ । इलाहाबादमा तीर्थयात्री ल्याउन हजारौं बस तथा विशेष रेलहरू प्रयोग गरिएका छन् । यसैबीच इलाहाबाद रेलवे स्टेसनमा भएको भागदौडमा १५ जनाको ज्यान गएको छ ।
महाकुम्भ मेलाका अवसरमा आइतबार भारतको इलाहाबादस्थित गंगा, यमुना र सरस्वती नदीको संगममा भेला भएका साधुहरू । तस्बिर: एपी/रासस
२९ माघ, काठमाण्डौं । सर्वोच्च शिखर सगरमाथादेखि समुन्द्री सतह (समिट टु सि) सम्म प्याराग्लाईडिङमा उडेर कीर्तिमान राखेका पाइलट सानोबाबु सुनुवार अफ्रिकी महादेशको सवैभन्दा अग्लो चुली किलिमन्जरोको उडानमा पनि कीर्तिमान राख्न सफल भएका छन् ।
चारदिन अघि प्याराग्लाईडिङमा उडेर सुनुवार अधिकारिक रुपमा किलिमन्जरोबाट प्याराग्लाईडिङमा उड्न पहिलो व्यक्ति बनेको खबर नागरिक दैनिकले छापेको छ । किलिमन्जरोको चुचुरोनजिकै तीन रात बिताएपछि उडान गर्न सफल भएको उनले बताए ।
एक घन्टा ४५ मिनेटको उडानपछि समुन्द्री सतहदेखि करिब ४ सय मिटर उचाईको समथर मैदानमा अवतरण गरेको उनले सुनाए ।
‘यो एक्सपिडिसनमा सयौं विदेशी पाइलटहरुलाई पछि पार्दै म एक्लै उडान गर्न सफल भएँ,’ तान्जानियाबाट उनले भने, ‘मैले मेरो मात्र नभएर नेपालकै नाउँ राख्न सफल भएकोमा खुसी छु ।’ चिसो हावा र मौसम विग्रेको भन्दै अन्य पाइलटले बीचमै यात्रा छाडे पनि साहसका साथ अघि बढ्दा आफु सफल भएको उनको भनाई छ ।
माघ २९ – भारतको इलाहावादमा रहेको रेल वे स्टेसनमा भएको भागदौडमा ज्यान गुमाउनेको सख्या ३६ पुगेको छ । ३० जनाभन्दा धेरै घाइते भएका छन् ।
ज्यान गुमाउनेमा २८ जना महिला र ७ जना वालवालिका रहेका प्रहरीले जनाएको छ । त्यहाँको रेल वे स्टेसनका प्रवक्ता अमित मालवीयका अनुसार ज्यान गुमाउनेमा धेरैजसो उत्तर प्रदेश, दिल्ली, मध्यप्रदेश, बिहार र महारष्ट्रका बासिन्दा छन् ।
कुम्भमेलामा स्नान गरी तीर्थयात्रु रेल वे स्टेसनमा भेला भएका बेला भागदौड मच्चिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सञ्चार माध्यमका अनुसार सुरक्षा व्यवस्थाको अभावका कारण भागदौड मच्चिएको हो ।
प्रशासन र स्थानीय प्रहरीबीच समन्वय नभएको हुन सक्ने अनुमान गरिएको छ । भारतीय प्रधानमन्त्री मनमोहन सिंहले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
आज विक्रमसंवत् २०६९ साल माघ २९ गते सोमबार अंग्रेजी पात्रो अनुसार ईश्वीसन् २०१३ फेबुवरी ११, नेपालसंवत् ११३३, माघ शुक्लपक्ष (सिल्लाथ्व), प्रतिपदा तिथि, चन्द्रोदय, सोनम ल्होत्सार, श्रीबल्लभाचार्य जयन्ति, धनिष्ठा नक्षत्र, परिघ योग, बालब र कौलव ... करण, कुम्भ राशीको चन्द्रमा ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)राम्रो समयको योग छ । शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ।राजनैतिक क्षेत्रको वातावरणले मन परिवर्तन हुन सक्छ । खानपिनका परिकार प्राप्त हुने र विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनु पर्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्नेछ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरुमाथि विजय प्राप्त हुने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)घरपरिवारभन्दा बाहिरको कुनै विद्यार्थीलाई उपहार दिंदा तपाईंको चौतर्फी उन्नति हुने सङ्केत छ । धार्मिक वा आध्यात्मिक किताबको अध्ययन गर्दा तपाईंले अद्भूत स्मरणशक्ति पाउनुहुनेछ । पत्रिका वा म्यागेजिन नै भए पनि आज पठनपाठनमा क्रियाशील हुनु राम्रो हुन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला । प्रेममा धोका हुने सम्भावना छ । शरीरमा चोटपटक लाग्न सक्छ । छालासम्बन्धी रोगले दुःख नदेला भन्न सकिन्न। हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । आफूलेताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)समय राम्रो छ । भेटघाट एवं रसरङ्गमा समय बित्नेछ । मेवामिष्ठान्न आदि खान पाइनेर मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्तसल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)हतार वा आवेशमा आएर कुनै कार्य नगर्नु नै बेस हुनेछ, पछि पछुताउनु पर्छ । साँझपख मित्रवर्गबाट सहयोग मिल्नुका साथै आर्थिक लाभ पनि हुन सक्छ । आम्दानीमाकमी आउने छैन । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)मध्यम समयको योग छ । बौद्धिक र लेखनकार्यमा सफलता त प्राप्त हुने योग छ, तर एकाबिहानै आर्थिक अभावले ठूलै पिरलो बनाउला । घरखर्चसम्बन्धी विवादले दाम्पत्य सम्बन्धमा पनि तिक्तता आउने छ । साँझपख केही धनलाभ हुने सङ्केत देखिन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)आज चोटपटकको भय र मानसिक तनाव हुनेछ । उता झुठो फत्तुर पनि आइलाग्न सक्छ । बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु अत्यावश्यक छ । पछाडि कुरा काट्नेहरूले जपलझेल र षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)समय राम्रै छ । साथीभाइसित भेटघाट हुने योग छ । समाजको नेतृत्व बहन गर्नुपर्ने बेला छ । खाद्यान्नका परिकार तथा मेवा मिष्ठान्न मिल्ने समय छ । आज जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)आजको दिन आर्थिक दृष्टिले राम्रो दिन छ । नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको कदर हुने दिन हो,भाँती पुर्याएर बोल्नुहोला । तपाईंप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ, जोस र जाँगर बढ्नेछ । सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)यात्राको योग छ । खर्च राम्रै हुनेछ । विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ। विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । विश्वासको वातावरण बन्नेछ । धेरै नबोल्नु बेस छ । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । आजको समय सामान्य छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)समय राम्रो छैन । अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । यतिबेला आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न। कुनै वस्तुको किनमेल गर्दा महँगोमा परिएला विचार गर्नुहोला । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)राम्रो समयको योग छ । शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ।राजनैतिक क्षेत्रको वातावरणले मन परिवर्तन हुन सक्छ । खानपिनका परिकार प्राप्त हुने र विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनु पर्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्नेछ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरुमाथि विजय प्राप्त हुने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)घरपरिवारभन्दा बाहिरको कुनै विद्यार्थीलाई उपहार दिंदा तपाईंको चौतर्फी उन्नति हुने सङ्केत छ । धार्मिक वा आध्यात्मिक किताबको अध्ययन गर्दा तपाईंले अद्भूत स्मरणशक्ति पाउनुहुनेछ । पत्रिका वा म्यागेजिन नै भए पनि आज पठनपाठनमा क्रियाशील हुनु राम्रो हुन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला । प्रेममा धोका हुने सम्भावना छ । शरीरमा चोटपटक लाग्न सक्छ । छालासम्बन्धी रोगले दुःख नदेला भन्न सकिन्न। हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । आफूलेताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)समय राम्रो छ । भेटघाट एवं रसरङ्गमा समय बित्नेछ । मेवामिष्ठान्न आदि खान पाइनेर मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्तसल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)हतार वा आवेशमा आएर कुनै कार्य नगर्नु नै बेस हुनेछ, पछि पछुताउनु पर्छ । साँझपख मित्रवर्गबाट सहयोग मिल्नुका साथै आर्थिक लाभ पनि हुन सक्छ । आम्दानीमाकमी आउने छैन । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)मध्यम समयको योग छ । बौद्धिक र लेखनकार्यमा सफलता त प्राप्त हुने योग छ, तर एकाबिहानै आर्थिक अभावले ठूलै पिरलो बनाउला । घरखर्चसम्बन्धी विवादले दाम्पत्य सम्बन्धमा पनि तिक्तता आउने छ । साँझपख केही धनलाभ हुने सङ्केत देखिन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)आज चोटपटकको भय र मानसिक तनाव हुनेछ । उता झुठो फत्तुर पनि आइलाग्न सक्छ । बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु अत्यावश्यक छ । पछाडि कुरा काट्नेहरूले जपलझेल र षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)समय राम्रै छ । साथीभाइसित भेटघाट हुने योग छ । समाजको नेतृत्व बहन गर्नुपर्ने बेला छ । खाद्यान्नका परिकार तथा मेवा मिष्ठान्न मिल्ने समय छ । आज जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)आजको दिन आर्थिक दृष्टिले राम्रो दिन छ । नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको कदर हुने दिन हो,भाँती पुर्याएर बोल्नुहोला । तपाईंप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ, जोस र जाँगर बढ्नेछ । सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)यात्राको योग छ । खर्च राम्रै हुनेछ । विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ। विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । विश्वासको वातावरण बन्नेछ । धेरै नबोल्नु बेस छ । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । आजको समय सामान्य छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)समय राम्रो छैन । अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । यतिबेला आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न। कुनै वस्तुको किनमेल गर्दा महँगोमा परिएला विचार गर्नुहोला । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ ।
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
85.30
85.90
European euro
1
113.99
114.80
UK pound sterling
1
134.75
135.70
Swiss franc
1
92.97
93.62
Australian dollar
1
88.03
88.65
Canadian dollar
1
85.11
85.71
Singapore dollar
1
68.88
69.37
Japanese yen
10
9.20
9.27
Chinese renminbi (Yuan)
1
13.69
13.78
Saudi Arabian riyal
1
22.75
22.91
Qatari riyal
1
23.43
23.60
Thai baht
1
2.86
2.88
UAE Dirham
1
23.23
23.39
Malaysian ringgit
1
27.53
27.72
South Korean Won 100
7.78
7.84
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
13.25
Danish Krone
1
15.29
Hong Kong dollar
1
11.00
Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
85.30
85.90
European euro
1
113.99
114.80
UK pound sterling
1
134.75
135.70
Swiss franc
1
92.97
93.62
Australian dollar
1
88.03
88.65
Canadian dollar
1
85.11
85.71
Singapore dollar
1
68.88
69.37
Japanese yen
10
9.20
9.27
Chinese renminbi (Yuan)
1
13.69
13.78
Saudi Arabian riyal
1
22.75
22.91
Qatari riyal
1
23.43
23.60
Thai baht
1
2.86
2.88
UAE Dirham
1
23.23
23.39
Malaysian ringgit
1
27.53
27.72
South Korean Won 100
7.78
7.84
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
13.25
Danish Krone
1
15.29
Hong Kong dollar
1
11.00
Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.