बालिका बलात्कारको आरोपमा युवक पक्राउ

Published On Thursday, February 28, 2013 » » By Unknown »


भरत खड्का/ उज्यालो । उदयपुर, फागुन ११ – उदयपुरको सुन्दरपुर गाविसकी ८ बर्षिया बालिका बलात्कारको आरोपमा १८ बर्षिय युवा मोहमद मफुजल मियाँ बिहीबार पक्राउ परेका छन् । मियाँलाई स्थानीयले पक्राउ गरी  प्रहरीलाई बुझाएका हुन् ।
मियाँले बुधबार साँझ ६ बजेको समयमा मियाँले बालिकालाई ललाईफकाई गरेर घर नजिकैको त्रियुगा खोलाको किनारामा जवरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक श्रीकृष्ण पौडेलले जानकारी दिनुभयो ।
पक्राउ परेका मियाँलाई प्रहरी हिरासतमा राखि थप अनुसन्धान प्रकृयालाई अगाडी बढाएको निरीक्षक पौडेलले बताउनुभयो । बालिकाको जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य परीक्षण गरी आफन्तलाई बुझाइएको छ ।

Share this post

Tags