एम्बुलेन्समा गाँजा तस्करी

Published On Thursday, February 28, 2013 » » By Unknown »


बारा, फाल्गुन १७ - इलाका प्रहरी कार्यालय सिमराले बिहीबार राति १२ बजेर १० मिनेटमा अमलेखगंजबाट एउटा एम्बुलेन्स सहित एक सय ८० किलो गाँजा बरामद गरेपछि एम्बुलेन्समा गाँजा तस्करी भइरहेको रहस्य बाहिर आएको छ ।
लागुऔषधको कारोबारमा संलग्न हरुले एम्बुलेन्स सेवाको दुरुपयोग गर्ने गरेको रहस्य यसरी सार्वजनिक भएको हो ।
सिमरा प्रहरीले ना २ च ६७८० नम्बरको एम्बुलेन्स विशेष सुराकीको आधारमा नियन्त्रणमा लिई खान तलासी गर्दा १२ वटा पोकामा रहेको करिब एक सय ८० किलो गाजा बरामद भएको हो ।
मकवानपुरको बसामाडीबाट सिराहा तर्फ एम्बुलेन्स गइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठले बताएका छन् ।
प्रहरीले एम्बुलेन्सका चालक नवलपरासी रजहरका चिन्तामणी सापकोटा र गाजा धनी मकवानपुर बसामाडीका कृष्ण गोलेलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
गाजा बोकेको एम्बुलेन्स क्षत्री समाज भरतपुरले ३ दिन अघि फागुन १३ गतेबाट संचालनमा ल्याएको प्रहरीले जनाएको छ ।

Share this post

Tags