बाँदरका कारण गाउँले हैरान

Published On Tuesday, January 29, 2013 » » By Unknown »

गाईघाट (उदयपुर), माघ १६ - उदयपुरको बेल्टार गाविस- २ भुल्केटोलमा जङ्गली रातोबाँदरले खेतबारीमा लगाएको बालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीयवासी हैरान भएका छन् । नजिकैको जङ्गलबाट सङ्ख्यामा आउने गरेको रातो बाँदरले भुल्केटोलमा पसेर स्थानीयवासीको घरको अन्न तथा फलफूलसमेत खाइदिने गरेका कारण उनीहरु त्रसित बन्न थालेका छन् । भुल्केकी स्थानीय दिलमाया खत्री भन्छिन्, "साँझ बिहान ठूलो सङ्ख्यामा आउने बाँदरहरुले घरभित्र पसेर अन्न तथा फलफूलसमेत खाइदिने गरेका कारण आफूहरु हैरान भएका छौं" । बाँदरले गाउँलेमाथि पनि आक्रमण गर्ने गरेको स्थानीय महेश भुजेलले बताए । गाउँलेलाई बाँदरले दुःख दिन थालेपछि स्थानीय प्रशासन तथा प्रहरीमा समेत जाहेरी दिई सुरक्षा मागेको स्थानीयवासी बताउाछन् ।

Share this post

Tags