३ गाविस सचिव निलम्बित

Published On Tuesday, January 29, 2013 » » By Unknown »

राजविराज, माघ १६ - जिल्ला विकास समिति सप्तरीले तीन गाविस सचिवलाई निलम्बन गरेको छ । सरकारले अशक्त नागरिकका लागि प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको भन्दै ती सचिवहरूलाई निलम्बन गरेको हो । निलम्बनमा परेका सचिवहरूमा औरही गाविसका महिनारायण चौधरी, टिकुलिया गाविसका रामदत्त यादव र सिस्वा बेल्ही गाविसका हरिनारायण यादव छन् । तीनै जनालाई माघ १२ गतेदेखि लागू हुने गरी निलम्बन गरिएको जिविसले जनायो ।
स्थानीय विकास अधिकारी कृष्णकुमार सापकोटाका अनुसार तीनैजना सचिवले आआफ्ना गाविसमा वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्तामा किर्ते कागज बनाई अनियमितता गरेको प्रमाणित भएपछि निलम्बन गरिएको हो । उनीहरूमाथि करिब २६ लाख रुपैयाँ अनियमितता भएको प्रमाणित भएको जिविसले जनायो । जिविसले गत आर्थिक वर्षमा ३० करोड बढी अनियमितता भएको रहस्य खुलेपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्री नारायणकाजी श्रेष्ठसहितका टोलीले छानबिन गरेको थियो ।

Share this post

Tags