२१ मंसिर,एजेन्सी। सोच्नुस त तपाई मर्निङ वाकमा हिड्नु भएको छ र तपाइको छेउमा अर्को मानिस नांगै कुद्छै छ भने तपाईलाई कस्तो अनुभव होला ? भलै नेपालमा यस्तो दृश्यको परिकल्पना गर्न नसकिएला तर न्युजिल्याण्डमा भने एक विहानै नांगै दौडिन सकिने भएको छ।
न्युजिल्याण्डको एक अदालतले एक व्यक्तिलाई नांगिएर दौडिने अनुमति दिएको छ। आफूलाई स्वाधिनतावादी बताउने ४७ वर्षिय एंड्रयु लयलले अदालतमा नांगै मर्निङ वाकमा जान पाउनु पर्ने माग राख्दै अपिल गरेका थिए।
केही समय अघी देखिनै एंड्रयु नांगै दौडने गरेका थिए, उनलाई नांगै मर्निङ वाकमा देखेर एक महिलाले उनलाई अश्लिता फैलाएको भन्दै प्रहरीमा उजुरी गरिदिइन्।उनलाई प्रहरीले तीन दिनसम्म हिरासतमा राखेको थियो। आफूलाई हिरासतमा राखेको भन्दै एंड्रयुले अदालतमा नांगै दौडन पाउने पर्ने माग सहित अपिल दायर गरेका थिए।
एंड्रयुले अदालतमा नांगै दौडनु अपराध भए भगवानले मानिसलाई यौनअंग दिनु हुदैनथ्यो भन्दै आफ्नो पक्ष राखेका थियो। अदालतले समेत उनको मागमा मञ्जुरी जनायो र अव उनले मात्रै होइन् जसले पनि न्युजिल्याण्डमा नांगै दौडन पाउने भएको छ। अदालतको यो फैसलालाई धेरै राजनैतिक नेता र सामाजिक कार्यकर्ताले भने मन पराएका छैनन्।
प्रि–प्रोडक्सन देखिनै विवादमा आएको फिल्म 9 0'clock को रिलिज तयारी पुरा भएको छ । प्रोष्टप्रोडक्सन पश्चात पहिलो कार्यक्रम गरी 9 0'clock युनिटले आज आफ्नो फिल्मको अडियो म्यूजिक लन्च गर्दै रिलिजको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । फाल्गुन ११ मा रिलिज हुने यो फिल्मका लिड आर्टिष्ट सुमिना घिमिरे र ध्रुव दत्त हुन् ।
तीन वटा गित समावेश यो फिल्मका म्यूजिक डाईरेक्टर कन्काईष्ट राई हुन् । उनले म्यूजिकको पार्टमा आफूले केही फरक पन दिन खोजेको कार्यक्रममा बताए । यसैगरी निर्देशक बाबुराम ढकालले प्रि–प्रोडक्सन र प्रोडक्सनका पिरियडमा आफ्नो फिल्मको बारेमा जुन किसिमको नकारात्मक हल्ला फिल्मी बजारमा फैलिएका थिए ती सवै गलत रहेको दाबी गरे । उनले भने, 'मेरो विगतका दुई फिल्म दुलही र पर्खिराख है जस्तो पारिवारिक यो फिल्म छैन र बजारमा फैलिएको एटिम जस्तो पनि हैन ।' उनले आफ्नो फिल्म पूर्ण रुपमा ईन्टरटेन्मेन्टका लागि रहेको दाबी गरे ।
चीनका एक किसानले एउटा अचम्मको भकुण्डो बनाएका छन् । हेबेइ प्रान्तस्थित क्विन्टन गाउँका किसान लिउ क्विउयानले बनाएको यो भकुण्डोले केवल उनी एकजनालाई मात्र होइन अरु १३ जना सम्मलाई पनि भुइँचालो तथा सुनामी जस्ता विपत्तिबाट जोगाउनेछ ।
स्टिलको प|mेम बाहिर फाइबर ग्लासको खोल हालेर बनाइएको उक्त भिमकाय भकुण्डो भित्र छिरेपछि जस्तो सुकै विपत्तिमा पनि केही नहुने उनको दाबी छ । डिसेम्बर २१ मा पृथ्वीमा प्रलय हुने हल्ला चलेकोमा यदि प्रलय भै हालेमा पनि यो भकुण्डोभित्र छिरेमा जिउ जोगिने ती किसान बताउँछन् । सातवटा कोठा भएको यो भकुण्डोभित्र सास फेर्नका लागि अक्सिजन ग्यासको ट्यांकीका साथै बस्ने सिटमा सिटबेल्ट समेत छ । यो भकुण्डो पानीमा परेमा पनि सिधा माथि तर्फ तैरिने भएकाले भित्र बस्नेलाई केही हुँदैन ।
मंसिर २६ – एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सार्वजनिक रुपमै गालामा थप्पड हान्ने आफ्नै पार्टी निकटका पूर्व कार्यकर्ता पदम कुँवरले प्रचण्ड र प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेट्न चाहेका छन् ।
पूरै परिवार जनयुद्धमा पार्टीमा खटेको र अहिले आर्थिक कमजोर अवस्था रहे पनि पार्टीले देश र कार्यकर्ता दुवैलाई नहेरेको भन्दै आक्रोशित भई अध्यक्ष प्रचण्डमाथि जाई लाग्ने ती कार्यकर्ताले प्रचण्ड र बाबुरामसँग भेट गर्ने इच्छा जाहेर गरेका हुन् ।
पदम पक्राउ परेदेखि नै उनको रेखदेख गर्दै आएका उनका भिनाजु भीम भारतीले पदमको भनाई उदृत गर्दै प्रचण्ड र बाबुरामलाई भेटेर आफ्ना भनाई राख्न चाहेको जानकारी दिएका हुन् ।
एक कुराकानीमा भारतीले आफूलाई समेत मानसिक रुपमा तनाव दिएको समेत दुखेको पोखेका छन् ।
जिल्ला प्रशासन कार्यालय पुर्याइएका उनीसँग प्रजिअ चुडामणी शर्माले २८ हजार रुपैयाँ धरौटी माग गरेको र आफूहरुसँग त्यत्रो पैसा नभएकाले निकाल्न नसकेको समेत बताएका छन् ।
यसैबीच, नेताहरुले जनतालाई ढाँटीरहने, गरेका वाचाहरु पूरा नगर्ने, शान्ति सुरक्षा नदिएको तथा संविधान पनि नबनाएको अवस्थामा दिक्दार भई नेताहरुलाई सजग गराउन कुँवरले झापड हानेको र अहिले २८ हजार तिर्न नसक्दा उनी जेल चलान हुन बाध्य भएको भन्दै डिसीनेपालका सञ्चालक रामहरी सुवेदीले उनलाई जेलबाट छुटाउन २८ हजार सहयोग समेत गरेका छन् ।
यता, कुँवरका भिनाजुले भने पदमको विषयमा यसो भनेका छन् भिडियो हेर्नुहोस्
पुष १३ को मितिबाट माघ ५ का लागि रिलिज डेट सारिएको कलिउड फिल्मको फष्टलुक पोष्टरहरुलाई अफिशियल रिलिज गरिएको छ ।यस अघि दुई वटा ट्रेलर रिलिज गरेको जि वान क्रिएसनले आज आफ्ना तीन वटा पोष्टरहरुलाई फष्टलुकको रुपमा फिल्मीखबर मार्फत रिलिज गरेको हो ।
आर्यन सिग्देल, प्रियंका कार्की तथा दुई नयाँ अनुहार पायल थापा र बिष्णु कार्की यो फिल्मका लिड एक्टर्स हुन । नवराज आचार्यको भाग्य परीक्षाको रुपमा हेरिएको यो फिल्मको कथा नेपाली फिल्म ईन्डष्ट्रीसंग सम्बन्धीत छ । तर नवराज कलिउडको रिजल्टलाई आफ्नो भाग्य परीक्षा भन्न रुचाउदैनन किन कि उनले १४ बर्षे मिडिया अनुवभको आधारमा यो फिल्म निर्देशनमा हात हालेका हुन । तसर्थ उनी सफल हुनेमा विश्वस्त देखिएका छन् ।
पछिल्लो समय यो ईन्डष्ट्रीलाई कलिउड भन्ने कि नभन्ने बिषयका बहसहरु पनि चलिरहेको छ जुनकुरा लाई निर्देशक आचार्यले आफ्नो फिल्म मार्फत कलिउडको आधिकारिक परिभाषा पनि दिन खोजेका छन् ।

.jpg)



