वासिङ्टन – अमेरिका र कोस्टारिका कन्काकाफ क्षेत्रबाट विश्वकप फुटबलमा छनोट भएका छन्। अमेरिकाले आफ्नो पुरानो प्रतिद्वन्द्वी मेक्सिकोलाई २–० ले पराजित गर्योश भने कोस्टारिकाले जमैकासँग १–१ को बराबरीमा खेलेको थियो। पानामा र होन्डुरसबीच मंगलबारै भएको खेल २–२ को बराबरीमा टुंगिएपछि कोस्टारिकाको विश्वकप छनोट पक्का भएको हो। उत्तर अमेरिकी क्षेत्रबाट अन्तिम चरणमा सहभागी ६ टोलीमा शीर्ष ३ टोली विश्वकपलाई सोझै छनोट हुन्छन् भने चौथो हुने टोली ओसिएनियाको विजेता (न्युजिल्यान्ड) सँग प्लेअफ खेल्नेछ।
इडी जोन्सन र लन्डन डोनोभानको गोलमा अमेरिकाले प्रमुख क्षेत्रीय प्रतिद्वन्द्वी मेक्सिकोमाथि विजय पायो। 'यो साँच्चिकै विशेष हो,' डोनोभानले भने, 'हाम्रो टोलीले जुन हिसाब मेहनत गरेको छ, त्यसमा म गर्व गर्दछु। यो श्रेयको सबै उत्तिकै भागीदार छन्।' अमेरिका विश्वकप छनोटको घरेलु मैदानमा भएको पछिल्ला २६ खेलमा अपराजित छ।
शुक्रबार होन्डुरससँग २–१ ले पराजित भएपछि मेक्सिकोले प्रशिक्षक चेपो डे ला टोरेलाई बर्खास्त गरेको थियो। उनको स्थानमा ल्याइएका लुइस फर्नान्डो टेनाले मंगलबार टोली सम्हालेका थिए।
सन् १९९० पछि अमेरिका लगातार सातौंपल्ट विश्वकपमा छनोट भएको हो। मेक्सिकोलाई हराएपछि अमेरिकाको १६ अंक पुगेको छ, जुन कोस्टारिकाभन्दा १ अंक बढी हो। होन्डुरस ११ अंकसहित तेस्रो तथा पानामा ८ अंकसहित चौथो स्थानमा छन्। पानामाभन्दा गोलभिन्नतामा पछाडि रहेको मेक्सिको पाँचौंमा छ।
युरोपबाट इटाली र नेदरल्यान्डस
इटाली र नेदरल्यान्डले मंगलबार आ–आफ्नो खेल जित्दै २०१४ को विश्वकपमा छनोट हुने युरोपको पहिलो दुई टोली बनेका छन्। अर्को महाशक्ति जर्मनी छनोट नजिक पुग्दा स्विट्जरल्यान्ड, इङ्ल्यान्ड र रुसले स्थिति आफ्नो हातमा ल्याएका छन्।
स्विडेनमा सन् १९५८ मा भएको विश्वकपबाहेक इटालीले सबैमा सहभागिता जनाउँदै आएको छ। टुरिनमा चेक गणतन्त्रविरुद्ध विजय पाए लगातार १४औं पटक विश्वकपमा पुग्ने सेजार प्रान्डेलीको टोलीले बुझेको थियो। युभेन्ट्सको रंगशालामा इटालीको सुरुआत राम्रो हुन सकेन।
लिबोर कोजाकले १९औं मिनेटमा गोल गरी चेक गणतन्त्रलाई अग्रता दिलाए। तर दोस्रो हाफमा जिओर्जियो चिलेइनको गोलमा ५१औं मिनेटमा बराबरीमा आएको इटालीबाट एसी मिलानका स्ट्राइकर मारियो बालोटेलीले ५४औं मिनेटमा गरेको पेनाल्टी विजयी गोल बन्यो। चेकलाई पराजित गरेपछि इटाली समूह 'बी' को विजेता बन्यो।
'हामी विश्वकपमा छनोट भएका छौं, त्यसमा निकै सन्तुष्ट छौं,' विश्वकपपछि पद त्याग्ने क्रममा रहेका इटालीका प्रशिक्षक प्रान्डेलीले भने। पराजयपछि चेक प्रशिक्षक मिसेल बिलेकले तत्कालै राजीनामा दिए। चेकको पराजयपछि बुल्गेरिया र डेनमार्कले दोस्रो स्थान हात पार्दै प्लेअफ खेल्ने सम्भावना देखाएका छन्।
२०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको फाइनलमा स्पेनसँग पराजित नेदरल्यान्डसले अन्डोरालाई २–० ले पराजित गर्दै छनोट हुने औपचारिकता पूरा गर्योस। अघिल्लो साता इस्टोनियासँग २–२ को बराबरीमा रोकिए पनि नेदरल्यान्डसले दुई खेलअगावै ब्राजिलको टिकट काटेको छ। इस्टोनियासँग अन्तिम मिनेटमा बराबरी गोल गरेका म्यानचेस्टर युनाइटेडका स्ट्राइकर रोबिन भान पर्सीले दोस्रो हाफको चार मिनेट अन्तरमा दुवै गोल गरे।
भान पर्सीले आफ्नो टोलीले मेहनती खेल प्रदर्शन गरेको बताए। प्रशिक्षक लुइस भान गाल आफ्नो टोलीले लक्ष्य पूरा गरेकोमा केन्द्रित थिए। 'विश्वकपमा छनोट हुँदा हामी निकै खुसी छौं। युरोपियन च्याम्पियनसिपपछि हामीले निकै मेहनत गर्यौं । नयाँ टोली बनायौं, त्यसैले यो सजिलो थिएन। त्यसमा पनि युरोपबाट छनोट हुने पहिलो टोली बन्नु ठूलो नतिजा हो हाम्रा लागि।'
जर्मनीले फारोइ आइल्यान्डलाई ३–० ले पराजित गरेमा अन्य नतिजा आफ्नो पक्षमा नआउँदा छनोटका लागि थप समय कुर्नुपर्ने भएको छ। जर्मनीबाट पेर मेर्टेसाक र थोमस मुलरले गोल गरे भने मेसुट ओजिलको पेनाल्टीले पनि निशाना लियो। स्विडेनले काजकिस्तानमा नतिजा निकाल्न नसकेको भए जर्मनी पनि मंगलबार नै छनोट हुने थियो। तर जाल्टन इब्राहिमोभिजले पहिलो मिनेटमा गरेको गोलमा स्विडेनले १–० को विजय पायो। राष्ट्रका लागि यो उनको ४५औं गोल हो।
यसले स्विडेनको समूह 'सी' मा उपविजेता बन्ने सम्भावना बलियो भयो। टोली अस्ट्रियाभन्दा ३ अंकले अगाडि छ। डेबिड अलाबाको गोलमा अस्ट्रियाले गणतन्त्र आयरल्यान्डलाई १–० ले पराजित गर्योद। अर्को महिना हुने खेलमा आयरल्यान्डलाई १–० ले पराजित गरे जर्मनी समूह विजेता बन्नेछ।
नर्वेलाई २–० ले पराजित गरेको स्विट्जरल्यान्ड अर्को महिना समूह 'ई' को विजेता बन्दै विश्वकपमा छनोट हुनसक्छ। फाबियन सारको दुई गोलमा विजय पाएको स्विट्जरल्यान्ड २ खेल बाँकीको समयमा आइसल्यान्डभन्दा ५ अंकले अगाडि छ।
इङ्ल्यान्डले युक्रेनमा चाहेको बराबरी नतिजा निकाले पनि समूह 'एच' मा अझै गर्न बाँकी छ। किभमा गोलरहित बराबरी खेलेको इङ्ल्यान्डले अब मोन्टेनेग्रो र पोल्यान्डसँग घरेलु मैदानमा खेल्नेछ। इङ्ल्यान्डबाट चेल्सीका मिडफिल्डर फ्रान्क लाम्पार्डले १ सय खेलमा सहभागिता जनाए। अझ पनि आशा बोकेको पोल्यान्डले सान मारिनोलाई ५–१ ले पराजित गर्यो।
समूह 'आइ' मा बेलारुसलाई ४–२ ले पराजित गरेपछि फ्रान्स शीर्ष स्थानको स्पेनसँगै समान अंकमा पुगेको छ। तर स्पेनले एक खेल जितेमा पनि विश्वकपमा स्थान पक्का गर्नेछ। ५ सय मिनेटसम्म गोल नगरेको फ्रान्सबाट गोलरक्षक हुगो लोरिसले दुई गम्भीर गल्ती गरे पनि फ्रान्क रिबेरीको दुई गोलमा भ्रमणकारी टोलीले विजय पायो। फ्रान्स कम्तीमा समूहमा दोस्रो हुने भएको छ।
फाबियो कापेलोको रुस समूह 'एफ' मा शीर्ष स्थानमा उक्लिएको छ। टोली पोर्चुगलभन्दा १ अंकले अगाडि छ। रुसले सेन्ट पिटर्सबर्गमा इजरायललाई ३–१ ले पराजित गर्योल।
World cup Selected Country
Brazil{Organizer}
आयोजक
आयोजक
आयोजक)
Asia
Japan,South Koria, Iran, Austerlia
Urope
Itali,Netharland
South America
Arzenitna
Kankaf
America Costarica
0 comments