२६ भदौ, काठमाडौं । छुट्टै गोरखाल्याण्ड राज्यको माग गर्दै दार्जीलिङमा
जारी बन्दसहितको आन्दोलन स्थगित भएको छ । भारतका केन्द्रीय गृहमन्त्री
सुशीलकुमार शिन्देले केन्द्रीय सरकारको पहलमा त्रिपक्षीय बैठक गर्ने
आश्वासनपछि गोरखाल्याण्ड जोइन्ट एक्यस कमिटीले अक्टोबर २० अर्थात कात्तिक ३
गतेसम्मका लागि बन्दसहितको आन्दोलन स्थगित गरेको हो ।
राजनीतिक
दलहरुको संयुक्त समितिले १३ सेप्टेम्बरदेखि विद्यालयहरु खुल्नेछन् भने
पहाडभर धर्ना र जनसभा लगायतका कार्यक्रम गरिने बताइएको छ । कमिटीका अध्यक्ष
एनोस दास प्रधानले भनेका छन्-’केन्द्रीय गृहमन्त्रीले गोरखाल्याण्ड
राज्यको मागबारे त्रिपक्षीय बैठक गर्ने आश्वासन दिँदै बन्द कार्यक्रम
रोकिदिन अनुरोध गरेकामा जोइन्ट एक्सन कमिटीले अक्टोबसर २०सम्म आन्दोलन
स्थगित गर्ने निर्णय लिएको छ ।’
बैठकले आन्दोलनलाई नयाँ मोड दिन
भन्दै नयाँ कार्यकारिणी समिति गठन गरेको छ । अध्यक्षमा गोरखा जनमुक्ति
मोर्चाका अध्यक्ष विमल गुरुङ रहेका छन् ।
0 comments