बन्दले उपत्यकाको जनजीवन प्रभावित

Published On Wednesday, September 11, 2013 » 0 comments » By Unknown » ,


News From Kathmandu Nepal
सर्वदलीय गोलमेच सभा मार्फत राष्ट्रिय सहमति कायम गर्नुपर्ने माग राख्दै नेकपा–माओवादी सहितका ३३ दलले आज उपत्यका र पूर्वका ९ जिल्ला बन्द गरेका छन् । बन्दका कारण उपत्यकाका ३ जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरको जनजीवन विहानै देखि प्रभावित भएको छ । लगातारको बन्दले पूर्वको जनजीवन थप कष्टकर बन्दै गएको छ । बन्दका कारण राजधानीमा कुनै पनि सवारी साधन चलेका छैनन् भने बजार, पसल, शिक्षण संस्था पनि ठप्प छन् । उपत्यकाको चोकचोकमा जम्मा भएर पार्टीको झन्डा बोकेका बन्दकर्ताले प्रदर्शन गरिरहेका छन् । राजधानीको कोटेश्वर, नयाँ बानेश्वर, कुपण्डोल, कलंकी बालाजु, चाबहिल, चक्रपथ, नयाँ बसपार्कलगायतका स्थानमा बन्दकर्ताहरु नाराबाजी सहित सडकमा उत्रिएर प्रर्दशन गरिरहेका छन् । चुनावी प्रक्रियाप्रति असन्तुष्ट नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आफूहरुले राखेको १८ बुँदे माग सम्बोधन गर्न सरकार र उच्चस्तरिय राजनीतिक समिति हिचकिचाएको आरोप लगाएको छ । गोलमेच सभाको आयोजना गर्ने सैद्धान्तिक सहमति भएको २ दिन बित्न नपाउँदै प्रमुख दलहरुले निर्णय उल्टाएको भन्दै ३३ दलले असन्तुष्ट पोखेको छ । उनीहरुले पेट्रालियम पदार्थमा गरेको मूल्यवृद्धिको पनि विरोध गरेका छन् । बन्द क्रममा दमकल, एम्बुलेन्स, प्रेस, कुटनीतिक नियोग, मानवअधिकारवादी संघसस्था, पानी र दुध बोक्ने ट्याङकरलाई भने कुनै अवरोध नगर्ने ३३ दलले जनाएको छ । यसैबीच बन्दमा कुनै अप्रिय घटना हुन नदिन चोक चोकमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।

Share this post

Tags

0 comments

Leave a Reply