स्टाफ नर्सको गन्तव्य विदेश

Published On Thursday, September 12, 2013 » 0 comments » By Unknown »


Kathmandu Nepal
२८ भदौ, चितवन । नेपाली स्टाफ नर्सको माग विदेशमा धेरै छ । त्यसैले वर्षेनि नेपालका विभिन्न जिल्लाबाट स्टाफ नर्स विदेसिने गरेका छन् । अस्पतालमा काम गर्दागर्दै अधिकांश स्टाफ नर्स विदेसिने गरेका छन् ।

त्यस्तै केही स्टाफ नर्सहरु अध्ययनको सिलसिलामै विदेसिन्छन् । यहाँ राम्रो कमाई नहुने र विदेशमा नेपालमा भन्दा राम्रो कमाई हुने मान्यताले स्टाफ नर्स विदेसिने क्रम बढेको हो । त्यस्तै यहाँ स्टाफ नर्सलाई हेर्ने दृष्टिकोणसमेत फरक छ । यहाँ नर्सिङ पढाइ हुने ११ कलेज छन् । प्रत्येक कलेजबाट ३ बर्षको अवधिमा ४० जना स्टाफ नर्स तयार हुन्छन् । ११ वटा कलेजबाट मात्र ४ सय ४० जना स्टाफ नर्स जागिर खान योग्य हुन्छन् ।

केही नर्सले विदेशमा बस्दै आएका आफूभन्दा पाका उमेरका युवासँग विवाह गरेर जाने गरेका छन् । उनीहरुले विदेशमा आफूहरुको माग भएको भन्दै पाका उमेरकासँग् विवाह गरी विदेश पलायन हुने गरेको कान्तिपुर दैनिकमा खबर छ । ‘विदेशमा नेपाली नर्सको डिमान्ड धेरै छ,’ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरकी नर्सिङ विभाग प्रमुख मीना सिवाकोटी भन्छिन्, ‘त्यसैले अवसर पाउन साथ जागिर छाडेर नर्सहरु विदेसिने क्रम बढ्दो छ ।’ उनका अनुसार २ वर्षको अवधिमा मात्र क्यान्सर अस्पतालमा ७५ जना स्टाफ नर्स विदेसिए । अस्पतालमा जागिर खान सुरु गरेको एक वर्ष नबित्दै नर्सहरु विदेसिने गरेका छन् ।

Share this post

Tags

0 comments

Leave a Reply