• Contact
  • Typography
  • Pages
    • 404 page
    • Contact
    • Page with video
    • Page with image
    • Page with audio
    • Landing page
    • Fullwidth
  • Options Panel
  • Blog
  • Home
Sky Nepal Online News and Entertainment Site
  • Home
  • News
    • National
    • Prawas
    • World
    • Finance
  • Filmy
    • Bollywood
    • Hollywood
    • Kallywood
  • Sports
  • Entertainment
  • Tv Shows
    • Meri Bassai
    • Jire Khursani
    • Tito Satya
    • Jhai Kuti Jhai
  • Interviews
  • Other News
    • Sajha Sawal
    • Khabar Bhitra ko Khabar
    • Power News
    • Khoj Talas

महिलाहरु किन ढिलो उत्तेजित हुन्छन?? महिला र पुरुषहरुको शारिरीक बनावट मात्र फरक हुदैन तिनीहरुको सोचाईमा पनी आकाश जमिनको फरक हुन्छ। वैज्ञानिकहरुले पनी हालै गरेको एक अनुसन्धानमा यही कुरा पत्ता लगाएका छन। त्यस अनुसन्धान अनुसार महिला र पुरुषको सेक्स आवश्यकता फरक फरक मात्र हुदैन त्यसको बारेमा सोचाई पनी फरक नै हुन्छ। वैज्ञानिकहरु मान्छन कि,पुरुषहरु सेक्सलाई दिनभरीको
क्रियाकलाप भन्दा अलग मान्छन तर महिलाहरु यसमा फरक सोचाई राख्दछन।वैज्ञानिकहरुले अनुसन्धानको क्रममा पाए कि पुरुषहरु आफु उत्तेजित भएको प्रतिक्रिया छिटै दिन्छन तर महिलाहरुलाई अलि समय लाग्दछ।”
क्वीन्स यूनीवर्सिटी द्वारा गराईएको यस अध्ययन मा वर्ष १९६९ देखी २००७ का बीच २५०० महिला र १९०० पुरुष बिच गरीएको शोधको अध्ययन गरीएकोथियो। शोधमा सामेल गरीएका पुरुष तथा महिलाहरुलाई कामोत्तेजक गतिविधीको पहिले र पछाडी कत्तिको उत्तेजना महसुस हुन्छ भनेर सोधिएको थियो। त्यस पछी जवाफ र त्यस बेला ति महिला तथा पुरुषहरुको यौनांग हरुमा भएको रगतको बहाब र मानसिक प्रतिक्रिया सँग दाँजिएको थियो। यस क्रममा पुरुषहरुको मनसिक र शारिरीक प्रतिक्रिया मिलेको पाईयो भने महिलाहरुको शारिरीक उत्तेजना र मानसिक उत्तेजना बिच तालमेल त्यती नभएको पाईयो। अझ अनुसन्धानको क्रममा महिलाहरुमा कुनै शारिरीक बदलाब बिना नै मानसिक रुपमा उत्तेजित भएको पाईयो भने कुनै बेला बाहिर उत्तेजित नदेखिए पनी मानसिक रुपमा निकै उत्तेजित भएको पाईयो। यस अनुसन्धानका प्रमुख प्रोफेसर मेरेदिथ चिवर्स रहेका थिए।”
सूचना प्रविधिको तिव्रतर विकाश, समाज तथा संस्कारमा आएको परिवर्तन सँगै पछिल्लो समयमा जिवनशैली समेत बदलिएको छ । जिवनशैलीको परिवर्तनले के बालक, के बुढाबुढी, के तन्नेरी सबैलाई समातेको छ । अहिलेका किशोरकिशोरी अधिकांस इन्टरनेटबाट परिचित छन् । यौनका विषयमा बढि खुलस्त छन् । हिजोको समाजमा जुन कुरा पचाउन सकिँदैनथ्यो त्यो आज सामान्य बनिरहेको छ ।
किशोरकिशोरी यौनिक रुपमा समेत सक्रिय बन्दै गएको पाइन्छ । यसै विषयमा भारतमा पछिल्लो समयमा भएका केही अध्ययनहरुले केही रोचक तथा अनौठो लाग्दा नतिजा निकालेका छन् । यी नतिजाहरु धेरै हदसम्म हाम्रो समाजमा समेत मेल खान्छन् र कतिपय नखान पनि सक्छन् :

  • भारतीय पेडियाडि्रसन एसोसिएसनले गरेको अध्ययन अनुसार भारतका ठूला ठूला सहरका चर्चित स्कुलमा पढ्ने २५ प्रतिशत किशोरीहरु यौनिक रुपमा सक्रिय हुन्छन् । जबकी सयमा १० जना किशोर छात्रले स्कुलमा आउँदा कण्डम बोकेर आउने गर्छन् ।
  • भारतका किशोर किशोरीहरु दिनमा १० घण्टा पढाइएका अलाबा अन्य कुरामा खर्च गर्छन् । जसमध्ये २ घण्टा फेसबुक तथा टि्वटरमा, डेढ घण्टा मोबाइलमा कुरा गरेर, अढाइ घण्टा टेलिभिजन हेरेर, डेढ घण्टा कम्प्युटरमा गेम खेलेर तथा साढे ३ घण्टा अरु घरासायी काम गरेर बिताउने गर्छन् ।
  • इण्डिया टुडेले गरेको सर्भेक्षण अनुसार भारतमा हरेक ५ मा एक जना किशोर किशोरी १३ वर्षको उमेरमै पोर्न फिल्म, पोर्न भिडियो वा अश्लील तस्वीर हेर्ने गरेका हुन्छन् । १५ प्रतिशत किशोर किशोरीले स्कुलका शौचालयमै विभिन्न यौन क्रियाकलाप गर्छन् भने ९५ प्रतिशत किशोर किशोरीले विवाह अघिको सेक्सलाई सही मान्दछन् ।
  • अर्को एक सर्भेक्षण अनुसार सयमा ९८ जना किशोर किशोरीले १३ वर्षको उमेर सम्ममै कण्डम के हो ? तथा गर्भ निरोधक पिल्स भनेको के हो र किन प्रयोग गरिन्छ भन्ने कुरा जानिसकेका हुन्छन् ।
  • हरेक पाँच जनामा एक छात्र १६ वर्षको उमेर भन्दा पहिले नै धूमपान गरिसकेका हुन्छन् । साथै ५० प्रतिशत किशोर किशोरीले १६ वर्षको हुनुभन्दा अघि नै कम्तिमा एक जना विपरित लिंगीलाई चुम्बन गरेको हुन्छ ।
  • एक अर्को सर्भेक्षण अनुसार भारतका विभिन्न साना सहरमा १२ देखि २१ वर्षको उमेर भित्रका किशोर किशोरीहरुमा गरिएक|अध्ययनले १३ देखि १६ वर्षको उमेरमै २१ प्रतिशतले सम्भोगको स्वाद चाखिसक्ने गरेको पाइयो । साना सहरमा १३ देखि १९ वर्षका किशोरीहरु मध्ये ४२ प्रतिशतले हप्तामा २ देखि ३ पटकसम्म सम्भोग गर्ने गरेको पाइयो ।
  • इण्डिया टुडेको सर्भेक्षण अनुसार साना सहर तथा गाउँका ७० प्रतिशत पुरुषहरु आफ्नी श्रीमतीले विवाहपूर्व कसैसँग सम्भोग नगरेको होस् वा कुमारी होस् भन्ने चाहन्छन् ।
  • कानपुरको चन्द्रशेखर विश्वविद्यालयद्धारा गरिएको अध्ययन अनुसार भारतीय किशोरकिशोरीहरु मध्ये अधिकांसले टेलिभिजनमार्फत सुरक्षित सेक्सका बारेमा ज्ञान आर्जन गर्ने तथा यौन संक्रमित रोगबाट बँच्ने उपाय सिक्ने गरेका हुन्छन् ।
  • सर्भेक्षणले अर्को के रोचक कुरा समेत खुलासा गरेको छ भने किशोरहरु मध्ये सयमा ९९ जनाले एक दिनमा इन्टरनेटमा कम्तीमा पनि एक पटक सेक्स भन्ने शव्द खोजेका हुन्छन् । यसरी दिनमा कम्तीमा पनि एक पटक इन्टरनेटमा सेक्स सम्बन्धि चिज हेर्ने किशोरी भने ४६ प्रतिशत हुन्छन् ।
  • ८८ प्रतिशत किशोर तथा ६८ प्रतिशत किशोरीले च्याट गर्दा सेक्सका विषयमा सम्वाद गर्न मन पराउँछन् । साथै ३५ प्रतिशत किशोर किशोरीले च्याटिङका दौरान आफ्नो यौन इच्छा प्रकट समेत गर्दछन् ।
  • इन्टरनेटमा पहुँच भएका मध्ये ९० प्रतिशत किशोर तथा ७६ प्रतिशत किशोरीले आफ्नो यौनेच्छा पूरा गर्न पोर्न फिल्म हेर्न मन पराउँछन् ।
काठमाडौं, साउन २९ – विश्वकप फुटबलको ट्रफी नेपाल ल्याइने भएको छ ।
ट्रफी आउँदो पुस ६ गते नेपाल ल्याइने भएको हो । विश्वका विभिन्न देशमा पुर्‍याइने यो ट्रफी पहिलो पटक नेपाल ल्याउन लागिएको हो ।

एक दिन नेपाल राखेर ट्रफी थाइल्याण्ड लगिने बंगलादेशी अनलाइन दि डेली स्टार डट नेटले जनाएको छ ।

ट्रफी नेपाल ल्याइने कुरालाई अखिल नेपाल फुटबल संघ एन्फाले पनि पुष्टि गरेको छ ।
 

जिरे खुर्सानी 12 August 2013


हास्य टेलिशृंखला: हर्के हल्दार - Harke Haldar | August 11, 2013
१. मसलायुक्त खानेकुरा नखाऔं। सकेसम्म सादा खानेकुरा खाने प्रयास गरौं। यदि कुनै बेला धेरै क्यालोरीयुक्त खाना खाइयो भने त्यसलाई कम गर्न सामान्य व्यायाम गर्न सकिन्छ।
२. तेलमा तारेका खानेकुरा खानु हुँदैन। सकेसम्म उसिनेको खानेकुरा खाने अभ्यास गर्नुपर्छ।
३. कम क्यालोरीयुक्त खाना खानुपर्छ, जसमा सलाद, सागसब्जी आदि सामेल हुनुपर्छ।
४. हरेक बिहान व्यायाम गरौं। शरीरबाट पसिना निस्कने गरी व्यायाम गर्नु प्रभावकारी हुन्छ। अल्छीपन त्यागौं।

(AFTERNOON NEWS, AUGUST 09, 2013, SOURCE: ABC TV)
अभिनेत्री नम्रता श्रेष्ठका अनेक रुप पर्दामा देखिसकेका छन्  । चलचित्रमा अहिलेसम्म कुनै मूल पात्र नदेखीएको भूमिकामा नम्रता देखिने भएकी छिन  । उनले मुख्य भूमिकामा अभिनय गरेको चलचित्र मौनमा उनले पुरै मौनता साध्नेछिन  ।


बहिराको प्रेमकथामा बनेको चलचित्रमा उनको यो रुप देखिने भएको हो । आफुसंगै पढ्ने युबकलाई एकोहोरो मन पराउने युबतिको भूमिकामा समेटिएका छन् । यहि चलचित्रका लागि केहि सांकेतिक भाषाको पनि ज्ञान हासिल गरेकी उनले फरक भूमिकामा अभिनय गर्न पाउदा रमाइलो लागेको बताईन  ।



हालै आयोजित एक कार्यक्रममा भनिन चलचित्रमा नबोले पनि मेरो काम चलचित्रले बोलिहल्छ  । फरक काम गर्दा रमाइलो लागेको छ, चलचित्रको बारेमा मौन बस्छु  । उनको प्रेमीको भूमिकामा अर्पण थापा छन् उनि पनि चलचित्र भरि आवाजबिहिन छन् ।
dcnepal.com

चीनमा पहिलो पल्ट मानवबाट मानवमा बर्डफ्लु सरेको प्रमाणित भएको छ । Video by News 24
संयोग पनि अचम्मको। कुवेत-इराकको मरुभूमिलाई कर्मथलो बनाएको करिब एक दशकपछि मैले भेट्न र नजिकैबाट जान्न खोजेको व्यक्तिसँग प्लेन यात्राको अवसर मिल्यो। कुवेतबाट ओमन हुँदै नेपालसम्मको यात्रामा कुवेतको मरुभूमिमा करिब ३ वर्षसम्म ४ सय हाराहारीको  भेडीबथानसँग जुध्दै रमाउन बाध्य नवलपरासी धुर्कोट-३ का दीपकबहादुर परियार भेटिए।

कक्षा ३ सम्म पढेका दीपकको जीवन साँच्चै कहालीलाग्दो छ। गरिबीकै कारण पढ्न नपाएका दीपकले बाल्यकाल खेतीकिसानी र ज्यालाबुनीमा बिताए। उमेरले सोह्र काटेपछि मजदुरीकै लागि भारत गएका दीपक पाँच वर्षसम्म उतै रमाए। पाँच वर्ष भारतमा बियर कम्पनीमा काम गरेर केही पैसा अनि भर्रभराउँदो जवानी लिएर गाउँ फर्के दीपक। बिए पास गरेर नवलपरासीमै स्थायी शिक्षिका रहेकी आफ्नै जात मिल्ने केटीसँग प्रेमबिबाह गरे।

पारिवारिक बेमेलका कारण श्रीमतीकै बिद्यालयनजिक कोठा भाडामा लिएर केही बर्ष बिताई एक छोरीका बुबा बनेपछि उनलाई फेरि बिदेशिनुपर्ने बाध्यता पर्‍यो।
यसरी सुरु भयो दुःखका दिन

विदेश जान अरु काम नआउने हुँदा आफूलाई मिल्ने काममा पठाउने एजेन्ट खोज्दै जाँदा गाउँनजिकै बर्दघाटका राजु गुरुङ भेटिए। उनको मिठो बोली र आश्वासनले दोस्रो बच्चाको आमा बन्न लागेकी श्रीमती र नाबालक छोरीलाई छोडेर ८० हजार रुपैयाँ ऋण काढेर कुवेत जाने भए दीपक।

सन २०१० जनवरीमा उनीलगायत सिंगापुर, दुबई जाने अन्य ७-८ जना नेपाली युवालाई एकैसाथ भारतको नयाँ दिल्ली लग्यो एजेन्टले। कुवेतमा अफिस टि–ब्वाईका लागि जाने र धेरै पैसा कमाउने सपना बुनाउँदै दिल्ली पुर्‍याउने एजेन्ट राजुले आज–भोलि गर्दै तीन महिना भुलायो। बिहानबेलुका सादा आधा पेट दालभातको भरमा दिल्ली रहनुपर्दा ऋण काढेको पैसा डुबेझै ठानेका दीपकले सन २०१०, मार्च ३ तारिखमा कुवेत पाइला टेके।

अंग्रेजीमा शून्य भए पनि नेपालीभन्दा हिन्दी धेरै बोल्ने दीपकले एकपटक पनि सोचेका थिएनन्, उनलाई एजेन्टले कुवेतको भेडीगोठमा पार्ला भनेर। तीन महिनादेखि दिल्लीमा अड्किएका दीपकलाई कुवेत एयरपोर्टबाट गुरुङजस्ती देखिने एक नेपाली केटीले नजिकैको उनको फ्ल्याटमा लगिन्। कुवेत आएको तेस्रो दिन ती नेपाली महिला एजेन्टले दीपकलाई उनको अफिस लगिन्। 'यसै दिन एक कुवेती आयो र मेरैअघि उनलाई केही पैसा दियो अनि मलाई हातले इसारा गर्दै अगाडि हिँड्न भन्यो,'  दीपकले सम्भि्कए।

ती नेपाली युवतीले भनिन्, 'अब तिमी यही कुवेतीकहाँ काम गर्ने हो जाऊ।'

तीन वर्ष कुवेत बसे पनि एकपटक कुवेत सहर पुगेका थिएनन् दीपक। उनको कुवेती साहुका छोराहरूले सन २०१३ मई १४ बिहान १०:०० बजेतिर कुवेतको एयरपोर्टमा एउटै प्लेनमा नेपाल पुर्‍याउने जिम्मासाथ मसँग छोडेका दीपक टोलाइरहन्थे। मेरैअगाडि दीपकसँग रहेको सय कुवेती दिनारको नेपाली रुपैयाँ ३० हजार कुवेत एयरपोर्टमै बैंकबाट साटेर नेपालमा घर पुग्ने भाडा दिए उनीहरूले। उनलाई दुई महिनाको छुट्टीपछि फेरि फर्कन भन्दै साना साहुहरू फर्किए।
कुवेत एयरपोर्ट हुँदासम्म बोल्न नरुचाएका दीपकले ओमनको मस्कट एयपोर्टको ५ घन्टा लामो ट्रान्जिटमा भने आफ्नो तीन वर्ष भेडीगोठमा व्यहोरेको कहानी र सास्ती सुनाए।

दीपकले कल्पिए, आफू कुवेत आएपछि जन्मिएकी र हालसम्म देख्न नपाएकी साढे दुईवर्षे कान्छी छोरी कस्ती होलिन्? आफू कुवेत आउँदा ताते बोल्ने ठूली छोरी अनि तीन वर्षसम्म दुई बच्चा र व्यबहार चलाएकी श्रीमतीलाई कहिले देखौंजस्तो भइरहेको अनि उकुसमुकुस भइरहेको उनले बताए। कुवेतको निस्सासिने गर्मी र कुवेतको मरुभूमिको भेडीगोठका दुःख जीवनमै नभुल्ने उनले बताए। विस्तृतमा

कुवेतको गर्मी र जाडोलाई आफ्नो छालले पचाइसकेको बताउने दीपकले पुरानो घाउलाई उक्काउँदै भने, 'अन्य दुई भारतीय र तीन  बंगलादेशीसँग मिलेर रोटेसनमा करिब ४ सय भेडाबाख्राको हेरचाह, खेतीकिसानी र घाँस काट्ने काम गर्नु पर्थ्यो।” उता महिनाको एकपटक आफ्नो कृषिफर्ममा मोज गर्न आउने साहुको एसीजडित घर र बगैंचाको रेखदेख पनि उनकै जिम्मा थियो। साहु आउँदा उसले फलफूल र जुस टन्नै ल्याइदिन्थ्यो। दुई हप्तामा एउटा भेडा काटेर खान पाइन्थ्यो। खान चाहिँ दुःख थिएन।

दीपकले सम्भि्कए, 'हरेकपटक साहु आउँदा घरमा उसकै मोबाइलबाट श्रीमती र छोरीसँग बोल्थेँ। पैसा हरेक महिना मासिक ६० कुवेती डलर साहुले नै पठाइदिन्थ्यो। पछिल्लो एक वर्ष देखी तलब ८० केडी भएको र २ महिनाको छुट्टीबाट फर्किएपछि १०० केडी तलब हुँदैछ।'

कुवेतबाट इराक जाने साल्मी रोड एरियामा पर्ने समुद्री तटको बालुवालाई गाउँजस्तो लाग्न थालेको उल्लेख गर्दै दीपकले थपे, 'सुरुमा त धेरै गर्मी र जाडोका कारण दिशापिसाब गर्न पनि गाह्रो भयो।'

आफूमात्र होइन, धेरै नेपाली दाजुभाइहरू कुवेतको साल्मी एरियामा भेडाबाख्रा अनि कृषि पेसामा रहेको उल्लेख गर्दै अन्य नेपालीभन्दा आफू भाग्यमानी रहेको उनले बताए। साहु राम्रो भएकाले भेडाबाख्रा हराए पनि एकपटक पनि तलब नकाटेकामा उनी खुसी थिए।

'मलाई त सधैं समयमै तलब दिन्थ्यो,' उनले भने, 'कति नेपाली साथीहरूले साहु राम्रो नभएको कारण महिनौं तलब पाएका छैनन्, भेडाबाख्रा हराउँदा पैसा काटेको छ, अनि पेटभरि खान नपाएको र बिरामी हुँदा उपचारको त कुरै छोडौं, काम गर्दा–गर्दै ढल्नु परेको छ।'

तीन वर्षमा दुईपटकमात्र सँगै काम गर्ने साथीमार्फत कपाल काटेका दीपकले भने, 'कपालले नै घामबाट र जाडोबाट बचाउने हुँदा लट्टे कपाल पालेको हुँ।' भेडाबाख्रा चराउन जाँदा होस् या गोलभँेडा अनि मुला गोड्दा वा घाँस काट्न जाँदा, लामो कपालले गर्मी र जाँडोबाट सुरक्षा दिने अनुभव दीपकले सुनाए। 

खासै सामान नकिने पनि एक दिनअघि मात्र साहुको छोरासँग गएर साल्मियाको सिटी सेन्टरबाट श्रीमती तथा छोरीहरूका लागि चकलेट र लुगाहरू लिएको उनले बताए।

श्रीमतीले अझै देशको स्थिति ठीक नभइसकेको बताएकाले दुई महिना घर बसेर फेरि एकपटक कुवेतको भेडीगोठमै फर्कने योजना दीपकले सुनाए। उनले देशका नेताहरूले केही राम्रा काम गरेर देशमै काम पाउन सक्ने अवस्था सिर्जना गरेको भए आफूमात्र होइन, धेरै युवा बिदेशिनुनपर्ने बताए ।

क्याप्सन: मस्कट विमानस्थलमा दीपक परियार (वायाँ) सँग लेखक हरिकृष्ण न्यौपाने ।
चितवन भरतपुरको एक शिव मन्दिर स्थित शिवलिंगमा पुजाआजा गर्दै यहाँका युवतीहरु । प्राय युवतीहरु असल श्रीमानको कामना गर्दछन् ।
केन्या, २३ साउन । केन्याको राजधानी नैरोबीस्थित अन्तरार्ष्ट्रिय विमानस्थलमा भिषण आगलागी भएको छ । आगलागीका कारण विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । आगलागीबाट अहिलेसम्म कुनै मानविय क्षति नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आगलागी भएको जोमो केन्याटा अन्तरार्ष्ट्रिय विमानस्थल पूर्वी अफ्रिकाको एउटा महत्वपूर्ण केन्द्र हो ।
सपना / फल
●आकाशमा मास्तिर उड्नु टाढा-टाढाको यात्रा गरिन्छ, जसले लाभ हुन्छ ।
●आकाशमा उड्नु लाभ हुन्छ ।
●आकाशबाट झर्नु समाजमा बेइज्जती हुन्छ ।
●आकाश देख्नु प्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ ।
●आकाशमा बादल देख्नु सरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ ।
●पानी पर्नु बिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो ।
●पानी एकै ठाउँ परिरहनु परमात्माको कृपाले अन्न सस्तो हुने सूचना हो ।
●बिजुलीका साथ पानी परेको देख्नु बिरामी भए निको होइन्छ, ऋण भए फच्चे हुन्छ ।
●जमीनसम्म देख्नु दौलत मिल्छ ।
●जमीनमा जोतेको, छरेको, रोपेको देख्नु संसारका हरेक काम पूरा हुन्छ । जीवन आरामले बित्छ ।
●आकाशका धूलो वा आँधी देख्नु त्यस देशमा लडाइँ वा तूफान हुने सूचना हो ।
●बिजुली देख्नु मालदार हुइन्छ ।
●जमीनमा मिल्नु वरवाद होइन्छ, फरेबमा फसिन्छ ।
●जङ्गलमा हिँड्नु धार्मिक उन्नति गर्छ, आफ्नु धर्ममा जीवनभर रहन्छ ।
●जङ्गलमा खानु पिउनु धेरै धन मिल्छ या धन प्राप्त गर्न परिश्रम गर्छ ।
●माटो खानु धेरै धन मिल्छ, अथवा बेइज्जत हुन्छ ।
●माटोमा हिँड्नु धनी होइन्छ ।
●ईनार खन्नु आम्दानीको वृद्धि हुन्छ या व्यापारबाट लाभ हुन्छ, दुनियाँले तिमीबाट लाभ पाउँछ ।
●इनारबाट सिँचाइ गर्नु आफ्नु धनबाट केही परमात्माको काममा पर र्सार्छ, दीन-दुःखीलाई मद्दत गर्छ ।
●इनारबाट पानी निकालेर कुनै रुखमा हाल्नु दीन वा दुःखीहरुको सेवा गर्छ ।
●इनारबाट पानी पियाउनु साधु वा महात्माको सेवा गर्छ ।
●इनारबाट पानी निकाल्नु आम्दानीमा वृद्धि हुन्छ ।
●इनारमा झर्नु मुसीबतमा फसिन्छ, शोक वा सन्तापमा परिन्छ ।
●इनारबाट निस्कनु जिन्दगी आसानीसँग बित्छ या हरेक ठाउँमा सफलता प्राप्त हुन्छ ।
●पानीमा हिँड्नु कुनै राजालाई प्रशन्न पार्छ, अन्धाधुन्ध उन्नति गर्छ ।
●खोलामा बाढी देख्नु रीस या मुसीबतको सूचना हो ।
●नदीमा अँध्यारो देख्नु परेशान हुइन्छ, पागल बनिन्छ, शोक पर्छ ।
●सोतो तर्नु मरण नजीकिएको निशानी हो । नदी या कुलोमा नुहाउनु कुनै खुसीको कुरो हुन्छ, बिरामी निको हुन्छ, पाप कर्म छोडिदिन्छ ।
●भुसमा भासिनु मुसीवत या शोकमा फस्नुपर्ने सूचना हो ।
●कुलाको फोहोर पानी पिउनु कुनै रोगमा फस्ने सूचना हो ।
●कुलोलाई अर्कातिर बगाउनु शोक वा मुसीबत हटेर खुसी हुइन्छ ।
●हौज देख्नु कुशल जीवन व्यतीत हुन्छ वा नोकरी वा व्यवसायमा लाभ हुन्छ ।
●नाउ देख्नु शोक वा दुःखबाट छुट्छ । राजाको आज्ञाको दण्डबाट छुट्छ ।
●नाउमा चढेको देख्नु राजाज्ञाको अपराधमा गिरफ्तार हुन्छ, थोरै दिनपछि छुट्छ ।
●नाउबाट सुखा भुइँमा उत्रनु दुश्मन विजय प्राप्त हुन्छ, अगाध दौलत मिल्छ ।
●नाउलाई सुखा मैदानमा देख्नु मुसीबत आउँछ, भारी शोकमा प्राप्त हुइन्छ ।
●जमीनमा केही बनाउनु असल दिलको हुइन्छ ।
●ताराको चमक देख्नु राजाको कृपाले लाभ हुन्छ, परिवार बढ्छ ।
●तारा समूहलाई अति चम्किलो देख्नु देश धनी हुन्छ, देशको शासनव्यवस्था राम्रो हुन्छ; संसारमा त्यो देशको प्रतिष्ठा बढ्छ ।
● तारा निल्नु चोरी गर्छ र तकलीफमा फस्छ ।
●तारालाई हातमा लिनु गुणवान् छोरी जन्मिन्छे या कसैबाट लाभ हुन्छ ।
●नाउसहित आफूलाई डुबेको देख्नु राजाज्ञाको अपराधमा गिरफ्तार भएर कैद हुइन्छ ।
●पहाड देख्नु शत्रुमाथि विजय प्राप्त हुन्छ ।
●पहाडमा हिँड्नु इज्जत मिल्छ, धेरै धन पाइन्छ ।
●पहाडको मालिक हुनु कुन ठूलो व्यक्तिको मालिक हुइन्छ या आफ्नु शत्रुलाई परास्त गरेर वशमा बसाइन्छ ।
●पहाडमा लडेको देख्नु कसैलाई हैरान पार्छ या कुनै दुष्टलाई नाश गर्छ ।
●पहाडमा बाटो हिँडिरहेको देख्नु धैर्यवान् वा साहसी हुइन्छ ।
●पहाडमा प्वाल पार्नु कसैसँग जालसाँजो गरिन्छ ।
●पहाडमा चढ्नु अगाध उन्नति हुन्छ । दौलत हात लाग्ने निशानी हो ।
●फूल देख्नु प्रेमी/प्रेमिका मिलन
●पान खानु स्त्री प्रसङ्ग (यौनसम्बन्ध) हुने
●पिँजडा देख्नु जेल-नेल पर्ने ।
●हरियो वन देख्नु शुभ समाचार मिल्ने ।
●सुख्खा वन देख्नु चिन्ता हुने ।
●चन्द्रमा प्रतिष्ठा मिल्ने ।
●ग्रहण आपत पर्ने ।
●खाना बनाउनु सन्तान बिरामी हुने ।
●सुन पाउनु धन जाने, हानी हुने ।
●र्सप मार्नु कष्टबाट छुटकरा पाउने
●हस्ताक्षर गर्नु धनहानि हुनु ।
●बिरालोले टोक्नु दर्घटना पर्ने तर
पूर्व प्रहरी महानिरीक्षक प्रदीप शमशेर जबरा शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) मा प्रवेश गरेका छन्।

पार्टी कार्यालय ग्वार्कोमा सोमबार मधेस समाजवादीका अध्यक्ष शरतसिंह भण्डारीले जबरासहित विभिन्न पार्टी छाडेका नेताहरुलाई पार्टी प्रवेश गराए। पार्टी प्रवेश कार्यक्रममा जबराले भने, 'मलाई अरु धेरै पार्टीले बोलाएपनि मैले राष्ट्रिय मधेश समाजवादीलाई रोजें, यही पार्टीमा बसेर मधेस केन्द्रित राजनीति गर्छु।' उनले अब हुने संविधानसभामा रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने घोषणा गरे।

जबरा वि. सं. २०५७ असोजदेखि २ वर्षबढी प्रहरी प्रमुख रहेका थिए। जबरा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा खेपिरहनु भएको छ।
काठमाडौं, साउन २० - भदौमा हुने साफ च्याम्पियनशिप फुटबलको अभ्यासका लागि नेपाली टोली बहराईन गएको छ । टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले दशरथ रंगशालामा एक कार्यक्रम गरी बिदाई गरेको छ ।

टोलीलाई विदाई गर्दै अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापाले साफ च्याम्पियनशिपमा नेपाल बलियो हुँदा हुँदै भाग्यले साथ नदिएका कारण उपाधि जित्न नसकेको बताए । उनले यो पटक नेपालले घरेलु मैदानमा उपाधि जित्ने भन्दै तयारी राम्रो गर्न खेलाडीहरुलाई सुझाव दिए ।

यस्तै टोलीलाई विदाई गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले अहिले उपाधि जित्ने सही समय आएको बताए ।

नेपाली टोली बहराईन र कुवेतमा प्रशिक्षणपछि भदौ ९ गते स्वदेश फर्किने अखिल नेपाल फूटबल संघ एन्फाले जनाएको छ । भदौ १६ गतेदेखि काठमाडौंमा हुने साफ च्याम्पियनसीपमा नेपाल सहित भारत, भुटान, अफगानिस्तान, मालदिभ्स, पाकिस्तान, बंगलादेश र श्रीलंकाले भाग लिनेछन् ।
काठमाडौं, १७ साउन । राष्ट्रिय महिला आयोगले बेलबारी घटना नियोजितरुपमा भएको र राजनीतिक पहुँचका आधारमा त्यसलाई लुकाउन खोजेको तथ्य सार्वजनिक गरेको छ । बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता मोहना अन्सारीले घटनाको स्थलगत प्रतिवेदन सार्वजनिक गर्दै पीडित पक्ष प्रहरीसमक्ष पुग्दा प्रहरीले निवेदन दर्ता नगरेको र महिला प्रहरी राखी बयान नलिएको तथ्य फेला परेको बताउनुभयो । त्यसैगरी प्रतिवेदनमा घटनामा पीडकले ‘गाउँ समाजले भोलि यसको फैसला गर्नेछ’ भनी प्रत्यक्षरुपमा दिएको धम्कीलाई प्रहरीले सम्भावित घटनाको रुपमा नलिएको, अपराधको उजुरीपछि पनि पीडित महिलालाई स्थानीय प्रहरी तथा राजनीतिकर्मीले माफी माग्न लगाएर मिलापत्र गराएको र घटनाको सूचना पाएका दुईजना स्थानीय पत्रकार मौन रहेकाले घटना घट्न पुगेको उल्लेख गरिएको छ ।

 महिला आयोगको प्रतिवेदनले घटना घटना दबाउनमा एमाले र एमाओवादीका जिल्ला सदस्यहरु संलग्न भएको खुलासा गरेको छ। प्रहरीबाट प्राप्त कागजातमा उनीहरुको हस्ताक्षरसहितको संलग्नता स्पष्ट भएको भन्दै आयोगले त्यस्ता सदस्यहरुलाई पार्टीले विभागीय कारबाही गरी राज्यलाई सहयोग गर्न आग्रह गरेको छ। आयोग प्रवक्ता अन्सारीले सो घटनाका पीडक पक्षलाई कारबाही तथा पीडित पक्षलाई क्षतिपूर्तिको व्यवस्था गरी उनीहरूलाई आफ्नो घरमा सुरक्षित पुनःस्थापना गराउन माग गर्नुभयो ।मोरङको बेलबारीमा यही साउन ८ गते भएको घटनाबारे सत्यतथ्य सूचना सङ्कलन गर्न आयोगले अन्सारीको संयोजकत्वमा सरकारी तथा विभिन्न पक्षका प्रतिनिधिलाई समावेस गरी एक समिति गठन गरेको थियो । समितिले यही साउन १० गतेदेखि घटनाको स्थलगत अनुसन्धान तथा अनुगमन सुरु गरेको थियो ।समितिले पीडित माया सार्की तथा मनोज विकलगायतसँग सोधपुछका साथै भेटघाटका क्रममा विभिन्न व्यक्तिहरूबाट आएका तथ्य र इलाका प्रहरी कार्यालय बेलबारीबाट भएको कारबाहीसम्बन्धी फायलको प्रतिलिपिसमेतलाई आधार मानेर प्रतिवेदन तयार गरेको हो ।

copid:Nayakhabar.com
← Previous post
Next post →
Home

Video

Rashifal

POPULAR POST

Fans

Recommend on Google
Follow @YOU

Comedy

Serials

Music Video

Top 10 Posts

नरेनसँग रोमान्स गर्दै रेखा

प्रायः दैनिक जसो सुटिङ भइरहने किर्तिपुरस्थित चोभार डाँडामा हिजो शनिबार पनि छविराज प्रोडक्शन र रेखा फिल्मस् व्यानरको संयुक्त प्रस्तुती रहेको ...

The Washington Post publishes about Budha's birth place Nepal

The Washington Post publishes about Budha's birth place nepal

Nepali Exchange Rate 18,September,2013

#     Currency     Unit     Selling in Nepalese Rupees (Rs) 1     U.S. Dollar     1 Dollar ($)     101.4 Rs 2     European Euro     1 Euro...

अरुत तेस्तै हो नेपाली हरुको झगडा चाही हेर्नु लाएक हुन्छ

<iframe wi dth="420" height="315" src="http://www.youtube.com/embed/098nt8c6Fr8" frameborder="0"...

वैद्य माओवादीद्धारा यात्रुसहितको बसमा आगजनी

 News Froma Kathmandu Nepal नेकपा–माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको ताम्सालिङ क्षेत्र बन्दमा बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्...

भट्टी पसलमा देह व्यापार गराउने गिरोह पक्राउ

भदौ ३१ ।   काठमाडौंको शान्तिनगर गेटभित्र जागृति टोलमा देखावटी भट्टी पसल खोलेर भित्रपट्टि किशोरीहरूलाई बन्धक बनाई देह व्यापार गर्ने गिरोहलाई ...

नायीका कट्रिना लुकेर पुगिन् रणवीरको घर

नायीका कट्रिना कैफले केही दिनअगाडि आफ्नो पूर्व प्रेमी सलमान खानकी बहिनीको घरमा आयोजित गणेश पुजामा सहभागी भइन् । रणवीर कपुरसँग रोमान्समा व्यस...

चिन्नुहुन्छ ! यि जिया नै हुन् (फोटो फिचरसहित)

जिया केसी भन्ने बित्तिकै बोल्ड दृश्य दिने, चलचित्रमा खुलेरै अंगप्रदर्शन गर्ने नायिकाको तस्बिर धेरैको आँखा अगाडी आउँछ । तर जिया केसी सिनेम...

भारतीय जिटिभी बन्द नगरेकोले टेलिभिजन महासंघमा तोडफोड

भदौ ३१ भारतीय  टोलिभिजन जिटिभीको  प्रशारण बन्द  नगरेको  भन्दै  नेकपा माआबादीका कार्यकताद्धारा  काठमाडौको  अनामनगर  स्थित नेपाल केवल टेलिभिजन...

रंगशाला निर्माणमा कलाकारको साथ

मकवानपुर जिल्ला हेटौडा नगरपालिका वडा नं ७ मा रहेको नागस्वती गाउँमा राष्ट्रिय स्तरकै रंगशाला बनाउन नेपाली कलाकारहरु जुटेका छन् । नेपालका च...

Tag Cloud

Articile Article bgimage Bhutanese CATEGORY #1 Celebrities Diaspora Events Feature featured FINANCE Gossip Headlines Health Horoscope Interview Latest News Media Model Movie Review Music News Sex Sport Technology tito Saty tv show Various Videos Wonder World

Like Us


Post From The Past

  • September (122)
  • August (17)
  • July (6)
  • June (4)
  • May (6)
  • April (11)
  • March (8)
  • February (201)
  • January (40)
  • December (13)
  • November (6)
  • October (2)
  • November (3)

How is New Design of Sky Nepali News?

Template By Basnetg.com