चिन्नुहुन्छ ! यि जिया नै हुन् (फोटो फिचरसहित)

Published On Wednesday, May 01, 2013 » 0 comments » By Unknown »

जिया केसी भन्ने बित्तिकै बोल्ड दृश्य दिने, चलचित्रमा खुलेरै अंगप्रदर्शन गर्ने नायिकाको तस्बिर धेरैको आँखा अगाडी आउँछ । तर जिया केसी सिनेमा नगरीमा प्रवेश गर्दा यत्ति धेरै बोल्ड थिइनन् । उनले अभिनय गरेको पहिलो चलचित्र ‘हो यही माया हो’ मा जिया साधारण युवतीको भुमिकामा देखिएकी छिन् ।सुवास गिरीको निर्माणमा तयार भएको यो चलचित्रलाई दिपक श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा राजेश हमाल, करिश्मा मानन्धर, राज तिमिल्सिना, जिया केसीको मुख्य भुमिका छ ।
जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा नायिका केसीको भुमिका सामान्य युवतीको छ । जियाले सुरुवातका चलचित्रमा आफुलाई सामान्य भुमिकामा चित्रण गरेकी थिइन् । तर अभिनय गरेका कुनै पनि सिनेमा प्रदर्शनमा नआएपछि जिया एकाएक बोल्ड अवतारतमा प्रस्तुत हुन थालेकी हुन् ।
चलचित्र ‘हो यही माया हो’ मार्फत आफ्नो बोल्ड अवतार फेरिनेमा जिया ढुक्क छिन् । निर्माता सुवास गिरीले भने, ‘चलचित्रले माया को परिभाषा सिकाएको छ ।’ चलचित्रले राम्रो व्यापार गर्नेमा निर्माता गिरी ढुक्क छन् ।

via:onlinekhabar.com















Share this post

Tags

0 comments

Leave a Reply