समाचार टिप्पणी । कहिले ‘मालिक’ त कहिले
‘प्रधानशत्रु’ भन्दै भारतसँगको सम्बन्धलाई महत्वसाथ पेश गर्ने एमाओवादी
अध्यक्ष प्रचण्ड आजदेखि भारत भ्रमणमा जाँदैछन ।चीन भ्रमण सकेको एक
साताभित्रै राजनीतिक, सांस्कृतिक र आर्थिक रुपमा निर्भर रहेको छिमेकी
मुलुकको भ्रमण गरेर प्रचण्डले आफुलाई नेपालको एकमात्र नेताका रुपमा चित्रित
गर्न खोज्दैछन ।त्यससँगै प्रचण्डले चीन भ्रमणबाटै फर्किएलगत्तै भारतसँग
कुराकानी गर्न केही एजेण्डा पनि सार्वजनिक गरेका छन् ।
नेपालको आर्थिक सम्बृद्धिका लागि चीन र भारतले मिलेर काम गर्नुपर्ने
बताएका प्रचण्डले त्यसो नगरे भारतको सुरक्षा चासोलाई सम्बोधन गरिरहन नसक्ने
चेतावनीसमेत दिइसकेका छन ।के थियो पछिल्ला दिनमा भारत प्रचण्डको सम्बन्ध ?
के प्रचण्डले सार्वजनिक गरेका एजेण्डामा भारतले साथ र समर्थन देला ? भारत
भ्रमणको उनको भित्री उदेश्य र बाहिर देखे/सुनेका कुरावीच कहाँनेर अन्तर छ ?
प्रचण्ड-भारत सम्बन्ध
आफुले हटाएको प्रधानसेनापति रुकमागत
कट्वाललाई भारतले राष्ट्रपति मार्फत पुर्नस्थिापित गरेपछि आक्रोशित भएका
प्रचण्डले त्यसपछि राष्ट्रिय स्वाधिनता विरोधी आन्दोलन चर्काए । आन्दोलनकै
सिलसिलामा नयाँवानेश्वर चोकमा आयोजित आमसभामा प्रचण्डले भारततर्फ लक्षितगदै
भने, म सिधै मालिकसँग वार्ता गर्छु, सरकारसँग गर्दिन । उनले नेपालको
समस्या समाधानका लागि सिधै नयाँदिल्लीसँग वार्ता गर्ने उद्घोष गरे
।प्रचण्डको यो भनाइले राजनीतिक वृत्तमा नयाँ तरंग ल्यायो । यससँगै
भारतसँगको सम्वन्ध विगि्रयो । त्यही वेला पार्टीको आन्तरिक वैठकमा अर्का
उपाध्यक्ष वावुराम भटराईले प्रचण्डको भनाई अपरिपक्व भएको टिप्पणी गरे ।
प्रचण्डले सो अभिव्यक्ति दिएको केही महिनापछि नेपाल भ्रमणमा आएका तत्कालिन
विदेशमन्त्री एसएम कृष्णासँग के भारत प्रचण्डसँग सिधै कुरा गर्न तयार छ भनी
प्रश्न गरेकाथिए । त्यसको जवाफमा उनले भनेकाथिए, सूस्ता लगायत अन्य असमान
सन्धीका सम्वन्धमा कुरा गर्न भारत तयार छ । कृष्णासँग प्रचण्डले द्धारिका
होटलमै गएर भेट गरेका थिए ।
संविधान सभाको
निर्वाचनपश्चातप्रधानमन्त्री भएपछि भारतसँग सम्वन्ध सुधार गर्ने पक्षमै थिए
प्रचण्ड । तर प्रधानमन्त्री भएपछि पहिलोपटक भारत भ्रमण गर्ने परम्परालाई
तोडदै प्रचण्ड ओलम्पिक समारोहमा भाग लिन प्रचण्ड चीन गए । तर, सो समारोहमा
भाग लिएर नेपाल र्फकने क्रममा प्रचण्डले भने, मेरो राजनीतिक भ्रमण भारतबाटै
हुने छ । सो अभिव्यक्तिको उदेश्य भारतलाई खुसी पार्नु थियो । हुनत पहिलो
भ्रमण चीन गरेपछि नै भारत प्रचण्डप्रति शशंकित भईसकेको थियो । सरकारबाट
वाहिरिएपछि शुरु भएको राष्ट्रिय स्वाधिनताको लडाई पार्टीको गोरखमा भएको
छैठौँ विस्तारित वैठकसम्म निरन्तर चल्यो । पालुङटारबाट पास भएको दस्तावेजमा
उनले राष्ट्रिय प्रतिरोध लडाईँलाई जोड दिए । त्यसैवेला भारतप्रतिको
प्रचण्डको नीतिमा फरक मत जनाई वावुराम भटराईले ‘नोट अफ डिसेन्ट’ लेखे ।तर
छैँटौ विस्तारित वैठकपछि वसेको केन्द्रीय समितिको वैठकमा प्रचण्डले ‘यु
टर्न’ लिए । पार्टीको नयाँ नीतिका सम्वन्धमा गम्भीर मनन गन सिन्धुपाल्चोकको
सुकुटे गएका प्रचण्ड शान्ति र संविधानको लाइन तथा भारतसँग सम्वन्ध सुधार
गर्ने नीति लिएर काठमाडौ फर्किए र केन्दि्रय समितीको वैठकमा यहीकिसिमको
प्रस्ताव गरे ।भारतसँग लचिलो नीति लिएपछि प्रचण्ड र वावुराम नजिकिए । तर,
अर्का उपाध्यक्ष मोहन वैधसँग उनको सम्वन्ध विग्रिदै गयो । वैद्य पक्षले
भारतलाई प्रधान शत्रु घोषणा गर्न माग गरेको थियो तर प्रचण्ड यसमा सहमत
भएनन् ।
माधवकुमार नेपालको सरकार ढलेपछि पुनः
प्रधानमन्त्री हुन प्रचण्डले अनेक प्रयत्न गरे । तर प्रचण्ड उम्मेदवार
भएसम्म मधेशवादी दलहरुले माओवादीलाई संसदमा भोट हालेनन् । भारतको आग्रहमा
मधेशवादीले आफूलाई भोट नहालेनको निष्कर्षमा पुगेका प्रचण्डले भारतलाई
सन्देश दिनकै लागि भारतले नचाहेको पात्र झलनाथ खनाललाई प्रधानमन्त्री बनाए
।सम्वन्ध सुधारका लागि धेरै पहिलेदेखि प्रचण्डले भारत भ्रमण गर्न चाहेका
थिए । उनले भारतिय कम्युनिष्ट पार्टीका नेता शरद यादवलाई भ्रमणको
चाँजोपाँचो मिलाउन धेरै पटक आग्रह गरेका हुन । माओावदीप्रति सहानुभूति
राख्ने अन्य साना दलहरुले भने प्रचण्डको भारत भ्रमण मिलाउन लागेकै थिए ।तर
भारतले उनलाई निमन्त्रण गर्न कुनै चासो दिएन । औपचारिक भन्दा पनि अनौपचारिक
कार्यक्रमहरुमा उनलाई निम्ता गरियो तर प्रचण्डले औपचारिक र
प्रधानमन्त्रीसँग हुने भ्रमणका लागि मात्र भारत जाने वताए ।
प्रचण्डलाई साथ देला भारतले ?
संयोग नै मान्नुपर्छ , लामो समयदेखि
नवोलाएको भारतले प्रचण्डलाई चीन भ्रमण सकेको एक हप्तामा नै वोलाएको छ । तर
प्रचण्डले भ्रमणका क्रममा जुन प्रस्ताव राख्दै छन, त्यसलाई भारतले इन्कार
गर्ने कुरा स्पष्ट रुपमा देखिएको छ । हालै भारतिय विदेशमन्त्रीले प्रचण्डले
भनेजस्तो त्रिदेशिय साझेदारी सम्भव नभएको वताएका छन ।भारतले उनलाई सहजै
विश्वास गर्ने वातावरण भने छैन । पहिलो कुरा त प्रचण्डको नयाँनीतिले भारत र
चीनलाई समदुरीमा राखेको छ, जुन नीतिलाई भारतले स्वीकार गदैन् । नेपाल र
भारत विच विशिष्ट सम्वन्ध रहेको भारतको वुझाई छ ।पञ्चायति व्यवस्थाको जस्तो
भारत वा चीन कार्ड खेल्ने समय नभएको वताए पनि भारत र चीनलाई समदुरीमा
राखेर प्रचण्डले त्यही गर्न खोजेका छन् । त्यसैगरी प्रचण्डले नेपालका ठूला
आयोजनाहरुमा भारत र चीनलाई सुयुक्त रुपमा लगानी गराउने प्रस्ताव गरेका छन् ।
जसलाई भारतले ठाडै अस्वीकार गर्ने छ ।कुनै पनि हालतमा नेपालमा वढ्दो
चिनियाँ प्रभावलाई भारतले रुचाउँदैन, संयुक्त रुपमा चीनसँग मिलेर लगानी
गर्ने त कुरै छोडौ । त्रिदेशिय साझेदारीको सम्वन्धमा त भारतिय
विदेशमन्त्रीले स्पष्ट रुपकै भनेका छन, अझै पनि चीनसँगको सम्वन्ध नसुध्रेका
कारण र भारतको राम्रो सम्वन्ध नभएका मुलुकहरुसँग चीनको हिमचिम भएकाले
सम्वन्ध सुधार हुन नसकेको वताएका छन् ।
भारतले प्रचण्डलाई भन्ने कुरा कतिमात्र हो
भने, यदि हाम्रो हितविपरीत नगए र चुनाव र प्रजातान्त्रिक विधीमार्फत
सरकारमा आए माओवादीलाई स्वीकार गर्न भारतलाई आपत्ती हुने छ्रैन् । प्रचण्ड
जाँदैमा न भारतले उनले भने झैँ लगानी वढाउने हो, न त्रिदेशिय साझेदारी नै
गर्ने हो । भारत गएर प्रचण्डले माग्ने चाहिँ चुनाव र राष्ट्रपतिय प्रणलीमा
भारतले सहयोग गनुपर्यो भन्ने नै हो । प्रधानन्यायधिशको नेतृत्वमा सरकार
वनाएपछि प्रचण्डको मनमा एउटा भय छ- कतै फेरी भारतको सहयोगमा माओवादीलाई
एक्लो पार्दै चुनाव हुन नदिइने त होइन ? त्यसैले उनले भारतसँग निर्वाचन
गर्न सवै दललाई दवाव दिनुपयो भन्ने छन् ।
आफ्ना सन्तानको माया कति हुन्छ भन्ने कुरा
त बाउआमालाई मात्रै थाहा हुन्छ । यहीँ कुराको उदाहरण चीनका एक पिताले पनि
पेश गरेका छन् । आफ्ना छोराको उपचारका लागि रकम जुटाउन चीनका एक पुरुष
नांगिएका छन् ।
समाचार अनुसार चीनको एक स्कुलका
चित्रकलाका विद्यार्थी सामु ती पुरुष नांगिएका हुन् र उनको नांगो चित्र ती
विद्यार्थीले रङले कोरेका थिए ।
आफ्ना छोरा गम्भीर रोगले थलिएपछि त्यसको
उपचार गर्न आफुसँग पैसा नभएको हुँदा ४७ वर्षका जाहो चेनगेयोंग निर्वस्त्र
बन्न तयार भए । बोनम्यारोमा रोग लागेपछि छोराकेा उपचार गर्न २० लाख रुपैयाँ
भन्दा बढि रकम चाहिने भयो । बिचरा किसानी गर्ने जाहोसँग त्यतिधेरै पैसा
थिएन । जसका कारण उनी कलाकारका अगाडि आफुलाई निर्वस्त्र बनाउन तयार भए र
त्यसबापत घण्टाको झण्डै १५ सय रुपैयाँका दरले केही रकम जम्मा गर्न सफल पनि
भए ।
पटक पटक कलाकार विद्यार्थीहरुको अगाडि
आफुलाई नांगो बनाएर उनले आफ्नो नग्न चित्र कोर्न दिए । कलाकारिताका
विद्यार्थीहरु आफुलाई निकै मन परेको र उनीहरु आफ्नो नांगो सरीर देख्दा
नहाँसिकन निकै गम्भीर बनेर चित्र कोरेको उनको अनुभव छ । आफ्नो घरजग्गा
बेचेर जम्मा गरेको रकममा आफु नांगिएर जम्मा गरेको रकम थपेर २२ वर्षको
छोराको उपचार गराउने तयारीमा उनी छन् । धन्य छ यी दयालु बुवालाई ।
काठमाडौ, बैशाख ९ – सुनको भाउ लगातार बढ्दै गएको छ । सोमबार पनि
तोलामा ३ सय रुपैयाँले बढेर सुनको भाउ ५० हजार ८ सय रुपैयाँ पुगेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो हप्ता तोलामा ४९ हजार ५ सयमा झरेको सुनको भाउ गएको शुक्रबारदेखि भने लगातार बढिरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपाली बजारमा पनि सुन महंगिएको
महासंघले जनाएको छ । सोमबार अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔँस १४ सय २०
डलर छ ।
आइतबार १४ सय ५ डलर थियो । चाँदीको भाउ भने स्थिर छ । गएको विहीबारदेखि
चाँदी तोलामा ८ सय ९० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
३ बैशाख, काठमाण्डौ । सुनमा मूल्यमा
गिरावट आउने क्रम आज पनि जारी रहेको छ । सोमबार प्रतितोला ३ हजार ३ रुपैयाँ
घटेको सुनको मूल्य आज थप ३ हजार रुपैयाँ घटेर प्रतितोला ४९ हजार ५ सय २
रूपैयाँ कायम भएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा प्रति औंस
एकहजार चारसय ५० डलरमा कारोबार हुादा नेपाली बजारमा सुन तोलाको ५२ हजार
पाँचसय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार भने प्रति औंस एकहजार ३ सय
२७ औंसमा कारोबार हुँदा भएको एकसय २३ डलर घट्ने हुँदा नेपाली बजारमा प्रति
तोला ४९ हजार पाँच सय दुर्इ रूपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी
संघले जनाएको छ ।
सुनको मूल्य निरन्तर ओरालो लागेपछि
आफूहरुलाई भने धेरै घाटा हुने सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष मणि रत्न
शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो ‘यसरी भाउ घट्ने हो भने हाम्रो
व्यापार त बाढीले बगाए बराबर हुन्छ ।’ ब्यबसायीले बढी मूल्यमा किनेको सुन
सस्तोमा बेच्नुपर्ने अवस्था आएको शाक्यले बताउनुभयो ।
अहिले सम्म त तपाईले फिल्म र कार्टुनमा मात्र टाइम मेशीन देख्नु भएको होला । यस्तो मेशीन जो कसैको पनि भूत र भविष्यमा पुर्याइ दिन सक्छ । हजुर ईरानको बैज्ञानिक अली राजेगीले दश वर्ष पछिको अथक मेहनतपछि भविष्यको गणना गर्ने टाइम मेशीन निर्माण गरिएको दाबी गरेका छन् ।
राजेगीले ईरानको सेन्टर फर स्ट्रेटेजिक इन्वेंशन मा यो मेशीनलाई
रजिस्ट्रेशन पनि गरिसकेको छ । टेलीग्राफका अनुसार मेशीनको नाम द आर्यायेक
टाइम ट्रैवलिंग मशीन राखिएको छ । राजेगीले यस मेशीनबाट आठ वर्ष अघिको
भविष्य गणना गर्न सक्ने दाबी गरेका छन् । राजेगीले फार्स स्टेट न्युज
एजेन्सीलाई बताए अनुसार मेशीन युजरको क्वैरीमा प्रयोगकर्ताले छोएपछि सिग्नल
देखाउँछ र उसको भविष्यको बारेमा बताउने गर्छ । भविष्यको सुचना प्रिन्ट
आउटको रुपमा मिल्ने गर्छ ।
२७ वर्षीय राजेगीले यो मेशीन कम्प्लेक्स एल्गोरिदिमको सेटद्धारा काम गर्ने
बताएका छन् । सो मेशीनले कुनै पनि व्यक्तिको आठ वर्ष अघिको भविष्यको गणना
गर्न सक्छ भने यो ९८ प्रतिशत सही हुने गर्छ । रोजेगीले अहिलेसम्म मानव
जातिको लागि १७९ अविष्कार गरिसकेको छ । राजेगीका अनुसार यो आविष्कार कुनै
पनि पर्सनल कम्प्यूटरमा फिट गर्न सक्नेछ । साथै इरान सरकारले यस मेशीन
मार्फत आउने पाच वर्षमा छिमेकी राष्ट्रसंग सम्भावित युद्ध, उतार चढाव र
तेलको मुल्य आकलन गर्न सक्ने बताइएको छ ।
नेपाली सिनेमामा १२ वर्ष एकछत्र नाम कमाएकी नायिका रेखा थापाको चर्चा ०६९
मा पनि कम रहेन । गत वर्ष ‘शताब्दी’ भन्ने शब्दको अर्थ नजानेर आलोचनाको
पात्र बनेकी नायिका थापाले यो वर्ष पनि त्यस्तै स्टन्ट गर्न भ्याइन् ।
यसअघि प्रचण्डसँग नाचेर उनले चर्चा बटुलेकी थिइन् ।
नेपाली नायिकाको दुनियाँमा नम्बर १ को ट्याग भिरेकी नायिका थापाले निर्माता छविराज ओझासँगको सम्बन्ध टुटाइन् । १० बर्ष लामो ‘लिभिङ टुगेदर’मा रहेका छवि र रेखा औपचारिकरुपमा यसै वर्ष छुट्टएि । तर, छुट्टाछुट्टै रुपमा बसे पनि रेखा र छविको चलचित्रको व्यवसायिक सम्बन्ध भने राम्रै रहेको छ ।
रेखाले यसैवर्ष चलचित्र विकास बोर्डमा नियुक्तिको विषयमा पनि चर्चा बटुलिन् । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई बालुवाटारमा रेखाले भेटेको चर्चा चलेकै भोलिपल्ट हिसिलालाई मात्र भेटेको रहस्य खुल्यो । त्यसो त सौर्य दैनिकको कार्यालयमै गएर पत्रकारलाई पिटेको घटनामा पनि रेखा यो वर्ष चर्चा बटुलिन् ।
व्यक्तिगत रुपमा चर्चा बटुले पनि नायिका थापाले अभिनय गरेको चलचित्र मालतीको भट्टीले मुस्किलले लगानी उठायो । तर, अन्य सिनेमाले भने व्यापारिक रुपमा कमाल मच्चाउन भने सकेनन् ।
थापा यसकारण चर्चामा रहिन् :
१. चलचित्र बिकास बोर्डको अध्यक्ष पदका लागि चलचित्रकर्मीको आन्दोलनलाई लत्याउँदै राजनीतिक दलका नेतालाई भेट्न गइन् ।
२. अमेरिका जानुअघि चुनाव जितेर अध्यक्ष बनेका चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का र चलचित्र निर्देशक समाजका अध्यक्ष -जसले हालै मात्र राजिनामा दिएका छन्) लाई उक्त पदमा बस्ने हैसियत नभएको अन्र्तवार्ता दिएर रेखा विवादमा परेकी थिइन् ।
३. अमेरिका पुगेपछि नेपालमा पढेका व्यक्तिहरुको आलोचनात्मक टिप्पणी गरेर उनी विवादमा तानिइन् । उनले नेपालमा पढेकाले के नापेका छन् र भन्ने भनाइ सार्वजनिक गरेर चर्चा कमाइन् ।
४. मलेसियामा आयोजना हुन लागेको सांकृतिक कार्यक्रममा आउँछु भनेर पेश्की लिएर पनि नगएपछि रेखा त्यहाँ आलोचनाको पात्र बनिन् ।
५. अमेरिकाबाट नेपाल आएलगतै चलचित्र विकास बोर्डका अध्यक्ष धमेन्द्र मरवैत्ता पप्पुसँग गाँजा तानेको फोटो सार्वजनिक भएपछि रेखाको करिअरलाई अझ धक्का लाग्यो ।
नेपाली नायिकाको दुनियाँमा नम्बर १ को ट्याग भिरेकी नायिका थापाले निर्माता छविराज ओझासँगको सम्बन्ध टुटाइन् । १० बर्ष लामो ‘लिभिङ टुगेदर’मा रहेका छवि र रेखा औपचारिकरुपमा यसै वर्ष छुट्टएि । तर, छुट्टाछुट्टै रुपमा बसे पनि रेखा र छविको चलचित्रको व्यवसायिक सम्बन्ध भने राम्रै रहेको छ ।
रेखाले यसैवर्ष चलचित्र विकास बोर्डमा नियुक्तिको विषयमा पनि चर्चा बटुलिन् । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई बालुवाटारमा रेखाले भेटेको चर्चा चलेकै भोलिपल्ट हिसिलालाई मात्र भेटेको रहस्य खुल्यो । त्यसो त सौर्य दैनिकको कार्यालयमै गएर पत्रकारलाई पिटेको घटनामा पनि रेखा यो वर्ष चर्चा बटुलिन् ।
व्यक्तिगत रुपमा चर्चा बटुले पनि नायिका थापाले अभिनय गरेको चलचित्र मालतीको भट्टीले मुस्किलले लगानी उठायो । तर, अन्य सिनेमाले भने व्यापारिक रुपमा कमाल मच्चाउन भने सकेनन् ।
थापा यसकारण चर्चामा रहिन् :
१. चलचित्र बिकास बोर्डको अध्यक्ष पदका लागि चलचित्रकर्मीको आन्दोलनलाई लत्याउँदै राजनीतिक दलका नेतालाई भेट्न गइन् ।
२. अमेरिका जानुअघि चुनाव जितेर अध्यक्ष बनेका चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का र चलचित्र निर्देशक समाजका अध्यक्ष -जसले हालै मात्र राजिनामा दिएका छन्) लाई उक्त पदमा बस्ने हैसियत नभएको अन्र्तवार्ता दिएर रेखा विवादमा परेकी थिइन् ।
३. अमेरिका पुगेपछि नेपालमा पढेका व्यक्तिहरुको आलोचनात्मक टिप्पणी गरेर उनी विवादमा तानिइन् । उनले नेपालमा पढेकाले के नापेका छन् र भन्ने भनाइ सार्वजनिक गरेर चर्चा कमाइन् ।
४. मलेसियामा आयोजना हुन लागेको सांकृतिक कार्यक्रममा आउँछु भनेर पेश्की लिएर पनि नगएपछि रेखा त्यहाँ आलोचनाको पात्र बनिन् ।
५. अमेरिकाबाट नेपाल आएलगतै चलचित्र विकास बोर्डका अध्यक्ष धमेन्द्र मरवैत्ता पप्पुसँग गाँजा तानेको फोटो सार्वजनिक भएपछि रेखाको करिअरलाई अझ धक्का लाग्यो ।
काठमाडौ,
चैत्र २३ - म १९ वर्षकी किशोरी हुँ। मेरो स्तनको टुप्पो राम्रोसँग वृद्धि
नभएका कारण मलाई चिन्ता भैरहन्छ। स्तन पनि राम्रोसँग विकसित भएको छैन।
मेरो समस्याको समाधान गर्ने कुनै उपाय छैन ? यो के कारणले हुन्छ र यसले
भावी जीवनमा कस्तो असर गर्छ ?
–७१६९९
तपाईंलाई थाहै
होला, किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले केटीहरूमा स्तनको विकास
तीव्र गतिमा हुन थाल्छ। स्तन भन्नाले सामान्यतः महिलाको छातीमा हुने दुई
विशेष ग्रन्थिलाई जनाउँछ। स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु
भएर १५ वर्षमा पूरा हुन्छ। सामान्यतः दुई-तीन वर्ष ढिलो-चाँडो हुनुलाई
स्वाभाविक मानिन्छ। दुवै स्तनको विकास समान रूपमा नभएर एउटाको पहिले र
अर्कोको केही पछि हुन सक्छ, तर स्तनको विकास पूरा हुँदा दुवै स्तनको आकार
बराबरजस्तै हुन्छ। थोरै असमानतालाई सामान्य मानिन्छ। दूध उत्पादन गर्न
आवश्यक पर्ने ग्रन्थि तथा नलीहरूको विकास किशोरावस्थामा सुरु भए पनि
गर्भवती हुँदा तथा स्तनपान गराउँदा निस्कने हार्मोनहरूले नै स्तनको
विकासलाई पूर्णता दिन्छन्। स्तनको आकार तथा स्वरूप प्राकृतिक रूपमै हुने
भएकाले यसमा हामीले चाहेअनुसारको नियन्त्रण नहुन सक्छ।
स्तनको
आकार तथा आकृतिले महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव पार्छ। यसको आकार
वा आकृतिका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका कारण बढी चिन्ता गरिन्छ।
हाम्रो लगायत कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिन्छ। त्यसैले
स्तनलाई निश्चित रूप दिन महिलाहरूमा दबाब हुने गरेको पाइन्छ। शारिरीक तथा
यौन विकासको क्रममा स्तनका कारणले भएको शारिरीक विम्ब सँग सम्बन्धित चासोले
पिरोलेको अवस्था हुन्छ। तपाईंले स्तनको नाप एवं शरीरको तौल आदिका बारेमा
थप जानकारी लेख्नुभएको भए जवाफ दिन सजिलो हुने थियो। स्तनको आकारमा
वंशाणुगत कुराको प्रभाव एकातिर हुन्छ भने अर्कातिर पोषणको। यी दुवैको
संयुक्त प्रभाव स्तनको आकार निर्धारणमा महत्त्वपूर्ण छ। पोषण ठीक नभएकी
युवतीको शरीरको तौल कम हुने मात्र होइन, स्तनको आकारमा पनि त्यसको प्रभाव
पर्छ।
बुझ्नुभएकै होला, बाहिरबाट देखिने स्तनको आकार वास्तवमा
स्तनमा जम्मा भएको बोसोको कारणले गर्दा हो। यो अंगमा शरीरको अन्य भागको
तुलनामा भन्दा अतिरिक्त मात्रामा बोसो जम्मा हुने कार्य इस्ट्रोजनको
प्रभावले गर्दा नै हुन्छ।
समाधान के होला ?
बुझ्नुपर्ने
कुरा के छ भने आमसञ्चारमाध्यम तथा समाजमा हुने कतिपय छलफलमा ठूला स्तन अनि
शरीरचाहिँ अति नै पातला युवतीहरूमात्र सुन्दरी हुन् भन्ने प्रचार प्रचुर
मात्रामा गरिएकाले हामीलाई आफू पनि त्यस्तै हुनुपर्ने जस्तो लाग्न सक्छ।
चलाखीका साथ खिचिने चित्र वा चलचित्रमा स्तन वास्तविकभन्दा ठूला र आकर्षक
देखिन्छन्। आमसञ्चारमा चित्रित गरिने व्यक्तित्वहरू आमयुवतीहरूभन्दा फरक
हुन्छन् भन्ने कुरा हामीले बुझ्नुपर्छ। हामी सबैको शरीर तथा आनीबानी
आमसञ्चारमा देखाइएका पात्रजस्तै हुनुपर्छ भन्ने छैन। यस किसिमको सोचाइ एक
किसिमले भ्रम नै हो। उमेरसँगै तपाईंमा परिपक्वता आएपछि आफ्नो शारीरिक
विम्बप्रति सहज हुनुहुनेछ। यो कुरा स्तनको हकमा पनि लागू हुन्छ। प्रकृतिले
दिएका कतिपय कुरामा चित्त नबुझे पनि त्यसमा केही गर्न सकिने स्थिति नभएको
अवस्थामा आवश्यकताभन्दा बढी पीर गर्नु बुद्धिमानी होइन।
मुख्यतः
स्तनको आकारको निर्धारण आन्तरिक रागरस -हार्मोन) हरूले गर्ने भए पनि
व्यायाम तथा पोषणको सकारात्मक प्रभाव पर्छ। विभिन्न किसिमका खाने तथा
लगाउने औषधी बजारमा उपलब्ध भए पनि त्यसको दीर्घकालीन प्रभावकारितामा भने
विवाद नै छ। शल्यक्रिया गरेर स्तनको साइज बढाउनु अर्को उपाय हो। यो महँगो त
हुन्छ नै, यसका नकारात्मक असरहरू पनि हुन्छन्।
सामान्य आयतन र
आकारकै स्तन भए पनि कसैलाई यो सानो लाग्न सक्छ भने कसैलाई ठूलो। यसमा
तपाईंमा आमसञ्चारका माध्यमको प्रभाव परेको हुनसक्छ भने अर्कातिर तपाईंको
नजिकका युवती साथीहरूका स्तन बढी ठूलो भएको र केटा साथीहरू उतै आकषिर्त
भएकाले पनि दबाब सिर्जना हुनसक्छ। बुझ्नुपर्ने कुरा के हो भने स्तनको आकार
सानै भए पनि स्तनको यौन आनन्द दिने एवं स्तनपान गराउन दूध उत्पादन गर्ने
क्षमतामा कुनै असर पर्दैन।
भावी जीवनमा के-कस्तो असर पर्ला ?
स्तनको आकार तथा साइजले स्तनपान तथा यौन उत्तेजनाको कार्यमा कुनै
नकारात्मक प्रभाव पार्दैन। सानै भए पनि स्तन यौन सम्वेदनशील हुन्छ र दूध
उत्पादन गर्न सक्छ। त्यसैले यदि तपाईंको प्रश्न यौन सुख प्राप्ति तथा
सन्तान जन्मिसकेपछि त्यसको पोषणका लागि दूध ख्वाउने सन्दर्भमा हो भने
अनावश्यक रूपमा चिन्ता नलिनु भए हुन्छ। भाग्यवश स्तन छोपिने अङ्ग भएकाले
त्यसमा उभार ल्याउन अनि आकर्षक दे खिन विशेष किसिमको ब्रेसियर (थुनचोली)
भित्र वा त्यसभित्र केही कुरा प्रयोग गर्न सकिन्छ।
अर्को पाटोतिर
हेर्ने हो भने स्तनको आकार वा साइजको प्रभाव हाम्रो मानसिकतामा परेकाले
त्यो हाम्रो आत्मसम्मानसँग जोडिएको हुन्छ, त्यसैले समस्या जन्माउँछ।
तपाईंमा हीनताबोध भयो र यौन आकर्षक भइनँ भन्ने लागे त्यसले समस्या अझ
बढाउँछ। तपाईंको शरीरको विम्बप्रति भविष्यमा तपाईंको यौन साथी (प्रेमी वा
श्रीमान्) ले कसरी लिन्छ, त्यो पनि महत्त्वपूर्ण हुन्छ। कतिपय पुरुषलाई
ठूला वक्षस्थल आकर् षक लागे पनि त्यसलाई खासै महत्त्व दिँदैनन् र महिलाको
यौन आकर्षण सम्पूर्णतामा हेर्छन्। त्यस्तो स्थितिमा कुनै समस्या पर्दैन,
अन्यथा त्यसलाई व्यवस्थापन गर्नु मुख्य कुरा बन्न पुग्छ।
१९ चैत, काठमाण्डौं । मूल्य घटेपछि सुन कारोबारमा चर्को चलखेल सुरु भएको छ । उपभोक्ता सुनका गहना खरिदमा निर्धारित मूल्यभन्दा सात सयदेखि दुई हजार रुपैयाँसम्म बढी तिर्न बाध्य छन् ।
व्यापारीले बजारमा सुन ‘सर्टेज’ भएको भन्दै उपभोक्तासँग तोकिएभन्दा बढी रकम असुल्न थालेका हुन् । मूल्य घटेका बेला केही ठूला कारोबारीले सुन होल्ड गर्न थालेकाले उपभोक्ताले तोकिएभन्दा बढी मूल्य तिर्नुपरेको हो । सस्तो भएका बेला किनेर मँहगिएपछि बिक्री गरी धेरै नाफा लिन ठूला व्यापारीले सुन ‘होल्ड’ गर्न थालेका छन् ।
यसअघि प्रतितोला ६२ हजार रुपैयाँसम्म पुगेको सुनको भाउ पछिल्लो समयमा ५६ हजारदेखि ५७ हजार रुपैयाँका बीचमा कारोबार भइरहेको छ । निकट भविष्यमै फेरि सुनको भाउ बढ्ने अनुमान व्यापारीको छ ।
नेपाल बैंकर्स संघका उपाध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल गहाना व्यापारीलाई मात्र सुन बिक्री गर्न पाउने व्यवस्थाका कारण समस्या बढेको बताउँछन् ।
सरकारले सुन आयातमा कोटा निर्धारण गरेकाले भाउ घटे पनि व्यापारीले चाहेजति किन्न भने पाउँदैनन् । अहिले वाणिज्य बैंकहरुले दैनिक १५ किलो सुन आयात गर्न पाउने प्रावधान छ । सुन व्यापारीले वाणिज्य बैंकमार्फत मात्र सुन किन्न पाउँछन् ।
बढी मूल्य लिएर उपभोक्तामाथि ठगी
काठमाण्डौंको एक सुन पसलले बढी मूल्य लिएर उभोक्तालाई ठगेको पाइएको छ । वाणिज्य विभाग, महानगरीय प्रहरी परिसर हनुमानढोका र उपभोक्ता मञ्च नेपालका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले अनुगमन गर्दा मखनस्थित सूर्यलाल गोविन्दलाल एन्ड सन्स प्राइभेट लिमिटेडले निर्धारित मूल्यभन्दा बढी मूल्यमा सुन बेचेको पाइएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
अनुगमनमा सहभागी उपभोक्ता मञ्च नेपालका सचिव रोशन श्रेष्ठका अनुसार उक्त पसलले सुन प्रतितोला ५७ हजार रुपैयाँमा बिक्रीवितरण गरेको थियो ।