• Contact
  • Typography
  • Pages
    • 404 page
    • Contact
    • Page with video
    • Page with image
    • Page with audio
    • Landing page
    • Fullwidth
  • Options Panel
  • Blog
  • Home
Sky Nepal Online News and Entertainment Site
  • Home
  • News
    • National
    • Prawas
    • World
    • Finance
  • Filmy
    • Bollywood
    • Hollywood
    • Kallywood
  • Sports
  • Entertainment
  • Tv Shows
    • Meri Bassai
    • Jire Khursani
    • Tito Satya
    • Jhai Kuti Jhai
  • Interviews
  • Other News
    • Sajha Sawal
    • Khabar Bhitra ko Khabar
    • Power News
    • Khoj Talas



आधारभूत रुपमा महिला र पुरुषमा समान हुने भए पनि केही भिन्नता भने पक्कै देख्न सकिन्छ । यौन उत्तेजनाको सुरुआत मानिसमा मानसिक तथा शारीरिक कारण दुवैले हुने गर्दछ । यौन उत्तेजनात्मक कुराको सोचाइ वा परिकल्पना एकातिर छ भने यौन संवेदनशील अंगहरूकै सीधा घर्षण अर्कोतिर छ भन्ने हामीले बिर्सनु हुँदैन । प्रायजसो पुरुषको तुलनामा अधिकांश महिलाहरुलाई चरम सुखको स्थितिमा पुग्न केही बढी समय लाग्छ । महिलामा भगांकुरबाट प्राप्त हुने यौन चरम सुख र योनिबाट प्राप्त हुने यौन चरम सुखमा अन्तर हुन्छ । कतिपय अनुसन्धानकर्ताहरू महिलामा भगांकुरबाट मात्र चरम सुख प्राप्त हुने कुरामा विश्वास गर्छन् र यसको लागि भगांकुर घर्षणको आवश्यकता पर्छ । सही तालमेल नमिल्नाले चाहेको मात्रामा यौनसुख प्राप्त गर्न सकिंदैन । यसबारे दुवै जना यौनसाथीको बीचमा खुला र स्पष्ट कुराकानी त्यसैअनुरुप यौनसन्तुष्टि बढाउने किसिमको क्रियाकलापको खोजीमा निरन्तर लाग्नु जरुरी छ । पर्याप्त प्राक्क्रीडा नै नगरी यान्त्रिक रुपमा सम्भोग गर्ने चलनले गर्दा पनि दुवै यौनसाथीको बीचमा यौनसम्पर्कको बेलामा तालमेल स्थापित गर्न अप्ठेरो पर्छ । एकले अर्कोलाई सक्दो मद्दत गर्नुपर्ने हुन्छ । आफ्ना यौन क्रियाकलाप बारेमा राम्ररी छलफल गर्नुको साथै दुवै जनाले साथसाथै चरम सुख प्राप्त गर्न पर्याप्त अभ्यास गरेमा सफल हुन सकिन्छ । हामी यन्त्र होइनौं भन्ने कुरा बुझनुपर्छ । राम्रो अभ्यासको वाबजुद पनि बरोबर असफलता हात लाग्न सक्छ । त्यसैले निरन्तर अठोट र प्रयासको आवश्यकता पर्छ । प्राक्क्रीडा गर्दा धेरैजसो परिस्थितिमा चुम्बन, शरीर तथा यौनांग सुम्सुम्याउने वा चलाउने आदि यौनक्रियाकलाप गरेर एक-आपसमा यौनउत्तेजना बढाउने गरिन्छ । गहिरो चुम्बन तथा शरीरका अन्य संवेदनशील अंगको चुम्बन निकै सहयोगी हुन सक्छ । यसो गर्दा आफ्नो यौनसाथीको कुन-कुन भाग संवेदनशील छ वा कुन-कुन अंग छोइएको मनपराउँछ भन्ने कुरा पनि थाहा पाउन मद्दत मिल्छ । कसैले हल्कारुपमा छोइएको मन पराउँछन् भने कतिले कडा किसिमले छोएको मन पराउँछन् । यी संवेदनशील अंगहरु सुम्सुम्याउने कुरा मात्र नभई चुम्बन गर्ने, चाट्ने, चुस्ने, थप-थप गर्ने, चिमोट्ने, माड्ने, हल्का टोक्ने, हल्का चिथोर्नेजस्ता थुप्रै क्रियाकलाप आफ्नो रुचिअनुरुप गर्न सकिन्छ । बिस्तारै यौन भावभंगीमा लुगा फुकाल्दै जानु पनि प्राक्क्रीडा हुन सक्छ । कतिपय व्यक्तिले एक-दुइ पल्ट यस्तो प्रयास गरेपछि सफलता हासिल नहुँदा निराश भई कोशिश नै गर्दैनन् । पति-पत्नीको उत्तेजनाको स्तरलाई हाराहारीमा ल्याई दुवै जनाले एकैसाथ यौन चरम सुख पाउने अभ्यास गर्न सकिन्छ । 
















१७ माघ, दाङ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले एकीकृत माओवादी समयमै नसच्चिए राजसंस्था विलय भएर गएको नहरबाट बगेर जाने बताउनुभएको छ । कोइरालाले प्रजातन्त्रको मूलधारमा नआए पञ्चायती र राज संस्थाहरु बिलय भएको नहरबाटै माओबादी पनि बग्ने चेतावनी दिनुभयो ।
 नेपाल प्रेस युनियन दाङले बुधवार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो,’एमाओबादीले तानाशाही प्रवृति देखाइरहेको छ । पञ्चायती र राज संस्थालाई त हटाईयो । माओबादीहरु को हुन र ? यिनीहरुलाई पनि हटाउन गाह्रो छैन ।’ कोइरालाले एमाओवादीमारहेको हतियारको दम्भ र सैन्य मानसिकता नहटेको वताउनुभयो । आगामि जेठ १५ सम्ममा संबिधानसभाको चुनाबमा बिपक्षीहरुलाई लौरो लगाएर पनि ल्याउछु भन्ने प्रधानमन्त्री बाबुरामको भनाई्प्रति इंकित गर्दै कोइरालाले भन्नुभयो,’ माओबादीमा हतियारको दम्भ छ । उसलाई न कानुन चाहिन्छ न बिधी नै । ‘
कोइरालाले आफू सिंहदरबारमा फोटो झुण्डाउन मात्रै प्रधानमन्त्री नबन्ने स्पष्ट पार्नुभयो । अब संबिधान सभाको पुनःस्थापना हुन नसक्ने भन्दै कोइरालाले जसरी भएपनि नयाँ चुनाब हुनुपर्ने र त्यसका लागि पहिले सहमतीय सरकार गठन हुनु पर्ने वताउनुभयो । कोइरालाले सरकारविरुद्ध विपक्षी दलहरुले गरिरहेको आन्दोलन सत्ता प्राप्तीका लागि नभएर राष्ट्रिय सहमति र नयाँ निर्बाचनका लागि भएको दाबी गर्नुभयो ।
१६ माघ, काठमाडौं । संविधानसभा विघटन भएपछि नेकपा एकीकृत माओवादीलाई वाषिर्क ३ करोडभन्दा बढी आर्थिक घाटा भएको छ । तर, संविधानसभा नरहे पनि चन्दाका अतिरिक्त स्रोत नखुलेको ठाउँबाट समेत पार्टीले वाषिर्क दुई करोडभन्दा बढी आम्दानी गर्दै आएको छ ।

एमाओवादीले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार गत वर्ष पार्टीले संसदीय कार्यालयबाट ३ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको थियो । संसदीय राजनीतिमा आएको पाँच वर्षमध्ये पहिलो वर्ष उसले १ करोड ८५ लाख, दोस्रो वर्ष ३ करोड ९२ लाख, तेस्रो वर्ष २ करोड ८१ लाख र चौथो वर्ष ३ करोड ३३ लाख रुपैयाँ एमाओवादीले आम्दानी गरेको थियो । सभासद्हरुले पाउने पारिश्रमिकबाट पार्टीले लेवीस्वरुप यो आम्दानी गर्दै आएको थियो । तर, संविधानसभा विघटन भएपछि उसको यो करोडौंको स्रोत सुकेको छ ।

मुख्य आम्दानी चन्दा

नेकपा एमाओवादीको मुख्य आम्दानीको स्रोत चन्दा हो । उसले दुईवटा अवसरमा चन्दा उठाउने गरेको छ, एक आन्तरिक भेला र सम्मेलनका लागि । दोस्रो, आमसभाका लागि । गत वर्ष एमाओवादीले आमसभाबाट मात्रै ७ लाख आम्दानी गरेको थियो भने ०६६/०६७ मा २२ लाखभन्दा बढी चन्दा आमसभा लागि संकलन गरेको थियो । त्योभन्दा अघिल्लो वर्ष आमसभाका लागि उसले २० लाख चन्दा उठाएको थियो । आमसभाबाहेक भेला, सम्मेलनका लागि मात्रै गत वर्ष एमाओवादीले १६ लाख ८२ हजार चन्दा संकलन गरेको हिसाब निर्वाचन आयोगमा देखाइएको छ ।

स्रोत नखुलेको करोडौं

एमाओवादीले ‘विविध’ शीर्षर्कअन्तरगत वाषिर्क करोडौं रुपैयाँको आम्दानी देखाएको छ । पार्टी सदस्यको लेबी, प्रकाशनबाट प्राप्त आम्दानी, चन्दा र प्रवेश शुल्कबारे छुट्टै आम्दानी देखाइसकेपछि ‘विविध आम्दानी’मा वाषिर्क २ करोडसम्म आम्दानी देखाइएको छ । जस्तो कि गतवर्ष गतवर्ष १ करोड ३७ लाख विविध आम्दानी देखाइएको छ भने विगत ३ वर्षमा क्रमशः १८ लाख, ३५ लाख र डेढ करोड विविध आम्दानी बाँधिएको छ । यति ठूलो रकम कहाँबाट आएको थियो ? आयोगको विवरणमा खुलेको छैन ।

‘ड्यास’ले गर्दा ‘क्यास’लाई असर

पार्टी विभाजित भएपछि एमाओवादीका नेता कार्यकर्ताले वैद्य पक्षलाई ड्यास माओवाद भिन्ने गरेका छन् भने वैद्य पक्षका कतिपयले संस्थापन पक्षलाई ‘क्यास माओवादी’ भन्ने गरेका छन् । तर, एमाओवादीले महाधिवेशन गर्नुभन्दा एक महिना अगावै वैद्यपक्षले महाधिवेशनका लागि चन्दा उठाइसकेको हुनाले तिनै व्यापारी र व्यवसायीसमक्ष एमाओवादीलाई चन्दा उठाउन मुस्किल परेको स्रोत बताउँछ । ‘खासै धेरै असर नपरे पनि उनीहरुले पहिल्यै सहयोग उठाएकाले केही न केही प्रभाव हामीलाई परेकै छ ।’-महाधिवेशनका लागि गठित आर्थिक समितिका सदस्य देवेन्द्र पौडेलले अनलाइनखबरलाई भन्नुभयो ।

१६ माघ, काभ्रे । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारविरुद्ध आन्दोलनरत विपक्षी कांग्रेस-एमालेलाई ‘आतंककारी’को संज्ञा दिनु भएको छ ।
पार्टीको काभ्रे जिल्ला सम्मेलन उद्घाटन गर्दै प्रचण्डले आफ्नो पार्टीको शान्तिपूर्ण सभामा ढुंगामुढा गर्ने कांग्रेस-एमाले आतंककारी भएको बताउनुभयो । २/४ जनालाई ढुंगा हान्न लगाउँदैमा कांग्रेस-एमालेलाई सत्ता नदिने उहाँको भनाई थियो ।
एमाओवादी अध्यक्ष प्रचण्डले अब १० वर्षसम्म कांग्रेस एमालेले सरकार नपाउने दावी गर्नुभयो । जनताको विश्वासमा माओवादीमै रहेको भन्दै उहाँले १० वर्षसम्म आफूहरु असफल भएमा मात्र कांग्रेस-एमालेको पालो आउने उहाँको भनाई छ । उहाँले भन्नुभयो-’हामी सफल भयौं भने जनताको साथ लिएर वर्षौ सरकार चलाउँछौं ।’
चार दोबाटोमा भएको अधिवेशनमा सहभागी हुन जाने क्रममा प्रचण्डसहित प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशलाई विपक्षी कार्यकर्ताले कालोझण्डा देखाएका थिए । त्यसक्रममा वाईसीएल कार्यकर्ता र प्रदर्शनकारीबीच झडप हुँदा केहीबेर तीन दोबोटो क्षेत्र तनावग्रस्त बनेको थियो ।







राजविराज, माघ १६ - जिल्ला विकास समिति सप्तरीले तीन गाविस सचिवलाई निलम्बन गरेको छ । सरकारले अशक्त नागरिकका लागि प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको भन्दै ती सचिवहरूलाई निलम्बन गरेको हो । निलम्बनमा परेका सचिवहरूमा औरही गाविसका महिनारायण चौधरी, टिकुलिया गाविसका रामदत्त यादव र सिस्वा बेल्ही गाविसका हरिनारायण यादव छन् । तीनै जनालाई माघ १२ गतेदेखि लागू हुने गरी निलम्बन गरिएको जिविसले जनायो ।
स्थानीय विकास अधिकारी कृष्णकुमार सापकोटाका अनुसार तीनैजना सचिवले आआफ्ना गाविसमा वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्तामा किर्ते कागज बनाई अनियमितता गरेको प्रमाणित भएपछि निलम्बन गरिएको हो । उनीहरूमाथि करिब २६ लाख रुपैयाँ अनियमितता भएको प्रमाणित भएको जिविसले जनायो । जिविसले गत आर्थिक वर्षमा ३० करोड बढी अनियमितता भएको रहस्य खुलेपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्री नारायणकाजी श्रेष्ठसहितका टोलीले छानबिन गरेको थियो ।
गाईघाट (उदयपुर), माघ १६ - उदयपुरको बेल्टार गाविस- २ भुल्केटोलमा जङ्गली रातोबाँदरले खेतबारीमा लगाएको बालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीयवासी हैरान भएका छन् । नजिकैको जङ्गलबाट सङ्ख्यामा आउने गरेको रातो बाँदरले भुल्केटोलमा पसेर स्थानीयवासीको घरको अन्न तथा फलफूलसमेत खाइदिने गरेका कारण उनीहरु त्रसित बन्न थालेका छन् । भुल्केकी स्थानीय दिलमाया खत्री भन्छिन्, "साँझ बिहान ठूलो सङ्ख्यामा आउने बाँदरहरुले घरभित्र पसेर अन्न तथा फलफूलसमेत खाइदिने गरेका कारण आफूहरु हैरान भएका छौं" । बाँदरले गाउँलेमाथि पनि आक्रमण गर्ने गरेको स्थानीय महेश भुजेलले बताए । गाउँलेलाई बाँदरले दुःख दिन थालेपछि स्थानीय प्रशासन तथा प्रहरीमा समेत जाहेरी दिई सुरक्षा मागेको स्थानीयवासी बताउाछन् ।







गुल्मी, माघ १५ - स्थानीय बासिन्दाले माग गरेकै आधारमा दरबन्दीबिना नयाँ विद्यालय र कक्षा थपको स्वीकृति दिने प्रवृत्तिले जिल्लाका ७५ विद्यालय अनुदानकै भरमा सञ्चालन हुँदै आएका छन् । भौतिक पूर्वाधार, जनशक्ति, स्रोतलगायत सुविधा नभए पनि स्थानीय बासिन्दाले विद्यालय माग गर्ने र त्यही माग गरेकै भरमा जिल्ला शिक्षा समितिको सिफारिसमा विभागको क्षेत्रीय कार्यालयले नयाँ विद्यालय सञ्चालन र कक्षा थपका लागि स्वीकृति दिने गरेको छ । शिक्षा समितिले पनि अनुगमन नगरी भौगोलिक अवस्था र स्थानीय आवश्कताका आधारमा थपका लागि सिफारिस गरेपछि जिल्लाका दुर्गम गाविसमा दरबन्दी बिनाका ७५ विद्यालय अनुदानका भरमा सञ्चालन हुँदै आएका हुन् । सञ्चालन स्रोत अभावले त्यस्ता विद्यालयको शैक्षिक सुधारमा समस्या देखिएको छ । जिल्लाका सबैभन्दा दुर्गम मानिएका दर्लिङमा ६, नेटामा दुई र सिर्सेनीमा ५ विद्यालय दरबन्दीविहीन छन् । त्यस्तै पिपलधाराको ज्ञानोदय मावि, निमावि दरबन्दीबिनै सञ्चालनमा छन् । निमावि र माविमा गरी झन्डै १ सय विद्यार्थी अध्ययनरत भए पनि शिक्षकको दरबन्दी नहुँदा गुणस्तरीय शिक्षामा असर परेको प्रधानाध्यापक हुमबहादुर महतले बताए । 'सबै निजी स्रोतमा चलाउनुपर्दा राम्रो शिक्षक टिकाउनै अप्ठ्यारो पर्दोरहेछ', महतले भने, 'दरबन्दीका लागि पहल गरे पनि अनुदानबाहेक अन्य केही उपलब्ध हुन सकेन ।' निमावि र मावि सञ्चालनमा वाषिर्क ७ लाख २० हजार रुपैयाँभन्दा बढी खर्च हुने गरेको भए पनि शिक्षाले अनुदानबापत गत वर्ष १ लाख ७४ हजार रुपैयाँ दिएको महतले बताए । अन्य खर्च चन्दा र ब्याजबाट चलाउने गरेको विद्यालयले जनाएको छ । शिक्षा कार्यालयका शाखा अधिकृत हरीलाल अर्यालका अनुसार विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत प्रति विद्यार्थीका आधारमा दिइने अनुदान मावि, निमावि र प्राविमा समेत गरी गत वर्ष १ करोड ११ लाख ६५ हजार २ सय ३८ रुपैयाँ वितरण गरेको थियो । शिक्षाको गुणस्तर सुधारका लागि सरकारले विद्यार्थी संख्याका आधारमा बालविकासमा प्रतिविद्यार्थी १ सय, प्राविमा १ सय ५०, निमाविमा १ सय ७० र माविमा ३ सय रुपैयाँ अनुदान दिने गरेको छ । त्यसरी वितरण हुने रकम प्रतिविद्यालय माविमा वाषिर्क १ लाख १० हजारदेखि २ लाख २१ हजार रुपैयाँ, निमाविमा ५३ हजार देखि १ लाख ७ हजार रुपैयाँ र प्राविमा १६ हजार ७ सय ४५ रुपैयाँका दरले वितरण गर्ने गरेको छ । तर धेरै विद्यालय अनुदानका भरमा सञ्चालन हुँदै आएकाले अनुदान रकमले ५० प्रतिशत पनि राहत नहुने अर्यालले बताए । शिक्षा कार्यालयका अनुसार २२ मावि, २१ निमावि र ३२ प्रावि अनुदानकै भरमा चलेका छन् । दरबन्दी अभावमा विद्यार्थी संख्याका आधारमा प्राप्त हुने पीसीएफ -प्रतिविद्यार्थी कोष) का भरमा ७५ विद्यालय सञ्चालन गर्नुपरेको उपसचिव भोजबहादुर केसीले बताए । 'स्थानीयले माग गर्दा भौतिक पूर्वाधार, स्रोत र जनशक्ति सबै छ भनेर निर्णय गरेका हुन्छन्,' केसीले भने, 'आवश्यक स्रोतसमेत छ भनेर गाविसले समेत सिफारिस गरेपछि हामी शिक्षा समितिमा पेस गर्छौं ।' शिक्षा समितिले क्षेत्रीयमा सिफारिस गर्ने र क्षेत्रले कोटाअनुसार स्वीकृत गर्ने गरेको केसीले बताए । दरबन्दीबिनाका विद्यालयहरूको माग बढ्दो भएपछि गत वर्ष देखि स्वीकृति नै रोकिएको कार्यालयले जनाएको छ । अनुदानका भरमा चलेका विद्यालयहरूमा माविमा ४ सय ८४, निमाविमा ३ सय ३६ र प्राविमा झन्डै ४ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालय निरीक्षक लोकनाथ मरासिनीले बताए । शिक्षाले दिने अनुदान विद्यालयको गुणस्तर सुधार, शैक्षिक सामग्रीलगायतमा खर्च गर्नुपर्ने भए पनि अधिकांश विद्यालयलहरूले शिक्षक नियुक्ति, लेखापाल, कार्यालय सहयोगीलगायतमा खर्च गर्ने गरेको शिक्षा कार्यालयले जनाएको छ । जिल्लाका ८ सय ४१ विद्यालयहरूमा स्थायी, अस्थायी र राहत गरी २ हजार ६ सय ७ शिक्षक कार्यरत छन् ।

१४ माघ, बैतडी । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टका नाममा एमालेले जनता र राष्ट्रलाई धोका दिएको आरोप लगाउनु भएको छ ।
पार्टीको बैतडी जिल्ला अधिबेशनलाई आइतबार सदरमुकाम गोठलापानीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुश्मनसंग आत्मसमपर्ण गर्दै एमालेले जनताका ईच्छा र आकांक्षालाई बेवास्ता गरेको बताउनु भयो । उहाँले भन्नुभयो-’नेपालको कम्युनिष्ट आन्दोलनमा एकथरी कम्युनिष्ट नाम गरेका मानिसहरु छन् । ती परिर्वतन, जनताको सवाको निम्ति हैन, वर्गदुश्मनसँग आत्मसर्मपण गर्ने, राष्ट्रिय आत्मसर्मपण गर्ने सम्पुर्ण रुपमा जनताका मुद्धालाई छाडेर जाने कम्युनिष्ट नामधारी समूह पनि छन् । एमाले त्यस्तै नामधारी गुट हो । जसले राष्ट्र र जनतालाई धोका दिएको छ ।’
नेकपा माओवादी क्रान्तिकारी नारा भट्टाएर जडसुत्रबादी सोचमा अघि बढेको र प्रतिक्रान्तिको सेवा गरेको उहाँको आरोप थियो ।
उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दैलेखको घटनालाई लिएर प्रतिपक्षी दलहरुले शान्ति प्रक्रिया भाड्ने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो । पत्रकार डेकेन्द्र थापाको बिषयलाई बङ्गाएर शान्ति प्रक्रिया भाड्न खोजेको भन्दै बिशेष गरी पत्रकारहरुलाई सचेत रहन आग्रह गर्नुभयो । द्वन्द्वकालका घटनाका बिषयमा आफूहरु पनि गम्भीर रहेको भन्दै उहाँले सबै घटनाहरुलाई सत्य निरुपण तथा मेल मिलाप आयोग बनाएर समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री डा. भट्टराईले माओवादीले हत्यारालाई संरक्षण गर्‍यो भन्ने आरोपको खण्डन गर्दै डलर खेती गर्नेको षड्यन्त्रमा नपर्न आग्रह गर्नुभयो । कुरालाई बंग्याएर माओवादीले हत्यारालाई संरक्षण गर्न खोज्यो भन्ने खालको कोकोहोलो मच्चाइदैछ, त्यो भ्रममा नपर्नुस’ उहाँले भन्नुभयो-’विदेशबाट डलर ल्याएर त्यसको खेती गर्नेहरुको षड्यन्त्रबाट बच्न म तपाईहरुलाई आग्रह गर्न चाहन्छु ।’
अर्का उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले कांग्रेस-एमाले जस्ता पार्टीहरुका कारण मुलुकमा सहमति कायम हुन नसकेको दावी गर्नुभयो । कार्यक्रममा शीर्ष नेताहरुले महाधिवेशनपछि पार्टीलाई एकढिक्का बनाउने प्रतिवद्धता जनाएको छ । 
पर्स सायद मानिसको जीवनको सवैभन्दा महत्वपूर्ण बस्तु हो । क्यास होस वा कार्ड अधिकांशले पर्समै बोक्छन । तर, यही पर्स बिर्सदा कहिलेकाहीं निकै दुःख पाइन्छ । इटलीका पर्यटक ग्राजियानोले पैसा बोकेको पर्स बिर्सदा अमेरिकामा जेलको हावा खानु परेको छ ।
न्यूयोर्कमा रहेको स्टीक एण्ड वीलेन्स्की रेष्टुँरामा पुगेर २ सय ८ डलरको खाना अर्डर गरेका थिए । तर जव उनले खल्ती छामे उनी झसङ्ग भए । खल्तीमा पर्स थिएन ।
उनले रेष्टुँराको क्यासियरसँग प्रस्ताव राखे- धरौटीमा आईफोन राख्ने । तर क्यासियरले उनको प्रस्तावलाई अस्वीकार गरे । अपार्टमेन्टबाट अरु कसैलाई पर्स ल्याइदिन भन्न वा क्रेडिट कार्डमार्फत् तिर्न क्यासियरले सर्त राख्यो । ती दुवै काम गर्न नसकेपछि रेष्टुँरा संचालकले प्रहरीलाई खवर गरे । र उनलाई हिरासतमा लगे ।
भोलीपल्ट उनलाई अदालतसामू पेश गरियो । बिचरा ती पर्यटकले आफ्नो कुनै दोष नभएको जिकिर गरे । अदालतले पैसा तिर्ने सर्तमा उनलाई तत्काल रिहा गर्‍यो ।
ग्राजियानोले रेष्टुँराको त्यो हर्कतप्रति आपत्ति जनाएका छन् । आफ्नो नियत सही भएको भन्दै उनले पर्स बिर्सनुलाई अपराधको रुपमा लिइएकोमा आपत्ति जनाए ।
← Previous post
Next post →
Home

Video

Rashifal

POPULAR POST

Fans

Recommend on Google
Follow @YOU

Comedy

Serials

Music Video

Top 10 Posts

नरेनसँग रोमान्स गर्दै रेखा

प्रायः दैनिक जसो सुटिङ भइरहने किर्तिपुरस्थित चोभार डाँडामा हिजो शनिबार पनि छविराज प्रोडक्शन र रेखा फिल्मस् व्यानरको संयुक्त प्रस्तुती रहेको ...

The Washington Post publishes about Budha's birth place Nepal

The Washington Post publishes about Budha's birth place nepal

Nepali Exchange Rate 18,September,2013

#     Currency     Unit     Selling in Nepalese Rupees (Rs) 1     U.S. Dollar     1 Dollar ($)     101.4 Rs 2     European Euro     1 Euro...

अरुत तेस्तै हो नेपाली हरुको झगडा चाही हेर्नु लाएक हुन्छ

<iframe wi dth="420" height="315" src="http://www.youtube.com/embed/098nt8c6Fr8" frameborder="0"...

वैद्य माओवादीद्धारा यात्रुसहितको बसमा आगजनी

 News Froma Kathmandu Nepal नेकपा–माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको ताम्सालिङ क्षेत्र बन्दमा बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्...

भट्टी पसलमा देह व्यापार गराउने गिरोह पक्राउ

भदौ ३१ ।   काठमाडौंको शान्तिनगर गेटभित्र जागृति टोलमा देखावटी भट्टी पसल खोलेर भित्रपट्टि किशोरीहरूलाई बन्धक बनाई देह व्यापार गर्ने गिरोहलाई ...

नायीका कट्रिना लुकेर पुगिन् रणवीरको घर

नायीका कट्रिना कैफले केही दिनअगाडि आफ्नो पूर्व प्रेमी सलमान खानकी बहिनीको घरमा आयोजित गणेश पुजामा सहभागी भइन् । रणवीर कपुरसँग रोमान्समा व्यस...

चिन्नुहुन्छ ! यि जिया नै हुन् (फोटो फिचरसहित)

जिया केसी भन्ने बित्तिकै बोल्ड दृश्य दिने, चलचित्रमा खुलेरै अंगप्रदर्शन गर्ने नायिकाको तस्बिर धेरैको आँखा अगाडी आउँछ । तर जिया केसी सिनेम...

भारतीय जिटिभी बन्द नगरेकोले टेलिभिजन महासंघमा तोडफोड

भदौ ३१ भारतीय  टोलिभिजन जिटिभीको  प्रशारण बन्द  नगरेको  भन्दै  नेकपा माआबादीका कार्यकताद्धारा  काठमाडौको  अनामनगर  स्थित नेपाल केवल टेलिभिजन...

रंगशाला निर्माणमा कलाकारको साथ

मकवानपुर जिल्ला हेटौडा नगरपालिका वडा नं ७ मा रहेको नागस्वती गाउँमा राष्ट्रिय स्तरकै रंगशाला बनाउन नेपाली कलाकारहरु जुटेका छन् । नेपालका च...

Tag Cloud

Articile Article bgimage Bhutanese CATEGORY #1 Celebrities Diaspora Events Feature featured FINANCE Gossip Headlines Health Horoscope Interview Latest News Media Model Movie Review Music News Sex Sport Technology tito Saty tv show Various Videos Wonder World

Like Us


Post From The Past

  • September (122)
  • August (17)
  • July (6)
  • June (4)
  • May (6)
  • April (11)
  • March (8)
  • February (201)
  • January (40)
  • December (13)
  • November (6)
  • October (2)
  • November (3)

How is New Design of Sky Nepali News?

Template By Basnetg.com