• Contact
  • Typography
  • Pages
    • 404 page
    • Contact
    • Page with video
    • Page with image
    • Page with audio
    • Landing page
    • Fullwidth
  • Options Panel
  • Blog
  • Home
Sky Nepal Online News and Entertainment Site
  • Home
  • News
    • National
    • Prawas
    • World
    • Finance
  • Filmy
    • Bollywood
    • Hollywood
    • Kallywood
  • Sports
  • Entertainment
  • Tv Shows
    • Meri Bassai
    • Jire Khursani
    • Tito Satya
    • Jhai Kuti Jhai
  • Interviews
  • Other News
    • Sajha Sawal
    • Khabar Bhitra ko Khabar
    • Power News
    • Khoj Talas


केही बर्षअघिसम्म पश्चिमा देशहरुमा पोर्नस्टारहरुको माग र आम्दानी निक्कै थियो । पोर्न पेशामा लागेर प्रशस्त आम्दानी हुने भएकाले पनि धेरैको आकर्षण यतातर्फ बढेको थियो । तर इन्टरनेटको विकाससँगै छ्याप्तछ्याप्ती भिडियोहरु निःशुल्क हेर्न पाइने भएपछि पोर्नस्टारहरुको पेशा संकटमा परेको हो । सन् २०१० को डिसेम्बर १९ मा चर्चित पोर्नस्टार वायोलेट एडम्सनले ३५ बर्षको उमेरमा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।
त्यस्तै ४१ बषिर्या पाउला याट्सको निधन १२ बर्षअघि हेरोइनको अत्याधिक सेवनबाट भएको थियो । ३१ जुलाई ००२ मा चर्चित पोर्नस्टार पाँलिन चानले २४ औं तलाबाट हामफालेर आत्महत्या गरेकी थिइन् । डिप्रेशनका कारण आफुले आत्महत्या गरेको नोट प्रहरीले उनको कोठामा भेट्टाएको थियो ।
सन् २००९ मा लेइला लोप्स नाम गरेकी एक पोर्नस्टारले आत्महत्या गरेकी थिइन् । अत्याधिक ड्रक्सको सेवनका कारण उनको निधन भएको प्रहरीले बताएको थियो । २९ डिसेम्बर २००२ मा विव नेव्स नाम गरेकी एक पोर्नस्टारले आत्महत्या गरेकी थिइन् । तर उनले आत्महत्या गर्नुको कारण प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।
कैथरीन सु जाँनस्टन नाम गरेकी एक पोर्नस्टारको मृत्य शरिर सन् २०११ को १३ अपि्रलमा उनकै विस्तारामा फेला पारिएको थियो । २००७ बाट आफ्नो करिअर सुरु गरेकी उनले ७० वटा पोर्न सिनेमामा अभिनय गरेकी थिइन् ।
डाना प्लाटो नाम गरेकी पोर्नस्टारको मृत शरिर उनकै घरको सावरी पार्किङ स्थलमा फेला पारिएको थियो । उनको निधन ड्रक्सको अत्याधिक सेवनबाट भएको पत्ता लागेको थियो ।
१९ जुलाई सन् २००८ मा अनातासिया ब्लु नाम गरेकी पोर्नस्टारको टाइलेनाँल नामक ड्रक्स अत्याधिक मात्रामा सेवन गरेका कारण निधन भएको थियो । ड्रक्स सेवनका कारण उनलाई हर्टएट्याक भएको थियो । पोर्नस्टार एमी जाँनडनको सन् २०१० मा निद्राको औषधी धेरै खाएर निधन भएको थियो । पोर्न पेशाबाट दिक्क भएर उनले निद्राको औषधी धेरै खाएको अनुमान लगाइएको छ । सन् २००४ मा अर्की पोर्नस्टार सुसान साहको मृत शरिर एउटा लक्जरी अर्पाटमेन्टमा पाइएको थियो । उनले आत्महत्या गरेको उनी निकट साथीहरुले बताएका थिए ।

विजय आवाज
बोल्दा उनको आँखा चिम्लने बानी छ । आँखा चिम्लँदै उनले बाल्यकाल सम्भिmए, सानोमा कट्टु लगाएर खोला तर्दै स्कुल गइन्थ्यो । कहिलेकाँही साथीभाइसँग गोठालो पनि गइन्थ्यो । अभिनयको भुतले स्कुले जीवनमा नछोए पनि कथाभित्रको पात्रले छुन्थ्यो दयाहाङलाई । भोजपुरमा जन्मिएका दयाह्याङ राई आज सिनेमा क्षेत्रमा गोफ्ले नामले चिनिन्छन् । तर, भोजपुरको सानो गाउँका दयाह्याङलाई देशले नै चिन्ने गोफ्ले बन्न लामै संघर्ष गर्नुपरेको छ । निमावि र मावि छुट्टाछुट्टै स्कुलमा पढेका उनी पहिलोपटक सिनेमा हेर्दा अचम्मित भए । सिनेमाको पात्रले भन्दा पनि उनलाई प्रविधिले खुबै तानेको रहेछ । सिनेमाको प्रविधिलाई पछ्याउँदै उनले गाउमा थुप्रै हर्कत पनि गरे, गोफ्ले सम्झँदै भन्छन्, ‘सिरकको खोलमा टर्चलाईट बालेर आकृति निकाल्ने कामसमेत गरियो ।’
सानोमा सुनेको कथा र त्यसको पात्रले तानेपछि दयाहाङ काठमाण्डौ हानिएका हुन् । काठमाण्डौमा आएर नाटकमा भिज्ने योजना उनको थियो । भोजपुरको सानोगाउँमा कट्टु लगाएर दौडिएको एउटा ठिटोलाई काठमाण्डौ विशाल लाग्नु सामान्य नै थियो । तर, उनको नाटक लेख्छु र खेल्छु भन्ने दृढ अठोटलाई काठमाण्डौको शहरिया परिवेशले कत्ति पनि प्रभाव पारेन । अभिनय सिक्ने अभिलााष पूरा गर्न उनी कहिले प्रज्ञा प्रतिष्ठानको हल त कहिले सांकृतिक संस्थानमा चाहारे । तर, जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै, सांकृतिक संस्थानले दिँदै आएको ६ महिने नाटक तालिम लिने मौका पाए राईले । उनले चर्चित नाट्यकर्मी अनुप बरालसँग नाटकको तालिम मात्र लिएनन्, शीरमा रानी नामक नाटकमा पनि अभिनय गरे । अभिनयको चाहना केही हदसम्म पूरा भएकोमा खुशी थिए राई । गुरु र साथीहरुले तैंले अभिनय गर्न सक्छस् भनेर काँधमा धाप मार्दा उनका आँखाले देखेको सपना विपना नजिक पुग्दै थियो ।
भोको पेटमा थुप्रै पटक चुडिएको चप्पललाई सुतरीले बाँध्दै काठमाण्डौमा भौतारिएका दयाहाङले पहिलोपटक अनागरिक भन्ने सिनेमाका काम गर्ने अवसर पाए । त्यतिबेलासम्म पनि उनलाई अभिनय गर्न सक्छु भन्ने लाग्दैनथ्यो रे । तर, बुझ्न थालेको छु भन्ने लागेको थियो रे । काम पाउनका लागि धेरै संघर्ष गर्नु नपरे पनि राईले बाँच्ने मेसो पाउन भने संघर्ष गर्नुपरेको सुनाउँछन् । आफ्नो जीन्दगीको एउटा आयम सुनाउँदै गर्दा उनी कहिले घोत्लन्थे भने कहिले टोलाउथे । जीवनमा कहिल्यै पनि आफ्नो कामदेखि निराशा नलागेको उनको भनाइ छ ।
आफ्नै रोजाइले कुनै पेशा अपनाउँछु भनेपछि हरेश खानु हुदैन, दयाहाङ यही सिद्धान्तमा अडिग छन् । सपना बोकेर पाइला अघि बढाउनुपर्छ भन्ने मन्त्र बोकी उनी काठमाण्डौ छिरेका थिए । अनागरिक नामक सिनेमामा काम गरेलगतै उनले माइला डटकम नामक नाटकको निर्देशन पनि गरे । तर, उनको जीवनको कोशेढुंगा चलचित्र ‘दासढुंगा’ हुन पुग्यो । ‘दासढुंगामा अमर लामाको भूमिकामा नगरेको भए सायद मैले लुट पनि पाउने थिइँन होला ।’ राई भन्छन् । सिनेमामा खेल्ने भन्नेवित्तिकै लामो कपाल, मिलेको जिउडाल, अग्लो कद भन्ने सोचाइ धेरैको हुन्छ । तर, दया यसको ठ्याक्कै विपरीत छन् । ठूलो भूँडी, डल्लो अनुहार, थेप्चिएको नाक, होचो कद, नेपालीले बुझ्दै आएको नायकत्वमा दयाह्याङ कतैबाट पनि देखिँदैनन् । तर, उनी आफु नायकभन्दा पनि कलाकार भएको बताउँछन् । कलाकारले समाजको परिवेशलाई नजिक ल्याउन खोज्ने हो, जहाँ, मजस्ता हजारांै मानिस सडकमा दौडिरहेका हुन्छन्, म उनीहरुकै प्रतिनिधि बन्न चाहन्छु ।
उनलाई हिजोआज समाजले चरित्रमाथि गन्थन गर्न लागेकोमा खुशी लागेको छ । पहिला नायकको कुरा हुन्थ्यो, आज चरित्रको चर्चा हुन थालेको छ, दयाहाङले प्रष्टाउन खोजे । नाटकबाट जन्मेर फिल्ममा हुर्कन खोजेका राई आफु अझै पनि नाटकमा नै रमाइरहेको बताउँछन् । नाटक र सिनेमाभित्र धेरै फरक भएको उनको तर्क छ । नाटकको अभिनय साथीको प्रतिक्रियाबाट थाहा हुन्छ, सिनेमाको आफूले नै हेरेर जर्ज गर्न पाइन्छ ।
०५८ सालमा काठमाण्डौ छिर्दा एउटा झोलामा ३ जोर कपडा थियो उनको । आज भाडामा बसेको कोठामा दराज राख्न सकेका छन् उनले । त्यही दराजभित्र लगाउन मन लागेका कपडा छन् । ११ बर्षको रंगमञ्चको यात्रामा उनको जीवनमा आएको भिन्नता यत्ति मात्रै हो ।
अब उनको सपना एउटा सिनेमा निर्देशन गर्ने रहेको छ । सादा जीवन उच्च बिचारको सिद्धान्त बोक्ने दयाहाङ आफ्नै समाजको चरित्रलाई सिनेमाको पर्दामा देखाउन इच्छुक छन् । उनी भन्छन्, यो क्षेत्रदेखि वितृष्णा कहिल्यै भएन, भएको भए १२ बर्षअघि नै विदेश जान्थे होला । आफूले देखेको सपना विपनामा पूरा गर्न निरन्तर मिहिनेत गर्नुपर्छ ।
फोटो खिच्दा अझै पनि लजाउने गोफ्ले भन्छन्,-’म जहाँ छु, त्यो मेरो निरन्तर मिहिनेतको प्रतिफल मात्र हो ।’


गत शुक्रबार प्रदर्शनमा आएको फिल्म 'एटिएम' लाई सञ्चार मन्त्रायलले एक शो पश्चात नै प्रदर्शनीमा रोक लगायो । सेन्सर बोर्डले काटेको दृश्य तथा संवाद नकाटी निर्माण युनिटले फिल्म प्रदर्शन गरेको भन्दै सञ्चार मन्त्रायलले प्रदर्शनीमा रोक लगाउन आदेश दिएको हो ।

फिल्म निर्माणको क्रममा एटिएमले अष्लिलता प्रस्तुत गरेको भन्दै जति नकारात्मक टिप्पणी पाएको थियो रिलिजको बेला पनि त्यत्तिकै टिप्पणी सहनु पर्‍यो । ८/९ पटक सम्म सेन्सर बोर्डले फिल्म हेरे पश्चात केहि दृश्य तथा संवाद हटाउन लगाई एडल्ट सर्टिफिकेट थमाएर प्रदर्शनीको अनुमती दियो । तर, निर्माण युनिटए नेपालको कानुनलाई नै च्यालेञ्ज दिंदै सेन्सर लागेको दृश्य तथा संवाद नकाटी प्रदर्शनमा ल्यायो र फिल्म एक शो पश्चात नै रोक लाग्यो ।

फिल्म रोके पश्चात अहिले यो बिषय एउटा बहसको रूपमा आएको छ । कतिले लाखौं खर्चेर बनाएको फिल्मलाई सेन्सर दृश्य तथा संवाद काट्न लगाएर पुन: प्रदर्शन गर्न दिनु पर्छ भन्ने तर्क अघि सारेका छन् भने कतिले कानुनको अपमान गर्दै समाजलाई समेत असर पर्ने यस्तो फिल्म चल्न दिनु हुँदैन भन्ने तर्क अघि सारेका छन् । यहि बिषयमा फिल्मीखबरले केहि व्यक्तिहरूलाई आ-आफ्नो धारणा राख्न आग्रग गरेको थियो । उनीहरूको धारणा यस्तो छ -

डा. टिकाराम पोखरेल (प्राध्यापक, ओस्कार फिल्म कलेज)
फिल्मलाई रोक लगाउनु भनेको साउने भेललाई रोक्न खोज्दै आफै बग्नु हो । तर यहाँ एटिएमको प्रसङ्ग अलि फरक छ । कानुन मिच्ने अधिकार कसैलाई छैन । कानुन मिच्नेले सजाय पाउनु पर्छ । अर्को कुरा फिल्म बनाउनु पर्छ र अस्लिल फिल्म बनाएर समाजलाई असर गर्न भएन ।

प्रशन्न पौडेल (निर्देशक)
निन्द्रामा बसेको सेन्सर बोर्ड र सरकार ब्यूँझेकोमा भएकोमा खुसी लाग्यो । यसैगरी नेपाली फिल्मसँग सम्ब्नधित अन्य संघसंस्था एक्टिभ भयो भने स्तरिय फिल्म निर्माण हुनेछ र हामी अर्न्तराष्ट्रिय स्तरमा पुग्ने छौं । बिशेषगरी चलचित्र निर्माता संघ बढि सक्रिय हुनुपर्छ । सञ्चार मन्त्रालयले एटिएम प्रति चालेको कदम सकारात्मक छ ।

सन्तोष भट्टराई (सञ्चारकर्मी)
सेन्सर बोर्डले काट्न लगाएको दृश्य र संवादलाई नकाटी देखाउनु गलत हो । त्यसैले सरकारले चालेको यो कदम एकदम सकारात्मक छ । तर सेन्सर भईसकेको फिल्मलाई रोक्नु भने हुन्न । हलवालाहरूले पहिलो शो किन देखाए भन्ने कुराको पनि खोजी हुनुपर्छ किनकी अस्लिल फिल्मले पार्ने असरको बारेमा हलवालाले पनि मन गर्नुपर्छ ।

बादल प्रसाईं (गायक)
यो कदम एकदमै राम्रो छ । यस्तो फिल्मले गर्दा राम्रो घरपरिवारको चेलीहरू फिल्ममा आउन पाउँदैनन् । दर्शकहरूले त फिल्मबाट केहि सिक्न र मनोरञ्जन लिन हल पुग्छन् तर यस्तो फिल्मबाट हामीले कस्तो पाठ सिक्ने ? त्यसैले यस्तो फिल्महरू प्रदर्शनमा आउनु हुँदैन ।

अर्जुन पोखरेल (संगीतकार)
फिल्मलाई रोक लगाएर सरकारले ठिक गर्‍यो किनकी कानुनलाई मिचेर कोही माथी पुग्ने आँट गर्छ भने त्यसले सजाय भोग्नै पर्छ ।

भुपेन्द्र खड्का (गीतकार)
फिल्म के हो भन्ने कुरा नबुझी फिल्मको स्तर नै तर झार्ने गरि फिल्म बनाउने तथा सस्तो बिषयमा अस्लिल फिल्म बनाउनेलाई यो भन्दा पनि ठूलो सजाय हुनुपर्छ । नेपाली सभ्यता र संस्कृतीमा धावा बोल्नेलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ ।

राजकुमार डंगोल (व्यवसायी)
यस्तो फिल्मले हाम्रो समाजमा नराम्रो असर पर्छ । म अस्ति बिश्वज्योती हलको बाटो छोरीहरूलाई लिएर हिंड्दा पोस्टर हेरेर नै लाज लाग्यो । अब त्यो फिल्म कसरी म परिवारको साथमा हेर्न सक्छु ? हामी दर्शकहरू आफैले बुझेर यस्तो फिल्म हेर्नु हुँदैन किनकी यस्तो फिल्मले हाम्रो कला संस्कृतीको धज्जी उडाई रहेको हुन्छ । सरकारले यो फिल्मलाई रोकेर एकदमै ठिक गर्‍यो ।


प्रायः दैनिक जसो सुटिङ भइरहने किर्तिपुरस्थित चोभार डाँडामा हिजो शनिबार पनि छविराज प्रोडक्शन र रेखा फिल्मस् व्यानरको संयुक्त प्रस्तुती रहेको सिनेमा ‘हमेशा’ को सुटिङ भइरहेको थियो । मेरो सिनेमा मध्यान्ह्मा त्यहाँ पुग्दा नृत्य निर्देशक राजु शाह नायिका रेखा थापा र ‘हमेशा’ डेव्यू नायक नरेन खड्कालाई स्टेपहरु सिकाउनमा व्यस्त थिए ।

त्यस्तै नायिका थापा र नव नायक खड्का पनि ‘बसन्ती रङ सारा सोरेर दिन्छु आजै’ बोलको गीतको भावमा डुव्दै सट दिइरहका थिए । चोरभारको मन्दमन्द चिसो हावामा एक अर्काको अंगालोमा बाँधिएका रेखा र नरेन सकेसम्म रियल कपल देखिने प्रयास गर्दै थिए । क्राउडले घेरिएका नरेन केही नर्भस देखिएपनि रेखा भने उनलाई नेचुरल हुन गाईड गरिरहेकी थिइन् ।सट दिएर केही फुर्सदमा रहेकी रेखालाई हामीले सोध्यौ सुटिङ कस्तो लाग्दैछ ? उनी साहित्यि शैलीमा भन्छिन् ,‘दश वर्ष अगाडी राजेश हमालसँग सट दिदां ममा जुन उमङ्ग र जोश आउथ्यो आज नव नायक नरेन खड्कासँग काम गर्दा पनि त्यही उमङ्ग र जोश छ ।’

त्यस्तै मोडलिङ र केही म्यूजिक भिडियोहरुमा आफ्नो उपस्थिति दर्साइ सकेका नव नायक नरेन खड्काले नायिका रेखा थापासँग काम गर्न एकदम सहज भइरहको बताए । यसका साथै 'हरेक दृश्य दिनुभन्दा अगाडी रेखा जी ले मलाई सल्लाह गरेर दिने भएकोले पनि काम गर्न सहज वातावरण पाएको छु ।'

गीतको सुटिङ भएपनि निर्देशक शविर श्रेष्ठ पनि चोभारमा उपस्थित थिए । गीतको सटलाई नजिकबाटै नियालिरहेका निर्देशक श्रेष्ठलाई हामीले सोध्यौं तपाई त गीतको सुटिङमा पनि आउनु भएछ नि ? उनी प्रस्ट्याउँछन् ‘एउटा निर्देशक भएपछि हरेक दृश्यहरुको छायाँकनमा उपस्थित हुनु उसको प्रमुख दायित्व हो ।’

हालसम्म ९५ प्रतिशत सुटिङ समाप्त भइसकेको बताइएको सिनेमा ‘हमेशा’ लाई निर्माता छविराज ओझाले निर्माण गरेका हुन् । आगामी एक हप्तामा सुटिङ प्याकअप हुने बताइएको यस सिनेमामा नायिका रेखा र नव नायक नरेनका साथमा सविन श्रेष्ठ, शिशिर राणा  रश्मी भट्ट लगायतका कलाकारहरुले अभिनय गर्दैछन् । काठमाडौं, धुलिखेल, धादीङ, पोखरा लगायतका रमणीय स्थानहरुमा छायाँकन गरिएको यस सिनेमालाई मदन कास्यम घिमिरेले खिच्दैछन् । त्यस्तै रेखा पौडेलको संगीत, किरण खरेलको शब्द रहेको ‘हमेशा’ मा चन्द्र पन्तको द्धन्द्ध निर्देशनलाई देख्न सकिन्छ । सत्तरी लाख बजेट अनुमान गरिएको यस सिनेमा आगामी चैत्र ३० गते अल नेपाल रिलिज हुदैछ ।


केहि महिना अगाडी फिल्मीखबरले 'निशालाई हिस्टेरिया' भन्ने शिर्षकमा एउटा समाचार प्रकाशित गरेको थियो । सोही समाचारलाई स्मरण गराउँदै फिल्म 'पदमिनी' को प्रोमोलाई फिल्मीखबरले सार्वजनिक गरेको छ जहाँ नायिका निशा अधिकारीलाई हिस्टेरिया लागेको कुरालाई प्रस्ट्याउन खोजिएको छ ।

सार्वजनिक प्रोमोमा निशाका बिभिन्न रूपलाई देखाईएको छ तर निशाले के-के गर्छिन् भन्ने कुरालाई भने प्रोमोमा सस्पेन्स राखिएको छ । पौष २७ गतेबाट देशभरका अधिकांश हलमा एकसाथ रिलिजको तयारी गरिएको सो फिल्मलाई राम प्यासीले निर्देशन गरेका हुन् भने बसन्त कुमार श्रेष्ठ र छिरिङ दोर्जे लामाले निर्माण गरेका हुन् । निशाको साथमा सरिता गिरी, अनिल थापा र सुनिल दत्त पाण्डे फिल्मका मुख्य पात्र हुन् ।

राजधानीको बिजी बि स्टुडियोमा पोस्ट-प्रोडक्सनको काम भईरहेको सो फिल्ममा राजधानीको बिजी बि स्टुडियोमा पोस्ट-प्रोडक्सनको काम भईरहेको सो फिल्मको कथा निर्माता लामाको हो भने पटकथा तथा संवाद फिल्मकै सह-निर्देशक अनमोल शर्माले तयार पारेका हुन् । यस्तै फिल्ममा चेतन सापकोटाको संगीत, योगेन्द्र श्रेष्ठको द्धन्द तथा शिब ढकालको छायाँकन रहेको छ ।

फिल्मलाई नेपाल रिलिज पूर्व अष्ट्रेलियामा रिलिज गर्ने योजनाका साथ निर्माता बसन्त कुमार श्रेष्ठ भोली सोमबार त्यसतर्फ प्रस्थान गर्दैछन् । फिल्मीखबरसँग कुरा गर्दै निर्माता श्रेष्ठले बिदेशमा रहेका नेपालीहरूले हेर्ने खालको फिल्म बनाएकाले पहिलो प्रदर्शन अष्ट्रेलियामा गर्ने तयारी गरेको बताए । यस्तै उनले अन्य देशबाट पनि प्रदर्शनको कुरा चरिरहेको बताउँदै प्रदर्शन गर्न चाहनेले निर्माण युनिट अथवा अफिसियल मिडिया फिल्मीखबरलाई सम्पर्क गर्न सक्ने बताए ।

बिजय आवाज
उसो त नायिका पुजना प्रधान जयसंगत आश्रममा क्रियाशील भएपछि धेरैले उनले चलचित्रको पर्दामा ग्ल्यामर र हट दृश्य दिन्नन् होला भन्ने सोचाइ बनाएका थिए । तर, सबैको सोचाइमाथि पानी खन्याउँदै पुजनाले खुलेरै बेड सिन दिएकी छिन् ।
शनिबार बेलुकी करिब ९ बजे अनलाइनखबरको टिम काठमाण्डौको नुतन स्टुडियो पुग्दा पुजना कम्मलले आफ्नो शरीर ढाकेर बसिरहेकी थिइन् । उनी भन्दै थिइन्, ‘आश्रममा बस्ने पुजना र चलचित्रको पर्दामा देखिने पुजना एउटै होइन ।’ आफ्नो ग्ल्यामर छविलाई मर्न नदिने भन्दै उनी यसरी नाङ्गिन तयार भएकी हुन् ।
निर्देशक राजु गिरी पनि के कम थिए र ? पौने २ लाखमा पुजनालाई यस्तै दृश्यका लागि चलचित्रमा अनुवन्धित गरेका छन् उनले । बारमा बसेर मादकपदार्थमा मस्त भएका नायक अशोक फुयाँललाई पुजना आफ्नो सर्वस्व सुम्पन्न तयार भएकी छन् यस चलचित्रमा । मादकपदार्थ सेवन गरेको समयमा आफ्नो अघि मस्त फक्रेकी युवती देख्दा युवकको जवानी कहाँ काबुमा रोकिन्छ र भन्ने प्रमाण दिएका छन् फुँयालले ।
पुजनासँग रंगीन रात बिताउने अभिलाषा बोक्दै बेडसम्मको बाटो तताए अशोकले । पुजना अशोकका अघि कम्मलले आफ्नो जवानीलाई ढाक्दै नागिंन तयार भइन् । निर्देशक राजु गिरी, छायांकार रामेश्वर कार्की पुजना र अशोकको राशलीला क्यामेरामा कैद गर्न हतारिए ।
छोटो स्कर्टमा नशालु बनेकी पुजनासँग अशोकको रोमान्स निक्कै बेर चल्यो । पुजनाले पनि खुलेरै कथाले मागेअनुसारको दृश्य दिइन् । अशोक पनि पुजनासँगको रोमान्समा चुर्लुम्बै डुबे । जब, निर्देशक राजु गिरीले कट भने, अनि मात्र यी दुई बैशालु जोडीको रोमान्स रोकियो ।
रोमान्स सीनमा लिप्त भएकी पुजनाले अनलाइनखबरसँग कुरा गर्दै भनिन्, म सुरुवातमा जुन छवि लिएर सिनेमा क्षेत्रमा प्रवेश गरेकी थिएँ, अब त्यसरी नै अघि बढ्न चाहन्छु ।
बस्नेत मुभिजको व्यानरमा छायांकन भइरहेको रक्षा नामक चलचित्रका लागि पुजनाले यस्तो उत्तेजक दृश्य दिएकी हुन् । राजु गिरीको निर्देशनमा तयार भइरहेको यो चलचित्रमा एक नेताले राजनीतिमा आफ्नो शक्ति र युवतीलाई कसरी प्रयोग गर्छ भन्ने देखाउन खोजिएको छ ।


← Previous post
Next post →
Home

Video

Rashifal

POPULAR POST

Fans

Recommend on Google
Follow @YOU

Comedy

Serials

Music Video

Top 10 Posts

नरेनसँग रोमान्स गर्दै रेखा

प्रायः दैनिक जसो सुटिङ भइरहने किर्तिपुरस्थित चोभार डाँडामा हिजो शनिबार पनि छविराज प्रोडक्शन र रेखा फिल्मस् व्यानरको संयुक्त प्रस्तुती रहेको ...

The Washington Post publishes about Budha's birth place Nepal

The Washington Post publishes about Budha's birth place nepal

Nepali Exchange Rate 18,September,2013

#     Currency     Unit     Selling in Nepalese Rupees (Rs) 1     U.S. Dollar     1 Dollar ($)     101.4 Rs 2     European Euro     1 Euro...

अरुत तेस्तै हो नेपाली हरुको झगडा चाही हेर्नु लाएक हुन्छ

<iframe wi dth="420" height="315" src="http://www.youtube.com/embed/098nt8c6Fr8" frameborder="0"...

वैद्य माओवादीद्धारा यात्रुसहितको बसमा आगजनी

 News Froma Kathmandu Nepal नेकपा–माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको ताम्सालिङ क्षेत्र बन्दमा बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्...

भट्टी पसलमा देह व्यापार गराउने गिरोह पक्राउ

भदौ ३१ ।   काठमाडौंको शान्तिनगर गेटभित्र जागृति टोलमा देखावटी भट्टी पसल खोलेर भित्रपट्टि किशोरीहरूलाई बन्धक बनाई देह व्यापार गर्ने गिरोहलाई ...

नायीका कट्रिना लुकेर पुगिन् रणवीरको घर

नायीका कट्रिना कैफले केही दिनअगाडि आफ्नो पूर्व प्रेमी सलमान खानकी बहिनीको घरमा आयोजित गणेश पुजामा सहभागी भइन् । रणवीर कपुरसँग रोमान्समा व्यस...

चिन्नुहुन्छ ! यि जिया नै हुन् (फोटो फिचरसहित)

जिया केसी भन्ने बित्तिकै बोल्ड दृश्य दिने, चलचित्रमा खुलेरै अंगप्रदर्शन गर्ने नायिकाको तस्बिर धेरैको आँखा अगाडी आउँछ । तर जिया केसी सिनेम...

भारतीय जिटिभी बन्द नगरेकोले टेलिभिजन महासंघमा तोडफोड

भदौ ३१ भारतीय  टोलिभिजन जिटिभीको  प्रशारण बन्द  नगरेको  भन्दै  नेकपा माआबादीका कार्यकताद्धारा  काठमाडौको  अनामनगर  स्थित नेपाल केवल टेलिभिजन...

रंगशाला निर्माणमा कलाकारको साथ

मकवानपुर जिल्ला हेटौडा नगरपालिका वडा नं ७ मा रहेको नागस्वती गाउँमा राष्ट्रिय स्तरकै रंगशाला बनाउन नेपाली कलाकारहरु जुटेका छन् । नेपालका च...

Tag Cloud

Articile Article bgimage Bhutanese CATEGORY #1 Celebrities Diaspora Events Feature featured FINANCE Gossip Headlines Health Horoscope Interview Latest News Media Model Movie Review Music News Sex Sport Technology tito Saty tv show Various Videos Wonder World

Like Us


Post From The Past

  • September (122)
  • August (17)
  • July (6)
  • June (4)
  • May (6)
  • April (11)
  • March (8)
  • February (201)
  • January (40)
  • December (13)
  • November (6)
  • October (2)
  • November (3)

How is New Design of Sky Nepali News?

Template By Basnetg.com