श्रीलंकामा पुनः आतंक सुरु हुने त्रास

Published On Wednesday, September 04, 2013 » 0 comments » By Unknown »

कोलम्बो , भाद्र १९ - श्रीलंकाका तलिम टाइगर विद्रोही समूहमाथि सहानुभूति राख्ने तथा विदेशमा बसोबास गर्नेहरूले पृथक राज्यको आन्दोलन पुनः सुरु गरेकाले मुलुकमा आतंक सुरु हुन सक्ने उच्च रक्षा अधिकारीहरूले बताएका छन् ।रक्षा सचिव गोटाभाया राजापक्षले पृथकतावादी युद्ध अन्त्य भएको चार वर्षपछि पनि विद्रोहीको आक्रमण अझै सम्भव रहेको बताएका छन् । उनले कोलम्बोमा सेनालेआयोजना गरेको रक्षा सम्मेलनमा निजी धारणा राखेका हुन् । उनले मुलुकले एलटीटीईको प्रचारप्रसार संयन्त्रको पनि सामना गरिरहेको भनेका छन् ।
सन् २००९ मा सेनाले लिबरेसन टाइगर अफ तमिल इलमलाई पृथक तमिल गृहराज्यका लागि गरेको चार दशकसम्मको संघर्षपछि दबाएको थियो ।राष्ट्रसंघका मानव अधिकार प्रमुख नाभी पिल्लेले शनिबार मुलुकका शासकहरू बढ्दो रूपमा तानाशाह हुन थालेको बताइन् । उनले संघर्ष सकिएको चार वर्षपछि पनि सेनाको तर्साउने कार्यबाट अधिकारवादी कार्यकर्ताहरू बढी पीडित हुन थालेको आरोप लगाइन् ।


Share this post

Tags

0 comments

Leave a Reply