आत्महत्या गर्ने १० पोर्नस्टारहरु

Published On Tuesday, November 27, 2012 » 0 comments » By Colors Nepal »


केही बर्षअघिसम्म पश्चिमा देशहरुमा पोर्नस्टारहरुको माग र आम्दानी निक्कै थियो । पोर्न पेशामा लागेर प्रशस्त आम्दानी हुने भएकाले पनि धेरैको आकर्षण यतातर्फ बढेको थियो । तर इन्टरनेटको विकाससँगै छ्याप्तछ्याप्ती भिडियोहरु निःशुल्क हेर्न पाइने भएपछि पोर्नस्टारहरुको पेशा संकटमा परेको हो । सन् २०१० को डिसेम्बर १९ मा चर्चित पोर्नस्टार वायोलेट एडम्सनले ३५ बर्षको उमेरमा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।
त्यस्तै ४१ बषिर्या पाउला याट्सको निधन १२ बर्षअघि हेरोइनको अत्याधिक सेवनबाट भएको थियो । ३१ जुलाई ००२ मा चर्चित पोर्नस्टार पाँलिन चानले २४ औं तलाबाट हामफालेर आत्महत्या गरेकी थिइन् । डिप्रेशनका कारण आफुले आत्महत्या गरेको नोट प्रहरीले उनको कोठामा भेट्टाएको थियो ।
सन् २००९ मा लेइला लोप्स नाम गरेकी एक पोर्नस्टारले आत्महत्या गरेकी थिइन् । अत्याधिक ड्रक्सको सेवनका कारण उनको निधन भएको प्रहरीले बताएको थियो । २९ डिसेम्बर २००२ मा विव नेव्स नाम गरेकी एक पोर्नस्टारले आत्महत्या गरेकी थिइन् । तर उनले आत्महत्या गर्नुको कारण प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।
कैथरीन सु जाँनस्टन नाम गरेकी एक पोर्नस्टारको मृत्य शरिर सन् २०११ को १३ अपि्रलमा उनकै विस्तारामा फेला पारिएको थियो । २००७ बाट आफ्नो करिअर सुरु गरेकी उनले ७० वटा पोर्न सिनेमामा अभिनय गरेकी थिइन् ।
डाना प्लाटो नाम गरेकी पोर्नस्टारको मृत शरिर उनकै घरको सावरी पार्किङ स्थलमा फेला पारिएको थियो । उनको निधन ड्रक्सको अत्याधिक सेवनबाट भएको पत्ता लागेको थियो ।
१९ जुलाई सन् २००८ मा अनातासिया ब्लु नाम गरेकी पोर्नस्टारको टाइलेनाँल नामक ड्रक्स अत्याधिक मात्रामा सेवन गरेका कारण निधन भएको थियो । ड्रक्स सेवनका कारण उनलाई हर्टएट्याक भएको थियो । पोर्नस्टार एमी जाँनडनको सन् २०१० मा निद्राको औषधी धेरै खाएर निधन भएको थियो । पोर्न पेशाबाट दिक्क भएर उनले निद्राको औषधी धेरै खाएको अनुमान लगाइएको छ । सन् २००४ मा अर्की पोर्नस्टार सुसान साहको मृत शरिर एउटा लक्जरी अर्पाटमेन्टमा पाइएको थियो । उनले आत्महत्या गरेको उनी निकट साथीहरुले बताएका थिए ।

Share this post

Tags

0 comments

Leave a Reply