ईरानको बैज्ञानिकले बनाए भविष्य बताउने टाइम मेशीन

Published On Friday, April 12, 2013 » 0 comments » By Unknown »

ईरानको बैज्ञानिकले बनाए भविष्य बताउने टाइम मेशीन 


अहिले सम्म त तपाईले फिल्म र कार्टुनमा मात्र टाइम मेशीन देख्नु भएको होला । यस्तो मेशीन जो कसैको पनि भूत र भविष्यमा पुर्याइ दिन सक्छ । हजुर ईरानको बैज्ञानिक अली राजेगीले दश वर्ष पछिको अथक मेहनतपछि भविष्यको गणना गर्ने टाइम मेशीन निर्माण गरिएको दाबी गरेका छन् ।
राजेगीले ईरानको सेन्टर फर स्ट्रेटेजिक इन्वेंशन मा यो मेशीनलाई रजिस्ट्रेशन पनि गरिसकेको छ । टेलीग्राफका अनुसार मेशीनको नाम द आर्यायेक टाइम ट्रैवलिंग मशीन राखिएको छ । राजेगीले यस मेशीनबाट आठ वर्ष अघिको भविष्य गणना गर्न सक्ने दाबी गरेका छन् । राजेगीले फार्स स्टेट न्युज एजेन्सीलाई बताए अनुसार मेशीन युजरको क्वैरीमा प्रयोगकर्ताले छोएपछि सिग्नल देखाउँछ र उसको भविष्यको बारेमा बताउने गर्छ । भविष्यको सुचना प्रिन्ट आउटको रुपमा मिल्ने गर्छ ।
२७ वर्षीय राजेगीले यो मेशीन कम्प्लेक्स एल्गोरिदिमको सेटद्धारा काम गर्ने बताएका छन् । सो मेशीनले कुनै पनि व्यक्तिको आठ वर्ष अघिको भविष्यको गणना गर्न सक्छ भने यो ९८ प्रतिशत सही हुने गर्छ । रोजेगीले अहिलेसम्म मानव जातिको लागि १७९ अविष्कार गरिसकेको छ । राजेगीका अनुसार यो आविष्कार कुनै पनि पर्सनल कम्प्यूटरमा फिट गर्न सक्नेछ । साथै इरान सरकारले यस मेशीन मार्फत आउने पाच वर्षमा छिमेकी राष्ट्रसंग सम्भावित युद्ध, उतार चढाव र तेलको मुल्य आकलन गर्न सक्ने बताइएको छ ।

Share this post

Tags

0 comments

Leave a Reply