वर्षैभरि रेखाको चर्चा

Published On Thursday, April 11, 2013 » 0 comments » By Unknown »

नेपाली सिनेमामा १२ वर्ष एकछत्र नाम कमाएकी नायिका रेखा थापाको चर्चा ०६९ मा पनि कम रहेन । गत वर्ष ‘शताब्दी’ भन्ने शब्दको अर्थ नजानेर आलोचनाको पात्र बनेकी नायिका थापाले यो वर्ष पनि त्यस्तै स्टन्ट गर्न भ्याइन् । यसअघि प्रचण्डसँग नाचेर उनले चर्चा बटुलेकी थिइन् ।

नेपाली नायिकाको दुनियाँमा नम्बर १ को ट्याग भिरेकी नायिका थापाले निर्माता छविराज ओझासँगको सम्बन्ध टुटाइन् । १० बर्ष लामो ‘लिभिङ टुगेदर’मा रहेका छवि र रेखा औपचारिकरुपमा यसै वर्ष छुट्टएि । तर, छुट्टाछुट्टै रुपमा बसे पनि रेखा र छविको चलचित्रको व्यवसायिक सम्बन्ध भने राम्रै रहेको छ ।
रेखाले यसैवर्ष चलचित्र विकास बोर्डमा नियुक्तिको विषयमा पनि चर्चा बटुलिन् । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई बालुवाटारमा रेखाले भेटेको चर्चा चलेकै भोलिपल्ट हिसिलालाई मात्र भेटेको रहस्य खुल्यो । त्यसो त सौर्य दैनिकको कार्यालयमै गएर पत्रकारलाई पिटेको घटनामा पनि रेखा यो वर्ष चर्चा बटुलिन् ।
व्यक्तिगत रुपमा चर्चा बटुले पनि नायिका थापाले अभिनय गरेको चलचित्र मालतीको भट्टीले मुस्किलले लगानी उठायो । तर, अन्य सिनेमाले भने व्यापारिक रुपमा कमाल मच्चाउन भने सकेनन् ।
थापा यसकारण चर्चामा रहिन् :
१. चलचित्र बिकास बोर्डको अध्यक्ष पदका लागि चलचित्रकर्मीको आन्दोलनलाई लत्याउँदै राजनीतिक दलका नेतालाई भेट्न गइन् ।
२. अमेरिका जानुअघि चुनाव जितेर अध्यक्ष बनेका चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का र चलचित्र निर्देशक समाजका अध्यक्ष -जसले हालै मात्र राजिनामा दिएका छन्) लाई उक्त पदमा बस्ने हैसियत नभएको अन्र्तवार्ता दिएर रेखा विवादमा परेकी थिइन् ।
३. अमेरिका पुगेपछि नेपालमा पढेका व्यक्तिहरुको आलोचनात्मक टिप्पणी गरेर उनी विवादमा तानिइन् । उनले नेपालमा पढेकाले के नापेका छन् र भन्ने भनाइ सार्वजनिक गरेर चर्चा कमाइन् ।
४. मलेसियामा आयोजना हुन लागेको सांकृतिक कार्यक्रममा आउँछु भनेर पेश्की लिएर पनि नगएपछि रेखा त्यहाँ आलोचनाको पात्र बनिन् ।
५. अमेरिकाबाट नेपाल आएलगतै चलचित्र विकास बोर्डका अध्यक्ष धमेन्द्र मरवैत्ता पप्पुसँग गाँजा तानेको फोटो सार्वजनिक भएपछि रेखाको करिअरलाई अझ धक्का लाग्यो ।

Share this post

Tags

0 comments

Leave a Reply