३ बैशाख, काठमाण्डौ । सुनमा मूल्यमा
गिरावट आउने क्रम आज पनि जारी रहेको छ । सोमबार प्रतितोला ३ हजार ३ रुपैयाँ
घटेको सुनको मूल्य आज थप ३ हजार रुपैयाँ घटेर प्रतितोला ४९ हजार ५ सय २
रूपैयाँ कायम भएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा प्रति औंस
एकहजार चारसय ५० डलरमा कारोबार हुादा नेपाली बजारमा सुन तोलाको ५२ हजार
पाँचसय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार भने प्रति औंस एकहजार ३ सय
२७ औंसमा कारोबार हुँदा भएको एकसय २३ डलर घट्ने हुँदा नेपाली बजारमा प्रति
तोला ४९ हजार पाँच सय दुर्इ रूपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी
संघले जनाएको छ ।
सुनको मूल्य निरन्तर ओरालो लागेपछि
आफूहरुलाई भने धेरै घाटा हुने सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष मणि रत्न
शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो ‘यसरी भाउ घट्ने हो भने हाम्रो
व्यापार त बाढीले बगाए बराबर हुन्छ ।’ ब्यबसायीले बढी मूल्यमा किनेको सुन
सस्तोमा बेच्नुपर्ने अवस्था आएको शाक्यले बताउनुभयो ।
0 comments