भट्टी पसलमा देह व्यापार गराउने गिरोह पक्राउ

Published On Sunday, September 15, 2013 » 0 comments » By Unknown »

भदौ ३१ ।   काठमाडौंको शान्तिनगर गेटभित्र जागृति टोलमा देखावटी भट्टी पसल खोलेर भित्रपट्टि किशोरीहरूलाई बन्धक बनाई देह व्यापार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त  गिरोहले  छ महिनादेखि १३ वर्षीया किशोरीलाई बन्धक बनाएर देह व्यापारमा लगाएको  अनुसन्धान बाट  पत्ता लागेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले उक्त स्थानमा छापा मारेर १३ वर्षीया किशोरीसहित ६ जनाको उद्धार गरेको छ ।

भट्टी सञ्चालक र त्यहाँ किशोरीलाई ल्याइदिने अर्का एकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा कलैयाकी रीतादेवी यादव र सप्तरीका अमेरिका महतो छन् ।महतोले १३ वर्षीया ती किशोरीलाई भारतको मोतिहारीबाट बावु-आमालाई थाहा नदिई घरमा भाँडा धुने कामका लागि भन्दै लिएर आएका थिए ।तर यहाँ ल्याएर बन्धक बनाई देह व्यापारमा लगाएको पाइएको  आजको कान्तिपुरमा  खबर छ ।

प्रहरीका अनुसार त्यहाँ बाहिरबाट हेर्दा भट्टी पसल र भित्र ३ वटा कोठा बनाएर अवैध धन्दा हुने गरेको  थियो  । प्रहरीले अन्य किशोरीलाई पनि झुक्याएर ल्याई बन्धक बनाएर देह व्यापारमा लगाउने गरेको   बताएको छ

Share this post

Tags

0 comments

Leave a Reply