विज्ञहरुका अनुसार उन्मुक्त हाँसोले
मानिसको यौन जिवनलाई रोमाञ्चक तथा सुखी र खुसी बनाउन ठूलो योगदान गर्छ ।
मनोविज्ञहरुका अनुसार मज्जाको हाँसो हास्ने मानिसहरुमा युवा उमेरमै
बुढ्यौलीका लक्षण देखिने समस्या कम हुने मात्र हैन वजन सन्तुलनमा राख्न पनि
हाँसो सहयोगी हुन्छ ।
विज्ञहरुले हाँसोको यो शास्त्रलाई
लोफोलोजी नाम दिएका छन् । हाँसोखुसी रहने मानिसको केवल यौन जिवन सुखी हुने
मात्र होइन यसले अन्य शारीरिक तथा मानसिक अवस्थामा समेत सकारात्मक प्रभाव
पार्ने बताइएको छ ।
उन्मुक्त हाँसो तथा खुसीपनाले मानिसको
मस्तिष्कमा विशेष खालको रसायन उत्सर्जन गरिदिन्छ । जुन मानिसको जिवनमा
उर्जाको संजार गर्नमा सहयोगी हुन्छ । यस्तो हर्मोनले यौन क्षमता तथा
कामेच्छा बढाउन पनि सहयोग गर्छ ।
यौन तथा रोमान्सको रोमाञ्चकता बढाउनका
लागि दिनमा कम्तिमा १० देखि १५ मिनेट हाँस्नु तथा मुस्कुराउनु आवश्यक हुने
यौन मनोविज्ञहरुको भनाइ छ ।
हँसमुख रहने मानिसको मानसिकता पनि
सकारात्मक रहने र त्यसले पार्टनरसँगको सम्बन्ध पनि सुमधुर बनाउन सहयोग
पूराउँछ । यसअघिका विभिन्न अध्ययनले पनि नियमित हाँसोले मानिसको आयू बढ्ने
तथ्य सार्वजनिक गरेका थिए । हाँसोले व्यक्तिको सरीरमा निरोगीपना बढाउने,
वजन सन्तुलनमा सहयोग पूराउने भएकाले त्यसले प्रत्यक्ष परोक्ष रुपमा यौन
क्षमतामा पनि सकारात्मक प्रभाव पार्छ । हँसमुख रहने मानिसमा विपरित लिंगीको
आकर्षण पनि बढ्ने र मुस्कान सहितको सम्भोगले यौनिक सन्तुष्टिमा पनि वृद्धि
गर्ने विज्ञहरु बताउँछन् ।



0 comments