पहिरो प्रभावितले गरे नुवाकोट बन्द

Published On Tuesday, July 23, 2013 » 0 comments » By Unknown »

नुवाकोट, साउन ९ – वर्षौंदेखि पहिरोबाट प्रभावित नुवाकोट किम्ताङका बासिन्दाले सरकारले आफ्नो मागको सुनुवाई नगरेको भन्दै अनिश्चितकालीन नुवाकोट बन्द आव्हान गरेका छन् ।

सरकारले किम्ताङको समस्यालाई गम्भीरतापूर्वक नलिएकाले बन्द आव्हान गर्नु परेको उनीहरुले बताएका छन् । बन्दले नुवाकोट र रसुवाबाट काठमाडौं जाने जाने सवारीसाधनहरु चल्न सकेका छैनन् ।

निजी सवारी साधान फाट्टफुट्ट चलेपनि भाडाका साधन भने चल्न सकेका छैनन् । यसअघि उनीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत मन्त्रिपरिषदका अध्यक्षलाई मंगलबार ज्ञापन पत्र बुझाएका थिए ।

२०२८ सालबाट शुरु भएको पहिरोको कारण सयौं परिवार विस्थापित भइसकेको र अहिले पनि सयौं घरहरु प्रभावित भएकाले तत्काल पुनर्वासको व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।
-

Share this post

Tags

0 comments

Leave a Reply