१९ भदौ, काठमाडौं । पेटको क्यान्सर उपचारका लागि खर्चको अभावले अमेरिका जान नसकी दिल्लीबाट काठमाडौं फर्किनुभएका डा.चित्रप्रसाद शर्मा वाग्लेले आफू निको भएको खण्डमा पहिले काम गरेको अर्घाखाँची अस्पतालभन्दा पनि दुर्गम जिल्लामा गएर जनताको सेवा गर्ने बताउनुभएको छ ।
राज्यले उपचार गरेन भने मृत्युको विकल्प नरहेको भन्दै उहाँले चितवनमा बसेर देवघाटका वृद्धवृद्धाको उपचारमा बाँकी जीवन खर्चिने इच्छा व्यक्त गर्नुभएको छ ।
‘स्वास्थ्यले अलि साथ दियो भने चितवन गएर बस्छु । देवघाटको वृद्धाश्रममा हप्तामा दुईपटक जान्छु, त्यहाँ हेल्थ चेकअप गरिदिन्छु । चितवनमै बस्छु ।’ मृत्युलाई नजिकबाट चिहाइरहनुभएका डा. शर्मा भन्नुहुन्छ- ‘रहेको जीवनलाई यसै के राख्नु ?’
अनलाइनखबरको टोली शर्मालाई भेट्न धापासीस्थित डा. बाग्लेको घरमा पुग्दा उहाँ दुःखाइ कम गर्ने औषधी मफिर्न खाएर बस्नुभएको थियो । कस्तो छ डाक्टर सा’ब भन्ने हाम्रो प्रश्नमा उहाँले भन्नुभयो-औषधिको ‘रियाक्सन’ले दुइदिन केही सन्चो भएन । आज अलि ठीक छ । दुखाइ कम गर्ने मफिर्न खाएर बसेको छु ।’
‘१२ वर्षको छोरा सुस्त मनस्थितिका छन् । सुरुमा मासिक साढे ६ हजारमा सुस्त मनस्थितिहरुको एउटा केन्द्रमा भर्ना गरिएको थियो । अहिले आफूलाई क्यान्सर भएपछि करिव १ महिनाअघि हात जोडेर डोनर खोजिएको छ ।’ परिवारजन सम्झनासाथ गहभरि आँशु पार्दै डा. शर्माले अनलाइनखबरसँग भन्नुभयो, ‘९ वषर्ीया छोरी ४ कक्षामा पढि्छन्, ६ वषर्ीया अर्की छोरी यूकेजीमा अध्ययनरत छिन् । मृत्युलाई मसहज रुपमा त लिन्छु । तर, केटाकेटी देखेपछि मेरो मन रुएर आउँछ ।’
कयौं साथीहरुले सहयोग गर्दा तँलाई हैन, केटाकेटीहरुलाई हेरेर हो पनि भन्छन् । यतिले तेरो उपचार गर्न पुग्दैन । तर, केटाकेटीको २/४ बटा क्लास त पार हुन्छ भन्ने गरेको उहाँले बताउनुभयो ।
कि गोली ठोकिदिनोस्
सरकारी कर्मचारीलाई उपचार गर्न नदिई त्यत्तिकै मर्न दिने हो सरकारले गोली हानिदिए हुने उहाँको प्रतिक्रिया छ । ‘सरकारले उपचार नगर्ने हो भने काम नलाग्ने कर्मचारीलाई गोली हानेर मारिदिनुस् । जिउँदो राखेपछि त तलव खुवाउनुपर्छ बेकारमा । गोली हानेर मारिदिनुस् ।’ गम्भीर हुँदै डा. वाग्लेले भन्नुभयो-’त्यो पनि गर्न सक्नुहुन्न भने मलाई देहत्याग गर्ने अनुमति दिनुस् । घाऊ दुःखी दु:खी बस्नुभन्दा मर्न चाहन्छु । मैले मर्न त पाउनु पर्यो नि ।’
अनलाइनखबरले डा. वाग्लेसँग गरेको कुराकानी उहाँकै शब्दमा
मलाई एपेन्डिसको क्यान्सर छ, जुन सरेर कलेजोमा समेत फैलिएको छ । डब्यूएचओको कोटामा थाइल्याण्डमा एमपीएच गर्न गएका बेला परीक्षण गर्ने क्रममा थाहा भयो । त्यहाँ उपचार गराउन महंगो भएपछि गएको डेढ महिनामा फर्किएँ । यहाँ डाक्टरहरुलाई भेटेँ । के गर्दा राम्रो हुन्छ भनेको, भारत जान सुझाव आयो । भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा १४ महिना उपचार गरेर अघिल्लो सोमबार फर्किएको छु । सुधार छैन । सक्छौ भने युरोप जाउ, औषधिको लेटेष्ट मेथर्ड प्रयोग गरेर बाँच्न सक्छौ भनेपछि म फर्किएँ ।
अब रोग नबढोस् भनेर हरेक १५ दिनमा वीर अस्पतालमा केमा गर्न वीर अस्पताल पुग्छु । दिनमा करिव १५/२० गोली औषधी खानुपर्छ । धेरै महंगो त हैन, तर, धान्ला भन्ने त छैन । तर, जति छ, त्यतिमा बसे म दुखाइ सहन्छु भनेर लगाएको हो । झारो टार्न भन्छन् नि ।
०००
मलाई रोग लागेको थाहा पाएपछि नेपाल मेडिकल एशोसिएसन र साथीहरुले सहयोग जुटाइरहनुभएको थियो । सरकारले सबै उपचार खर्च व्यहोर्ने भन्ने खबर आयो । मैले साथीहरुलाई भनें अब सहयोग नउठाउनुस्, सरकारले नगरे कसले गर्छ ? गर्ने भनेको छ भनेर रकम उठाउन रोकेँ ।
तर, आएर हेर्दा त छैन । सरकारले ५ लाख दिन बाहेक केही गरेन । अहिले केही साथीहरु लाग्नुभएको छ । तर, एकपटक ब्रेक लागेपछि फेरि पिक लिन गाह्रो हुँदो रहेछ । सधंै सबैले दिँदैनन् पनि । माग्न पनि कतिचोटि माग्ने ? धेेरै धनीले दिँदैनन्, गरिवसँग पैसा हुँदैन । जोसँग धन छ, उसँग मन छैन, जोसँग मन छ, उसँग धन छैन ।
०००
काम गर्ने मान्छेहरुलाई राज्यलाई हेर्छ होला भन्ने लागेको थियो । तर, हेरेन … । राज्यले यो वर्षको सर्वोत्कृष्ट चिकित्सक भनेर घोषणा गरेको छ । तर, सरकारले हेरेन । भोलि को जान्छ त गाउँमा ? म बुटबलमै बसेको भए त धेरै अगाडि पुगिसक्थेँ । काठमाडौं बसेको भए कहाँ हुन्थेँ कहाँ । ठिकै छ, किसानको छोरो, पुगेकै छ, प्राडो पजेरो चढ्ने सपना देखिँन । म पाडो चढेर हिँडेको मान्छे, जनताको सेवा गर्न पाउँदा मलाई सौभाग्य लाग्थ्यो । तर, अहिले गाउँमा गएर के उपलब्धी भो त भनेर मलाई मान्छेहरुले प्रश्न गर्छन् ।
बुटबलबाट अर्घाखाँची जान ११ घन्टा लाग्छ । त्यहाँ बसेर १२/१५ वर्ष काम गरेँ । आत्मसन्तुष्टी भयो । जीवनको ९० प्रतिशतभन्दा बढी समय गाउँमा गएर बिताएँ । डाक्टरको मुख देख्न पाउँदैन थे, डाक्टर बस्यो भन्ने भो । त्यसमा मलाई आत्मसन्तुष्टी छ ।
मलाई अहिले क्यान्सर नलागेको भए कति खुसी हुन्थे । १२/१५ वर्ष ग्रामीण स्वास्थ्यमा काम गरेको । तर, अहिले त दुर्भाग्यले रोग लाग्यो । कतिमान्छे पैसा बोकेर आउँथे, सन्धिखर्कमा उपचार हुन्छ भनेर २ हजार बोकेर आउँथे । बुटबल जानुपर्ने भयो भन्दा पैसा छैन डाक्टरसाब भन्थे । मैले आफूसँग भएको दिएर पठाउँथे, गाडी नहुनेलाई हस्पिटलको एम्बुलेन्समा हालेर विषेक भएर आउनुस् भनेर पठाएँ । तेल त खर्च हुने त हो । सबै गरीब पनि त हुन्नन् । मैले त्यहाँ बसेर कमाएको भनेको नै उहाँहरुको माया हो । अपवाद बाहेक १२ वर्ष काम गर्दा जनताले कहिल्यै मेरो विरोध गरेनन्, बन्द हडताल भएन । त्यो कमाइ थियो मेरो । त्यो त किन्न सकिँदैन ।
कमाइ भनेको मलामीको संख्या बढाउनु हो भन्छन् नि । पैसा त वेश्यावृत्ति गर्नेले पनि कमाएको छ । यहीँ पनि डाक्टरहरुले जचाउँन जानासाथ सिटी स्क्यान लेखिदिएका छन् । फाटेको चप्पल लगाएर आएको विरामी छ, कति पर्छ भनेर थाहा छैन र डाक्टरलाई ?
०००
रोगसित संघर्ष गरिरहेको छु । भएको श्रीसम्पत्ति सिध्याएर म अमेरिकासम्म त पुगुँला तर, उपचार गर्न चाहिने पैसा जुटाउन सक्ने अवस्था छैन । ५ देखि ६ करोड चाहिन्छ । त्यो त छैन मसँग । सबै बेचेर जाने र, आफू पनि जाने, सबै चिज जाने अनि केटाकेटीलाई सडकमा ल्याउने ? डा. वाग्लेले भन्नुभयो-’म एकजना गएर केटाकेटी सडकमा आउँदैन भने के फरक पर्छ र ?’
म एक जनाले ३ महिना बढी बाँचेर राम्रो हुन्छ कि तीन महिना अघि गएर ? त्यो मुख्य भएको छ जस्तो लाग्छ । सबै सिध्याउने र म पनि मर्ने हो भने केटाकेटीहरुलाई मारे जस्तै हो । १०/२० वर्षपछि के भन्छन् उनीहरुले । गम्भीर हुँदै उहाँले भन्नुभयो-’आफू पनि मर्यो, हामीलाई पनि रोडमा ल्याइदियो । न खानलाई पैसा छ, न पढ्नलाई पैसा पुग्छ ।’ भएभरको श्रीसम्पत्ति सबै सिध्याउने हो भने जिउन एक दिन बढी पाए पनि हुन्छ । तर, क्वालिटी अफ लाइफ छैन । चुप लागेर बस्नुपर्छ, विरामी पनि जाँच्न नसक्ने । मृत शरीरजस्तै भएर किन बाँच्ने ?
०००
नेपाल सरकारका लागि भनेर सम्पूर्ण आहुती दिएको मान्छेलाई सरकारले औषधि उपचार गरिदिनुपर्यो भनेर सरकारलाई निवेदन पनि दिएँ । सुनुवाइ भएन ।
सरकारले उपचार नगर्ने हो भने काम नलाग्ने कर्मचारीलाई गोली हानेर मारिदिनुस् । जिउँदो राखेपछि त तलव खुवाउनुपर्छ बेकारमा । गोली हानेर मारिदिनुस् । गम्भीर हुँदै डा. वाग्लेले भन्नुभयो-’त्यो पनि गर्न सक्नुहुन्न भने मलाई देहत्याग गर्ने अनुमति दिनुस् । घाऊ दुःखी दुुःखी बस्नुभन्दा मर्न चाहन्छु । मैले मर्न त पाउनु पर्यो नि ।’
‘मैले मुख्य सचिवलाई भेटेँ, उहाँ सकारात्मक हुनुहुन्छ तर, सरकारले मानेको छैन भन्नुहुन्छ । अब राष्ट्रपति र मन्त्रिपरिषद् अध्यक्षलाई भेट्ने प्रयासमा छु । सबै दलका अध्यक्षलाई लिखित रुपमा निवेदन दिने योजनामा छु । सुनुवाइ हुन्छ कि भन्ने अझै आशा छ । मैले जितौं, नजितौं एउटा कुरा हो तर, भावी सन्ततीलाई त हुन्छ नि ।
अहिलेका अर्थमन्त्री पहिला अर्थसचिव हुनुहुन्थ्यो । तिनलाई क्यान्सर भयो भने भ्रष्टाचार नगरेको भए उपचार गर्न सक्दैनन् । उनी अर्थसचिव हुँदा नेताहरुलाई एयर एम्बुलेन्स झिकाएर उपचार गर्न पठाएकै हो । उनीहरुलाई किन पठाएको भन्ने हैन । तर, मलाई पनि त हेर्नुपर्यो नि । अहिले मलाई नदिँदा मैले अन्याय गरेँ भनेर उहाँले सोच्नुपर्ने हो ।
आफ्नो सम्पूर्ण जीजन सरकारको काममा बिताएकाहरुको उपचारको ग्यारेन्टी हुँदैन भने नेपाल सरकारको जागिर किन खानेर भनेर पनि प्रश्न आउँछ । तर, सरकारसँग पो मेरो रिसइबी हो, गरीब जनतासँग त हैन नि ।
०००
भारतमा उपचार गर्ने क्रममा ६०/७० लाख खर्च भयो । ४६ सालदेखि स्वास्थ्य सेवामा काम गरेको मैले केही पैसा जम्मा गरेको थिएँ । साथीहरु सहयोग गर्नुभो, केहीले ऋण दिनुभयो । अहिले पनि ऋण छ । मसँग अट्रासाउण्ड मेसिन थियो, त्यो बेचे, थोत्रो भएपनि गाडी थियो, त्यो पनि बेचेँ । औषधी पसल पनि बिक्रि गरेँ । अहिले पनि ऋण छ । त्यो मिलाउन भनेर दौडिएर आएको ।
५ वर्षसम्म सन्चो हुने ग्यारेन्टी हुन्छ भने सबै बेचेर, ऋण खोजेर पनि उपचार गर्थे । उपचारपछि फेरि काममा जाने थिएँ । २/४ जना बढी बिरामी जाच्थेँ । केटाकेटीलाई पढाउन त पुथ्यो ।
०००
सरकारले मलाई पोखरामा खटाएको थियो । तर, मैले हुम्ला, जुम्ला र अर्धाखाँचीमध्ये एकठाउँ देऊ भनेर मागेँ । पोखरा दरवन्दी राखेर मलाई काजमा पठाइएको थियो । अहिले पनि उपचार गर्न सकेँ भने म अर्घाखाँचीभन्दा दुर्गममा जान्छु । म जन्मिएकै त्यसका लागि हो । म हलीको छोरो हुँ । मलाई काठमाडौं बसेर के गर्नु छ र ?
सहायता भयो भने उपचार गर्न जान्छु । आशा त छ । भएन भने देवघाट जाने सोच्दैछु । स्वास्थ्यले अलि साथ दियो भने चितवन गएर बस्छु । देवघाटको वृद्धाश्रममा हप्तामा दुईपटक जान्छु, त्यहाँ हेल्थ चेकअप गरिदिन्छु । चितवनमै बस्छु, रहेको जीवनलाई यसै के राख्नु ?
आजभन्दा भोलि भेट्न आउनेहरु पनि कम हुन्छन् । मैले एक, डेढ १ वर्षमा अनुभव गरेको मेरै आफन्तहरुले पनि कस्तो छ भनेर फेान गरेनन् । १३ दिन छोड्नुपर्ने मान्छेहरु नै पनि आएनन् । यस्तो स्वार्थी भइरहेको छ संसार । लामोसमय घरमा विरामी भएपछि आफन्त भनेकाहरु टाढिँदै जान्छन् । म पनि सँधै गइँन । एकपटक गएँ, कस्तो छ भनंे, आराम गर्नुस् भनें आएँ नि …
Health
»
निको भए दुर्गम जिल्ला जान्छु, नभए देवघाट जान्छु'
निको भए दुर्गम जिल्ला जान्छु, नभए देवघाट जान्छु'
Share this post
Tags
About The Author
admin
Share a little biographical information to fill out your profile. This may be shown publicly. Morbi tristique mattis ultricies. Morbi ac est ligula. Nullam vel lacus nisi, vitae viverra quam. Sed tincidunt cursus mattis. Share a little biographical information to fill out your profile. Morbi ac est ligula. Nullam vel lacus nisi, vitae viverra quam. Sed tincidunt cursus mattis. Share a little biographical information to fill out your profile. This may be shown publicly.
Share a little biographical information to fill out your profile. This may be shown publicly. Morbi tristique mattis ultricies. Morbi ac est ligula. Nullam vel lacus nisi, vitae viverra quam. Sed tincidunt cursus mattis. Share a little biographical information to fill out your profile. Morbi ac est ligula. Nullam vel lacus nisi, vitae viverra quam. Sed tincidunt cursus mattis. Share a little biographical information to fill out your profile. This may be shown publicly.


0 comments