इलाममा यतिबेला चुनाबी सरगर्मी शुरु

Published On Wednesday, September 04, 2013 » 0 comments » By Unknown »

१९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको गृहजिल्ला इलाममा यतिबेला चुनाबी सरगर्मी शुरु भएको छ । धेरैको चासो छ, एमालेका सर्वोच्च कमान्डर खनाल र भावी राष्ट्रपतिका रुपमा चर्चा कमाउन थालेका पूर्वसभामुख नेम्वाङले यसपालिको चुनावमा पनि इलाममा जित्नुहुन्छ या हार्नुहुन्छ ? इलाममा तीनवटा चुनाव क्षेत्र छन्, जसमध्ये विगतमा एमाले नेता खनाल, नेम्वाङ र कांग्रेसनेता कुलबहादुर गुरुङले जित्नुभएको थियो । एकीकृत माओवादी भने इलाममा तेस्रो स्थानमा खुम्चिएको थियो ।

Share this post

Tags

0 comments

Leave a Reply