१९ भदौ, काठमाडौं । अखिल क्रान्तिकारीले आगामी निर्वाचनमा एमाओवादीलाई मतदान गर्न आग्रह गर्दै सबै मतदाताको घर-घरमा चिठी पठाउने भएको छ ।
क्रान्तिकारीको बुधबार बसेको पदाधिकारी बैठकले २ सय ४० बटै निर्वाचन क्षेत्रमा रहेका हरेक घरमा चिठी पठाउने निर्णय गरेको हो । ‘संगठन सुदृढिकरण तथा मतदाता जागरण अभियान चलाउने निर्णय भएको छ’ क्रान्तिकारीका उपाध्यक्ष जागि्रत रायमाझीले अनलाइनखबरसँग भन्नुभयो-’अभियानका क्रममा पहिचानसहितको संघीयता पक्षमा रहेको एमाओवादीलाई भोट हाल्न आग्रह गर्दै हरेक घरलाई चिठी पठाउने निर्णय भएको छ ।’
क्रान्तिकारीले मतदातालाई बुथसम्म लैजाने र बुथको सुरक्षा गर्ने जिम्मा लिने समेत बताएको छ । क्रान्तिकारीले आगामी चुनावमा प्रत्यक्ष र समानुपातिकतर्फ विद्यार्थी संगठनका प्रतिनिधीलाई पनि उम्मेदवार बनाउन माउ पार्टी एमाओवादीलाई आग्रह गरेको छ । उम्मेदवारका लागि हिमाल शर्मा, जागि्रत रायमाझी, विन्दमान विष्ट, तेजकुमारी पौडेल, रमेश मल्ल, ललित घलान, रमेश महतो, नरेन्द्र न्यौपाने लगायतको नाम चर्चामा छ ।
एमाओवादीले जनवर्गीय संगठनहरुलाई २४ गतेसम्म उम्मेदवार सिफारिस गर्न भनेको छ । क्रान्तिकारीको बैठकले प्रतेक स्कुल र शैक्षिक संस्थामा संगठन बनाउने निर्णय पनि भएको रायमाझीले जानकारी दिनुभयो ।
News
»
क्रान्तिकारीले भोट माग्दै मतदाताको घर-घरमा चिठी पठाउने
क्रान्तिकारीले भोट माग्दै मतदाताको घर-घरमा चिठी पठाउने
Share this post
Tags
About The Author
admin
Share a little biographical information to fill out your profile. This may be shown publicly. Morbi tristique mattis ultricies. Morbi ac est ligula. Nullam vel lacus nisi, vitae viverra quam. Sed tincidunt cursus mattis. Share a little biographical information to fill out your profile. Morbi ac est ligula. Nullam vel lacus nisi, vitae viverra quam. Sed tincidunt cursus mattis. Share a little biographical information to fill out your profile. This may be shown publicly.

0 comments