स्पेनमा बेरोजगार घटेनन्

Published On Wednesday, September 04, 2013 » 0 comments » By Unknown »

Spain News
मेड्रिड, १९ भदौ । स्पेनमा जुलाई महिनामा रोजगारविहीनहरूको दर स्थिर रहेको पछिल्लो आँकडाले देखाएको अधिकारीहरुले जनाएका छन् । स्पेनको पछिल्लो आँकडामा अगष्ट महिनामा यसअघिको बेरोजगारहरुको सङ्ख्यामा ३१ जनाले मात्र कमी आएको देखिएको छ । यो सँगै स्पेनको कुल बेरोजगारी सङ्ख्या अगस्ट महिनामा ४७ लाख भएको सरकारी आँकडाले देखाएको छ । विगतका तुलनामा यहाँको बेरोजगारी दरमा खासै परिवर्तन नआएको पाइएको हो ।
बेरोजगारीको सङ्ख्यामा झिनो कमीको अर्थ कुल बेरोजगारको सङ्ख्यामा अहिले लगातार छ महिनाका लागि गिरावट आएको छ । युरोजोनमा जारी आर्थिक मन्दीका कारण स्पेन पनि नराम्ररी प्रभावित भएको छ । स्पेनको बेरोजगारी दर २३ दशमलव तीन प्रतिशत छ । जुन यूरोजोनमा दोस्रो सबैभन्दा उच्च बेरोजगारी दर हो । यूरोजोनमा स्पेनभन्दा बढी बेरोजगारी दर ग्रिसको २७ दशमलव छ प्रतिशत छ ।
जुलाई महिनामा यूरोजोनको बेरोजगारी दर १२ दशमलव एक प्रतिशत रहेको छ । यूरोजोनमा सबैभन्दा कम बेरोजगारी दर जर्मनीमा पाँच दशमलव तीन प्रतिशत र अस्ट्रियामा चार दशमलव पाँच प्रतिशत रहेको छ । सन् २०१३ को दोस्रो त्रैमासिकमा शून्य दशमलव तीन प्रतिशतको आर्थिक वृद्धिका साथ समग्र यूरोजोन मन्दीबाट बाहिर निस्केको बेला स्पेनको आर्थिक उत्पादन सो त्रैमासिकमा शून्य दशमलव एक प्रतिशतले गिरावट आएको छ ।

Share this post

Tags

0 comments

Leave a Reply