१९ भदौ, बिराटनगर । भारतका विभिन्न स्थानमा एकहजार दरका नेपाली नक्कली नोट छपाएर भारतीय गिरोहले नेपाल भित्राउने गरेको रहस्य बिराटनगर प्रहरीले पत्ता लगाएको छ । बिराटनगरको जोगवनी नाकाबाट प्रहरीले आठ थान एक हजार दरका नक्कली नेरुसहित एक भारतीय किशोरलाई पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो । नेपालमा नक्कली भारुको कारोबार हुने गरेको भारतीय पक्षले आरोप लगाइरहेका बेला नक्कली नेपाली नोटको छापाखाना भारतमा रहेको खतरानाक तथ्य पहिलोपटक उजागर भएको छ । स्रोतका अनुसार नक्कली नेरुसहित भारतीय नागरिक पक्राऊ परेको यो पहिलो घटना हो ।nakkali-
भारतको अररिया जिल्ला पलासीथान-३ घर बताउने १७ वर्षीय किसनकुमार भगतलाई बिराटनगरस्थित जोगवनी नाका हुँदै नेपाल भित्रिँदै गर्दा नियमित चेकजाँच गर्ने क्रममा प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो । भारतीय नागरिक भगतलाई नक्कली नेपाली नोटसहित नियन्त्रणमा लिएपछि प्रहरीले नक्कली नोटसहित उनलाई सार्वजनिक गरेको छ । बिराटनगरको रानीस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले भगतका साथबाट एउटै नम्बर (ख ३ ००८१७९) उल्लेखित आठवटा एक हजार दरका नोट फेला पारेको छ ।
सबै नोटको नम्बर एउटै, सक्कलीसँग दुरुस्तै
भगतका साथबाट प्रहरीले फेला पारेका आठवटै नोटको नम्बर एउटै छ । राष्ट्र बैंकले जारी गरेको कुनै पनि नोटको नम्बर एउटै हुँदैन । भारतमा छापेर नेपाल भित्र्याइएका यी नोटहरु झट्ट हेर्दा सक्कलीजस्तै देखिने भएका भुक्किनेखालका रहेका छन् । नक्कली नोट छाप्नेले आठ वटामात्रै नछापेको हुनसक्ने भएकाले भारतमा छापिएका यस्तो नोटहरु बिराटनगरमा अरु पनि भित्रिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । भारतको पलासिथानमा पान पसल चलाउँदै आएका भगतले आफुलाई पान पसलमा आएका ग्राहकले सो नोट दिएको प्रारम्भिक वयानमा बताएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक अनील पौडेलले जानकारी दिनुभयो ।ठूलै गिरोह रहेको आशंका
नेपाली नोट भारतमा नचल्ने भएकाले पनि भगतको वयानमा सत्यता नभएको भन्दै प्रहरीले भारतमा नेपाली नोट छाप्ने ठूलै गिरोह हुनसक्ने अनुमान गरेको छ । भगतलाई नेपालमा पैसा भित्राउन उक्त गिरोहले प्रयोगमात्रै गरेको हुनसक्ने प्रहरीको अनुमान छ । भारतमा नक्कली नोट बनाउने गिरोहसँग मिलेर नेपालमा नक्कली नोटको कारोवारमा नेपालीहरुको समेत संलग्नता हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
News
»
भारतमा नक्कली नेपाली नोटको छापाखाना
भारतमा नक्कली नेपाली नोटको छापाखाना
Share this post
Tags
About The Author
admin
Share a little biographical information to fill out your profile. This may be shown publicly. Morbi tristique mattis ultricies. Morbi ac est ligula. Nullam vel lacus nisi, vitae viverra quam. Sed tincidunt cursus mattis. Share a little biographical information to fill out your profile. Morbi ac est ligula. Nullam vel lacus nisi, vitae viverra quam. Sed tincidunt cursus mattis. Share a little biographical information to fill out your profile. This may be shown publicly.

0 comments