जनताले पाँच वर्षका लागि बहुमत दिलाए मुलुकमा कायापलट ल्यादिन्छौं:बाबुराम

Published On Monday, September 16, 2013 » 0 comments » By Unknown »

News From Kathmandu Nepal
सर्लाही- एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराइले पार्टीले सरकार बनाउन जनताबाट पूर्ण बहुमत पाए मुलुकको कायापलट गर्न बताएका छन्। नेपाली कांग्रेस, एमाले र मधेस आन्दोलनबाट बाढीजस्तै रुप लिएर जन्मेका मधेसी दल विलयतर्फ लाग्ने भन्दै उनले मुलुकको कायापलट गर्न एमाओवादीलाई जनताको पूर्ण बहुमतको खाचो भएको बताए।

महोत्तरीको क्षेत्र नम्बर २ बलवामा आयोजित कार्यकर्ता प्रवेश एवं स्वागत कार्यक्रममा भट्टराइले जनताको पूर्ण बहुमत पाए एमाओवादीले पाँच काम प्राथमिकतामा राख्‍ने बताए। लोकतन्त्र, संघीय संरचना, पहिचानसहितको संघीयता, राष्ट्रिय स्वधीनता र भ्रष्टाचारको अन्त गर्ने उनले बताए।‘पहिचनसहितको संघीयता आएमात्र मधेसीको माग सम्बोधन हुन्छ,’ उनले भने, ‘माओवादीमात्रै पहिचानसहितको संघीयताको पक्षमा छ।’ कांग्रेस, एमाले र मधेसी दलसमेत मधेसमा पहिचानसहितको संघीयता नचाएको उनको आरोप थियो। राजनीति संरक्षण पाएका भ्रष्ट कर्मचारी र प्रशासककै कारण मधेसमा विकास गति लिन नसकेको उनले बताए।

Share this post

Tags

0 comments

Leave a Reply