फुटबल खेलाडीलाई एन्फाले दियो जनही २ लाख ५० हजार

Published On Monday, September 16, 2013 » 0 comments » By Unknown »

Kathmandu Nepla
काठमाडौं— ८ औं साफ च्याम्पियन्सिपमा २ करोड रुपैयाँभन्दा बढी रकम टिकट बेचेर कमाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल खेलाडीलाई जनही २ लाख ५० हजार रुपैयाँ सहित सम्मानित गरेको छ। दशरथ रंगशालामा आयोजित कार्यक्रममा खेलाडीलाई सम्मान सहित सो रकमको चेक प्रदान गरिएको हो।

Nepali Football Team
दशरथ रंगशालामा आयोजित एक कार्यक्रमबीच एन्फा अध्यक्ष गणेश थापाले नेपाल इन्भेस्टमेन्ट बैंकको २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तर गरेका हुन्।

केही दिन काठमाडौंमा भएको ८ औं साफ च्याम्पियनसिपमा एन्फाले टिकट बेचेर २ करोडभन्दा बढी रकम संकलन गरेको थियो। सेमिफाइनल र फाइनल बाहेक नै समूह चरणमा नेपालले खेलेका तीन खेलको टिकटबाट एन्फाले १ करोड ७० लाख रुपैयाँ संकलन गरेको थियो। सेमिफाइनलमा नेपालले र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दा एन्फाले टिकट दर बढाएर साधारणतर्फ ५ सय र भिआइपी प्यारापिटतर्फ १ हजार रुपैयाँ तोकेको थियो। यसअघि साधारणतर्फ ३ सय र भिआइपीतर्फ ७ सय रुपैयाँ थियो।

Share this post

Tags

0 comments

Leave a Reply