'एमाले' सुषमा

Published On Monday, September 16, 2013 » 0 comments » By Unknown »

Nepali Filmy News from Kathmandu Nepal

अचेल सेन्सर बोर्ड अलि कडा छ। विशेषगरी बेड सिन देख्नै नसक्ने सेन्सरको आँखा यो हप्ता सुषमा कार्कीको वक्षमा पर्यो ! फिल्म 'राजनीति'मा गरेको आइटम डान्समा वक्षमा खोपाएको ट्याटु आधा देखियो। निर्देशक वसन्त निरौलाका अनुसार सूर्यजस्तै देखिने ट्याटुले नेपाली झन्डाको अपमान गरेको कुरामा सेन्सरले आपत्ति जनायो।

निर्देशक निरौलाले व्यक्तिगत रहरले बनाएको ट्याटुलाई फिल्ममा जोडेर इस्यू नबनाउन आग्रह गरेपछि फिल्मले पिजी सर्टिफिकेट पायो। बेला–बेला विवादित बन्ने सेन्सर बोर्डको अप्रासंगिक लफडा यतिमै सकिएको छ। बरु सेन्सरका पदाधिकारीको 'बुद्धि'को उपयोग चुनाव नजिकिँदै गर्दा एमाले पार्टीले गरे हुन्छ। ब्रान्ड एम्बेसडर नै बनाइदिए पनि भो! चुनाव चिन्ह नै ट्याटु खोपाएकाले उनीभन्दा गतिलो चुनाव प्रचारक भेटिने सम्भावना नहोला। माओवादीले अर्की हट अभिनेत्री रेखा थापालाई चुनावमा उठाउन खोजेका बेला काउन्टर पनि हुन्छ।

Share this post

Tags

0 comments

Leave a Reply