फिनल्याण्डद्वारा नेपाल लाई एक अर्ब ८५ करोड सहयोग

Published On Monday, September 16, 2013 » 0 comments » By Unknown »

News From Kathmandu Nepal,

काठमाडौं, ३१ भदौ । फिनल्याण्डले नेपाललाई मध्यपश्चिमाञ्चलको ग्रामीण क्षेत्रमा खानेपानी र सरसफाइ परियोजनाका लागि एक अर्ब ८५ करोड अनुदान सहयोग दिने भएको छ । सो सहयोगसम्बन्धी सम्झौतापत्रमा सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि फिनल्याण्डका राजदूत अस्को लुक्कानन र अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनीले हस्ताक्षर गर्नुभयो ।मध्यपश्चिमाञ्चलका प्युठान, बाग्लुङ, म्याग्दी, पर्वत, स्याङजा, तनहुँ, कपिलवस्तु, रुपन्देही र नवलपरासी गरी नौ जिल्लामा पहिलो चरणमा प्रारम्भ गरिने परियोजनाले त्यसक्षेत्रका जनताको खानेपानी र सरसफाइको सुविधा प्राप्त गर्ने समान अधिकारको प्रत्याभूति गर्नुका साथै स्वास्थ्य र सामाजिक–आर्थिक जीवनस्तरमा सुधार ल्याउने बताएको छ ।
स्थानीय विकास मन्त्रालयअन्तर्गतको सो परियोजना पाँच वर्ष अवधिको रहने र यसबाट गरिब तथा उपेक्षित जनताको दिगो रुपमा खानेपानी आपूर्तिमा सहयोग पु¥याउने लक्ष्य राखिएको छ । कार्यक्रममा फिनल्याण्डका राजदूत अस्कोले नेपालको गरिब जनतालाई खानेपानी र सरसफाइका क्षेत्रमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।सहसचिव मरासिनीले नेपालको सामाजिक–आर्थिक क्षेत्रमा निरन्तर सहयोग पु¥याउँदै आएकामा फिनल्यान्ड सरकारप्रति सराहना व्यक्त गर्नुभयो ।

Share this post

Tags

0 comments

Leave a Reply