सानिमा हाइड्रोलाई २१ करोडको सेयर निष्काशन अनुमति

Published On Wednesday, September 04, 2013 » 0 comments » By Unknown » ,

२० भदौ, काठमाडौं । गैरआवासीय नेपालीको प्रवर्द्धनमा स्थापित सानिमा माई हाइड्रो पावर लिमिटेडलाई २१ करोड १० लाख रुपैयाँको साधारण सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।

कम्पनीले २१ लाख १० हजार कित्ता बराबरको साधारण सेयर निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धमा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सेयरमध्ये ४ प्रतिशत कम्पनीका कर्मचारीको लागि र ५ प्रतिशत सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ ।


Share this post

Tags

0 comments

Leave a Reply