१७ वर्षदेखि दाम्लोमा शिक्षक

Published On Friday, September 13, 2013 » 0 comments » By Unknown »


News From Kathmandu Nepal...

गोरखा धावा ४ का ४६ वर्षका एक शिक्षक ९ वर्षसम्म अस्थायी रहेर पढाए । गाउँकै तान्दाङस्थित संस्कृत माविमा पढाउँदा पढाउँदै उनी बिरामी परे । सुरुमा उनलाई ज्वरो आयो । गाउँमा सामान्य उपचार गरे । निको भएन् । परिवारले उपचारका लागि काठमाण्डौं पुर्‍याए । डाक्टरले औषधि दिएर निको हुने भन्दै घर फर्काए । आजको कान्तिपुरमा खबर छ ।

तर उनलाई सञ्चो भएन । पुन काठमाण्डौं पुर्‍याउँदा डाक्टरले उपचार नहुने भन्दै परिवारलाई घर फर्काए ।बिरामी परेका ती शिक्षक हुन चन्द्रकान्त सिम्खडा । उनी एक्लै बर्बराउन थालेपछि फेरि परिवारले काठमाण्डौंको वीर, शिक्षण, पाटन अस्पताल पुर्‍याए । चिकित्सकले भारतको भेलोर लगेमात्र उपचार सम्भव हुन्छ भन्दै परिवारलाई घर फर्काइदिए ।

‘जिल्लामा उपचार नभएपछि काठमाण्डौं पुर्‍यायौं,’ श्रीमती सीताले भनिन्, ‘तर डाक्टरले धेरै नबाँच्ने भन्दै घर पठाए ।’ उनले श्रीमान ठीक हुने आशमा राँची लगे पनि निको हुनुको साटो वाक्य नै बन्द भएको बताइन् ।
सिम्खडा बोल्न सक्दैनन् । दिसापिसाव ओछ्यानमै गर्छन । दिनभरि १ जना उनको गोठालो बस्नपर्छ । उनलाई १७ वर्षदेखि दाम्लोले बाँधेर राखिएको छ ।परिवारले उपचारमा ४ लाख रुपैयाँ सिध्याए । उनी थला परेपछि उपचारमा सहज हुने भन्दे सीताले गोरखाको घरखेत बिक्रीगरी चितवनको पिठुवामा रहेको माइतीघर नजिकै बसोबास गरिन । लामो समयसम्म उपचार गर्न भन्दै अस्पताल धाए पनि उपचार हुन नसक्दा परिवार निराश भएका छन् । सिम्खडाकी श्रीमती, ३ छोरा र आमा छन् ।

Share this post

Tags

0 comments

Leave a Reply