यस्तो छ सामसुङ ग्यालेक्सी

Published On Thursday, September 05, 2013 » 0 comments » By Unknown »

New Samsung gear
 Kathmandu Nepal
कोरियाली ग्याजेट निर्माता सामसुङले लामो समय देखी चर्चामा रहेको स्मार्टवाच सार्वजनिक गरेको छ। जर्मनीको बर्लिनमा बुधबार सामसुङले सामसुङले स्मार्ट घडीको रुपमा ग्यालेक्सी गीयर सार्वजनिक गरेको हो। जसले ग्यालेक्सी स्मार्टफोनको एक्ससरिजको रुपमा काम गर्नेछ।
ग्यालेक्सी गीयरमा साधारण स्मार्टफोनमा उपलब्ध सुविधाहरु जस्तै फोटो हेर्ने, हृयाण्डस् फ्री कल साथै तत्क्षण सन्देश (इन्स्ट्यान्ट मेसेजिङ) रहेका छन्। ग्यालेक्सी गीयरको सार्वजनिकीकरणसँगै बहुचर्चित स्मार्ट घडीको दौडमा सामसुङले एप्पललाई उछिनेको छ। एप्पल पनि आइवाचका रुपमा स्माट घडी बजारमा उतार्ने तयारीमा छ। पश्चिमा प्रविधि विश्लेषकहरुले यो वर्षो पश्चिमी मुलुकका बिदाको समयमा धेरै बिक्रि हुने उपकरणका रुपमा स्मार्टवाचलाई लिएका छन्।

विभिन्न ६ रंगमा उपलब्ध हुने यो स्माट घडी सेप्टेम्बर २५ बाट विभिन्न मुलुक र बजारका लागि उपलब्ध गराउने तयारी सामसुङले गरेको छ। सामसुङको यो घडीको बजारम मूल्य २९९ डलर बाट सुरु हुनेछ।

गुगलको एण्ड्रोइड अपरेटीङ सिस्टममा चल्ने यो घडीमा ८०० मेगाहर्जको प्रोसेसर रहेको छ। १.६ इन्चको सुपल एमोएलइडी डिस्प्ले रहेको यसमा १.९ मेगापिक्सलको क्यामेरा रहेको छ।

यसले ७२० पी को भिडियो प्ले साथै रेकर्ड पनि गर्न सक्छ। यसमा रहेको माइफिटनेसपल एपले घडी लगाउनेको पोषण साथै स्वास्थ्यको ख्याल राख्छ। पाथ एपले साथीभाईहरुसँगको नेटवर्कलाई नजिक बनाउँछ। पकेट एपले लेखिएका अक्षरहरुलाई आवाजका रुपमा सुनाउँछ।
च्याटअन मेसेन्जर साथै यसमा मिडिया कन्ट्रोलर, पेडोमिटर, स्टपवाच, टाइमर, दुर्इ माइक्रोफोन, एक स्पीकर, एक्सिलेरोमिटर रहेको छ। यसमा आन्तरिक मेमोरी ४ जीबी र ५१२ एमबीको रयाम रहेको छ। भने ३१५ एमएएचको ब्याट्री रहेको छ।

Share this post

Tags

0 comments

Leave a Reply